अंकुश

कविता

 

असीमित रहरहरू,

पुलकित चाहनाहरू,

पूरा गर्ने बहानाहरू,

खाेज्दाखाेज्दै,

रोज्दारोज्दै,

नच्यात दैब,

जीवनका कोरा पानाहरू ।

 

 

पलाएका कोमल आशाहरू,

सजिएका रङ्गीन सपनाहरू,

भविष्यको गर्भमा

शुन्दर संसार निर्माण गर्ने आशमा,

वर्तमानमा काेर्दै गरेका हातहरू

रोक्न नखोज ईश्वर,

पूरा नहुँदै नखाेस

सफलताका साथहरू ।

 

 

किन अन्धकार बनाउँदैछौ ?

आफ्नै सृष्टिको दियो निभाएर ।

किन अट्टहास ?

आफ्नै बगैचाकाे फूल,

फक्रीन नपाउँदै चुँडाएर ।

 

 

दनदनी पीडाको भवसारलाई

थाम्न,

अब त अंकुश लगाऊ,

तिम्रो मृत्यु तलवारमा।

Facebook Comments
kamala
Comments (0)
Add Comment