यो बर्षको मनसुन अब अन्त्य भयो । अब बाँकी महिना देशमा बाढी र पहिरो बाहेक चट्याङको पनि त्रास न्युन हुने छ । कोरोनाको बढ्दो संक्रमण र आउँदा चाडहरूले गर्दा हामीले यी विपदहरूलाई फेरि नफर्केसम्म बिर्सन्छांै होला । तर हरेक बर्ष यिनले गरेको क्षति हेर्दा के स्पष्ट छ भने हामीले यिनको जोखिम न्युनीकरण र व्यवस्थापनमा निकै काम गर्नु पर्ने छ र अर्को बर्षका लागि अहिलेदेखि नै तयारी थाल्नु पर्ने हुन्छ । चट्याङको प्रसंगमा भन्नु पर्दा जोखिम क्षेत्रमा रहेका खासगरी ग्रामीण घरहरूलाई यसको असरबाट बचाउने खालका संरचनाहरू जडान गर्न अति आवश्यक छ ।
सम्बत् २०७७ सालको सुरुवातदेखि भाद्र महिनासम्ममा नेपालका विभिन्न भागहरूमा हावाहुरीसँगको चट्याङमा पर्दा ६४ जनाले ज्यान गुमाउनु प¥यो । ज्यानगुमाउने मध्ये दुईजना बाराका इन्दुदेवी र सुनारपतिदेवी थिए जसको घरभित्र नै चट्याङबाट मृत्यु भयो । हामीलाई चट्याङ परेको बेला घर बाहिर नजानु र घरभित्रै बस्नु भन्ने सिकाइन्छ तर उनीहरूको मृत्यु घरभित्र भयो । यो त एक उदाहरण मात्र हो, बर्षै पिच्छे नेपालमा चट्याङबाट घरभित्रै रहँदा पनि धेरै मानिस घाइते हुने गरेका र धेरैले ज्यान गुमाइ रहेका छन् । दुईवर्ष अघि सुर्खेतको एउटा विद्यालयमा चट्याङले भवनभित्र भएका पाँच जना विद्यार्थीलाई घाइते पारेको र दुई जनाको ज्यान लिएकोे समाचार हामीले बिर्सेका छैनौं । त्यसो भए के हामीलाई सिकाइएको कुरा झूठो होला त ? पक्कै पनि होइन ।
कुरा के हो भने, चट्याङबारेको ज्ञान र शिक्षा पश्चिमेली मुलुकहरूबाट हाम्रो देशमा भित्रिएको हो । पश्चिमेली देशहरूमा बनेका घरहरूमा चट्याङको असरबाट बचाउने खालका संरचनाहरू जडान गरिएका हुन्छन् । चट्याङ घरमा परेका बेला यी संरचनाहरूले त्यसमा भएका बिजुलीका चार्जहरूलाई छतबाट जमिनसम्म प्रवाहित गरी जनधनलाई नोक्सानी हुनबाट जोगाउँछन् । फलस्वरुप, घरभित्र बसेका मानिसहरू सुरक्षित रहन्छन् ।
कुरा के हो भने, चट्याङबारेको ज्ञान र शिक्षा पश्चिमेली मुलुकहरूबाट हाम्रो देशमा भित्रिएको हो । पश्चिमेली देशहरूमा बनेका घरहरूमा चट्याङको असरबाट बचाउने खालका संरचनाहरू जडान गरिएका हुन्छन् । चट्याङ घरमा परेका बेला यी संरचनाहरूले त्यसमा भएका बिजुलीका चार्जहरूलाई छतबाट जमिनसम्म प्रवाहित गरी जनधनलाई नोक्सानी हुनबाट जोगाउँछन् । फलस्वरुप, घरभित्र बसेका मानिसहरू सुरक्षित रहन्छन् ।
यदि घरमा यस्ता संरचना छैनन् भने पनि बिजुली चार्ज प्रवाह गर्न सक्ने प्लम्बिङ्ग वा बिद्युतको जडान छतदेखि जमिनसम्म छ भने केही मद्दत पुग्न सक्छ । यिनले पुरा सुरक्षा गर्न त सक्दैनन् तर दुर्घटना भने केही हदसम्म कम गर्न सक्छन् । यस्ता घर संरचाना भएका ठाउँमा हामीले बुझेका ज्ञान सान्दर्भिक हुन्छ तर नेपालका घरहरूमा हे¥यौ भने बिरलै चट्याङबाट सुरक्षित हुने संरचनाहरू पाइन्छ । अझ यहाँका चट्याङ सम्भावित ग्रामीण क्षेत्रमा त स्थिति झन डरलाग्दो छ । त्यहाँका घरहरूमा चट्याङबाट सुरक्षित पार्ने संरचना बनेकै छैनन् र ती घरहरू चट्याङका जोखिम संग त्यति सम्बेदनशील पनि छन् ।
नेपालका ग्रामीण क्षेत्रमा साधारणतया दुई किसिमका घरहरू पाइन्छन् । पहिलो किसिमका घरहरूका छत परालजस्ता सुख्खा वनस्पतिले छाएको हुन्छ । यस्ता छतहरूले चट्याङ परेमा सजिलो गरी आगो टिप्छन् र घरमा आगलागी हुने गर्छ । दोस्रो किसिमका घरहरूको छत बिजुली प्रवाह गर्न सक्ने जस्तापाताले छाएका हुन्छन् र भित्ता चाहिँ बिजुली प्रवाह गर्न नसक्ने माटो वा इँटा जस्ता सामग्रीले बनेका हुन्छन् । यी संरचनमा चट्याङ प¥यो भने, जमिनसम्ममा चट्याङका चार्जहरू प्रवाहित हुन पाउँदैनन् जसले गर्दा आगलागी मात्र होइन, विस्फोटसम्म हुन सक्छ । गत वर्ष प्रकाशित गरिएको नेपाल वातावरण तथ्याङ्क अनुसार नेपालका ४७ प्रतिशत अर्थात् झन्डै आधा घरहरू यी दुई मध्ये एक प्रकारका छन् ।
त्यसै कारणले बाहिरबाट सिकेकोे ज्ञानलाई नेपाल भित्र्याउँदा यहाँको परिवेशमा ढाल्नु महत्वपूर्ण हुन्छ । जानकारी र जागरुकताको कुरा गर्दा सिकाउने कुरा भने जहाँ पनि धेरैजसो उस्तै नै हो । बिजुली चम्केर आकासमा गढ्याङगुडुङ हुन थालेमा घरभित्र छिरिहाल्नु पर्छ, घरभित्र भएपछि तार भएका फोन, बिजुलीका उपकरण, धारा चलाउनु हुँदैन र झ्याल, रेलिङ्गबाट टाढा बस्नुपर्छ । यस्ता सचेतनाका सन्देशहरू सरकारले बिभिन्न माध्यमबाट जनताहरूमा पु¥याउन खोजिनै रहेको छ । तर यहाँका घरहरूलाई चट्याङबाट सुरक्षित हुने नबनाएसम्म यी सन्देशहरू अपूर्ण हुन्छन् । त्यसैले, सचेतना मात्रै नभइ चट्याङलाई असरहित गर्ने संरचनाको कुरा पनि सँगसँगै अगाडि बढाउनुपर्छ ।
सरकारले यसबारे नसोचेको भने होइन । चट्याङलाई असर रहित गर्ने संरचनाको महत्वबारे ज्ञान दिने र भवन निर्माण कोड बनाइ यिनलाई राख्न अनिवार्य पार्ने प्रयत्न भैराखेको छ । समस्या भने लागतको हो । यस्ता प्रविधिहरू महँङ्गा हुन्छन् र नेपालका ग्रामीण क्षेत्रमा बसोवास गर्ने अधिकांश जनताले त्यो रकम जोहो गर्न सक्दैनन् । तसर्थ, सचेत हुँदाहुँदै पनि, घरभित्र बस्दाबस्दै पनि उनीहरूको ज्यान जोखिममा छ । यो हुन नदिन हामीले वैकल्पिक उपायहरू सोच्नु जरुरी भइसकेको छ ।
विकल्प के हुन सक्लान त ? संविधानले विपद् ब्यवस्थापन स्थानीय सरकारको अधीनमा राखेको छ । त्यसैले चट्याङग्रस्त क्षेत्रहरूमा पर्ने पालिकाका सरकारले चट्याङलाई असर रहित पार्ने खालका संरचना राख्न बजेट छुट्याउन सक्छन् । यदि लागत धेरै नै भएमा जनसहभागीतामा आधारित सौर्य सडक बत्ती कार्यक्रम जस्ता योजना बनाउन पनि सकिन्छ । यस्ता योजनामा सरकारले खर्चको केही भाग र जनताले केही थोरै भाग बेहोर्छन् जसले गर्दा दुबैतिर बित्तीयभार कम हुन्छ ।
अर्को उपाय यस्ता संरचनाको लागत नै घटाउनु हो । यी संरचनामा प्रयोग हुने सामग्रीहरू नेपालमा बन्दैनन् र भारत, चीन जस्ता देशहरूबाट आयात गरिन्छ । यस्ता सामग्रीहरू उत्पादन गर्न धेरै जटील नहुने भएकाले हामीले देशभित्रै उद्योग स्थापना गर्न सक्छौ र मूल्य निर्माण लागत निकै घटाउन सक्छौ । यो विकल्पलाई केही समय लाग्ने भएकाले त्यतिबेलासम्म हामीले चट्याङलाई असर रहित गर्ने संरचनाका सामग्रीलाई नै बदल्न पनि सक्छौ । मुख्यगरी यी संरचनामा तामा प्रयोग हुन्छ जुन महङ्गो हुन्छ । यसको सट्टा हामीले इन्जिनीयर र यसका विज्ञहरूसँग सहकार्य गरी, स्वदेशी बजारमा सस्तोमा पाइने सामग्रीहरू लिएर बनाउन पनि सम्भव छ ।
यस्ता सहकार्यले चट्याङ जोखीम न्यूनीकरण गर्न धेरै महत्वपूर्ण भूमिका खेल्न सक्छ । अहिलेको समयलाई सहकार्यको युग नै भनिन्छ । सम्बन्धित सरकारी निकाय, गैरसरकारी र निजी संस्था, विज्ञ, ब्यापारी, इन्जिनीयर सबै मिलेर समयमै अगाडि बढेमा चट्याङ जस्ता विपद्को सान्दर्भिक ज्ञान दिन र सम्भावित नोक्सानीहरूलाई न्यून पार्न सजिलो हुन सक्छ । अनि त्यस पछि चाहिँ “चट्याङबाट सुरक्षित हुन घरभित्र बसौं” भन्ने सन्देश पक्कै प्रशाङ्गिक हुनेछ । आशा गरौं, आउँदो मनसुन अघिको समयमा कोही पनि मानिस कोरोना भाइरसबाट संक्रमित हुदैनन् र कोही पनि सचेत मानिस चट्याङको सिकार बन्ने छैनन् ।