आज प्रायः सबैका हातमा मोबाइल फोन छ । पाहुनाको स्वागतमा पानी वा चिया सोध्ने चलन हराउँदै गएको छ । पाहुनाले सबैभन्दा पहिले इन्टरनेटको ‘पासवर्ड’ सोध्न थालेका छन्। इन्टरनेट र मोबाइल फोनबिना एकैछिन पनि बस्न नसक्नेहरूको सङ्ख्या ठूलै भइसकेको छ।
कालिदास संस्कृत भाषाका सशक्त महाकवि हुन् । नेपालका सुप्रशिद्ध विद्वान् प्राध्यापक टीकाप्रसाद शर्मा (वस्ती) का शब्दमा भन्नुपर्दा– संस्कृत–साहित्य–जगत्मा महाकवि कालिदासको स्थान आदिकवि वाल्मीकि र महर्षि वेदव्यासपछि सर्वोत्कृष्ट मानिन्छ ।
इन्टरनेटको सुविधाले विश्वलाई नै साघु¥याएको छ । संसारका कुनै पनि कुनाका खबर छिनभरमै थाहा हुन सम्भव भएको छ । नयाँ नयाँ खबर थाहापाउन, साथीभाइ–इष्टमित्रसँग कुरा गर्न इन्टरनेटले सहज बनाएको छ ।
चिठी लेख्ने चलन झण्डै झण्डै हराइसकेको छ। परेवा जस्ता चरालाई तालिम दिएर चिठी ओहोरदोहोर गर्ने कुरा एकादेशको कथा भइसकेको छ। हुलाक कार्यालयमा कामको बोझ घटेर शून्यप्रायः भएको छ।
चिठीपत्र ओहोरदोहोर जस्ता परम्परागत कामको अभावमा हुलाकको अस्तित्व सङ्कटमा छ । त्यही भएर नेपालमा ‘हुलाक प्राधिकरण’ को अवधारणाबारे चर्चा सुरु भएको छ । आय आर्जनका कामसमेत गरेर हुलाकलाई आत्मनिर्भर बनाउने उद्देश्यले प्राधिकरणमा परिणत गर्न खोजिएको हो।
यो सबैले देखे–जानेकै कुरा त हो नि भन्नुहोला ! हो, यति त सबैलाई थाहा भएकै कुरो हो । यहाँ चाहिँ ‘सन्देश’ को प्रसङ्ग जोड्न खोजेको हुँ । रामको समयमा पनि इन्टरनेट वा मोबाइल फोन हुँदो हो त अवस्था कस्तो हुन्थ्यो होला ? यस्तै तर्कना गर्न खोजेको हुँ ।
इन्टरनेटको सुविधा भइदिएको भए रामलाई सीताको अवस्था जान्न हनुमानको सहायता चाहिने थिएन । हनुमानले पनि समुद्र नाघेर लङ्का पुग्नुपर्ने थिएन । सामाजिक सञ्जालका एप्लिकेशनबाट अनुहार हेरेरै राम र सीताबीच कुरा हुन्थ्यो । खेलै खत्तम । किन चाहिन्थ्यो हनुमानको सहायता !
समय समयका कुरा हुन्छन् । धन्न त्यतिबेला इन्टरनेट थिएन । त्यो सुविधा भइदिएको भए सम्भवतः आज हामीले ‘मेघदूत’ जस्तो उत्कृष्ट खण्डकाव्य पढ्न पाउने थिएनौँ । इन्टरनेटको सुविधा हुँदो हो त महाकवि कालिदासले किन पो समय खर्चन्थे होला र यो काव्य सिर्जन गर्न?
कालिदास संस्कृत भाषाका सशक्त महाकवि हुन् । नेपालका सुप्रशिद्ध विद्वान् प्राध्यापक टीकाप्रसाद शर्मा (वस्ती) का शब्दमा भन्नुपर्दा– संस्कृत–साहित्य–जगत्मा महाकवि कालिदासको स्थान आदिकवि वाल्मीकि र महर्षि वेदव्यासपछि सर्वोत्कृष्ट मानिन्छ ।
उनका कृति ज्यादै उच्चकोटीका छन् । ‘अभिज्ञान शाकुन्तलम्’ उनको उत्कृष्ट नाट्यकाव्य हो । ‘रघुवंश’ र ‘कुमारसम्भव’ कालिदासका महाकाव्य हुन् । उनले ‘ऋतुसंहार’ र ‘मेघदूत’ नामका दुई वटा खण्डकाव्य रचना गरेका छन् ।
मेघदूत
यस खण्डकाव्यमा महाकवि कालिदासले मेघलाई दूत (हुलाकी) को रूपमा चित्रण गरेका छन् । यसका नायकले घर छाडेको आठ महिना भएको हुन्छ। उनी नवविवाहिता पत्नीका साथै आफ्नो गाउँको सम्झनामा डुबिरहन्छन् । ‘मन कतै, तन कतै’ को अवस्था हुँदा उनले कुनै पनि काम राम्ररी गर्न सकिरहेका हुँदैनन् ।
महाकवि कालिदासले यस खण्डकाव्यको कथा ब्रह्मवैवर्त पुराणबाट लिएका छन्। यसमा यक्ष समुदायको हेममाली नामका नायक छन्। उनी कुवेरको दरबारमा मालीको रूपमा काम गर्न नियुक्त छन्। उनले दैनिक ताजा फूल टिपेर दरबारमा पु¥याउनुपर्ने हुन्छ।
कसै कसैले मेघदूत काव्यका लागि कालिदासले रामायणको कथाबाट प्रेरणा लिएका हुन् पनि भनेका छन् । रामायणमा वनवासमा रहेका बेला रावणले सीतालाई हरण गरेर लङ्का पु¥याएको कथा छ ।
पत्नीबाट छुट्टिएर बस्नुपर्दा राम बिह्वल भएका, उनले आफ्नी पत्नी सीता खोज्न हनुमानको सहयोग लिएका, खोज्दैजाँदा हनुमानले सीतालाई लङ्कामा भेटेर रामको अवस्था बताएको कथा छ । रामायणमा महर्षि वाल्मीकिले जसरी हनुमानलाई दूत बनाएका छन्, त्यसरी नै कालिदासले पनि मेघलाई दूत बनाउने प्रेरणा पाएका हुन् भनिन्छ ।
नवयौवना पत्नीलाई छाडेर परदेशमा हुन्छन्– मेघदूतका नायक । उनलाई घर र पत्नी विशालाक्षीको सम्झनाले सताइरहन्छ । उनले जुन तल्लीनताले काम गर्नुपथ्र्यो, त्यस्तो हुन सकिरहेको हुँदैन ।
आफ्नो जिम्मेबारीको काम राम्ररी गर्न नसक्दा उनले कठोर सजायको भागी हुनुपर्छ। यदि नायक–नायिकाबीच बिहान–बेलुकै अनुहार हेरेरै कुरा गर्न पाएको भए उनी सजायको भागी नहुन सक्थे। मेघ अर्थात् बादललाई आफ्नो सन्देशवाहक वा दूत बनिदिन आग्रह गर्नु पर्ने थिएन कि?
एक दिन उनको जिम्मामा रहेको काममा खोट देखियो । राजाले उनलाई एक वर्षसम्म पत्नीबाट अलग्गै रहने दण्ड (श्राप) दिन्छन् । अपमानित भएका उनी रामगिरी भन्ने ठाउँमा गएर बस्न थाल्छन् । पत्नी बियोगमा त्यहाँ उनले केही महिना बिताउँछन् । उनको शरीर कमजोर हुनथाल्छ ।
असार महिनाको पहिलो दिनको कुरा हुन्छ– वर्षाको मौसम सुरु हुनलागेको छ । आकाशमा बादलका टुक्रा देखिन थालेका छन् । पहाडको टाकुरामा कालो मेघ (बादल) देखापर्छ । त्यो मेघ वा बादल आफ्नी पत्नी भएको ठाउँमा पनि पुग्ने भएकाले त्यस मेघमार्फत नै आफ्नो सन्देश पठाउनु ठीक हुने ठान्छन् ।
रामगिरिबाट अलकापुरीमा रहेकी यक्षिणी विशालाक्षीसम्म सन्देश पु¥याउन मेघलाई दूत बनाइएको छ । त्यसैले यसलाई दूतकाव्य पनि भनिन्छ । मन्दाक्रान्ता जस्तो गाउन मिल्ने छन्दमा भएकाले मेघदूतलाई गीतिकाव्य पनि भनिन्छ ।
यस खण्डकाव्यमा रामगिरी पर्वतदेखि अलकापुरीसम्मको बाटोको वर्णन छ । त्यसबीचमा पर्ने नदी, वन, पहाडका साथै सहरहरूको सुन्दर वर्णन छ ।
उनले वर्णन गरेका बाटामा पर्ने ठाउँ यस्ता छन्– रामगिरी पर्वत, आम्रकूट पर्वत, रेवा नदी, दशार्णदेश, विदिशा, वेत्रवती नदी, नीचगिरी पर्वत, निर्विन्ध्या नदी, सिन्धु नदी, अवन्ती देश, उज्जयन, क्षिप्रा नदी, गम्भीरा नदी, देवगिरी पर्वत, दशपुर, ब्रह्मावर्त, कुरुक्षेत्र, सरस्वती, गंगा, हिमालय, क्रौञ्चरन्ध्र, कैलाश पर्वत, मानसरोवर, अलकापुरी नगर ।
यसका दुई खण्ड छन्– पूर्व मेघ र उत्तर मेघ । पूर्व मेघमा रामगिरीदेखि अलकापुरीसम्मको बाटोको वर्णन छ । यसमा ६३ वटा श्लोक छन् । यी श्लोकमा बाटामा कुन कुन पहाड, शहर, नदी पर्छन् भनिएको छ । जानेक्रममा केही समय आराम गर्ने, पानी खाने, कुन शहर हेर्ने भन्ने सल्लाह मेघलाई दिइएको छ ।
उत्तरमेघमा चाहिँ ५२ वटा श्लोक छन् । अलकापुरी नगरी र यक्षको घरको, यक्षकी प्रियतमा (पत्नी) को सम्भावित अवस्थाको वर्णन छ । त्यसका साथै प्रियतमालाई अब चार महिनासम्म दुःखका दिन खप्नका लागि पठाइएको सन्देश आदि विषय छन् ।
उपमा अलंकारको प्रयोग
संस्कृत साहित्यमा अलङ्कारलाई ज्यादै महत्व दिइन्छ । शब्द र अर्थ गरेर दुई किसिमका अलंकार छन् । कालिदासले अर्थ अलंकारलाई विशेष महत्व दिएका छन् । त्यसमा पनि उनी उपमा अलंकारका उत्कृष्ट प्रयोक्ता मानिन्छन् । यस खण्डकाव्यमा महाकवि कालिदासले श्रृंगार रसको प्रयोग गरेका छन् ।
कालिदासले पहाडको टाकुरामा कालो मेघ (बादल) लाई माटोको ढिस्कोलाई टाउकाले ठेलेर खेल्न ब्यस्त रहेको हात्ती जस्तै देखेको वर्णन गरेका छन्। त्यो देखेर नायक हेममालीको मन ब्याकुल हुन्छ । मनलाई कठोर पारेर अनि आँसुलाई भित्रै रोक्ने प्रयत्न गर्छन् । कामोत्कन्ठा जगाउने त्यस बादललाई केही समय हेरेर केही सोचिरहन्छ ।
आफ्ना प्रेमी–प्रेमिका सँगै रहेकाहरूमा त मेघलाई देख्दा छुट्टैखालको अनुभूति हुन्छ भने नवविवाहिता पत्नीको अँगालोमा बाधिन आकुल उनलाई कस्तो भयो होला? महाकवि कालिदासले प्रश्न गरेका छन् ।
यसमा अलकापुरीका युवतीको सुन्दरताको वर्णन छ । उनीहरू यति सुन्दर छन् कि देवताहरू पनि उनीहरूलाई पाउन लालायित रहन्छन् । ती युवती गर्मी छल्नका लागि रुखको छायाँमा बसेर हातमा रत्नहरू लिएर आफ्ना केशमा लुकाउने निकाल्ने गरेर खेल्छन् । मन्दाकिनी नदीको पानीका कणले त्यहाँको हावा शीतल भएको छ ।
यस खण्डकाव्यमा ११५ वटामात्र श्लोक छन् । यसमा मेघ र वर्षापछिको समयको उत्कृष्ट चित्रण गरिएको छ । त्यस क्रममा बादलसँग यक्षले भनेका छन्– कालोमैलो भएर आकाशमा मडारिएका तिमीलाई देख्दा प्रेमीसँग छुट्टिएर बस्न वाध्य भएका कसको पो मन व्याकुल हुँदैन र ?
आकाशमा तिमी मडारिएको देखेर अनुहारसम्म झरेका घुगुरिएका केशलाई माथितिर सारेर उनीहरू तिमीलाई एकटकले हेरेर आफ्ना प्यारा पनि आउँदै होलान् भन्ने आशा गरिरहेका हुनेछन् । तिमी (बादल) मडारिएको देखेर विरहमा रहेको को पो आफ्नी पत्नीप्रति उदासीन रहन सक्छ र यदि उसको जीवन मेरो जस्तो पराधीन छैन भने ?
त्यसैगरी, वर्षा भएपछिको अवस्था वर्णन पनि यसमा सुन्दर तरिकाले गरिएको छ । यसमा भनिएको छ– फुलेका फूल देखेर भ्रमराहरू आनन्दले हेरिरहेका हुनेछन् । हरिण, मृगहरू पहिलो वर्षाका कारण उम्रिएका घाँस टुसा खाइरहेका हुनेछन् । हात्तीहरू वर्षाका कारण पृथ्वीबाट निस्कने गन्ध सुघिरहेका हुनेछन् ।
यक्ष भन्छन्– मेघ ! पहाडबाट निस्कँदा तिम्रो कालो शरीर अझ बढी निखारिएको हुनेछ, जसरी रङ्गीचङ्गी मुजुर (मयुर) को प्वाँखले गोठालोको रूपमा रहेका कृष्णको शरीर सजिएको थियो ।
वर्षाको पर्खाइ सबैभन्दा बढी किसानलाई हुन्छ । त्यसक्रममा मेघसँग यक्ष भन्दछन्– खेतीपाती तिमीमा निर्भर हुन्छ । बाली लगाउनका लागि खनजोत गरेर ठीक्क पारिएको खेतमा पानी पर्ने आशमा किसान रहेका हुन्छन् । यस्तो अवस्थामा ग्रामीण ती किसानले प्रेमले भरिएका नयनमा तिमीलाई बसाउने छन् । त्यसैले तिमी गडगडाएर वर्षनु, जसबाट सुकेको भूमिबाट गन्ध आओस् ।
यक्षले मेघलाई उत्तर दिशामा पर्ने उज्जैनी नगरीका महलमा रोकिने सल्लाह दिँदै भनेका छन्– वर्षाको समयमा त्यस नगरका स्त्रीका चञ्चल नयन हेरेनौ भने ठगिएको अनुभव गर्नेछौ ।
त्यहाँका घरमा पालिएका मजुरले तिमीलाई आफन्तको रूपमा उपहारस्वरूप नृत्य प्रस्तुत गर्ने छन् । गाढा रातो रंग लगाएका स्त्रीका पाइला र फूलले सजिएका महल हेरेर केहीबेर थकान मेट्नु ।
कालिदासका रचना अलंकारले भरिएका छन् । उनको प्रस्तुति सुंदर छ । भाषा सरल र मधुर छन् । उपमा अलंकारको प्रयोगका लागि त उनी प्रसिद्ध छन् । ऋतुको वर्णन उत्कृष्ठ छ । उनका प्रस्तुति सङ्गीतमय छन् । सौन्दर्य वर्णनका लागि मेघदूत उनको उत्तम कृति हो ।
मेघदूतमा उनले यक्षका मुखबाट मेघलाई भनेका छन्– हे मेघ ! वेतबाँसका लहरा गम्भीरा नदीको नीलो पानी छुन निहुरिएका हुनेछन् । यो दृश्यले तिमीलाई हातले कम्मरबाट झरेको कपडा समातेकी सुन्दरीको आभाष हुनेछ ।
कालिदासका रचना अलंकारले भरिएका छन्। उनको प्रस्तुति सुंदर छ। भाषा सरल र मधुर छन्। उपमा अलंकारको प्रयोगका लागि त उनी प्रसिद्ध छन्। ऋतुको वर्णन उत्कृष्ठ छ। उनका प्रस्तुति सङ्गीतमय छन्। सौन्दर्य वर्णनका लागि मेघदूत उनको उत्तम कृति हो।
वर्षाको समयमा महललाई ढाकेर तिमीले पारेको पानीले त्यो महल मोतिको मालाले घुँगुरिएको लामो केशराशी ढाकेकी कामिनी (सुन्दरी) जस्तो देखिने छ ।
यस काव्यमा यक्षले आफ्नी प्रियतमा जाडो महिनामा ओइलाएको कमलको फूल जस्ति भएकी होलिन् भनेर गरेको कल्पनालाई उपमाको उत्तम उदाहरण मानिएको छ ।
मेघदूत कालिदासको आफ्नै कथामा लेखिएको छ पनि भनिएको छ । भनाइ अनुसार, कालिदासले राजा विक्रमादित्यकी बहिनी आफ्नी प्रियतमाको विरहमा यो काव्य रचना गरेका हुन् । त्यसैले यसका नायक स्वयं कालिदास नै हुन् ।
प्राध्यापक टीकाप्रसाद वस्तीले नेपाली भाषाका ‘‘… युवाकवि मोतीराम भट्टको पिकदूत खण्डकाव्य महाकवि कालिदासको मेघदूतको अनुसृतिमा’’ नेपाली भाषामा रहेको बताउनुभएको छ ।
(यसमा समेटिएका कतिपय सामग्री इन्टरनेटबाट लिइएका छन् ।– प्रस्तोता)