मन्त्री, बुधनवा र हाम्रो पत्रकारिता

फुर्सदमा बसेको समयमा केही साथीहरूले सामाजिक सञ्जालमा हाल्नु भएका भनाइ र केही अनलाइन पोर्टलमा पस्किएका लेखहरू पढेँ । पूर्व मन्त्री जयप्रकाश आनन्दले लेख्नुभएको ‘राज्य नै लागिपरेपछि को छ र जो फस्दैन’ भन्ने लेख र यस लेखकै जवाफ जस्तो लाग्ने पत्रकार केदार कोइरालाले लेख्नुभएको ‘जमिम मारिए ! जेपी थुनिए ! के थियो रहस्य ?’ भन्ने अर्को लेख पनि पढ्न भ्याएँ ।

तर मलाई जयप्रकाश आनन्दले आफ्ना पिताजीको देहवशानपछि कोशी नदीमा पिण्ड अर्पण गरेर फर्कँदा एक गाउँलेको भनाइ भन्दै लेख्नु भएको सन्दर्भले अतीततिर धकेल्यो । गाउँको एउटा फटाहा प्रधानको धुर्त्याइँको विरोध गर्ने एक युवकलाई त्यो चोरको सर्दार प्रधानले कसरी फसायो भन्ने कुरा नै आनन्दले लेख्नुभएको छ । यो पंक्तिकारले अर्को भिन्न प्रकृतिको घटना सम्बन्धित व्यक्तिबाटै सुनेको छ । छोटोमा भनौँ है त !

बुधनवाको जीवन !

शायद् २०३२ सालको अन्त्यतिर होला विराटनगर जेलमा एक चोरी मुद्दाका व्यक्तिसँग भेट भयो । उनलाई आफैले उत्पादन गरेको पाँचपसेरी धान चोरेको आरोप लागेको थियो । घटना यस्तो थियोः–

आफूले थाहा पाउँदा बुधनवा (नाम परिवर्तन) त्यही जमिन्दार प्रधानको खेतमा बनेको सानो झुपडीमा थिए । उनका बाउ–आमा त्यही वितेर गए । तिनै सामन्त जमिन्दारको घरमा काम गर्दै उनी पनि हुर्किए । युवावय पार गर्नै लाग्दा एउटी युवतीसँग विवाह गर्न सफल भए । विवाहपछि पनि बुधनवाको जीवन भोगाइ सुखी भएन । तर जमिन्दारका लागि भने कमलरी जस्तै एउटी नोकर्नी थपिन पुगी । जमिन्दार खुशी थियो । अब ती जोई–पोइको काम जमिन्दारको खेत–खलिहानमा पसिना बगाउने, अन्नपात उब्जाउ गर्ने, थन्क्याइदिने र त्यसबापत् जमिन्दारको दयाले दिएको खानेमा मात्र सीमित रह्यो । हलो जोत्ने, फरुवा बेल्चा चलाउने, जर्ना (दाउरा) को जोहो गरिदिने, भाँडा माझ्ने, घर सफा गरिदिने काम यिनै जोई–पोइको भागमा थियो ।

मलाई लाग्छ, जयप्रकाश आनन्द र चिरञ्जीवी वाग्लेलाई अपराधले होइन मालिक पत्रकारहरूले फसाएका थिए । लाइसेन्स र ठेक्का नदिनु दुवैको अपराध थियो । यो मेरो ब्यक्तिगत धारणा हो । म न्यायाधीश, अभियोजनकर्ता वा अभियुक्त होइन । अहिले पनि कतिपय पत्रकारहरूले राजनीतिक ब्यक्तिलाई अत्यन्तै निम्न स्तरका असत्य आरोपहरू लगाउने गरेका छन् । पत्रकारिता क्षेत्र अहिले पनि सुधारिएको छैन । अझ उल्टोतिर तिखारिएको छ । कमसेकम सत्यतथ्य पत्ता लगाएर लेखे हुने थियो । यहाँभन्दा बढी भन्नुपर्ने विषय पनि केही छैन । अहिले प्रविधिको विकासले सत्य कुरा छिटै पत्ता लाग्ने गरेको छ । असत्य, झूठ र आक्षेप पनि प्रविधिकै कारणले छिट्टै विस्तार हुने गरेको छ ।

उनीहरू आफ्नो हजुरबाउले लिएको ऋण चुक्ता गर्दै थिए । कष्टपूर्ण थियो जीवन भोगाइका क्षणहरू । भित्रपट्टि दुई जनामात्र सुत्न सक्ने त्यो झुपडी जोई–पोइको दरवार थियो । उनीहरूका लागि भगवानका अवतार थिए उनै मालिक जमिन्दार । झुपडीको वाहिरपट्टि कहिले बल्ने कहिले नबल्ने चुल्हो र अगेनो थियो । चामल केलाएको बेला मालिक्नीले दिएको कनिका र एकजनालाई पनि मुश्किलले पुग्ने अन्नले दुवै अहिलेसम्म बाँचेका थिए । वा भनौँ सास धानिरहेको थिए । दुईबीच कहिलेकाहीँ हाँसीठट्टा र प्रेमालाप हुन्थ्यो । सम्पत्ति केही थिएन । लगाएको झत्ते कपडा, ओछ्याउने दरी र थोत्रे कम्बल । जीवन निर्वाह यसरी नै भइरहेको थियो ।

पाँच पसेरी धानले जेल पु¥यायो

विवाह गरेको केही वर्षपछि बुधनवाकी श्रीमती सुत्केरी भइन् । छोरो जन्मियो । घरमा अन्नको गेडो पनि थिएन । विहान सखारै उठेर उनी मालिक जमिन्दारकोमा ‘श्रीमती सुत्केरी भइन पाँच पसेरी (तराईको नापो) धान दिनुहोस्’ भन्न पुगे । जमिन्दार सामन्तले उनको अनुनय–विनय र रोदन सुनेन् । बुधनवा निरास भएर खलिहान हुदै खमार अर्थात् आफ्नै झुपडीतिर फर्किए ।

घरभित्र सानो बच्चा रुदै थियो । सुत्केरी श्रीमती भोक र तिर्खाले आँसु झार्दै थिइन् । झुपडीकै अगाडि खमार (खला) मा उसैले थुपारेको धानको रास थियो । यसो सोच्यो – आफ्नै पसिना हो, मालिकलाई पनि भनेकै छु । धेरै होइन पाँच पसेरी धान झिक्दा के चाहिँ गर्लान् र ! धेरै भए गाली गर्ने त हुन । यही धान झिकेर ओखलीमा कुटेर चामल बनाएर खुवाउँछु ।

यसरी बुधनवाले पाँच पसेरी धान झिके । जमिन्दारको मुन्सीले देख्यो । एकै छिनमा जमिन्दारका गुण्डाहरू आए । उसलाई पाता कसेर लडाए, चोर सावित गरे । एकछिन पछि पुलिस आयो, जमिन्दारले भने अनुसार सर्जमिन भयो । प्रधान जमिन्दारको घरमा खसी काटियो, सर्जमिनमा आएका ‘ठूलाबडा’ हरूले तृप्त हुने गरी खाए । झुपडीभित्र नवजात सिसु र सुत्केरी छटपटाउँदै थिए । बुधनवालाई जेल पु¥याए ।

जेल परेको केही दिनपछि गाउँको एक प्रहरीबाट बुधनवाले आफ्नी सुत्केरी श्रीमती र नवजात शिशुको निधन भएको खबर पायो । यो खबरले उसको हृदयमा कुन खालको भूकम्प गयो, उसको छातीमा कति मनको ढुङ्गाले थिच्यो कसैलाई भनेन । उसले मन मनमा एउटै मात्र प्रार्थना ग¥यो – हे भगवान तिमी आफ्नो अस्तित्वमा छौ भने म नछुटुन्जेल जमिन्दार सकुशल रहुन् ।

नभन्दै कैद भुक्तान गरेर बुधनवा छुटे । बुधनवा छुटेको केही दिन पछि जेलमा हल्ला फैलियो – आततायी जमिन्दार प्रधानको विभत्स हत्या, बुधनवा फरार । जमिन्दार जिउँदो हुन्थ्यो भने बुधनवा फेरि जेल पर्नु पथ्र्यो । तर निर्दयी यो धर्तीमा थिएन । केही समय पुलिस प्रशासनले जमिन्दारको हत्यारा खोजिटोपल्यो, त्यसपछि खोज्न छोड्यो ।

जयप्रकाश आनन्दको पछि राज्य नै लागिपरेपछि !

माथि उल्लेख गरेको काल्पनिक कथा जस्तो लग्ने सत्य घटनाका साक्षीहरू अहिले पनि थुप्रै व्यक्ति हुनुहुन्छ । मैले यो विर्सिसकेको थिएँ । जयप्रकाश आनन्दले आफ्नो पिताजीलाई पिण्ड अर्पण गरेर कोशी नदीबाट फर्किँदा आनन्दजीलाई नै एक गाउँलेले सुनाएको घटना पढ्दा बुधनवालाई सम्झेँ । जयप्रकाशजी माफ गर्नु होला, बुधनवाको विषय ‘यस्तो हुँदो रै’छ’ भन्नलाई मात्र उल्लेख गरेको हुँ ।

मैले ‘राज्य नै लागिपरेपछि’ भन्ने जयप्रकाश आनन्दकै अर्को लेखले सम्झाएको अर्को घटनाको बारेमा लेख्ने सोचेको थिएँ । तर, पत्रकार केदार कोइरालाले मैले सम्झिएका मध्ये थुप्रै कुरा लेखिसक्नुभएछ । तथापि, मैले पनि ‘अब यस्तो कहिल्यै नहोस्’ भन्दै केही त लेख्नैपर्छ ।

त्यो दिन घरायसी कामले अफिसमा पुग्न अलि ढिला भयो । कार्यालय प्राङ्गणमा छिर्नासाथ वार्दलीबाटै प्रुफ र कम्प्यूटरमा काम गर्ने साथीहरू कराउन थाले । ‘लल, अब म सामग्री तयार गरिहाल्छु’ भन्दै माथि उक्लिएर आफ्नो कोठातिर लागेँ । वरैबाट मैले मेरो अफिसको कोठाको ढोका खुल्लै देखेँ । सधैं दशै बजे कोठा सफा गर्ने कार्यालय सहयोगीले आज किन ढिला गरेछन् भन्ने सोच्दै म भित्र छिरेँ ।

कोठाभित्र अर्कै वातावरण थियो । लामो कोठाको पल्लो कुनामा बसेर तीन चार जना पत्रकार फाइलको चाङ ओल्टाइ–पल्टाई गर्दै केही खोज्दै थिए । म कोठाभित्र पस्नासाथ सम्पादकीय र लेख रचना सम्बन्धी काम गर्ने साथी ‘छिटो–छिटो’ भन्दै सँगसँगै छिरे । कुनाबाट एक जना पत्रकार आएर ‘सरले एकै छिनमा दिनुहुन्छ तपाईहरू जानुहोस्’ भन्दै मेरोपछि आउनेहरूलाई निकालेर ढोकाको चुक्कुल लगाइदिए । म लेख रचना सम्पादन गर्न र सम्पादकीय लेख्नतिर लागेँ ।

कोठाभित्र मन्त्रालयको फाइल !

मैले आफ्नो काम सक्नुभन्दा अगावै फाइल खोदल्ने पत्रकार सरहरू फाइलहरू छरपष्ट पारेर चिया नास्ताको लागि निस्की सक्नु भएको थियो । मैले आफ्नो दैनिक काम सिध्याएपछि आफ्ना पाइलाहरू फाइलहरू भएतिर बढाएँ । मेरो मनमा कसका र केका फाइलहरू होलान् भन्ने कौतुहल थियो । नजिकै उभिएर यसो हेरेँ । ती असरल्ल छरिएका सञ्चार मन्त्रालयबाट निर्णय भइसकेका र मन्त्रालयले गोप्य रूपमा राखेका फाइलहरू थिए ।


‘ओरालो लागेको बाच्छोलाई मृगले पनि खेद्छ’ भने जस्तै भयो जयप्रकाशजीका लागि । जेपीजीले ठिकै भन्नुभएछ ‘राज्य नै लागिपरेपछि को छ र जो फस्दैन’ । तर, मलाई थाहा छैन, राज्य के कति लाग्यो, एउटा दैनिक पत्रिका भने सम्पूर्ण शक्तिसहित जेपीलाई फसाउन लागेको थियो ।अर्कोतिर पूर्वमन्त्री चिरञ्जीवी वाग्लेका विरुद्धमा आफुलाई उपल्लो दैनिक ठान्ने पत्रिका लगौंटी कसेर लागेको थियो । जयप्रकाश आनन्दमाथि लाइसेन्स नदिएको रिस पोखिँदै थियो भने चिरञ्जीवी वाग्लेमाथि आफूले भनेको व्यक्तिलाई ठेक्का नदिएको रिस खन्याइँदै थियो । त्यसताकाको यो पत्रकारिताको अधर्म अहिले पनि कायम छ ।


कसरी आइपुगे ती फाइलहरू ! के नेपालको मन्त्री परिषद र मन्त्रीले गरेका निर्णयका सक्कल फाइलहरू यति सस्तो तरिकाले बजारमा छरिन सक्छ ? कान्तिपुरलाई अनुमति दिएका फाइलहरू मन्त्री जयप्रकाश आनन्दले गरेका अन्य निर्णयहरू यसरी डोकोमा हालेर दिन कसरी मिल्यो होला ? ती सबै फाइलहरू जयप्रकाश आनन्दलाई राजनीतिबाट कसरी समाप्त पार्न सकिन्छ ? कतै त्रुटिहरू गरेको भेटिन्छ कि ! कान्तिपुरले भनेको प्रायः काम हुने, हामीले भनेको नहुने किन ? भन्ने प्रश्नको सहज उत्तर खोज्न ल्याइएका थिए । मैले यही अनुमान गरेँ । त्यो दिनदेखि ५/७ दिन ‘जेपीलाई जसरी पनि फसाउने’ भन्ने बारेमा खुलमखुला बहसहरू हुँदै थिए ।

पर्सिपल्टदेखि जयप्रकाशजीलाई भित्तैमा पु¥याउने खालका समाचारहरू धारावाहिक रुपमा आउन थाले । समाचारको प्रकृति हेर्दा मन्त्रीको गल्ती कम्जोरी भेट्न सकेको देखिँदैनथ्यो । तथापि बजारमा चलेका हल्ला र आफूले लगाउनु पर्ने आरोप भने समाचारमा देखिन्थ्यो । धेरै कुरा नभने पनि मुख्य कुरा पत्रकार केदार कोइरालाले लेखि सक्नुभएको छ । ‘ओरालो लागेको बाच्छोलाई मृगले पनि खेद्छ’ भने जस्तै भयो जयप्रकाशजीका लागि । जेपीजीले ठिकै भन्नु भएछ ‘राज्य नै लागिपरेपछि को छ र जो फस्दैन’ । तर, मलाई थाहा छैन, राज्य के कति लाग्यो, एउटा दैनिक पत्रिका भने सम्पूर्ण शक्तिसहित जेपीलाई फसाउन लागेको थियो ।

अर्कोतिर पूर्वमन्त्री चिरञ्जीवी वाग्लेका विरुद्धमा आफुलाई उपल्लो दैनिक ठान्ने पत्रिका लगौंटी कसेर लागेको थियो । जयप्रकाश आनन्दमाथि लाइसेन्स नदिएको रिस पोखिँदै थियो भने चिरञ्जीवी वाग्लेमाथि आफूले भनेको व्यक्तिलाई ठेक्का नदिएको रिस खन्याइँदै थियो । त्यसताकाको यो पत्रकारिताको अधर्म अहिले पनि कायम छ । पक्षधरता फरक पर्ने, लेनदेन नमिल्ने, ठेक्का नपाउने र विज्ञापन लगायतका सामग्री उपलब्ध नगराउने मन्त्री वा प्रशासक, उद्योगपति साथै ब्यापारीलाई अहिले पनि हाम्रा पत्रकारले खुइल्याउन छाडेका छैनन् । सम्पादकहरू आफ्नो आङको भैंसी देख्दैनन् । चाहे जयप्रकाश, चिरञ्जीवीलाई लखेट्दा होस् चाहे वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अथवा मन्त्रीहरूलाई तथानाम गाली गरेर लेख्दा होस्, तथ्यमा आधारित केही पनि छैन ।

जेपीसँग जेलमा भेट

त्यो दिन चारखालमा रहेको डिल्लीबजार सदर खोरमा गएर दुई जना थुनुवालाई भेट्ने मन बनाएर म कोठाबाट निस्किएँ । मेरो एउटा बानी छ, आफ्नो पेसासँग सम्बन्धित चिनेका वा नचिनेका ब्यक्ति कुनै पनि अभियोग लागेर जेल परे भने मिलेसम्म भेट्न जाने । आफूले पत्याएका लेखक, पत्रकार वा त्यस्तै अन्य व्यक्ति जेलमा छन् भने पनि फुर्सद मिलाएर भेट्ने । यही मेरो बानीले डो¥याएर १२ बज्न लाग्दा म सदर खोर पुगेँ । भेटघाटको लाइन लामै थियो । त्यहाँको औपचारिकता सकिएपछि म जेलभित्रको कम्पाउण्डमा पुगेँ ।

खुमबहादुर खड्का र जयप्रकाश आनन्द भेटघाटमा ब्यस्त हुनुहुन्थ्यो । १०÷१२ वटा कुर्सीमा बसेका व्यक्ति खुमबहादुरसँग गफ गर्दै थिए भने ५÷७ जना ब्यक्ति त्यसरी नै बसेर जेपीसँग गफिँदै थिए । खुमबहादुरजीसँग २०३३ सालदेखि कै चिनजान थियो । उहाँ मन्त्री भएको बेला मैले कहिल्यै भेटिन । जब मन्त्रीबाट उहाँ खुस्किनुहुन्थ्यो तब म भेट्न जान्थेँ । किनकि उहाँसँग मैले केही लिनुदिनु थिएन । तर, आनन्दजीसँग भने त्यसरी प्रत्यक्ष भेट भएकै थिएन । जसरी खुमबहादुरजी मन्त्री भएका बखत पत्रकार देवप्रकाश त्रिपाठीजीले मन्त्रीजीलाई भेट्न जाऊँ उहाँले तपाईलाई सम्झनुभएको छ भन्नुहुन्थ्यो, त्यसैगरी नभने पनि पत्रकार जीवराम भण्डारीले जयप्रकाश आनन्दलाई भेट्न जाऊँ नभन्नु भएको होइन । तर, म दुवैतिर जान सकिन ।


पक्षधरता फरक पर्ने, लेनदेन नमिल्ने, ठेक्का नपाउने र विज्ञापन लगायतका सामग्री उपलब्ध नगराउने मन्त्री वा प्रशासक, उद्योगपति साथै ब्यापारीलाई अहिले पनि हाम्रा पत्रकारले खुइल्याउन छाडेका छैनन् । सम्पादकहरू आफ्नो आङको भैंसी देख्दैनन् । चाहे जयप्रकाश, चिरञ्जीवीलाई लखेट्दा होस् चाहे वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अथवा मन्त्रीहरूलाई तथानाम गाली गरेर लेख्दा होस्, तथ्यमा आधारित केही पनि छैन ।


त्यो दिन खुमबहादुरजीसँग एकछिनको भलाकुसारीपछि जेपीजीसँग प्रत्यक्ष भेट्न पुगेँ । जेपीजीले मलाई नचिन्नु स्वाभाविकै थियो । मैले आफ्नो परिचय दिएँ । उहाँलाई भेट गर्दै गर्नेमध्ये एकजना पत्रकार तुलानारायण साह पनि हुनुहुन्थ्यो । साहजीले मेरो परिचय दिनुभयो । जेपीजीले मेरा नाम र फोन नम्बर आफ्नो नोटबुकमा टिप्नुभयो । मैले ‘जे जस्तो मुद्दा लगाएर फसाए पनि आफ्नो गतिशील कलमलाई नरोक्नु होला, यहाँबाट निस्केपछि तपाईंले जेलमा लेखेको पुस्तक पढ्न पाइयोस्’ भनेँ । नढाँटी भन्नुपर्छ, यसपछि पनि जयप्रकाश आनन्दजीसँग मेरो भेट वा फोन वार्ता कहिल्यै भएको छैन ।

बिट मार्दा मार्दै

मलाई लाग्छ, जयप्रकाश आनन्द र चिरञ्जीवी वाग्लेलाई अपराधले होइन मालिक पत्रकारहरूले फसाएका थिए । लाइसेन्स र ठेक्का नदिनु दुवैको अपराध थियो । यो मेरो ब्यक्तिगत धारणा हो । म न्यायाधीश, अभियोजनकर्ता वा अभियुक्त होइन । अहिले पनि कतिपय पत्रकारहरूले राजनीतिक ब्यक्तिलाई अत्यन्तै निम्नस्तरका असत्य आरोपहरू लगाउने गरेका छन् । पत्रकारिता क्षेत्र अहिले पनि सुधारिएको छैन । अझ उल्टोतिर तिखारिएको छ । कमसेकम सत्यतथ्य पत्ता लगाएर लेखे हुने थियो । यहाँभन्दा बढी भन्नुपर्ने विषय पनि केही छैन । अहिले प्रविधिको विकासले सत्य कुरा छिटै पत्ता लाग्ने गरेको छ । असत्य, झूठ र आक्षेप पनि प्रविधिकै कारणले छिट्टै विस्तार हुने गरेको छ । यदि आमसञ्चार माध्यमले आफूलाई सुधारेनन् भने जनताले पटक्कै नरुचाउने अविश्वासी क्षेत्र पत्रकारिता क्षेत्र नै बन्नसक्छ ।

Facebook Comments
Govinda
Comments (0)
Add Comment