टुकी, बिजुली र म

बहिनी र मेरो सुत्ने कोठा एउटै भएपनि खाट छुट्टै थियो । अनि एक–एकवटा टुकी । पानस एउटामात्रै थियो । स्कुल पढ्दा आमाले हामीलाई औषधीका सिसीको विर्कोमा प्वाल पारेर एक–एक वटा टुकी बनाइदिनुभएको थियो । त्यो टुकीको बैगुन भनेको ढलिहाल्ने अनि धेरै धुवाँ निकाल्ने । नाकका प्वाल कालै हुन्थे । कोठामा टेबुल थियो । टेबलमा पढे त एउटै टुकीले पुग्थ्यो तर हामी दुबै जना धेरैजसो ओछ्यानमा बसेर पढ्थ्यौं । खुट्टे खाट भएकाले त्यो शीशी राख्न सजिलो हुन्थ्यो ।

खाना पकाउँदा दाउराबाट निस्केको धुवाँले भान्छाकोठा सँधै अध्यारो, एउटा धुवाँले, अर्को भित्ताभरी लागेको ध्वाँसोले। बर्खाका चिसा दाउरा जति फुक्यो आगो हैन धुवाँ धेरै आउँथ्यो। बर्षको एकपटक आफ्नै खरबारीमा वा बनमा दाउरा काट्ने चलन थियो। बोक्नको सास्ती, राख्ने ठाउँका लागि छुट्टै कटेरो। बर्खामा त्यो कटेरो चुहेर भिजेका दाउराबाट निस्केको धुवाँको के कुरा गर्नु। यो अवस्था हामीले भन्दा धेरै आमाले बेहोर्नुपर्यो र यो धेरै आमाहरुको पीडा हो।

गर्मीयाममा भने दुःख । लामखुट्टे आउने डरले झुल नलगाइ सुते गाली खाइन्थ्यो । झुलभित्र त्यो टुकी बाले आगो लाग्ने खतरा । पढिसकेर झुल लगाउन अल्छी लाग्ने। त्यो टुकीको आगो कपालमा चै अनगीन्ति पटक लागेको छ । भोलीपल्ट स्कुलमा साथीहरु जिस्क्याउँथे । तैंले कपालमा कति आगो लगाउँछेस ? सबै भन्दा ठुलो डर पढ्दा पढ्दै निदाइएला र पुरै आगो लाग्ला भन्ने हुन्थ्यो । लाल्टीन पनि थिए । तर हामी कसरी हो त्यसका सिसा धेरै फुटाइदिन्थ्यौं । किन्न बजारसम्म जानुपर्ने । जुन टाढा थियो अनि जाने फुर्सद पनि हुदैनथ्यो ।

मइण्ट्रोल पनि थियो हाम्रो घरमा । गाउँमा कसैको बिहे पुजाआजा हुँदा लैजाने गर्थे । मैले चाहि आफ्नै दिदीको बिहेमा यो बालेको देखें। टाढासम्म झलमल्ल उज्यालो देखिएको थियो । हामी त्यसको वरीपरि झुम्मिएका थियौं ।

खाना पकाउँदा दाउराबाट निस्केको धुवाँले भान्छाकोठा सँधै अध्यारो, एउटा धुवाँले, अर्को भित्ताभरी लागेको ध्वाँसोले । बर्खाका चिसा दाउरा जति फुक्यो आगो हैन धुवाँ धेरै आउँथ्यो । बर्षको एकपटक आफ्नै खरबारीमा वा बनमा दाउरा काट्ने चलन थियो। बोक्नको सास्ती, राख्ने ठाउँका लागि छुट्टै कटेरो । बर्खामा त्यो कटेरो चुहेर भिजेका दाउराबाट निस्केको धुवाँको के कुरा गर्नु । यो अवस्था हामीले भन्दा धेरै आमाले बेहोर्नुपर्यो र यो धेरै आमाहरुको पीडा हो ।

पछि एउटा सुधारिएको चुलो आयो । जसले धुवाँलाई बाहिर पठाउँथ्यो । यसका लागि घरको भित्ता फोरेर माटोको ठुलो पाइप चुलोमा जोडेर बाहिर निकालिएको थियो । केही राहत भयो । दाउरा पनि थोरै लाग्ने ।

हामी काठमाडौं आएपछि २०५३ सालमा घरमा बुवाले गोबर ग्याँस जोड्नुभयो । कृषि विकास बैंकले केही रकम अनुदान दिन्थ्यो । गोवर ग्याँसको संरचना त बन्यो तर गोबर भने धेरै थिएन । गोबर जति हाल्न सक्यो ग्याँस त्यति धेरै उत्पादन हुने । एकदुईवटा भैंसीको गोबरले सानो परिवारको खाना पकाउन जेनतेन पुगेपनि बत्ति बाल्न पुगेन । गोबर ग्याँस जोडेपछि अगेनो धन्सारमा सर्यो जुन खुल्ला थियो ।

गोबरग्याँसले पुर्णरुपमा दाउराको विकल्प नदिएपनि भान्सालाई धुँवामुक्त भने गरिदियो । भैंसीलाई कुँडो पकाउने, दुध उमाल्न ग्याँसले पुग्दैनथ्यो र यो काम धन्सारमा हुन थाल्यो । आगो बल्न छोड्ने बित्तिकै भान्सा उज्यालो देखिन थाल्यो । आँसु निकाल्दै र खोक्दै खाना पकाउने अवस्थाबाट मुक्त हुन पाउनु युद्ध जिते जत्तिकै भएको थियो । त्योसँगै ग्याँस बलेको हेर्न आउने गाउँलेहरुको जिज्ञाशाले उत्साहित ।

हामी तिहार मनाउँदैनौ । मुडुला कार्कीले तिहार नमनाउने चलन छ पश्चिममा । तिहार मनाउने कुनैपनि प्रक्रिया बिहेअघिसम्म थाहा थिएन, अहिलेपनि पुरै थाहा छैन। गाउँमा देउसी भैली आउँदा भने रमाइलो लाग्थ्यो । गाउँमा ५ घरमात्रै थिए जसले तिहार मान्थे । हाम्रो घरबाट तल मुलबाटोमा ५ वटा घर नेवारहरुको थियो । तिहारका तीन दिन उनीहरुका घरमा झिलीमिली बत्ती बल्थे । हामी आँगनको डिलमा बसेर रमाइलो मान्दै हेथ्र्यौं । देउसी भैली रेडियोमा खुब सुनिन्थ्यो । व्याट्रीबाट चल्ने रेडियो थियो । रेडियो नेपालबाट शुक्रवार बेलुका आउने दिनप्रतिदिन अगेनो वरिपरी बसेर सुनेको हिजो जस्तै लाग्छ । शनिवार दिउँसो २ बजे आउने नाटक सुन्न आमा र हामी दुई दिदीबहिनी जहाँ भएपनि घर आइपुग्थ्यौं । रेडियो लैजान मिल्ने काम भए लिएरै जान्थ्यौं । बुवा धेरैजसो समाचार र लामो एण्टेना तानेर आकाशबाणी सुन्नुहून्थ्यो ।

२०५० सालतिर काठमाडौं आइयो । दाइहरु यतै भएकाले हामीले यो अवशर पायौं । यताको रमझम छुट्टै । सबैभन्दा ठुलो त्यो शीशीवाला टुकीबाट मुक्ति मिल्यो। काठमाडौंमा पनि बिजुली चाहिं बत्ती बाल्न, पानी तान्न टिभी हेर्न बाहेक घरेलु प्रयोगमा धेरै थिएन। दम दिएर बाल्न पर्ने स्टोभ थियो । केहीपछि त ग्याँस पनि आयो । माटोको हिटर थियो । करेण्ट धेरै आउने । त्यसैले त्यो धेरै प्रयोग गर्न डर लाग्यो । केहीपछि घरमा वासिङ मेशिन पनि आयो तर पानी थिएन । केही समय चलेपछि त्यो यत्तिकै थन्कियो । पछि हेर्दा त्यसमा मुसाले घर बनाइसकेको रहेछ । तार पनि काटेको रहेछ ।

आइ ए पढिरहँदा एउटा २०५३ साल मै दैनिक पत्रिकामा इण्टर्न सुरु भयो । पत्रिकाको कार्यालय बागबजार थियो । काम नसकिने हँुदा उज्यालोमा घर जान धेरै नपाइने । तर जति अध्याँरो हुन्थ्यो बाटो सम्झेर मुटुले उति ढ्याङ्ग्रो ठोक्थ्यो । बागबजारको भक्तपुर बसपार्कदेखि अहिलेको पुरानो बसपार्कसम्मको बाटो पार लगाउन एउटा पहाडै छिचोल्न जत्तिकै हुन्थ्यो । सडकमा बत्ती थिएन । त्यो बाटोमा म कतिपटक हातमा मुटु लिएर कुदेकी छु भनिसाध्य छैन । ठाउँ ठाउँमा उभिएकादेखि सडकमा आफ्नै सवारी साधनमा हिडेकाहरु समेत कहाँ जाने भनेर सोध्न आउने । बोल्न र प्रतिकार गर्न सक्ने हिम्मत आइसकेको थिएन । अहिले यस्तो भयो भने म पक्कै सहेर बस्दिन र त्यो बेलाको मेरो उमेरका अहिलेका किशोरीहरुले पनि सहँदैनन् । अति भएपछि यदि अफिस मै अध्याँरो भए म साथीहरुलाई त्यो बाटो कटाइदिन अनुरोध गर्न थालें ।

मैलेमात्रै हैन साँझ परेपछि यो बाटो हँुदै हिड्ने हरेक महिलाले झेल्नुपर्ने समस्या थियो यो । अफिसमा दिदीहरुले समेत भन्नुहुन्थ्यो । रत्नपार्कमै रहेको नेपाल बिद्युत प्राधिकरणको केन्द्रिय कार्यालयले हाम्रा यी दुःखको सायद अनुमान पनि गरेन होला । त्यो बाटोबाट उम्किएर किर्तीपुरको ठेलमठेल भीड बस चढेपछिको पीडा झनै भयानक हुन्थ्यो । तावाबाट उछिट्टिएर भुङ्ग्रोमा परेजस्तो । यस्तो समस्या दाइहरुलाई भन्नपनि अप्ठ्यारो त्यो बेला । भनिहाले पनि कामबाटै छुट्टि पाइएला की भन्ने डर अर्कोतिर थियो ।

पत्रकारिता पेशामा अध्याँरो निकै नै दुःख दियो । रेडियोमा काम गर्दा समेत यो दुःखले पछ्याउन छोडेन । रेडियोसगरमाथामा विद्युतीय उर्जाबाट चल्ने सफा टेम्पो थियो । काठमाडौंबाट विक्रम टेम्पो विस्थापित गर्ने अभियानको पैरवी गर्न रेडियोले सफा टेम्पो चलाउँथ्यो । यसले सडकमा पनि सबैको ध्यानाआकर्षण गथ्र्यो । टेम्पोले विहान सबेरै र राती अबेरसम्म काम गर्नेलाई लिन जाने पुर्याउने चलन थियो ।

तर सात आठ बजे काम सकेर हिड्न पर्नेहरु आफै जानुपर्ने । रेडियो पुल्चोकमा । म बस्थें सानेपा । हिडेर गए ३५ मिनेट । बसमा गए एकदेखि डेढ घण्टा । म साँझ सवा सात बजेको समाचार सकेर हिंडेरै जान्थे । त्यो बाटोपनि निस्पट्ट अध्याँरो थियो । पसल घर वरिपरी उज्यालो भएपनि धेरैजसो बाटो अध्याँरो । सडकमा बत्ती कहीँ कतै थिएन तर आवाशीय क्षेत्र भएकाले बागबजार रत्नपार्कको जस्तो डरलाग्दो अफर त्यता आउँदैनथ्यो । यो बाटो मलाइ दिउँसो र रातीमा फरक लाग्दैनथ्यो। ढुक्कै भएर हिँड्थे। त्यो म हिंड्ने गरेकै बाटो घर नजिकै करेण्ट लागेर एकजनाको मृत्यु भएछ । यो कुरा मलाइ घरमा सुनाए । त्यसपछि राती त्यसरी हिडेर नआउन उर्दी भयो । दुःखले छोडेन।

रेडियो सगरमाथा यसै पनि सामुदायिक रेडियो थियो । व्यापारीक विज्ञापन नबजाउने । अहिले पनि बज्दैन । आम्दानी भनेको सामाजिक सन्देशहरु र नागरिक समाजसँगको सहकार्यमा गरिने कार्यक्रमबाट थोरै । रेडियो सगरमाथा रेडियो मात्रै नभएर आन्दोलन थियो । देशभरीका सामुदायिक रेडियोहरु यसबाट प्रभावित छन्। त्यसैले सामुदायिक रेडियोको अवधारणालाई तलमाथि पार्न नहुने एउटा नैतिक दवाव त्यतिबेला पनि थियो अहिले पनि छ । व्यापारिक नभएपछि आम्दानी गर्न निकै नै मुस्किल । आम्दानी मध्ये धेरैजसो उर्जा मै जाने । १८ घण्टाको लोडसेडिङमा जेनेरेटर चलाउन आम्दानीको धेरै अशं डिजेल किन्न मै खर्च हुन्थ्यो । १८ घण्टाको लोडसेडिङमा समेत यो रेडियो विजुली नभएर एकपटक पनि बन्द भएको अभिलेख छैन । यहीबेला गाउँका धेरै सामुदायिक रेडियोहरु भने बत्ती नहुँदा बन्द भए । कर्णालीमा हिउँ परेर विजुली अबरुद्ध हुँदा रेडियोहरु बन्द हुन्थे ।

हिउँ परेर जनजीवनमा परेको समस्याको समाचार लिन हामीले फोन गर्दा रेडियोको साथीहरु आफ्नो रेडियो भने बन्द भएको बताउँथे । जवकी यस्तो विपदको बेला सूचनाको झन धेरै आवश्यकता हुन्थ्यो । अहिले पनि यी दुर्गम ठाउँमा यस्ता विपदमा विजुली आपूर्ति बन्द हुन्छ र नागरिकलाई आवश्यक सूचना प्रवाह गर्ने प्रमुख जिम्मेवारी यी रेडियोहरुले निभाउन पाउँदैनन् । सबैभन्द धेरै सूचनाको आवश्यकता पर्दा उनीहरु सूचनाबाटै बन्चित हुन्छन् । मुलधारे सन्चारमाध्यमहरुमा बैकल्पिक उर्जा वा नवकिरणीय उर्जाका बिषय प्राथमिकतामा पर्दैनन्, राजनीतिक स्थायित्व र दुइतिहाइको सरकार देशमा भएपनि परम्परागत राजनीतिक बिषय नै यी सञ्चार माध्यमका मुख्य समाचार हुन छाडेका छैनन् । तथ्याङ्क अनुसार अहिलेपनि जनसंख्याको ७० प्रतिशतमा बिजुली पुगेको भनिए पनि भुगोलको ५२ प्रतिशतमात्रै छ ।

हामी उर्जाका बारेमा धेरै कलम चलाउँदैनौं। मैले यो लेखमा बिजुली नहुँदाको दुख र हुँदाको सुविधाका बारेमा आँफैले भोगेका र अनुभव गरेका मसिना कुरा उल्लेख गरें। यी अनुभव हरकोहीको जीवनमा होलान् तर यस्ता व्यावहारिक कुराहरु निती निर्णयको तहमा वहसमा आउने वा यो आवश्यक सूचना हो भन्ने दृष्टिकोणले हामीले हेरेनौं र गम्भिर भएनौं। तर उर्जाको उपलब्धताले धेरैको जिवनमा परिवर्तनमात्रै ल्याएको छैन विजुलीको आम उपयोगले राज्यकोषमा समेत उल्लेख्य योगदान पुगेको छ। त्यसैले यी मसिना कुरालाई नजरअन्दाज नगरी सार्वजनिक बहसमा ल्याउन आवश्यक छ।

काठमाडौंमा लोडसेडिङको समस्या सबै भन्दा धेरै २०७२ सालको नाकाबन्दीमा भयो । अघिपछि मैनबत्ती वा इन्भर्टरले काम चल्थ्यो । इन्भर्टर बत्ती बाल्नमात्रै प्रयोग गरिन्थ्यो । बजारमा ग्याँस छैन, मट्टितेल पाइदैन । बत्ती दिउँसो केहीछिन र राती आउने । मैले बिदाको दिन जतिबेला बत्ति आउँछ राइस कुकर त्यतिबेलै जोड्थें । लुगाधुने मेशिन त अधिकाशं राती नै चल्यो । इण्डक्सन चुलो पनि त्यो बेला पहिलो पटक किनीयो, ग्याँसको विकल्पमा। लोडसेडिङ कै कारण धेरै प्रयोगमा भने यो आएन ।

लोडसेडिङले कार्यालयमा बत्ति नहुँदा दिउँसै बन्द गरेर हिड्नुपर्ने अवस्था समेत आयो । बत्ती नभएका कारण ३ बजेपछि अनलाइनमा समाचार अपडेट गर्न नपाएका घट्ना कति छन् कति । त्यो नाकाबन्दी, भूकम्पका बारम्वारका धक्का अनि लामो लोडसेडिङ । लोडसेडिङबाट यति छिटै मुक्ति पाइएला भन्ने कसैले सोचेकै थिएनन् । सरकारको उपयुक्त नीति र कुलमान घिसिङको कुशल नेतृत्वका कारण यो संभव भयो ।

अहिले २४ घण्टै विजुली उपलब्ध हुँदा मलाईमात्रै हैन धेरै महिलालाई धेरैतिरबाट सुविधा भएको छ । मेरो शनिवारको विदा दिनभरी लुगा धोएरै बित्थ्यो अहिले मेशिनले मेरो समय र स्वास्थ्य पनि बचाइदिएको छ । आधा समय बचेको छ । यो समय म लेखपढ गर्न प्रयोग गर्छु । मेरा धेरै आफन्त र साथीहरुको घरमा वासिङ मेशिन, माइक्रोओभन, इन्डक्सन छ । कति साथीहरु बिद्युतीय सवारी साधन चढ्छन् । राइस कुकर र फ्रीज त आम उपयोगको बस्तु भैहाल्यो ।

गत हप्ता केही महिला व्यावसायीहरुसँग कुरा गर्ने मौका मिलेको थियो । उनीहरुले बिजुली हुँदा वा नहुँदा व्यवसायमा भएको सहज वा अप्ठ्यारोका बारेमा बताएका थिए । व्यवसाय गर्न चाहनेहरुलाई नवीकरणीय उर्जा प्रयोगमा प्रोत्साहन गर्नुपर्ने देखिन्छ।

हामी उर्जाका बारेमा धेरै कलम चलाउँदैनौं । मैले यो लेखमा बिजुली नहुँदाको दुख र हुँदाको सुविधाका बारेमा आँफैले भोगेका र अनुभव गरेका मसिना कुरा उल्लेख गरें । यी अनुभव हरकोहीको जीवनमा होलान् तर यस्ता व्यावहारिक कुराहरु निती निर्णयको तहमा वहसमा आउने वा यो आवश्यक सूचना हो भन्ने दृष्टिकोणले हामीले हेरेनौं र गम्भिर भएनौं । तर उर्जाको उपलब्धताले धेरैको जिवनमा परिवर्तनमात्रै ल्याएको छैन विजुलीको आम उपयोगले राज्यकोषमा समेत उल्लेख्य योगदान पुगेको छ । त्यसैले यी मसिना कुरालाई नजरअन्दाज नगरी सार्वजनिक बहसमा ल्याउन आवश्यक छ ।

Facebook Comments
Durga
Comments (0)
Add Comment