नाँठा र गाँडाहरूकाे भुईंभूत

(जाजरकोटबाट)

कतै न कतै याे धर्तीभित्र जन्मिरन्छन् नाँठा ।

काेही लाटा गाँडा काेही बाठा गाँडा कुनै काेचल्गाँडा।

न ब्याउँछन् तिनी न ब्याउँन दिन्छन् जग्गा बाँझाे राख्छन्।

काेराकाेर गर्छन् ती गाँडाहरू नाँठाभरि थाक्छन्।।

 

नाठिनीहरू मिलाउँछिन् भाषा चतुर्मुखी हुन्छिन्।

लठ्याउँछिन् नाँठा बाठिन्छन् गाँडा खैकुन्नि के छुन्छिन्

त्याे लाटाे गाँडाे बुझ्दैन भाषा कान थापेर सुन्छ।

त्याे बाठाे गाँडाे सुनाउँछ दर्शन कथा देशकाे भन्छ।।

 

त्याे काेचल्गाँडाे भाँड्दछ समाज हाल्दछ राइफाँडाे।

 थाक्दैन कहिल्यै त्याे बाेलिरन्छ बजाइरन्छ घाँडाे।।

एकथरी नाँठा वास सुँघ्दै हिड्छन् नाँठिनी जहाँ छिन्।

गाँस, बास र कपास क्यै चिन्ता हुन्न प्रशस्त त्यहीँ छन्

 

स्वदेशी नाँठा विदेशी नाँठा मिलेमताे गर्दै।

ती सुरु गर्छन् नचपाई निल्न अघिपछि सर्दै।

आखिरी मर्छ त्याे लाटाे गाँडाे निमुखा झैँ बस्छ।

आँ गरी आउँछ त्याे काेचल्गाँडाे सर्प जस्तै डस्छ।।

 

राजतन्त्र जान्छ लाेकतन्त्र आउँछ ठूलै हल्ला हुन्छ

हुँदैन विकास आउँदैन निकास देशै नाँठाे बन्छ ।।

चल्दछ रजाँई नाँठा र गाँडा निल्दछन् कप्लक्क।

बाँझाे नै रन्छ याे धर्ती फेरि देश ढल्छ घप्लक्क।।

(सुदूर पश्चिमको लवजमा)

Facebook Comments
Comments (0)
Add Comment