विश्वव्यापी रुप लिएको कोरोना महामारी सुरु भएको एक वर्ष पूरा हुन लागेको छ । यो लेख तयार गर्दासम्म विश्वभर पाँच करोडभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । युरोपीयन देशहरुमा संक्रमितको संख्यामा फेरि वृद्धि आएको भन्दै फ्रान्स र बेलायतले पुनः लकडाउन गरेका छन् । संयुक्त राज्य अमेरिकामा दैनिक संक्रमितको संख्या एक लाखभन्दा माथि पुगेको छ । महामारी नयाँ भएको कारण उपचारको निश्चित खोप विकास भैसकेको छैन । संक्रमण फैलनबाट नियन्त्रण गर्न बन्दाबन्दी नै एकमात्र उपाय मानिएको छ । मानिसका भीडभाडजपूर्ण गतिविधि नियन्त्रण गर्न गरिएको बन्दाबन्दी वा निषेधाज्ञाले प्राय सबै देशको आर्थिक गतिविधि पछाडि धकेलिदिएको छ । विश्वका कतिपय ठूल्ठूला कम्पनीहरुले आफ्ना कामदार कटौती गरे । बेरोजगारी दरमा अभूतपूर्व वृद्धि भयो।
सरकारले पछिल्लो समयमा सार्वजनिक यातायात, आन्तरिक हवाई सेवा, होटल क्षेत्र पनि सञ्चालन गर्न अनुमती दिएको छ । अर्कोतिर सुरक्षाका उपाय अपनाउँदै देशभित्र आन्तरिक पर्यटनका क्षेत्रहरु पनि विस्तारै चलायमान हुँदैछन्। विद्यार्थीको भविष्य र शैक्षिक शत्रलाई कायम राख्नका लागि सरकारले अनलाईन पठनपाठनलाई पनि मान्यता दिएको छ । तर अनलाईन पठनपाठनले सबै विद्यार्थी र अभिभावकलाई समेट्न सकेको छैन। जबसम्म प्रत्यक्ष रुपमा विद्यार्थी र शिक्षक भौतिक रुपमा विद्यालय वा क्याम्पसमा उपस्थित भएर पठनपाठन गर्ने वातावरणको सिर्जना हुँदैन तबसम्म अर्थतन्त्रका केही क्षेत्रहरु पनि प्रभावकारी रुपमा सञ्चालन हुन सक्दैनन्।
नेपाल सरकारले पनि कोरोना महामारी नियन्त्रण गर्न २०७६ चैत्र ११ गतेदेखि देशव्यापी रुपमा गरेको बन्दाबन्दी (लकडाउन) सँगै सबैक्षेत्र प्रभावित भए । तर कोरोना संक्रमितको संख्या दैनिक रुपमा वृद्धि हुन थालेसँगै बन्दाबन्दीको क्रम पनि थपिन थाल्यो । सम्पूर्ण क्षेत्र बन्द हुँदा देशको आर्थिक क्षेत्र पनि प्रभावित हुँदै गयो । लामो समयसम्म चलेको बन्दले धेरैले रोजीरोटी गुमाए, चलिरहेको व्यवसाय ठप्प भए । कोरोना महामारी लामो समयसम्म रहने देखिएपछि सरकारले अर्थतन्त्रलाई चलायमान बनाउँदै महामारी पनि नियन्त्रण गर्ने भन्दै विभिन्न क्षेत्र क्रमशः खुल्दै गए । तर अझै पनि शैक्षिक क्षेत्र पहिलेको स्वरुपमा खुल्न सकेको छैन ।
सरकारले पछिल्लो समयमा सार्वजनिक यातायात, आन्तरिक हवाई सेवा, होटल क्षेत्र पनि सञ्चालन गर्न अनुमती दिएको छ । अर्कोतिर सुरक्षाका उपाय अपनाउँदै देशभित्र आन्तरिक पर्यटनका क्षेत्रहरु पनि विस्तारै चलायमान हुँदैछन् । विद्यार्थीको भविष्य र शैक्षिक शत्रलाई कायम राख्नका लागि सरकारले अनलाईन पठनपाठनलाई पनि मान्यता दिएको छ । तर अनलाईन पठनपाठनले सबै विद्यार्थी र अभिभावकलाई समेट्न सकेको छैन । जबसम्म प्रत्यक्ष रुपमा विद्यार्थी र शिक्षक भौतिक रुपमा विद्यालय वा क्याम्पसमा उपस्थित भएर पठनपाठन गर्ने वातावरणको सिर्जना हुँदैन तबसम्म अर्थतन्त्रका केही क्षेत्रहरु पनि प्रभावकारी रुपमा सञ्चालन हुन सक्दैनन् ।
शिक्षा क्षेत्र र स्टेशनरी व्यवसाय
स्टेशनरी व्यवसाय शिक्षा क्षेत्रसँग पनि जोडिएको व्यवसाय हो । विद्यार्थीहरुले पाठ्यपुस्तक खरिद गरे पनि अन्य सामग्रीहरुको माग पहिलेको तुलनामा कम छ । शैक्षिक संस्थाहरु प्रत्यक्ष रुपमा सञ्चालन हुँदा जुन रुपमा विद्यार्थीबाट स्टेशनरी सामग्रीको माग हुन्थ्यो त्यसमा उल्लेख्य कमी आएको छ । लगानीकर्ताको पैसा गोदाममा थन्किएको छ । प्रकाशकहरुले पाठ्यपुस्तक बिक्री गर्न पाएका छैनन् । अर्थतन्त्रमा जुन रुपमा पैसाको प्रवाह हुनुपर्ने त्यो हुन सकेको छैन ।
शिक्षा क्षेत्र र यातायात
सडक यातायातको सुविधा भएका क्षेत्रमा सञ्चालित निजी विद्यालयहरुमा स्कुल बसको व्यवस्था छ । अहिले स्कुल बस थन्किएका छन् । त्यस्ता बस सञ्चालन गर्न राखिएका चालक र सहचालकको रोजगारी गुमेको अवस्था छ । अर्कोतिर धेरै विद्यार्थीहरु सार्वजनिक यातायात प्रयोग गर्थे । अचेल विद्यालय, क्याम्पस तथा विश्वविद्यालयको भौतिक उपस्थितीमा पठनपाठन बन्द हुँदा सार्वजनिक यातायात सञ्चालन भएर पनि यात्रीको अभाव छ । अचेल देशका विभिन्न भागमा अध्ययन गर्न राजधानी तथा अन्य सुविधा सम्पन्न क्षेत्रमा विद्यार्थीहरुको आवतजावत छैन ।
शिक्षा क्षेत्र र रेष्टुरेन्ट व्यवसाय
भौतिक उपस्थितीमा हुने पठनपाठन ठप्प हुँदा विद्यालय, क्याम्पसको छेउछाउँमा सञ्चालित रेस्टुरेन्ट तथा चमेना गृहको व्यवसाय पनि ठप्प छ । हेर्दा सानो देखिए पनि त्यस्ता रेस्टुरेन्टमा पनि राम्रो कारोबार हुनेगर्छ । रेस्टुरेन्टको कारोबार बन्द हुँदा अन्य क्षेत्रबाट हुने सामग्रीको आपूर्ति पनि घटेर गएको छ । रेस्टुरेन्ट व्यवसाय मार्फत हुने आर्थिक प्रवाह गिरावट मात्र आएको छैन त्यससँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएका व्यक्तिहरुको रोजगारी पनि गुमेको छ ।
शिक्षा क्षेत्र र विद्यार्थीको पोशाक सम्बन्धी व्यवयास
विद्यार्थीको पोशाकको कपडा बिक्री र त्यससँग सम्बन्धित सिलाइबुनाई (टेलरिङ) व्यवसाय पछिल्लो आठ महिनादेखि प्रभावित छ । अन्य कपडाको व्यापार चले पनि विद्यार्थीसँग सम्बन्धित कपडा व्यवसाय ठप्प हुँदा त्यससँग सम्बन्धित व्यक्तिहरुको लगानी प्रभावित बनेको छ ।
शिक्षा क्षेत्र र पर्यटन क्षेत्र
भौतिक रुपमा विद्यार्थीहरुको कक्षा सञ्चालन हुँदा पर्यटन क्षेत्र पनि चलमलाउँथ्यो । गत वर्ष यो समयमा धेरै क्याम्पस र विद्यायलबाट विद्यार्थीहरु देशका विभिन्न भागमा भ्रमण गर्न गएका थिए । एक दिने भ्रमणदेखि हप्तादिनसम्मको शैक्षिक भ्रमणले पोखरा, चितवन, लुम्विनी, मुस्ताङ्ग, इलाम, जनकपुर, पूर्वपश्चिम राजमार्ग जस्ता क्षेत्रहरुमा सञ्चालित होटल व्यवसायीहरुलाई भ्याइनभ्याइ थियो । तर अहिले ती क्षेत्रहरु ठप्प छन् ।
शैक्षिक क्षेत्र र शैक्षिक रोजगारी
नेपालमा रोजगारी प्रदान गर्ने एउटा महत्वपूर्ण क्षेत्रको रुपमा शैक्षिक क्षेत्र रहेको छ । आर्थिक सर्वेक्षण २०७६÷७७ अनुसार शैक्षिक सत्र २०७६ मा जम्मा तीन लाख १६ हजार ८३५ (कक्षा १ देखि १२ सम्म) शिक्षकहरु कार्यरत रहेकोमा संस्थागत विद्यालयमा आठ लाख ८८ हजार ४८ जनाले रोजगार पाएका थिए । अहिले तिनीहरु लगभग बेरोजगार बनेका छन् । अर्कोतिर निजी क्याम्पसमा अध्यापन गर्ने शिक्षकहरु पनि बेरोजगार भएका छन् । छँदाखाँदाको रोजगारी गुँम्दा आयमा कमी भएर गुजारा चलाउन हम्मेहम्मे भएको छ भने उनीहरुले खपत गर्ने वस्तु तथा सेवाको मागमा पनि कमी आएको छ ।
शैक्षिक क्षेत्र र राजस्व
सरकारले शिक्षक तथा कर्मचारीको आयदेखि शैक्षिक संस्थाको नाफा लगायत विविध शीर्षकमा आर्जन गर्ने राजस्वमा कमी आएको छ । त्यसैसरी शैक्षिक सामग्रीको कारोबारबाट प्राप्त गर्ने कर आयमा पनि कमी आउने देखिन्छ । सरकारले कोरोना संक्रमितको निशुल्क उपचार गर्नुपर्ने दायित्व छ भने शिक्षा क्षेत्रबाट प्राप्त कर आयको कमी अन्य क्षेत्रबाट पूरा गर्नु पर्ने हुन्छ ।
शिक्षालाई मानव विकासको एउटा महत्वपूर्ण पाटोको रुपमा लिइन्छ । राज्यले पनि आफ्नो बजेटको ठूलो हिस्सा शिक्षा क्षेत्रमा लगानी गरेको छ । अर्कोतिर शैक्षिक क्षेत्रमा निजी क्षेत्रबाट पनि खराबौँको लगानी भएको छ । शैक्षिक क्षेत्र बन्द हुँदा बैंकबाट ऋण लिएर शैक्षिक संस्था सञ्चालन गरेका सञ्चालकहरुका लागि बैंकको साँवा र ब्याजको किस्ता बुझाउन समस्या परिरहेको छ । त्यसकारण शैक्षिक संस्थाहरु पनि सुरक्षाको सावधानी अपनाउँदै सञ्चालन गर्नु पर्ने देखिन्छ ।
naradrijal45@gmail.com