फैजकाे कविताले एक वर्षपछि घच्घच्याउँदा!

अस्तिका पुष्पलालवादी

के यिनै हुन्?

हिजाेका सम्युक्त जन-अान्दाेलनकारी

के अाजका यिनै हुन्?

सन् १९७० देखिका पुराना मित्र,पत्रकार नरेन्द्र उपाध्यायले दुई दिनअघि भारतीय लेखक- पत्रकार खुशवन्त सिँहकाे एउटा मसीनाे तर अत्यन्तै वजनदार  पुस्तक  “The End of India”  पढ्न दिए। त्यसकाे जिल्दाकाे अाखिरी भागमा प्रकाशकका परिचय शब्द यस्ता थिए: “A brave and passionate book, The End of India is a wake-up call for every Indian citizen concerned about his or her  own future, if not the nation`s”।

 पढ्दै जाँदा एक ठाउँमा यी शब्दहरु अाए : ” Was  this the kind of Independence we were looking to? Faiz Ahmed Faiz´s lines written in August 1949 came to mind :

     यह दाग दाग उजाला , यह सब गुजीदा शेहर,

     वाेह जिस का  इन्तिजार था हम काे , यह वह शेहेर ताे नही;

     यह वह शेहेर ताे नही  जिस की अारजू लेकर

     चले थे यार कि मिल जाएगें कहीं न कहीं

      फलक के दश्त मे ताराें कि अाखरी मंजील.

(खुशवन्तकाे अाफ्नै अङ्ग्रेजी अनुवाद)

      (This dawn dappled with shades of twilight;

      This is not the dawn for which we waited all night;

      This is not the dawn that we had  hoped for

      When we comrades set out on our march in the hope

       That somewhere in the vast wilderness of the sky

       We will find our final destination beyond the stars.)

राजनीतिक हत्या- हिँसा र साम्प्रदायिकताकाे वर्तमान कहरकाे हालैकाे भारतीय कालखण्डबारेकाे याे राैँ ठड्याइदिने रचना हाे।

चर्चाकाे यस कविता पढेपछि  यस लेखकमा जुन विचार फुरे, ती यस प्रकार छन्:

एकै हप्तामा परेका रहेछन्- शहीद सप्ताह र नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) काे  केन्द्रीय कमिटी दाेस्राे पूर्ण बैठक जसलाई अङ्ग्रेजी भाषामा jamboree भनिन्छ,  उहिलेकाे  साेभियत कम्युनिष्ट पार्टी वा चिनियाँ कम्युनिष्ट पार्टीको भन्दा पनि विशाल, केन्द्रिय कमिटीको बैठक भएकाे हुनाले।

शहीद सप्ताह/ दिवसताका  पार्टीगतरुपले नेकपाकाे ५५ हाे कि ५२ प्रतिशतीय नेतृत्त्वकाे मात्र सहभागीता भएकाे थियाे  किनकि माअाेवादीवाट   “नेकपावादी” भएकाहरु त हामीले मानिअाएका अादि शहीदहरुलाई मान्दैनन्, क्या रे! “समाजवादी” भएकाहरु पनि मान्दैनन्  हाेला! उनीहरु पनि  “जनयुद्धीय” ह्याङ्गअाेभरवाला भएका हुनाले ! जे हाेस्! पाेल त खुली हाल्याे – “जनयुद्धलाई बिर्सनु धाेका हुनेछ” भनेर सत्ताधारीभित्रका एकजना पूर्व “जनयुद्ध ” कमाण्डर गर्जिहालेका थिए पनि! तिनताकाकाे द्वैधमध्येका एक अध्यक्षकाे स्वीकृतिबाट भन्नुपर्ला अथवा जसकाे नून खाएकाे हाे, उसैकाे दुनाे साेझ्याउन पनि हाेला? याे पनि मूल कुराे हाेइन, खालि प्रसङ्ग मिलाउन मात्र उठेकाे। एउटा दैनिकमा मार्मिक कार्टून  छापिएकाे थियाे, शहीद दिवसका दिन- कछाडजस्ताे वस्त्र भिरेकाे एकजना दुब्लाे च्याँसे गणतन्त्रीय सार्वभाैम नेपाली नागरिक शहीदलाई नमन गर्दै भन्दछन् : “भाग्यवानी हुनुहुँदाेरहेछ! बाच्नुभा´भे अात्महत्या गर्नु हुनेथ्याे “!

अब जाम्बूरे केन्द्रिय कमिटीको चर्चा ! उद्घाटन दिनकाे विशाल तुलकाे बायाँमा पुष्पलाल र दायाँमा मदन भण्डारीकाे छवि अङ्कित  थियाे। देख्नासाथ मनमा अाइहाल्याे पुष्पलालपछि मदन भण्डारीलाई सम्झेछन्,राम्राे लाग्याे, उनकै छवि हुनुपर्नेथ्याे भएछ, झन राम्राे लाग्या। हुन पनि, २०४६-४७ काे साँच्चैकाे जनअान्दाेलन,विदेशी चलखेल प्रशस्तै भए पनि पाकाे राष्ट्रियता, देशप्रेम तथा राजनीतिक सुझबुझले गर्दा ऐतिहासिकरुपले माैलिक जनअान्दाेलनका सहनेता त भण्डारी नै हुन्!  त्यसैबेला केही विचार पाेख्न लागेकाे थिइयाे, किन हाे, राेकिए छ । कारण त अहिले पाे खुलिरहेछ, याे प्रकरण जाेडिनुपर्ने रै छ!

जथाभावी बाेल्नेहरुसित के लाग्छ?

हाेइन, याे नाथेले  त हाम्रा महान कामरेडहरुबारे  खूबै जान्याजस्ताे गरी लेख्दछ भन्नेलाग्छ कसैलाई भने कृपया उसकाे “डिल्लीबजारकाे लप्टनकाे हाेटेल” निवन्धसङ्ग्र तथा “१९९७ सालदेखि २०१७ साल – एक अबलाेकन”  पढे हुन्थ्याे: “पुष्पलालका सम्बन्धमा थप कुराहरु”  भन्ने शीर्षक छ। तर,  सत्य नबुझी  काेही बुज्रुग भएर जथाभावी बाेल्छन् भने के लाग्छ, र!

मदन भण्डारीलाई यसरी प्रस्तुत गर्न तिनताकाकाे  माअाेवादी- नेकपा नेतृत्त्वकाे लागि बडाे सकस भएकाे हुनुपर्थ्याे। भित्रभित्रै कुँढिए पनि स्वीकार गर्न बाध्य  भएका थिए हाेलान्। हुन त नेकपामा वर्चश्व राख्ने पूर्व एमालेवादीहरु पुष्पलाललाई पनि उति साह्राे कहाँ मनपराउँछन् र, पाए त किनारा लगाउँथे हाेलान्, तर त्यसाे गरी  राजनीति गर्न लाजै मर्नुपर्ने हुनाले हाेला, त्यत्ति छाडा हुन नसकेका! तर अहिले  “निष्ठा” फेरिएर “संसद- पुनर्स्थापनावादी” भई नव- माअाेवादी भएकाहरुले त पुष्पलाललाई पनि खल्तीमा हालेर हिँड्न मिल्ने रबर स्ट्याम्प बनाई राजनीति भजाउन चाहिँ  बेर छैन। अनि, जतिसुकै  “संसदवादी” भइटाेपलिए पनि खाँटी माअाेवादीहरुकाे  blood group का कारण  नयाँ मुल्लाहहरुसँग शारीरिक health length लामाे कालसम्म नमिल्ने निश्चित भए पनि याे ठगीकाे राजनीति, भन्छन् नि याे game of scouldrels , पनि तिनीहरु गर्न नचुक्लान्!

यहाँ भन्नैपर्ने कुरा धेरै छन्। माअाेवादीहरु त छाडा भएर नै नेकपावादी बनेका  थिए- पुष्पलालसिद्धान्त ध्वस्त गर्न, त्यस सिद्धान्तबाट सफल भएकाे जनअान्दाेलनद्वारा स्थापित सम्वैधानिक, बहुदलीय संसदीय व्यवस्थालाई विनष्ट गर्न। अाखिर तिनीहरु बाह्य साम्राज्यवादी तथा विस्तारवादी गठवन्धनले प्रायाेजित गरेका- गराएका  “जनयुद्ध”बाट देश र जनताका हुनसम्मकाे बर्बादी गर्दा पनि कुनै “अात्मालाेचना” नगरी,जनतासमक्ष कुनै क्षमायाचना नगरी,  “चाेखिएका- चाेख्याईएका” न थिए! तर चाेख्याइए पनि पुरानाे  संस्कार कहाँ जानथ्याे र, त्याे यसरी उम्लेर पाेखिइहाल्याे। फेरि, यस्ता माम्लामा अन्तिम अठाेट र राेजाइकाे एकमात्र हक- अधिकार त  US Military- Industrial -Complex, Vatican , EU काे र तिनले अनुनय- विनय वा अह्राइपह्राइ  गरेपछि दिल्ली दर्बारलाई मात्र  भइहाल्ने भाे! उसले अह्रायाे, फलस्वरूप, सडक अातङ्क छाइहाल्याे, नागरिक प्रतिगमन उर्लिहाल्याे। झाँक्री – समाजवादीहरु  प्रवक्ता  भइहाले!

निष्पक्ष तवरले भन्नुपर्दा, माअाेवादीहरुलाई कुनै विदेशी पूर्व उदाहरणबाट  लाभ लिनसक्ने  अवसर नमिलेकाे पनि हाेइन! जुन व्यक्तिकाे नामबाट राजनीति गरे माअाेवादीहरुले, अलिकति अाँट र हिम्मत राखेका भए,  माअाेबाटै केही सिक्न सक्नेथे। चिनियाँ कम्युनिष्ट पार्टीकाे September 1956 काे अाठाैँ महाधिवेशनमा माअाे स्वयंले “Great Leaps Forward” कार्यक्रम गलत भएकाे भनी सकारेकाे बुझेर। याे लेखक पनि त्यतिबेला त्यही हलमा थियाे- पुष्पलालकै अग्रसरताबाट गएकाे अर्ध-पार्टी साप्ताहिक “मशाल” काे विशेष प्रतिनिधिका रुपमा। पछि, “Let Hundred Flowers Blossom”  अभियान पनि हानिकारक भएकाे मान्नुपरेकाे  थियाे, भलै उनैले देशमा अाम नरसंहारकारी – अातङ्ककारी “साँस्कृतिक क्रान्ति” चलाए, अाफ्नाे व्यक्तिपूजावादी दीर्घ मनाेराेगका कारण।

नामधारीहरु!

हामीकहाँका त  तिनका नामधारीहरु ताक परे पाेल पाेटवादी नत्र नव-चाउचेस्कवादी  भइहाले – दुवै हातमा लड्डु !

ती त त्यस्ता भएभए। लाजमर्नु त  के भने, अाफू बराबरकाेलाई उनका महान कर्म, त्याय र नेतृत्त्व काैशलमा कारणबाट पनि समुचित सम्मान दिएकाे देखाउनेहरु पनि स्वार्थी मनस्थिति भएकै देखिएका थिए।  तिनले अस्वाभाविक तवरले राजनीतिकाे बिछाैना- सहभागीहरु जजसलाई बनाए ती टिकाउ थिएनन्, छुट्टिइहाले। तर यस्ताे साेखकाे भुक्तानी गर्नमा कस्ताकस्ता मानिसलाई राज्यसत्ताका संवेदनशील पदमा बसालियाे, राज्य संरचनाकाे पलङ्ग भत्काउन पुगियाे, त्यसकाे प्रतिफल त देश र जनताले नै त भाेग्नु परिरहेछ, हाेइन त?

यस कुकर्मका दागीहरु अहिले नव-माअाेवादी भई तिनले सुताएकाे थाङ्नामा चलमल गरी सडक अराजक “संसद फिर्तावादी” भए पनि तिनीहरु चाेखै हुन पाउने?

माअाेवादीहरु त हिजाे पनि “गद्दार पुष्पलाल”काे चरित्रहत्याकाे नारा उठाएर फाेहाेरी राजनीतिमा उतारिएका हाेइनन् र? पछि ” गुरु” लाई गुड ख्वाएर अाफू चिनी खाने चेला भएका, अाफ्नाे धर्म, जात, संस्कारलाई विदेशी धर्ममा परिवर्तन गरी हिँसावादी भएका हाेइनन् र ? लाै, अब ती यसरी  थन्किए थन्किए, बेशै भयाे भनाैँ  भने पनि, बाँकी कति बेदागी हुनेछन्, हेर्न बाँकी नै छैन त?

हुनपनि, इतिहासकाे विकृतिकाे थालनी अयाेग्य सत्तासीनहरुबाटै हुनेगर्छ ।

शब्दाडम्बरी सफलताकाे लालसा!

जाम्बूरे भेलाकाे सम्झनाबारे थप के लेख्नु पर्ला र ! तैपनि पुछारमा भन्नू पर्दा, देश र जनताले अाशा- अपेक्षा गरेका नयाँ विचारकाे साटाे शब्दाडम्बरी  “सफलताहरु”काे  प्रशंसा पाउने  लालसा  गरिएकाे थिइएन त त्यलिबेला? अाफ्ना व्यसनी- विलासीतापूर्ण जीवनशैलीबाट सही रूपले अाक्राेशित समाजप्रति कुण्ठा र क्राेध, सरकारकै भलाेहाेस् भनेर अभिव्यक्त भएका तीतै भए पनि पछि लाभकारी हुनेगर्ने अावाज दबाउने ऐनकानून नल्याई नछाड्ने बेरिया शैलीका धम्की, अमेरिकी सरकारले ल्याएकाे रणनीतिक बन्धनकारी सम्झाैता देशमाथि लाद्न मरीहत्ये गरिएकाे बाहेक के देखिया थियाे र, त्याे  jamboree मा।

कुनै विदेशी पात्रकै नक्कल गर्नुथियाे भने बेरियाकाे हाेइन साेभियत रुसका Yakov Mikhaiylovich Sverdlov  जस्ता क्रान्तिकारी राजनीतिज्ञ, Nikolai Ivanovich Bukharin जस्ता दार्शनिक- चिन्तक- लेखक, Sergei Mironovich Kirov जस्ता क्रान्तिकारी नेता- प्रशासक,पाेल्याण्डका जन्मेर जर्मनीकाे 1920 दशककाे क्रान्तिमा वलिदान भएकी महान अन्तर्राष्ट्रियतावादी कम्युनिष्ट  Roza Luxemburg जस्ता, जनवादी चीनका Liu  Shaoqi जस्ता अध्येता- राजनीतिज्ञ, ईटलीका Antonio Gramsi जस्ता दार्शनिक- अध्येता,  नैष्ठिक क्रान्तिकारी Che Guevera जस्ता, एकताका Indra Kumar Gujral काे प्रधानमन्त्रीत्व कालमा भारतका गृहमन्त्री भएका भारतीय कम्युनिष्ट पार्टीका महासचिव Indrajit Gupta, Communist Party of India ( Marxist) का सुविख्यात नेताद्वय EMS Namboodaripad तथा Jyoti Basu जस्ता, भारतीय कम्युनिष्ट चिन्तक Mohit Sen जस्ता वा पत्रकार- राजनीतिक विश्लेषक, भारतीय कम्युनिष्ट Nikhil Chakravorty जस्ता सुयाेग्य व्यक्तिहरुकाे काे अनुसरण गर्न सकिन्नथ्याे र?!  तर तनकाे पनि राम्राे काम गर्ने वा गरेको देखाउने अाँट वा निष्ठा पनि थिएन नि, देखिएन नि!

अमेरिकी सरकारले सुर्खेतमा बनाउन दबाब दिएकाे सैन्य अखाडाबाट देशकाे अहित हुन्छ भनेर नै बनाउन नदिएका कारण विचरा “सामन्ती” राजा वीरेन्द्र सकल परिवार गाेलीले भुटिए। CIA नभएकाे भए RAW मात्रैकाे के पिताम् त्यस्तो जघन्य हत्याकाण्ड  रच्न र गर्न। तर, “क्रान्तिकारी गणतन्त्रवादीहरु”  शुलेमानी हुनुपर्ला भनेर MCC -Multiple Conspiratorial Complot- लाद्न लागेका हुन् भने यी त हुतिहारा भएनन् त?

कथा नसकिएकाेले  प्रश्न बाँकी नै!

माअाेवादीहरु “नेकपावादी” हुँदा पनि न विचारधारा, न सिद्धान्त, न स्वच्छ राजनीतिकै कुनै चासाेफेिक्री थियाे भन्ने त सहजै बुझ्न सकिन्छ। तिनीहरुमध्येका  सिद्धान्तविद् माेहन वैद्य टिक्न नसकेर अाफैँ बाहिरिए, र अर्का बाबुराम भट्टराई पनि असहनीय भएर “समाजवादी” बन्न पुगेका हाेइनन् र?  तर अत्यन्त पठनशील तथा अध्येताद्वय पुष्पलाल र मदन भण्डारीलाई अाफ्ना गुरु तथा अादर्श मान्नेहरु, उनका छविहरु प्रदर्शन गरी राजनीति चलाउने, पार्टी स्कूल खाेलेर पार्टी क्लास चलाउन शिक्षक- प्रशिक्षक- अध्यापक राख्ने, अन्तर्राष्ट्रिय सेमिनार- वर्कशप संचालन गर्नेगराउने एमाले नेकपावादी नेतृत्त्व पंक्तिका  किन दलभित्र कि त बेरियावादी असहिष्णुता फैलाउन तथा वैचारिक दमन चलाउन, कि चाउचेस्कू व्यसनवादकाे पक्षसमर्थन गर्न जुरमुर्‍याएका हुन्छन्, त्याे अचम्म छ। कुनै विदेशीकाे अनुकरण गर्नु नै छ माथि उल्लेख गरिएका जस्ता गतिला, कर्मठ, निष्ठावान, चिन्तक, अध्येताहरुकाे अनुसरण गर्नु  नि!

खै, के थप्नु अरु! अब त, फैजका शब्दहरुकाे सम्झना नै काफी छ। अनि याे  प्रश्न बाँकी छ, भवानीभिक्षुका शब्द सापटी लिँदै, कथा नसकिए पनि व्यथा उठाउने यही प्रश्न बाँकी छ- के अाजका यी थाङ्गनेहरु हिजाेअस्तिका तिनै संघर्षशील हुन् त? के यिनीहरु अाम निर्वाचनकाे प्रतियाेगितामा अाउन हिजाेका अाफ्नै पार्टी अध्यक्ष र  अाजका बैरी “प्रतिगमनवादी” प्रधानमन्त्रीकाे चुनाैती स्वीकार गर्न तर्सिनु परेकाे हाे त? अर्काेतिर, समावेशी राजनीतिकाे शरण लिई सत्ता राजनीतिक खेल खेल्न पनि घाेर  लज्जाबाेध भएकाेले यस्ताे गराएकाे हाे त?

अर्काेतिर, प्रजातन्त्रकाे सच्चा महत्व, महत्ता एवम् मूल्यमान्यतालाई “बिर्सन” पुगेका लाेकतन्त्रवादीहरुकाे अर्कै विजाेग कथा छ । कतै तिनीहरु प्रजातन्त्रकाे संस्कारलाई जीवित राख्ने अावधिक अाम निर्वाचनकाे अाँटिलाे राजनीतिक प्रतिेयाेगिताबाट तर्सेर अाफू कुहिराेका कागसमान भएकाेले “झाँक्री” तथा  “समाजवादी”द्वारा निहित स्वार्थमा डाेर्‍याइन पुगेका त हाेइनन्?

साँच्चै, राजनीतिकाे ‘पाेलिटिक्स’ पनि अनाैठाे खेल हाे रहेछ!

Facebook Comments
Arbind
Comments (0)
Add Comment