अब जा तँ तुहेर

कविता (छन्दः कूटजा)
लिलाम अबला किन आज।
तबला बजाइ रहने किन आज।
कसको लगाम छ त लौ भन आमा!
किन यो बिधान छल भो दुनियाँमा।।

 

महँगा हजार विधि ती छलिकाम।
अगुवा हराम धनका बदनाम ।
कति राग या भजनका दिन रात।
लहडी हजार तरिका सब घात।।

 

धन बालुवा अरब नाचिरहेको।
सब पालिने भजन गाइरहेको।
सब यो तमास अति भो दिन रात।
लुटुवा सधैं अमिर भो बुझ बात।।

 

मुखमा छ राम करमा छ छुरा त्यो।
दिन या बिहान मति भ्रष्ट बुरा त्यो।
बदमास पास सहकार्य गरेर।
कति आस गर्नु अब जा तँ तुहेर।।

 

जनता फलाम अब ता हुनुपर्छ।
अबला हिनाम जनता हुनुहुन्न।
नभए पलाँस मृतिका हुनुपर्छ।
बढिया बिचार लिनुनै अब पर्छ ।।

 

(स ज स स गु, ५/९विश्राम)
 
Facebook Comments
BhagawatiPrasad
Comments (0)
Add Comment