शासकहरु स्वतन्त्र हुन चाहन्छन् । सङ्गठनको विचारको जनमतबाट उन्मुक्त भई शासकीय क्षेत्रमा मनमौजी पाराले विचरण गर्छन् । शासनको श्रेष्ठता जनजीवनको खाने लाउने, बस्ने, औषधी उपचार र शिक्षा लगायत महिला र पुरुषबीचको समानताको वालाहरु झुले–झुलेनन् त्यो नै मापनको कडी हो भन्ने कुरा बुझ्नु पर्ने थियो । तर, नेतृत्वले बुझ्न सकेन । हिमाल, तराई, पाहाडले सिंगारिएको विभिन्न जाती, जनजाती, सँस्कृतिको र विविधता बोेकेको नेपालमा कुनै पनि क्रान्तिले प्रगतिशील राष्ट्रको रेखा कोर्न सकेन । प्रतिवद्धताहरु सीमित भए कागजका खोस्ष्टाहरुमा ।
जब लोकले कर तिर्छ, त्यो कर राजशाहीहरुका तलव भत्ता, ऐश, आराममा, औषधी उपचारमा खर्च हुन्छ । जनतालाई तिमी आफै बाँच, हामीले लडेको सन्यासी हुन होइन, त्यो सन्यासी बस्त्र भित्र संसारी मोह थियो भन्छन् । कसरी गुण गाँउ प्रत्येक कालखण्डका सरकारको । निर्धन, निर्वल, निरिह, निराश्रित जनताको भाव माथि सधैं खेल अनि प्राप्ती सिंहासन । यो विडम्वनाको जिम्मेवार जन–जन नै छ। किन कि हामी उनीहरुलाई बारम्वार पत्याउँछौं। कति पत्याएका छौं त्यही पुराना अनुहार जो बारम्बार ठगिरहन्छ त्यसलाई ख्याल गर्दैनौं। नयाँ जोगी खरानी धेरै घस्छ भने झै नयाँ राजनीतिक दलहरुको पनि खरानी घस्ने भीड पनि बडेकै छ! पुस्तान्तरणको कुरो पनि त्यही लिगेसी बोकेकाहरुको युवा दस्ता न हो। जो दौराको फेर समातेर उक्लेको छ र सुरक्षित महसुस गर्छ ।
जनता जहिल्यै पनि सत्ताका लागि वैतर्णी तर्ने रामसेतु बनाइए । जनप्रतिनिधिहरु वंशानुगत नभए पनि राजा हुँ भन्ठान्छन् । उनका कोटरीहरु आफूलाई चाणक्यभन्दा कम ठान्दैनन् ! नेपाली राजनीतिमा राजनीतिज्ञहरु खुशी वा दुःखी दुवै हुँदा पनि जनतालाई नै सेक्छन् । यो प्रवृत्तिको निरन्तरता नेपाल बनेदेखि आजसम्म कायम छ । बाहिरी सन्यासी भित्री संसारी नै कुनै पनि दलको राजनैतिक चरित्र बनेको पाइन्छ । यो वा त्यो ठिक छ भन्ने अवस्था छैन ।
राष्ट्रवादको नारा मात्र पस्किने तर जनमतको आधारभूत आवश्यकता पट्टी ध्यान नदिने चरित्र भनेको फाँसीवाद चरित्र हो । राष्ट्रियता विविध सँस्कृतिको एउटा सुन्दर माला हो । सत्ताको गुलामी गोपालवंशीदेखि आजसम्म पनि एउटा आम चरित्र बनीसकेको छ । सत्ताको विरोध पनि सदावहार चरित्र नै छ । सत्तामा बस्ने शासकहरुले जनताको आवाज र मर्कालाई राज्यको साधन श्रोतको आधारमा संवोधन गरुन् र प्रगतिशील विकसित राष्ट्र बनाउन इमान्दारीपूर्वक लागुन् भन्ने मनोभाव बाहेक जनताको अन्य कुनै भाव नै छैन ।
२००७ सालको क्रान्तिदेखि प्रत्येक आन्दोलन, ससस्त्र युद्ध लगायत थुप्रै कालखण्डमा पार्टीहरुका शिर्षस्थहरुले घोषणा गरेरै खेतमा पानी, जसको जोत उसको पोत, सबैलाई रोटी र भात, वासको सपना देखाए । सपना सपना नै हो । सपना राति निद्रामा देखिने अमूर्त चेतनाको उत्पादनलाई मूर्त संसारमा ल्याउन सकिदैन । आजसम्म पनि त्यही सपनाको आरोहण गराइदैछ जनतालाई । तन मन विचार पूँजिवादी र सामन्ती तर वोली समाजवादी किसिमको यो विरोधाभाष नै नेपाली राजनीतिज्ञको मौलिक स्वभाव भएको छ । कतै पढेको सम्झना भयो जबसम्म देशमा गरीवी, वेरोजगारी, शोषण, भोखमरी लगायत सामाजिक उत्पीडनहरु कायम रहन्छ, राखिन्छ तबसम्म लोकतन्त्र आयो भनेर भन्न सकिदैन ।
जीवनको समग्रता, जीवनको वैभवता विनाको लोकतन्त्र, जीवन नगाँसिएको लोकतन्त्र हुनु र नहुनुमा केही फरक छैन । शासन सत्ताका स्वाद लिएकाहरु र स्वादको जुठोपुरो खानेहरुलाई आफ्नो समग्रता, नाताको समग्रता, आफ्नै र आफ्नो कोटरी, गुट, उपगुटको वैभवमा नै लोकतन्त्र देख्ने वानी परेको छ । यो वानी, यो लत लागुऔषधी दूव्र्यसनको भन्दा खतरा छ । भारतका जनकवि वैद्यनाथ मिश्र नागर्जुनले “तुम्हारा गुणगान मैं भला कैसे करु, न देखा हैं न सुना है तुमको” भने झै सत्ताको, शासनको महिमा गाउन सकिएन । पूँजीवाद र सामन्तवादी राजशाहीको मूल चरित्र मिसिएको ताथकथित लोकतन्त्रमा बाँचे आफ्नै बलबुताले हो । कोही वचाउन आउदैन ! मृत्युको भय बेचेर मुनाफाखोरलाई लाभ पु¥याउने चरित्र वोकेकाहरुबाट लोकले के अपेक्षा गर्ने र ?
जब लोकले कर तिर्छ, त्यो कर राजशाहीहरुका तलव भत्ता, ऐश, आराममा, औषधी उपचारमा खर्च हुन्छ । जनतालाई तिमी आफै बाँच, हामीले लडेको सन्यासी हुन होइन, त्यो सन्यासी बस्त्र भित्र संसारी मोह थियो भन्छन् । कसरी गुण गाँउ प्रत्येक कालखण्डका सरकारको । निर्धन, निर्वल, निरिह, निराश्रित जनताको भाव माथि सधैं खेल अनि प्राप्ती सिंहासन । यो विडम्वनाको जिम्मेवार जन–जन नै छ । किन कि हामी उनीहरुलाई बारम्वार पत्याउँछौं । कति पत्याएका छौं त्यही पुराना अनुहार जो बारम्बार ठगिरहन्छ त्यसलाई ख्याल गर्दैनौं । नयाँ जोगी खरानी धेरै घस्छ भने झै नयाँ राजनीतिक दलहरुको पनि खरानी घस्ने भीड पनि बडेकै छ ! पुस्तान्तरणको कुरो पनि त्यही लिगेसी बोकेकाहरुको युवा दस्ता न हो । जो दौराको फेर समातेर उक्लेको छ र सुरक्षित महसुस गर्छ ।
प्रत्येक कालखण्डका राजनैतिक दस्तावेज रुपी संविधानले मिठा–मिठा कविता कोरेतापनि यथार्थमा, व्यवहारमा, नेपालको राजनीति, समाज नीति, अर्थ व्यवस्था दोवाटोमा खडा छ । जनजनहरु कहाँ छन्, उनीहरुको अनुहार समेत देखिदैन । देखिनेमा बजारवाद छ, दलाल पूँजीवाद छ, सामन्तवाद छ, विचौलिया छ । दोबाटोको ट्राफिकिङ्ग पनि यिनैबाट भएको छ । लाइसेन्स जारी यिनै गर्छन्, प्रशिक्षण यिनै दिन्छन् । यो पृष्ठभूमी भित्र शासकमा सात्विक सन्यासीपन खोज्न जनतालाई महाभारत परेको छ ।
फेरि एकपल्ट छिमेकी राष्ट्र भारतकै जनकवि नागार्जुनको पंक्ति सापटी लिएर भनौं “कुत्ते ने भी कुत्ते पाले/देखो भाई/पैदल चलने/वालों कि तो शामत आई” ।
त्यसैले बाहिरी सन्यासी भित्री संसारी बाटोले माखो मार्दैन मलाई त्यस्तै लाग्छ । सबैलाई चेतना भया ! अन्य कुराको अन्य जानुन् ।