जीवनको रङ्ग

कविता

समाज यसै भन्छ,

बुढ्यौलीमा प्रेम गर्नु पाप हो रे ।

हो मा हो नमिलाउ है

यो त अभिसाप हो रे ।

 

एक्लो हुनुको पिडा

नभोग्नेलाई के थाहा यहाँ ।

साथ मात्र पाए भने

बुढ्यौलीमा नि हुन्छ माया ।

 

साठीकी छिन् उनि अहिले

सत्तरीले मलाई छोयो

त्यता उनको नैराश्यता

यता मनमा च्वास्स घोच्यो।

 

पानी दिने कोही छैनन् ।

काकाकुल समाज यो ।

स्नेह, दया सब हरायो

बुढ्यौलीको कहर जो ।

 

श्रीमती थिइन् बितिगइन् ।

छोरा छोरी गए प्रभास ।

बैंस त्यसै ढल्किगयो ।

साथ दिने न बादल न बतास ।

 

सहारा नै लौरोमा छ

सुम्सुम्याउँदै सेता केश ।

मानवता नि खोज्नु पर्ने

कति कुरुप हाम्रो देश ।

 

उनी थिइन म थिएँ ।

सुनौलो जिवनको यात्रा बन्यो ।

देखिसहेनन् त्यो पनि ।

जीवन साँच्चै जात्रा बन्यो।

 

हिजोसम्म चल्दै थियो

सेताम्यै भएका केश देखियो

निला आँखा, चाउरिएका गाला उनका

व्यथा वेदनाका गीत लेखियो ।

 

मेरा बन्धु दाजु–भाइ

सबै टेढिँदै टेढिँदै गए ।

जीवनमा उदासी अनि

खण्डहार मात्र पो बाँकी रहे ।

 

तिम्रो साथ, उनको माया

आत्मियता हुँदै जाओस् ।

आशिर्वाद लाग्नेछ बुढाबुढीको ।

जीवन सधैं रम्दै जाओस् ।

 

बुढ्यौलीमा सबको मनलाई ।

बुझ्ने कोशिस गरौं साथी ।

दुई दिन त हो बाच्नु पर्ने ।

रङ्ग भर्न सिकौं साथी ।।

Facebook Comments
Manju
Comments (0)
Add Comment