मौका

चट्याङ-प्रहार

नेतालाई गाली त कति गरियो कति
मौकामा चौका कति हानियो कति
कस्तो मजा आउँछ नेतालाई भ्रष्टाचारी भन्दा
मौकामा भ्रष्टाचार कति गरियो कति !

 

देश बनाउने कुरा कति गरियो कति
देश बिगार्नेलाई गाली कति गरियो कति
कस्तो मजा आउँछ अरुलाई देशमारा भन्दा
मौकामा आफूले कति मारियो कति !

 

यस्तोको ठाउँमा उस्तो गरेको भए हुन्थ्यो
त्यस्तो ज्ञान त कति बोलियो कति
कस्तो मजा आउँछ अरुको कामको टिप्पणी गर्दा
मौकामा आफूले कति बिगारियो कति !

Facebook Comments
chatyang
Comments (0)
Add Comment