यसपटक स्वनामधन्य शेक्सपीयरप्रति क्षमा याचना गर्दै! विश्वका बाेक्सा बाेक्सी नेपालमा म्याकबेथ बनाउने ताकमा रहेकाे कथा वर्णन!!
Fair Is Foul, Foul Is Fair!
Hail Macbeth, Thou Shalt
Be King Thereafter!
याे त्यही विश्वनाथपाध्याकाे प्रेत बाैरिएकाे घटना- दुर्घटनावाला नाटकीय दिन अघिपछिकाे कुरा सम्झिएकाे प्रसङ्ग हाे।
दक्षिणी र सातसमुद्रपारिका षडयन्त्रकारी रणविद्हरु त्यसैकाे पूर्ण मञ्चनका लागि लामै समयदेखि लागिपरिरहेका रहेछन्। अमेरिकी राष्ट्रपति Dwight Eisenhower ले ” US- Military- Industrial- Complex” र निवर्तमान राष्ट्रपति Donald Trump ले “Deep State” किन भने र त्यसलाई कसरी अर्थ्याएका हुन् त्याे त हामी जान्दाेइनाैँ तर हामी जस्ताले बुझेर बराबर भन्ने गरेका “Deep State” का पात्रहरू नेपालकाे भविष्यकाे राजनीतिक यात्रालाई सहज स्वीकार गरी बसेका रहेनछन्।
दुईतिहाई बहुमतकाे अनुचित दम्भ एवम् असहिष्णु व्यवहार नै आेली सरकारकाे सिक्रीरूपी सबभन्दा कमजाेर साङ्गली थियाे जसलाई छिनाल्न हाम्रै कुटिल राजनीतिकबाजहरूकाे सहयाेगबाट बाह्य दुष्ट शक्तिहरू सफल हुन सकेका हुन्। तर यति हुँदाहुँदै पनि आेली नेतृत्वले देश, काल, परिस्थिति बमाेजिम सडक राजनीतिकाे आफ्नै गरिमा हुने गरेकाे सत्यलाई बुझेर सडक- अराजक तत्त्वहरूकाे पूरैे विपरीत बेग्लै, प्रशंसनीय राजनीतिक सँस्कारकाे परिचय दियाे। त्यति मात्र नभई, उसले डरछेरुआ नभई संसद सामना गर्ने समुचित राजनीतिक आँट पनि देखायाे ।
कुरामा कुरा चल्दा याे पनि केही विस्तारपूर्क बताउँ! ” Deep State” का अभिनेताहरू छद्म पृष्ठभूमिमा बसी सम्पूर्ण पश्चिमी विश्वलाई दिशानिर्देश गर्ने अत्यन्तै अत्यन्तै शक्तिशाली व्यक्तिहरू हुन्। आफ्ना ताबेदार रहेका Banana Republic का घाेर तानाशाहहरूमार्फत् ल्याटिन अमेरिकामा अघिअघि त पूरै आफ्नाे हुकुम लाद्न सकेका तर अब चाहिँ बाँकी बचेका एक–दुई र आफैँ Banana Republic भई याे दुष्कर्ममा लागेका छन्। यूराेपमा चाहिँ NATO नामकाे आक्रामक फाैजी सङ्गठनमार्फत् यिनीहरू आफ्नाे हैकम लाद्छन्। मध्यपूर्वलाई सदा अशान्त बनाउन र प्यालेस्टिनी जनताकाे स्वतन्त्र राज्य बन्न नदिनमा यिनकाे प्रमुख सहायक इजरायली शासकहरू भइआएकाे जुगै भइसकेकाे छ भने हुन्छ। हाम्राे दक्षिणी एशियाली भूभागमा यिनीहरू कुख्यात भारतीय गुप्तचरी संस्था RAW तथा उत्तिकै खतरनाक पाकिस्तानी ISI लाई कहिले अघि त कहिले पछि लगाएर आफ्नाे दुनाे साेझ्याउँद छन्। अहिले चीनविरुद्ध यिनीहरूकाे दृष्टिकोण RAW सित पूरैजसाे मिलेकाेले नेपालभित्र यिनीहरूकाे साँठगाँठले बहुपक्षीय रूप लिएकाे स्पष्ट बुझिन्छ। यसैकाे फलस्वरूप Holy Wine तथा RAW Scotch काे ककटेल्स ख्वाईख्वाई मत्याइएका “लाेकतान्त्रिक” , “गणतान्त्रिक “, नागरिक “अगुवाहरू” रूपी राजनीतिक मठाधीशहरूलाई Fair Is Foul , Foul Is Fair – चाेखाे भनिने बिटुलै हाे, बिटुलाेलाई नै चाेखाे बनाऊ – भनी म्याकबेथीय नाटक शैलीमा साम, दान, दण्ड, भेदकाे राजनीतिक विस्थापनकारी “दीक्षा” माेटाेमाेटाे भिक्षासहित दिइरहिएकाे रहेछ।
एकातिर Holy Wine तथा RAW Scotch काे cocktail अर्काेतिर २ /३ बहुमतकाे मादकता!
तर दुर्भाग्यवस, नेपालका सत्तासीनहरू चाँहि आफूभित्रैका नक्कली “कामरेड” ले पहिलाकाे घाग षडयन्त्रकारी चरित्रस्वरूप बमाेजिम आफ्नै पहिलाका कतिपय दाैँतरीहरूलाई नयाँ पादरीमा भर्ना गरिसक्दा पनि २/३ बहुमतकाे घाेर मादकतामा लट्ठिएकाेलट्ठियै पाे रहेछन्। अन्य विवेकशील जनसाधारण भने जेजस्ताे त्रुटि-कमी-कमजाेरी भए पनि समयाेचित आम निर्वाचनकाे भयकाे कारणले गर्दा राज्य, सरकार, समाज जसाेतसाे चलिरहने छ भन्नेमा ढुक्क भईबसेका रहेछन्।
भाैगाेलिक एवम् प्राकृतिक विशिष्टताले युक्त हाम्राे सुन्दर शान्त मुलुक दुई विशाल छिमेकी देशरूपी ढुङ्गाबीचकाे तरुल भई रहेकै हाे। वर्तमान समयमा उत्तरतिर क्षेत्रीय रूपकाे शक्तिशाली हुनाकाे साथसाथै विश्व शक्तिराष्ट्रकाे पंक्तिमा अघि बढिरहेकाे छिमेकी र दक्षिणपट्टि चाहिँ लाेकतान्त्रिक भनिने तर क्षेत्रीय विस्तारवादकाे प्रबल महत्त्वाकांक्षा राखी त्यसै अनुसार व्यवहार चलाउने देश भएकाेले हाम्रा शासकहरू निष्ठावान हुन, समुचित राजनीतिज्ञता र देशप्रेमले युक्त हुन नितान्त अनिवार्य थियाे। यही च्यापिएकाे कारणले गर्दा आइपर्नसक्ने अनेक जटिलताबाट चाहिँ हाम्रा पहिलेका शासकहरू बेलाबेलामा सजग भएका इतिहास पनि नभएकाे हाेइन। पृथ्वीनारायण शाहा, बहादुर शाहा, भीमसेन थापा, जङ्गबहादुर राणा, चन्द्रशम्शेर जङ्ग बहादुर राणाले कूटनीतीबाट, राजा त्रिभुवनले सरदार पटेलकाे विस्तारवादबाट, प्रधानमन्त्री टङ्कप्रसाद आचार्यले भारतीय सत्ताकाे प्रचण्ड विराेध सामना गरी नेपालकाे आन्तरिक एवम विदेश नीति आमूल मार्गदर्शन दिनमा, प्रम विश्वेश्वरप्रसाद काेइरालाले साेही परराष्ट्र नीतिकाे ठाेस अनुशरण गर्दै, हिमालयकाे सार्वभाैम सुरक्षा संरक्षण गर्नमा, राजा महेन्द्रले सगरमाथामाथि नेपालकाे सार्वभाैमिकताकाे समर्थन गर्नगराउनमा माआे त्से तुङ्गलाई मनाउनमा, राजा वीरेन्द्रले ०४६ सालमा राजीव गान्धीद्वारा लगाइएको नेपाल नाकाबन्दीविरुद्ध लडी प्रजातन्त्र पुनर्स्थापनामा ऐतिहासिक सम्झाैता गर्नमा र ०७२ सालमा तिनताका राजनीतिक रूपले कमजाेर रहे पनि स्वयं प्रम आेलीले मुलुककाे अडिग नेतृत्व गरी नरेन्द्र माेदीकृत नृशंस नाकाबन्दी विफल गरिदिनमा परराष्ट्र नीतिद्वारा आआफ्ना समयमा यी समस्या बेहाेरेका र यथाशक्य समाधान गरेकै हुन्।
तर पनि त्यसबाट वर्तमान बहालवालाहरूकाे नेतृत्वमा रहेका उहीँ प्रम ओली चाँहि अहिलेकाे परिस्थितिमा बेखबर नै रहेछन् भन्ने पाे देखियाे-बुझियाे ! उनलाई याे लेखकले सन २०१५ काे अक्टाेबर ९ मा फेशबूकबाट पाेष्ट गरेकाे “ओली सरकारलाई चेत भया” भन्ने दुई लेखहरूकाे पहुँच नभएकाे लाग्याे। विस्थापनकारीहरू त यस्तै माैका कुरिरहेका थिए र रहेछन्। अनि त के चाहियाे, आफ्नै संसद् भवन Capitol Hill माथि हमला भएकाे नदेख्नेहरूले हामीकहाँ आफैँ बाेक्सी, आफैँ झाँक्री भई नेपालकाे संसद पुनर्स्थापना गराउन साम, दान, दण्ड, भेद नीति तथा व्यवहार लागू गर्न गराउन पुगे! फलस्वरूप प्रम आेलीकाे भयानक गल्तीकाे फाइदा उठाई तिनले नेपालकाे सामाजिक विकासक्रमलाई हाल “माथ” दिनसके भन्नू पर्याे!
आफैँ बाेक्सी, आफैँ झाँक्री!
संसदीय अङ्कगणित जतिसुकै बलियाे भए पनि राष्ट्रभित्रका महत्त्वाकांक्षी शासक र बाहिरी चलखेलकाे दुरभिसन्धिकाे वियाेगात्मक ०१७ साले इतिहास दाेहाेरिनसक्ने चेत जगाउनेहरू संख्यामा थाेरै भए पनि आवाज बुलन्द गर्नेमा बलियै थिए! पहिलाका ०१७ साले दुई रैथाने पात्रहरूकाे ठाउँ अब ०७७ साले “अन्तर्राष्ट्रिय” शिक्षादीक्षाप्राप्त ४ पात्रहरूले लिन पुगे। कालापानी विषय नउठाउने र MCC मञ्जूर गर्ने शर्तमा नै भन्नुपर्ला संसदीय प्रजातान्त्रिक प्रणालीकाे दुई मुख्य आधारस्तभ संसद र ताेकिएका समयअवधिकाे आमनिर्वाचनलाई एकअर्काकाे विरुद्ध उठाएर निर्वाचनकाे आव्हानलाई “लाेकतन्त्रीय” फाँटबाट “फाशिष्ट”, “तानाशाही ” “अलाेकतान्त्रिक” र पुराना र नयाँ माआेवादीहरूबाट “प्रतिगमनकारी” भन्ने डाम लगाउन लगाइयाे। “नागरिकवादीहरू” त आफ्ना सिँधै तलबधारी भएकाले His Master´ s Voice भइहाले। मालीककाे ईशाराबाट नै यिनले हाम्रा रैथाने Huntington वादी तथा Fukoyama वादीहरूसँग मिलेर याे नाैटङ्कीलाई केकस्ताे धाके नाम दिने हुन्, त्याे पनि हेर्दै जाऔँ । तर , यहाँ नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायण मान बिजुक्छेले सर्वाेच्चकाे निर्णयबाट जनतालाई राजनीतिक रूपले सूचित गर्ने अवसर गुमेकाे धारणालाई विशेष रूपले रेखाङ्कित नगरिरहन सकिन्न।
भाैगाेलिक- प्राकृतिक विशिष्टता भएकाे मुलुकमा शासक गर्ने राजनेताहरू कदाचित अव्यावहारिक अविवेकी, अदूरदर्शी हुन जाँदा अनिष्टकारी तत्त्वहरूले विदेशी विस्थापनकारी शक्तिकेन्द्रकाे दुनाे साेझ्याउने गरी राष्ट्र र जनताका माैलिक हितमाथि बज्राघात गर्ने माैका पाउँदछन् भन्ने हेक्का सम्बन्धित क्षेत्रहरूमा हुनैपर्छ, अनिवार्यरूपले हुनैपर्छ !
पजेराे कुसँस्कृति फेरि जन्मन सक्ने!
यी सबैकाे पृष्ठभूमिमा Rajjv Upadhya काे पढ्दा जीउका राैँ ठाडाे पारिदिने पु्स्तक Cabals and Cartels पनि केटाकेटी कथा लाग्ने भइरहेछ। अब त सांसदहरूकाे किनबेचकाे दरभाउ बसिसकेकाे, २५ वर्ष अघिजसाेकाे Pajero कुसँस्कृति झन् नराम्ररी दाेहाेरिने परिस्थिति छ। त्यसकारण Hans Christian Anderson काे विश्वविख्यात बालउपन्यास “The Emperor´ s New Cloth” काे निर्वस्त्र राजा झैँ हाम्रा “गणतन्त्रे राजा” बिनाँ बी भनिँदाभनिँदै पनि चाे ख: सम्झेर हाैसिरहेकाे देखिन्छन्, नव- Batista वा नव- लाेण्डुप हुन पाइने भयाे भनी फुलेल भएर पनि हाेला!
भाैगाेलिक- प्राकृतिक विशिष्टता भएकाे मुलुकमा शासक गर्ने राजनेताहरू कदाचित अव्यावहारिक अविवेकी, अदूरदर्शी हुन जाँदा अनिष्टकारी तत्त्वहरूले विदेशी विस्थापनकारी शक्तिकेन्द्रकाे दुनाे साेझ्याउने गरी राष्ट्र र जनताका माैलिक हितमाथि बज्राघात गर्ने माैका पाउँदछन् भन्ने हेक्का सम्बन्धित क्षेत्रहरूमा हुनैपर्छ, अनिवार्यरूपले हुनैपर्छ !
कम्युनिष्ट भएर देशहितप्रति सर्वथा निष्ठावान हुँदा नै क्यूबाली नेताहरूले अमेरिकी साम्राज्यवादलाई Bay of Pigs मा लज्जास्पद हारकाे धुलाे चटाइदिन सके र अहिलेसम्म एक दर्जन अमेरिकी राष्ट्रपतिहरूकाे कुचालकाे सामना सफलतापूर्क गर्न सकेका हुन्।
भियतनामी कम्युनिष्टहरूले पनि राष्ट्रपति हाेकाे आेजस्वी नेतृत्वमा अमेरिकी साम्राज्यवादी सरकारकाे त्यस दुष्टचालबाजीलाई विफल तुल्याइदिन सकेका हुन् जसमा भियतनामलाई समुचित आवश्यक सहयाेग पुर्याउनमा रूस र चीनबीचकाे मतभेदबाट बाधा पार्ने उद्देश्य निहित थियाे। अन्तर्राष्ट्रियतावादी कम्युनिष्ट भइकन राष्ट्रियता र देशप्रेमप्रति पुष्पलालकाे निष्ठा अतुल्य थियाे । उनैकाे नेतृत्वमा कम्युनिष्टहरूले भारतीय विस्तारवादकाे प्रतिराेध गर्दै मुलुककाे सार्वभाैम स्वतन्त्रताकाे रक्षा र सम्वर्द्धन गर्न सकेका हुन्। आज तिनै पुष्पलाल र उनकाे नामकाे स्मृति प्रतिष्ठान भारतीय विस्तारवाद तथा अमेरिकी साम्राज्यवादका पछाैटहरूका हातमा बन्धक बन्ने खतरा मडराइरहेछ । राष्ट्रियता एवम् देशप्रेमप्रति नकारात्मक वा उदासीनता हुनुजस्ताे घातक काम अर्काे नहुने भन्ने सत्यतथ्यकाे सबुत प्रमाण वा साक्षी हाम्राे आफ्नै देशकाे इतिहास हुँदैछ, भएकाे छ।
प्रशंसनीय संस्कार तथा समुचित राजनीतिक आँट!
दुईतिहाई बहुमतकाे अनुचित दम्भ एवम् असहिष्णु व्यवहार नै आेली सरकारकाे सिक्रीरूपी सबभन्दा कमजाेर साङ्गली थियाे जसलाई छिनाल्न हाम्रै कुटिल राजनीतिकबाजहरूकाे सहयाेगबाट बाह्य दुष्ट शक्तिहरू सफल हुन सकेका हुन्। तर यति हुँदाहुँदै पनि आेली नेतृत्वले देश, काल, परिस्थिति बमाेजिम सडक राजनीतिकाे आफ्नै गरिमा हुने गरेकाे सत्यलाई बुझेर सडक- अराजक तत्त्वहरूकाे पूरैे विपरीत बेग्लै, प्रशंसनीय राजनीतिक सँस्कारकाे परिचय दियाे। त्यति मात्र नभई, उसले डरछेरुआ नभई संसद सामना गर्ने समुचित राजनीतिक आँट पनि देखायाे ।
बाँचे के पाे देखिन्न भन्ने हाम्राे एउटा सकारात्मक साेच छ। तर राष्ट्र तथा जनताका सार्वभाैम हितमाथि आइपरेकाे यस्ताे चरम विश्वासघात देख्नुपर्ने दुर्भाग्यलाई के भन्ने? दुर्भाग्य पनि कस्ताे भने, “गद्दार पुष्पलाल” भन्ने चरित्रहत्याद्वारा आफ्नाे राजनीतिबाजी चलाएका, जनसाधारणमाथि नृसंश हिँसा- हत्यालाई “सैद्धान्तिक” तवरले उचित ठहर्याउने राजनीतिक मठाधीशहरूसँग अघिका पुष्पलाल सहयाेगी- सहयाेद्धाहरूले सत्तावादी अपवित्र लगनगाँठाे जाेडेकाे कन्त बिजेाग देख्न पुगियाे! २०१७ सालमा वि. प्र. काेइरालाविरुद्ध महेन्द्र कूसहायक विश्वासघात, दाशढुङ्गामा मदन भण्डारी – जीवराज आश्रितकाे याेजनाबद्ध अन्तर्राष्ट्रिय हत्याकाण्ड, गणेशमान सिँहरूपी पुनर्स्थापित प्रजातन्त्रविरुद्ध RAW मुखी कलबलगुडी विश्वासघात पछिकाे याे याेजनाबद्ध दुर्घटनालाई वर्तमान समयकाे चरम विश्वासघात नठानिरहन सकिन्न।
अब त कथा पनि नसकिएकाे र व्यथा झनै बढ्ने आशङ्काले घेरिएकाे विचारले यस निवन्धकाे बिट मार्दै आजलाई जय नेपालकाे अभिवादन !