नेकपामा छोडपत्रको तरङ्ग

अहिले नेकपा भित्र दोस्रो अध्यक्ष पुष्पकमल दाहालको छोडपत्रले तरङ्ग उत्पन्न गरेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली विरुद्ध दाहालको आक्रोस, कुण्ठा, तिक्डम, पदलोलुपता, मनोगत आरोप, पार्टीको भावना र विधान विपरितको आरोप पत्रभित्र बडो छटपटी ब्यक्त भएको छ । ऐनाको अगाडि आफू बसेर आफ्नै चित्र उतारिएको त्यो पत्रलाई केही नलागेपछि अन्तिममा लेखिएको ‘छोड-पत्र’ भन्दा हुन्छ ।

नेपाली भूमिमा विभिन्न क्रान्तिको परिक्षण गरिसक्नु भएका दाहालले माओवादी आन्दोलनलाई विसर्जन गरी सकेपछि नेकपा एमालेमा गए मात्र आफू सुरक्षित हुने निष्कर्ष निकाल्नु भयो । उहासँग त्यसबेला चार हजार भन्दा बढी त केन्द्रीय सदस्य नै थिए । विशाल पार्टीको महान नेता र आफ्नो गौरवाशाली इतिहासको ब्याख्या गर्ने उहाँ शायद भित्र भित्रै गलित र थकित हुनुहुन्थ्यो । बाहिर जे भनिए पनि जनतामा माओवादीको छवि राम्रो छैन भन्ने वास्ताविकता दाहाललाई थाहा नहुने कुनै भएन। यस्तो बेला आफ्नै भविष्य सम्झेर भरङ्ग हुनु बाहेक अर्को उपाय थिएन । तत्कालीन अवस्थामा एमाले संगठानिक, वैचारिक, राजनैतिक, ब्यवहारिक र भौतिक रुपले सवल र सम्पन्न पार्टी थियो । दाहालले एमालेमा विलय भने विलय, समाहित भने समाहित र एकीकरण भने एकीकरणको मार्ग अवलम्बन गर्नु भयो । अन्तिममा ओली र दाहालबीच एकीकरण गर्ने सहमति भयो ।

किन छोड-पत्र !

दाहालको एकमात्र उद्देश्य प्रधानमन्त्री बन्नु हो । उहाँले त्यो पद नपाउने अवस्था देखिसक्नु भयो । अर्कोतिर ४० प्रतिशतको गह्रुगो भारी बोकेर आएको भनिए पनि मोहन वैद्य, बाबुराम, विप्लव लगायतले आफ्नो पार्टी चोइट्याएर २९ प्रतिशतमा झारी दिएको हिनताबोध उहाँमा रहेको छ । त्यसपछि पनि केही स्थायी कमिटी सदस्यले दाहालको पछि नलाग्ने निणर्य गरेको थाहा पाईसक्नु भएको छ । यसरी चारैतिरबाट घेरिदै एक्लिन पुग्नु भएका दाहालले अर्कैको वैसाखी टेकेर लैनो पाडो जस्तो घात्राक र घुत्रुक गर्नु अस्वभाविक होइन । मनमा भएको छटपटी, औडाहा, डाहा र आशक्तिको पीडाको बर्वराट त्यही छोडपत्रबाट उहाँले सार्वजनिक गर्नु भएको छ । यस्तो हिनताबोध बोकेर उहाँ अहिलेसम्म कसरी बस्नु भयो यही नै अनौठो मान्नु पर्ने भएको छ ।

यस्तै अवस्थामा बैठकहरुमा उपस्थित हुँदा प्रथम अध्यक्ष ओली बसेको कुर्सीतिर हेर्र्दै आफू त्यो कुर्सीमा बस्ने र प्रधानमन्त्री बन्ने कल्पना गर्नु परेको अवस्था छ । यी काल्पनिक कारणहरुले मथिङ्गल घुमाइ दिन्छ । ओली कै उचाई कायम गर्ने आफ्नो औकात नहुँदा मान्छेको दिमाग आक्रोस र कुण्ठाले लभालभ भरिन्छ। यही आक्रोस र कुण्ठालाई कतिपयले विद्रोह, क्रान्ति अथवा आन्दोलनको संज्ञा पनि दिने गरेका छन्। तर, दाहालले लेख्नु भएको यो पत्र भने आफ्नो मनोकांक्ष पुरा नभएपछि आवेशमा आएर लेखिएको छोड-पत्र बन्न पुगेको छ ।

इष्र्या, डाहा, लोभ र लालचको भकुण्डो

यो पत्र लेख्ने जिम्मेवारी पाउनु भएका नेकपा प्रवक्ता नारायणकाजीले मिठो गरी दावी लेख्नु भएको छ । त्यहाँ दाहालले धेरै कुरा त्याग गरेर ओलीलाई प्रधानमन्त्री बनाएको पनि उल्लेख गरिएको छ । आफ्नो मनका कुण्ठाहरु छरपष्ट पार्दै आफ्नै धरातल बिर्सनु भएका दाहालले जनताले आफू र ओली मध्य कसलाई विश्वास गर्लान् भन्नेसम्म सोच्न भ्याउनु भएन छ । नेपाली जनता कहिल्यै पनि माओवादीका नाममा भएगरेका वितण्डा, शान्ति सम्झौता र फागुन १ को पक्षमा रहेनन् र छैनन भन्ने पनि उहाँले मुल्याङ्कन गर्न बिर्सनु भएछ । आफूले गरेको त्यागलाई ओलीले समेत नमानेर जनताको पक्ष लिएको आरोप पनि लगाउनु भएछ ।

वस्तुतः धरातलीय यथार्थको ठोस विश्लेषण गर्न बिर्सिएर हतारमा लेखिएको त्यो आवेश, आक्रोस र भडास्-पत्रलाई दाहालले आफैंतर्फ फर्काएर पड्काएको बन्दूक भन्दा हुन्छ । नत्र आफ्नै अध्यक्ष तथा प्रधानमन्त्रीलाई तथानाम गाली गरेर कसैले पत्र लेख्दैन । हो, यिनै कारणहरुले गर्दा दाहालको यो पत्रलाई छोडपत्र भन्नु पर्ने हुन्छ । र त्यो छोडपत्रे भकुण्डो ओली तिर फाल्नु भएको छ ।

अब त्यही पार्टीमा कसरी बस्ने ?

दाहालले प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध झुठो लाञ्छनाको फाएर खोल्नु भएको छ । कणर्ाली प्रदेशको घटनाबाट विक्षिप्त बन्नु परेको, ओलीको मात्र प्रसंशा सुन्दा आफूले खप्न नसकेको, पदीय जिम्मेवारी सुम्पदा आफूलाई झारा टार्नका लागि मात्र सोधेको, म विचार गर्छु भन्दा भन्दै निणर्य गरेको, आफूलाई दोस्रो दर्जाको अध्यक्ष जस्तो ब्यवहार गरेको, आफू नभएको भए केपी ओली प्रधानमन्त्री बन्दै नबन्ने जस्ता आशय झल्किने गरी लेखिएको पत्र पछि अब त्यही पार्टीमा आफू कसरी बस्ने ? दाहालले सोच्नै पर्छ ।

दाहालले पत्रमा ओलीले ‘हामी नेपाली कम्युनिष्ठहरुको नेतृत्वदायी संघर्षबाट प्राप्त भएको ऐतिहासिक परिवर्तनको सारतत्व एवम् मर्मलाई आत्मसात गर्न सफल भएको देखिदैन’ भनेर लेख्नु भएको छ । उहाँले पत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका विषयमा, लोकतान्त्रिक मूल्य मान्यताका विषयमा ओलीले काम गर्न नसकेको आरोप छ । अनि सचिव सरुवा गर्दा, कसैलाई पदमा वहाली गर्दा आफूलाई नसोधिएको पीडायुक्त आशय पनि पत्रमा झल्किन्छ । निचोडमा भन्नु पर्दा यो पत्र (छोड-पत्र) लेखी सकेपछि अब त्यही पार्टी (घर) मा कसरी बस्नु ? केही पनि गर्न नसक्ने, पार्टीमा अरुलाई चटपटाउन नदिने, सैद्धान्तिक कुरै नगर्ने अनि व्यवहारमा पेल्ने गरेको कुरा छोडपत्रमा लेखी सकेपछि अब पनि केपी ओलीलाई नै अध्यक्ष मानेर बस्न उहाँ जत्तिको चतुर र कुटिल नेतालाई सुहाउदैन । उहाँले आफ्नै हकमा अदुरदर्शी निणर्य गरेर छोडपत्र नलेखेको भए हुन्थ्यो होला भन्नु बाहेक अरु केही भन्ने ठाउँ अब बाँकी छैन ।

प्रथम अध्यक्षको आकांक्षा !

नेपाली भूमिमा विभिन्न क्रान्तिको परिक्षण गरिसक्नु भएका दाहालले माओवादी आन्दोलनलाई विसर्जन गरी सकेपछि नेकपा एमालेमा गए मात्र आफू सुरक्षित हुने निष्कर्ष निकाल्नु भयो। उहासँग त्यसबेला चार हजार भन्दा बढी त केन्द्रीय सदस्य नै थिए। विशाल पार्टीको महान नेता र आफ्नो गौरवाशाली इतिहासको ब्याख्या गर्ने उहाँ शायद भित्र भित्रै गलित र थकित हुनुहुन्थ्यो। बाहिर जे भनिए पनि जनतामा माओवादीको छवि राम्रो छैन भन्ने वास्ताविकता दाहाललाई थाहा नहुने कुनै भएन। यस्तो बेला आफ्नै भविष्य सम्झेर भरङ्ग हुनु बाहेक अर्को उपाय थिएन । तत्कालीन अवस्थामा एमाले संगठानिक, वैचारिक, राजनैतिक, ब्यवहारिक र भौतिक रुपले सवल र सम्पन्न पार्टी थियो। दाहालले एमालेमा विलय भने विलय, समाहित भने समाहित र एकीकरण भने एकीकरणको मार्ग अवलम्बन गर्नु भयो। अन्तिममा ओली र दाहालबीच एकीकरण गर्ने सहमति भयो।

दाहालले माओवादी जस्तो खोक्रो र आडम्बर युक्त होइन साँच्चैको दह्रो र खदिलो पार्टीको एकलौटी अध्यक्ष बन्ने कल्पना सायद त्यसै बेला गरी सक्नु भएको थियो होला । तत्काल नभए पनि निकट भविष्यमा आफू एकलौटी अध्यक्ष बन्ने कल्पना गर्नु अस्वभाविक पनि होइन । किनभने पार्टी अध्यक्ष तथा प्रधामन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था ठिक थिएन । पछिल्लो पटक ओलीको अप्रेशन हुँदा नेकपाका केही नेताहरुले ‘अब ओली फर्किनु हुन्न, जे हो अब प्रचण्ड नै सर्वेसर्वा हो’ भन्दै भोज समेत गर्न भ्याई सक्नु भएको थियो ।

जब प्रधानमन्त्री ओलीको अप्रेशन सफल भएको र स्वास्थ्यमा सुधार हुँदै गएको खवर प्रवाह भयो तब मात्र केही नेताहरु अमिलो मुख लिएर टिचिङ्ग अस्पताल पुगेर औपचारिकता पुरा गर्नु भयो । दाहाल भने प्रधानमन्त्री डिस्चार्ज भएर वालुवाटार फर्कीसक्नु भएपछि अप्रेसन गरेको ११ दिन पछि मात्र औपाचारिकता पुरा गर्न वालुवाटार पुग्नु भएको थियो । यसपछि भने नेकपमा नजानिदो गरी दाहाल खिचडी फत्किन थाल्यो । प्रथम र एकलौटी अध्यक्ष हुने उग्र चाहनामा तुषारापात हुने अवस्था झन् झन् टड्कारो देखिन थाल्यो । हो यसैको उपज हो अहिले प्रस्तुत भएको छोडपत्र ।

छोडपत्रमा सैद्धान्तिक गफ !

कम्युनिष्ट पार्टीले बहुदलीय ब्यवस्था, चुनावी प्रतिष्पर्धा, आवधिक निर्वाचन र संसदीय पद्धति स्वीकार गरी जबज अन्गर्तत जनताको मन जित्तै सरकार गठन गरेर साम्यवाद ल्याउने कल्पना अस्वभाविक हो । २१ औं शताब्दीका जनताले पत्याउने हदसम्मको मात्र गफ लडाउनु पर्छ । अन्यथा चुनावबाटै जनताले तिरस्कारको पगरी गुथाउने छन् । तर, चुनावी प्रतिष्पर्धाबाटै भए पनि सत्तामा पुगेपछि कम्यूनिष्टहरुले जनअपेक्षा र आवश्यकता अनुरुप नै सत्ता सञ्चालन गर्न सक्नु पर्छ । पत्रमा दाहालले पार्टी र सरकार बेकामे भएको आशय प्रकट गर्दै “वस्तुतः अन्ततः र मुख्यतः पार्टी र सरकारको उपरोक्त स्थितिका लागि पार्टी र सरकार दुबैको मुख्य नेतृत्वमा रहेका कमरेड केपी शर्मा ओली” जिम्मेवार भएको ठहर गर्नु भएको छ । यहाँ काँग्रेस, राप्रपा, मधेशी दलसमेत प्रतिस्पर्धामा रहेका छन्, कम्युनिष्टले सत्ता कब्जा गरेको होइन भन्ने दाहालले बिर्सनु भए जस्तो छ । तर, दाहालले यति हुँदाहुदै पनि मुख्य नेतृत्वमा केपी नै रहनु भएको स्वीकार्नु भएको छ ।

यहाँ दुर्भाग्य त के छ भने नेकपाका नेताहरु एकातिर बहुदलीय प्रस्तपर्धामा होमिएका छन भने अर्कोतर्फ कम्यूनिष्ट पार्टीले सत्ता चलाउँछ प्रधानमन्त्रले होइन भन्ने तर्क गर्न पनि उत्तिकै सुरिएका छन् । यो वणर्शंकर चिन्तन नै नेकपाका नेताहरुको प्रमुख समस्या बनेको छ । उनीहरु न भेडाको चाल न बाख्राको चाल जस्ता भएका छन् ।

सैद्धान्तिक विचलन ओलीले निम्त्याएको आरोप लगाई रहँदा दाहालले प्रमाणको रुपमा आफ्नै पत्रकारहरुले ओली र सरकारलाई पहिलादेखि नै लगाउँदै आएको कपोलकल्पित आरोपहरुको सहारा लिनु भएको छ । आफूले त गर्न खोजेको तर, उहाँकै शब्दमा ‘मुख्य नेतृत्वमा रहेका कमरेड केपी शर्मा ओली’ ले आफ्नो तेजोबध गरेको हुँदा नसकेको आसय छोडपत्रमा झल्काउनु भएको छ। कसैले जब अरुले गर्न दिएनन म त गर्ने थिएँ भन्छ, त्यसैबखत बुझे हुन्छ त्यो कुनै हालतमा नेता होइन। नेता त्यो हो जो जुनसकै प्रतिकुल परिस्थितिमा पनि कमभन्दा कम क्षतिमा आफ्नो पार्टीको गन्तव्य तय गर्ने गर्छ।

यो छोडपत्रलाई कसैले ‘दस्तावेज’ कसैले ‘प्रतिवेदन’ कसैले आरोपपत्र भने र कसैले झुठो लाञ्छनाको पुरिया भनेका छन् । वास्तवमा यो पत्र त्यस्तो केही होइन घर गरी खान नसक्ने देखेपछि युवतीले लेखेको छोडपत्र मात्र हो । छोडपत्रलाई अन्य संज्ञा दिई रहनु पर्दैन ।

पार्टी एकता !

नेकपा एमाले र माओवादी केन्द्रको ‘एकता’ भयो, ठूलो पार्टी बन्यो भनेर जतिखेर डङ्का पिटियो त्यसै बेला विश्लेषकहरुले विभिन्न अर्थहरु लगाएका थिए । माओवादीले आफ्नो प्रखर दुश्मनको रुपमा लिई रहेको केपी शर्मा ओलीलाई कसरी आफ्नो नेता मान्ला ! के नेकपा एमालेको दह्रो संगठन र प्रतिवद्ध कार्यकर्ताको पंक्ति तहसनहस पार्न कुनै बाह्य शक्तिको इसारामा मात्र यो जत्था एमाले प्रवेश गरेको त होइन ? आफ्नो चार हजारभन्दा बढी केन्द्रीय सदस्य भएको र नेपालमा रहेका पार्टी मध्य आफ्नो पार्टीले मात्र सुशासन दिन सक्ने जनभावनाको कदर गर्न र जनजीविकाको ग्यारेण्टी गर्न सक्ने भनेर हिजोसम्म फलाकी रहेका माओवादीका नेता किन एमाले जस्तो समुद्रमा हेलिदै छन् ? भनेर त्यसै बखत सामाजिक सञ्जालमा प्रश्नहरु उठाइएका थिए ।

विगतका गतिविधि नियाल्नेहरुले उग्रता, अस्थिरता र ढुलमुले आचरणको नमुना बन्नु भएका पुष्पकमल दाहाल दोस्रो वरियताको नेता बनेर धेरै समयसम्म टिक्न सक्नु हुने छैन भन्ने निचोड पनि त्यसैबेला निकालिएको थियो । एमालेका केही नेताहरुले यदि पार्टी एक गर्ने हो भने २१ प्रतिशतभन्दा बढी दिनु हुँदैन भन्ने अडान पनि लिएका थिए । पछि केपी ओलीले नै ‘होइन ३० प्रतिशतसम्म दिउँ’ भन्ने धारणा राख्नु भएको कुरा पनि छापाहरुमा आए । अन्तिममा शंकर पोखरेलहरुले माओवादी ‘वार्गेनिङ’ थेग्न नसकेर ४० प्रतिशत पुर्‍याएका थिए । पार्टी एक भएपछि माओवादीकै कतिपय नेताले आफ्नो पार्टी एमालेमा विलय गराएर दाहालले धोका दिएको आरोप पनि लगाए । यसरी केपी ओलीहरुले सडक छाप बन्न लागेको माओवादीलाई ४० प्रतिसत हिस्सा दिएर कम्यूनिष्ट एकताका लागि त्याग गरेको कुरा विर्सिएर अहिले प्रचण्ड र उनका हनुमानहरु निलज्र्ज भन्नथालेका छन्- प्रचण्डले ‘त्याग’ नगरेको भए केपी ओली प्रधानमन्त्री नै बन्नुहुन्थ्यो ।

मानिसले जोगी हुनलाई राजनीति गरेको होइन । र, राजनीति गर्नेले आफ्नो अन्तिम लक्ष्य पनि निर्धारण गरेको हुन्छ । यो अस्वभाविक हँुदै होइन । पुष्पकमल दाहाल त झन प्रधानमन्त्रीको स्वाद चाखी सक्नु भएको ब्यक्ति । उहाँलाई पार्टी अध्यक्षभन्दा पनि चारित्रिक बानी र बुढ्यौलीको दवावले गर्दा भविश्य कुर्ने भन्दा हाललाई प्रधानमन्त्री पदको आशक्तिले जुनसुकै कदम चाल्न प्रेरित गरिरहेको छ । उहाँले छोडपत्रमा पनि लेखिसक्नु भएको छ आधा-आधा समय प्रधानमन्त्री बन्ने सहमति भए पनि आफूले प्रधानमन्त्री ‘पाँच वर्षसम्म ओली नै रहने’ भनेर ‘त्याग’ गरेको नै ठूलो गल्ती हो भनेर ।

त्यसवेला वास्तवमा धेरै बुद्धिजीवीले एमालेमा माओवादी पार्टी विलय भएकै ठोकुवा गरे । ठूलो नदीमा सानो खहरे अथवा खोला मिसिदा अलि परसम्म आफ्नो अस्तित्व देखाउँछ त्यसपछि नदीकै अस्तित्व स्वीकार गर्दै आफ्नो अस्तित्व मेटाउँछ भनेर पनि कतिपयले लेख्न भ्याए । हुन पनि हो एउटा उत्तेजना, आवेश, महत्वकाँक्ष, संवेग र उग्रतामा समेटिएको माओवादीको उर्जा जनतासम्म पुग्न सक्षम थिएन । त्यसैले यो पार्टी एमालेमा विलय हुनु बाहेक अर्को विकल्प पनि थिएन । माओवादीमा मुक्तिको इमान्दार सपना देखेर पार्टीमा लाग्ने कार्यकताको ठूलो पंक्ति नभएको पनि होइन । यसलाई एकता, समाहित, विलय वा प्रवेश जसले जे संज्ञा दिए पनि हुने अवस्था थियो ।

अन्तिम लक्ष्य !

मानिसले जोगी हुनलाई राजनीति गरेको होइन । र, राजनीति गर्नेले आफ्नो अन्तिम लक्ष्य पनि निर्धारण गरेको हुन्छ । यो अस्वभाविक हँुदै होइन । पुष्पकमल दाहाल त झन प्रधानमन्त्रीको स्वाद चाखी सक्नु भएको ब्यक्ति । उहाँलाई पार्टी अध्यक्षभन्दा पनि चारित्रिक बानी र बुढ्यौलीको दवावले गर्दा भविश्य कुर्ने भन्दा हाललाई प्रधानमन्त्री पदको आशक्तिले जुनसुकै कदम चाल्न प्रेरित गरिरहेको छ । उहाँले छोडपत्रमा पनि लेखिसक्नु भएको छ आधा-आधा समय प्रधानमन्त्री बन्ने सहमति भए पनि आफूले प्रधानमन्त्री ‘पाँच वर्षसम्म ओली नै रहने’ भनेर ‘त्याग’ गरेको नै ठूलो गल्ती हो भनेर ।

यसरी समग्रमा हेर्दा उहाँ प्रधानमन्त्री बन्ने हतारोमा हुनुहुन्छ । तर, त्यो अवस्था अहिले नै जुर्छ जस्तो छैन। नेपालको संविधान र नेकपाले हाल अँगालेको बहुदलीय पद्धतिमा प्रधानमन्त्री जनअनुमोदित हुनुपर्छ। केही व्यक्तिहरुको सत्ताको चालबाजीले कोही व्यक्ति प्रधानमन्त्री हुन खोजेमा जनताले तोकिएको अवधिपछि जबाफ नराम्ररी फिराउने छन्। फेरि प्रधानमन्त्रीमा परिक्षण भई सक्नु भएका प्रचण्डले कुन त्यस्तो काम गर्नु भयो र अहिले पुनः खुरुन्धार गर्दै हुनुहुन्छ भन्ने प्रश्न अनुत्तरित नै छ। अर्कोतिर छोडपत्रमा लगाइएका आरोपहरुको जवाफले उहाँलाई कता धकेल्ने हो भन्न सक्ने अवस्था पनि छैन। तर यो स्वार्थी खेलले नेकपाका आम कार्यकार्ता र जनविश्वासलाई धोखा दिनु चाँहि राष्ट्रिय गद्दारी ठहरिने छ। बेलैमा चेतना भए सबैको हितमा हुनेछ।

Facebook Comments
Govinda
Comments (0)
Add Comment