शीर्षस्थदेखि पैतालास्थसम्म

शीर्षस्थहरू टाउको ठोकाठोकमा व्यस्त

निधारस्थहरू ढोग्न र टिका थाप्नमा व्यस्त

आँखास्थहरू टुलुटुलु हेर्नमा व्यस्त

नाकस्थहरू सुँघ्न र अनुलोम विलोममा व्यस्त

 

 

मुखस्थहरू मनपरी सराप्नमा व्यस्त

च्यापुस्थहरू च्यापु जोगाउनमा व्यस्त

व्यङ्ग्य

चट्याङमास्टर

घाँटीस्थहरू घाँटी रेट्नमा व्यस्त

हातस्थहरू भ्याएजत्ति बटुल्नमा व्यस्त

 

छातीस्ठहरू छाती फ़ुलाउनमा व्यस्त

पेटस्थहरू हसुर्न र पचाउनमा व्यस्त

ढाडस्थहरू ढाड जोगाउनमा व्यस्त

मलद्वारस्थहरू दुर्गन्ध फैलाउनमा व्यस्त

 

प्रजनन अङ्गस्थहरू गन्हाउन र रमाउनमा व्यस्त

तिघ्रास्थहरू आफ्नो आकार बढाउनमा व्यस्त

घुँडास्थहरू माथिको भार बोक्नमा व्यस्त

पिडौलास्थहरू अगाडि नपरी त्यस्सै मोटाउनमा व्यस्त

 

गोलीगाँठोस्थहरू तल भार व्यवस्थापनमा व्यस्त

खुट्टास्थहरू आँखा बिना हिड्नमा व्यस्त

पैतालास्थहरू त  जनता भइहाले

थिचिन, मिचिन, पिल्सिन, दुःख्न र सहनमा अभ्यस्त !

Facebook Comments
chatyang
Comments (0)
Add Comment