फैलिएको धर्ती देऊ

गीत

मलाई यही आगन प्यारो, पूरा आकाश तिमी लेऊ

मैलिएको माटो सही, फैलिएको धर्ती देऊ

 

तिमी डुल बादलमा, तारासँग मीत लाऊ

चन्द्र-सूर्य दायाँबायाँ, राखी प्रेम गीत गाऊ

जाडो गर्मी मलाई छोड, हुस्सु हुरी तिमी लेऊ

खुइलिएको पहाड सही, फैलिएको धर्ती देऊ

 

सुगा, मैना, गिद्द, गोब्रे; झिँगा, झ्याउँकिरी यता

सयपत्री, बुकी, गुराँश; हरेक बृक्ष हरेक लता

हिउँ तुषारो छाडे हुन्छ, लू खडेरी तिमी लेऊ

ओइलिएको बस्ती सही, फैलिएको धर्ती देऊ

 

मलाई यही आगन प्यारो, पूरा आकाश तिमी लेऊ

मैलिएको माटो सही, फैलिएको धर्ती देऊ

Facebook Comments
Hemraj
Comments (0)
Add Comment