किन बन्छौ नेता, किन कार्यकर्ता ?
यसै त पछौटे भन्छन्,
किन आफ्नु मालिक बनाउँछौ अरुलाई ?
व्यङ्ग्य
आफ्नु घाउ किन देखाउँछौ अरुलाई ?
यसै त घाउ दुखेको छ,
किन नुन–चुक छर्कन डाक्छौ अरुलाई ?
आफ्नु प्रगति किन सुनाउँछौ अरुलाई ?
यसै त हिँड्न गाह्रो छ,
किन आफ्नु खुट्टा तान्न बोलाउँछौ अरुलाई ?
आफुले नबुझेको कुरा किन सोध्छौ अरुलाई ?
यसै त मुर्ख भन्छन्,
प्रमाण किन दिन्छौ अरुलाई ?
आफ्नु बिचार–लक्ष किन सुनाउँछौ अरुलाई ?
यसै त पागल भन्छन्,
किन कुकुर छाड्न लगाउँछौ अरुलाई ?
हो, लाग्छ दया माया !
तर किन आफ्नै काखमा डाक्छौ अरुलाई ?
परपरै ठीक छ नि बरु,
किन “आइज मलाई डस्” भन्छौ अरुलाई ?
आफू परिपूर्ण मस्त भएर देखाई देऊ अरुलाई !
मरुन् न डाहाले,
आफू आफ्नै जीवन बाँच, उनको मृत्यु मर्न देऊ अरुलाई !!
Facebook Comments