तिमी नै माता, तिमी नै पिता, तिमी पालनकर्ता।
हुर्कायाै तिमीले, बढायाै तिमीले बज्यै सर्वसत्ता।।
कहिले घाँस, कहिले पात पिठ्यूँमा बाेकेर।
निरन्तर काममा खटी नै रह्याै एकछिन नराेकेर।
सवार गरी बज्यैकाे पिठ्यूँ उड्थेँ माथिमाथि।
जाँताे र ढिक्की, घाट र घट्ट बज्यैकाे म साथी।
कविता
ह्रृदयभित्र म बाेल्थेँ उनकाे, ममताकी खानी।
बात्सल्य प्रेम झन् प्रगाढ बन्याे, बुध्द जस्तै ज्ञानी।
पुलकित पार्दै ज्ञान शक्ति भर्ने अलाैकिक ममता।
पारङ्गत बनाई स्पात झैँ पार्ने अदम्य क्षमता।।
लक्ष्मी हाै माता द्रब्यकी खानी, दश नङ्ग्रा खियायाै।
अज्ञानलाई हटाई सरस्वती जस्तै अमृतै पिलायाै।।
दृष्टान्त बनी समाजकाे लागि ज्ञानकाे ज्योति बाल्याै।
जननी बन्याै त्याे दूर्गम गाउँकाे, सारा जगत पाल्याै।।
देवी हाै तिमी हे बज्यै माता आरती म गाउँछु।
त्रिलाेक भुवन खाेजेर पनि दर्शन कहाँ पाउँछु!
सम्झना तिम्राे ताजै छ, डाेर्यायाै ज्ञानकाे पथमा।
शिर निहुराइकन दश कर जाेड्छु तिम्राे त्याे माथमा।
गाह्राे भाे मलाई ऋण तिर्न तिम्राे, कृपा निधान गर।
महिमा तिम्राे अपरम्पार, छ्यौ सधैँ अमर।।
Facebook Comments