एक्काइसौं शताब्दीको राजनैतिक पहिचान विचार र सिद्धान्त विनाको राजनीतिका रुपमा स्थापित हुँदैछ । विचार प्रेरित क्रान्तिहरु खोज्दै जादा २० औं शताब्दीको शोभियत रुसको माक्र्सवादलाई आफ्नै ढंगबाट बुझ्दै लेनिनले गरेको क्रान्तिलाई बुझ्न सकिन्छ । तर, स्टालिनले क्रुरता थपे बाँकीले विस्तारै-विस्तारै गोर्वाचेभहरु जन्माउँदै लगे । अन्ततः त्यो सफल क्रान्ति छिन्नभिन्न भयो र विचारको क्रान्ति सिर्फ इतिहास मात्र बन्यो । छिमेकी चीनको क्रान्ति माओले नयाँ जनवादको रुपमा माक्र्सवादी चिनिया ढाँचाको क्रान्ति गरे । साँस्कृतिक क्रान्तिको नाममा त्यो पनि स्खलन हुदै बजारवादी कम्युनिष्टहरुको शासन स्थापित भयो र सकियो । वैचारिक क्रान्तिको मृत्यु भयो बजार क्रान्तिले जग बसाल्यो ।
म सर्वगुण सम्पन्न दैवीय गुणले भरिपूर्ण ईश्वर झैं छु भन्ने मानसिक रोग दुवो झै फलिएको छ हरेक तह र तप्कामा । आत्मलोचनाको वाक्य सुन्नै नचाहने र निरन्तर आफूलाई आफ्ना कमजोरीबाट आलोचनाको माध्यमबाट संशोधित, पूणर् ताजगी, सही विचारमा परिवर्तन गर्न नसकिने नेतृत्वबाट आशा त छैन त्यसैले रोइलो किन गर्ने ? आफ्ना शक्तिहरुसंग अलग-अलग हुँदै गुट-उपगुटको चक्रमा रुमल्लिएको नेपाली राजनीतिका खेलाडीहरु आत्मघाती गोल गर्न प्रेरित भै आत्मघाती गोल गर्छन् भने टाउको किन दुखाउने ? त्यो त उनीहरुको आचरण र जीवनशैली नै हो ।
भारतमा सुवासचन्द्र वोसको अजाद हिन्द फौजदेखि भगत सिंहसम्मको सशस्त्र क्रान्तिको स्थानमा मोहनदास करमचन्द गान्धीको नेतृत्वमा अहिंसात्मक क्रान्ति रामराज्य सहितको अवधारणामा सम्पन्न भयो र भारत स्वतन्त्र भयो । तर आज हिन्दुत्वको राज चलेको छ । नाथुराम गोडसेवादको राज्यसत्ता छ । नेपालमा विभिन्न चरणका वैचारिक क्रान्तिको सुरुवात भयो तर भु्रणहत्या पनि हुँदै गयो । समय सापेक्ष विचारको खडेरीले भारतको संविधान भित्र रही वंगालका कम्युनिष्टहरुको उत्थान र पतन पनि देखिएकै छ ।
माक्र्सवाद र यसका विरोधीहरुको क्रान्ति पनि विचारसून्यमा गएर टुङ्गिएको छ । विचार विनाको सत्ता नै सर्वथोक हो । सत्ता जोगाउन र प्राप्त गर्न जे कर्म पनि गर्नै पर्छ भन्ने मान्यता विश्वव्यापी नयाँ चिन्तनको जन्म भएको छ । ज-जसले जुन जुन विचारको राजनीतिक सपना देखेका थिए यी सबै आज विचलनकारी सपना भएका छन् । को टुट्दा के हुने, को फुट्दा के हुने ? को जुट्दा के हुने ? नजुट्दा के हुने यी सवालहरु जनताका लागि होइन सत्ताको हिसाव किताव गर्नेहरुका लागि हो । चुनावी राजनीति, जोडघटाउ, पार्टीभित्र आफैं शक्तिशाली हुने नेताहरुको लडाई, जो जससंग सत्ताका लागि समीकरण गठबन्धन हुने चिन्तनले मासवेस पार्टीलाई पनि असर गरेकै छ । तर क्याडरवेस पार्टीलाई क्याडेर र नेताको बिच नपुरिने खाडल, जनतालाई केही दिन र भन्न नसक्ने क्याडर र जनताको विचको खाल्डो नपुरिने गरी बनेको यथार्थ नै आजको यथार्थ हो । कोही पनि आफ्नो गल्ती, कमजोरी छ भन्न सक्ने मानसिकतामा छैनन् ।
म सर्वगुण सम्पन्न दैवीय गुणले भरिपूर्ण ईश्वर झैं छु भन्ने मानसिक रोग दुवो झै फलिएको छ हरेक तह र तप्कामा । आत्मलोचनाको वाक्य सुन्नै नचाहने र निरन्तर आफूलाई आफ्ना कमजोरीबाट आलोचनाको माध्यमबाट संशोधित, पूणर् ताजगी, सही विचारमा परिवर्तन गर्न नसकिने नेतृत्वबाट आशा त छैन त्यसैले रोइलो किन गर्ने ?
आफ्ना शक्तिहरुसंग अलग-अलग हुँदै गुट-उपगुटको चक्रमा रुमल्लिएको नेपाली राजनीतिका खेलाडीहरु आत्मघाती गोल गर्न प्रेरित भै आत्मघाती गोल गर्छन् भने टाउको किन दुखाउने ? त्यो त उनीहरुको आचरण र जीवनशैली नै हो । समयले नयाँ विचार र नयाँ नेतृत्व पाउने आशामा कुनै पनि दलका निष्ठावान जुझारु कार्यकर्ताले जनता र जनता बसेको जमिनसंग घनीभूत सम्बन्ध आफैं बढाउने हो । नेताहरुको आपसी लडाई गुटहरुले बोकुन । किन कि जनता सेकिए पनि उनीहरुले लाभ प्राप्त गरेकै छन् । लाभ पाउनेहरु र लाभका लागि दौडधुप गर्नेहरुले नै थेग्लान् । प्रजातान्त्रिक वा वामपन्थी समर्थक चुपचाप होइन, विद्यमान गुटहरुका नेताहरुको व्यक्तिगत अहङ्कार र निरंकुशता, विलासिता र परिवारवादको विरोध गर्ने मुद्दा गुटहरुले बोक्दैनन् जनता आफैले बोक्नु पर्छ । महाराजहरु र महारानीहरुको स्वरुपमा ढालिएकाहरुबाट हुनु पर्ने चरित्र यस्तै हो, जुन भइरहेछ । जनजीविका र जनतन्त्रका लागि आजका दलका नेताहरु विचको छिनाझम्टी आफ्नो वर्चश्व र गुटको वर्चश्वका लागि मात्र हो ।
कुरा प्रष्ट छ¬- जनमत र मतदाताको भावनको हत्या भइसकेको छ । त्यो हत्या जुनसुकै कालखण्डका शासकहरुले गर्दै आइरहेका छन् । वर्तमानमा देखिएका सवै दलका शिर्ष नेतृत्वहरु कोही कसैको विकल्प हुन सक्ने हैसियत नै छैन । विचारको अन्तरसंघर्ष जनताका लागि त्यो संघर्ष नभइ लोभ लालच, भागवण्डा र सत्ताका लागि हो । यसमा सत्ताधारी दलमात्र होइन अन्य विपक्षीहरु पनि उत्तिकै रुपमा अगाडि बढेका छन् । अति आत्ममुग्धता, अति अन्धभक्ति, अति आलोचना, अति विरोध, विस्तारै विस्तारै स्खलित हुदै जान्छ । आज दलहरुका पक्ष-प्रतिपक्षहरु आत्म अवलोकन विना, जनताको मुद्दालाई ओझेल पार्दै आफ्नो शक्ति बढाउनका लागि एक अर्कालाई नाङ्गेझार पार्दैछन् । त्यसले उनीहरु गुप्ताङ्ग समेत छोप्न नसक्ने स्थिति देखिन थालेको छ । त्यसबेला नाङ्गोपन छोप्न हिजो जसरी जनताले कपडा दिन्थे अब दिन जनताले धेरै पल्ट सोच्लान् ।
प्रत्येक क्रान्तिमा तिनैलाई जनताले स्थापित गरे पनि पुनः आफ्नो प्रवृति देखाउन पछि परेनन् । एकले अर्कोलाई नीच देखाउन जे हर्कत गरिरहेका छन् त्यसले मलाई एउटा कथाको सम्झना गरायो । त्यो कथामा “एउटा चरा समुद्रसँग रिसाएर समुद्र सुकाउँछु भनेर आफ्नो चुच्चोले एक-एक बुँद पानी बाहिर फ्याकीरहेको थियो । समुद्रले सहनसम्म सह्यो, अति भएपछि छालले तरङ्ग ल्यायो । उसको गुँढ र बच्चा कोरल्न ठिक्क पारेका अण्डाहरु सबै बगायो । चरा नितान्त एक्लो भयो । धेरै परको नरिवलको रुखमा बसेर त्यो अण्डा बगाएको दृष्य हेरिरह्यो । खै, जनतारुपी समुद्रलाई के ठानेका छन्, नेतारुपी चराहरुले ।
आज नेतृत्वमा पुगेका प्रजातान्त्रिक समाजवादीहरु या कम्युनिष्टहरु, जमिन बाड्ने नारा दिन्छन् तर आफ्नो होइन । शोषण विरुद्ध नारा दिन्छन् तर आफैंले गर्ने शोषणको होइन । आज यी चिन्तन नेतृत्वकर्ताहरु धनीलाई अझ पनि धनी बनाउने र गरिवलाई अझ गरिव बनाई राख्ने दौडमा सामेल छन् । यो अहिले पार्टीहरुको लडाई सवणर्को लडाई हो । दलित र जनता छँदै छन् । जनता सधैंभरी सेवा गर्ने तत्पर छन् नभए कानूनका, सत्ताका डण्डा बर्साउन जानेकै छौ भनेर निश्चिन्त निदाई रहेका छन् ।
सागरले सुनामी ल्याउदा चरीको हविगत भए झै यिनीहरुको हविगत हुने कुरामा दुई मत छैन । सवणर्को लडाईमा आकास खसे झै १० रेक्टर स्केलको भुकम्प आए झैं हामी कोकोहोलो नगरौं । को के भन्दा के हुने हो भन्ने कुरा अतित बोकेका वर्तमान अनुहारहरु काफी छन् । छोड पत्रका बमहरु पड्किदै जाउन् । त्यसले उनीहरुलाई नै सिद्याउँछ । जनता घनघोर निराश हुनु पर्ने अवस्था छैन । आत्मगत अवस्था मजवुत बनाऔं । वस्तुगत अवस्थाको आधारसिला तयार नै छ । जनता विकल्पका लागि छट्पटिएका छन् । तिमीहरुको लडाइलाई नाटकको रुपमा जनताले लिएका छन् । कहिले आउछौ मत माग्ने कटौरा लिएर त्यसबेला दिनु पर्ने झापट दिन जनता तयार भएर बसेका छन् ।