पढाई र सुनाईभन्दा प्राकृतिक विपत्तिको भोगाई नितान्त भिन्न हुन्छ भन्ने कुरा २०४५ भदौ ५ गते उदयपुर केन्द्रबिन्दु भएर गएको ६.८ रेक्टर स्केलको भूकम्प जसको ठूलो र चौतर्फी असर त्यसबेला म लगायत बसोबास गरेको धरानवासीले राम्रै भोगेर जान्न पायौं। प्रकोपका खाटाहरु समयले पुर्दै त जान्छन् नै, तर स्मरण भन्ने एउटा यस्तो जबरजस्त अभिलेख रहेछ जुन कुनै न कुनै रुपमा ताजा बनिरहँदो रहेछ।
समयक्रममा आन्दोलन सफल भयो। २०४७ सालमा अन्तरिम सरकार बन्यो। आन्दोलनमा सक्रिय सहभागी भएका कर्मचारीले अन्तरिम सरकारसंग तलब सुविधा पुनरावलोकनको माग राखे। २०४८ सालको आम निर्वाचन पछि बनेको नेपाली कांग्रेसको सरकारसम्म पनि कर्मचारीको आन्दोलन कुनै न कुनै रुपमा जारी थियो। पञ्चायतको अन्त्य, बहुदलको पुनस्र्थापनामा सहभागी समाजको एक सचेत तप्का र हिस्सा कर्मचारीको योगदानको औचित्य सावित भइरहेकै अवस्था थियो।
धरान, विजयपुर भुकम्पबाट जनधनको क्षतिको हिसाबले सबैभन्दा प्रभावित क्षेत्रका बासिन्दा हामी। बस्ने घर, अन्नपात सबै प्रभावित भएपछि राहत, उद्धारमा सहभागी हुँदै हामीले भएका सामग्रीबाट बसोबासको अस्थायी व्यवस्था मिलायौं। विपत्तिमा चिन्ता भने सन्तानको बढी हुने रहेछ भन्ने कुराको राम्रै भोगाई भयो हामी श्रीमान श्रीमतीलाई। पाँच र तीन वर्षे दुईजना छोरा सम्हाल्दै प्राकृतिक प्रकोपको त्यो प्रभावबाट उक्सिदैं गर्दा यो ज्ञान प्राप्त भएको थियो।
समयले तोकेको जिम्मेवारीबाट भाग्नु उचित हुँदैन। पारिवारिक र पेशागत जिम्मेवारी सम्हाल्दै सचेत र जिम्मेवार नागरिकको हैसियतले २०४६ को जनआन्दोलनमा स्थानीय स्तरमा समन्वयकारी र निर्णायक भूमिका निभाउने दायित्व मेरो काँधमा आइप¥यो।
पञ्चायती निरङ्कुशता बिरोधी आन्दोलनका शुरुवाती दिन २०४६ फागुन, चैततिर मोफसलमा प्राध्यापक पेशागत समूह न्युक्लियसको समन्वयमा आन्दोलनको अनुकूल वातावरणका लागि प्रयत्न गर्नु त्यति सहज थिएन। फेरि पनि विद्यार्थी अवस्थादेखिकै निरंकुशता बिरोधी आन्दोलनमा संलग्नता भएका कारण चुप बस्न पनि सकिंदैनथ्यो।
समयक्रममा आन्दोलन सफल भयो। २०४७ सालमा अन्तरिम सरकार बन्यो। आन्दोलनमा सक्रिय सहभागी भएका कर्मचारीले अन्तरिम सरकारसंग तलब सुविधा पुनरावलोकनको माग राखे। २०४८ सालको आम निर्वाचन पछि बनेको नेपाली कांग्रेसको सरकारसम्म पनि कर्मचारीको आन्दोलन कुनै न कुनै रुपमा जारी थियो। पञ्चायतको अन्त्य, बहुदलको पुनस्र्थापनामा सहभागी समाजको एक सचेत तप्का र हिस्सा कर्मचारीको योगदानको औचित्य सावित भइरहेकै अवस्था थियो।
भुकम्प प्रभावको पीडा पनि क्रमशः मत्थर हुँदै गइरहेको थियो। आफन्त, प्रियजन गुमाउनेहरुले मन बुझाउन थालेका थिए। घर भत्किनेहरुले आफ्नै जोहो र थामिनसक्नु सरकारी आश्वासन तर थोरै सहयोगले बस्ने ठाँउको व्यवस्था गर्दै थिए। हाम्रो पनि एउटा गुँडको जोहो हुँदै थियो। हामी बन्दै गरेको घरमा सरेका थियौं, २०४७ सालको अन्त्यतिर।
करिव दश वर्ष अघि २०३६ सालको शैक्षिक आन्दोलनबाट शुरु भएर २०४५÷४६ सम्म जारीरहेको शैक्षिक जागरण तथा सामाजिक आन्दोलनको सह–उपज सरकारी विद्यालयका अलावा थपिएका नीजि विद्यालय स्थापना र विस्तारको प्रभाव शैक्षिक जागरणका हिसावले अग्रणी धरानमा नपर्ने कुरै भएन। निजी विद्यालय धरानमा पनि खुल्न थाले र सामुदायिक विद्यालय थपिदैं थिए। शिशु र प्राथमिक तहबाट शुरु हुने तत्कालीन शिक्षा प्रणालीमा पूर्व प्राथमिक तह समावेश भएकोले नर्सरी, किण्डर गार्डेन तल्लो र माथ्लो गरी २÷३ वर्षका बच्चाहरुलाई ती तहमा पढाउन थालेका थिए, अभिभावकहरुले। सामाजिक परिवर्तनले क्रमश बढाएको रोजगारीका अवसर एवं पूर्व प्राथमिक तहमा उपलव्ध भर्ना अवसर एक सुखद संयोग हुन पुगेको थियो। हेर्दै आकर्षक लाग्ने कलकलाउँदो उमेरका बालबालिकालाई तत्कालीन चलनचल्तीको बोलीचालीका बोर्डिङका विद्यार्थीलाई टीसर्ट हाफपेन्ट, स्कट वा फ्रक र टाई लाउन पाउँदा जुन प्रसन्नता हुन्थ्यो शायद अभिभावकमा त्योभन्दा पनि बढी नै आनन्द हुन्थ्योहोला। कतिपय परिवारमा सामाजिक हैसियतको मानक पनि सुषुप्त रुपमा अभिव्यक्त भएको पाइन्थ्यो आफ्ना बच्चाहरुलाई बोर्डिङमा पढाएको विषय।
सम्बत् २०४८ सालमा आइपुग्दा कामकाजी अभिभावक हामी दुबैलाई बोर्डिङ नामधारी विद्यालयमा सात वर्षको विकुल र पाँच वर्षको प्रवेग दुई छोरालाई पठाउन पाउनु त अवसर नै बनेर आएजस्तो लाग्थ्यो। अझ एउटै स्कूलमा पढ्ने उनीहरुका दौंतर समेत झण्डै ७÷८ जना केटाकेटी छरछिमेकबाट भेला भएर जाने हुँदा दृश्य नै नयाँ देखिन्थ्यो। एउटा उमेर समूह पुरै रम्न सकेको थियो। जेठो छोरा बिकुल मात्र २ वर्षले जेठो भएपनि अभिभावकीय भूमिकामा रहन्थ्यो। बिहान साढे आठ बजे खाना खुवाएर डब्बामा खाजा र तुम्लेटमा पानी दिएर हामी दुबै छोराहरुलाई स्कूल पठाउँथ्यौ र नौ, साढे नौ बजेतिर हामी दुईजना कार्यालयतर्फ हिन्थ्यौं। फर्किदा भने श्रीमती विद्यालाई अलि ढिलो हुन्थ्यो, बैंकको हिसाब किताब मिलाएर मात्र हिड्न पाइने हुँदा।
हाम्रो यो नियमित दिनचर्यामा प्रजातन्त्र बहाली पछि समेत निरन्तर चलिरहेको कर्मचारी आन्दोलन एउटा हिस्सा थियो। पेन डाउन, कालोपट्टी लगायतका चरणसंगै आन्दोलनले देशव्यापी रुप लिंदै थियो। अन्तरिमकालका प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईजीले प्रतिबद्धता जनाउनु भए पनि निर्वाचित प्रधानमन्त्री सोही पार्टीका नेता गिरीजा प्रसाद कोइरालाकोे सरकार भने आन्दोलनलाई दमन गर्ने तर्फ उत्रियो। खोटाङ जिल्लाका एक कर्मचारीका छोरा स्कुले विद्यार्थी मनोज जोशीलाई गोली हानी हत्या गरियो।
त्यसको राप पूर्वका अरु स्थानमा पनि फैलियो। कर्मचारी आक्रोसित भए, आन्दोलन थप चर्कियो। निजामती कर्मचारीसंगै संघसंस्था, संस्थानका कर्मचारी पनि मिसिने क्रम बढ्दै थयो। राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत विद्या पनि जुलुसमा सहभागी हुन थालिछन् अरु साथीहरुसंगै। कार्यालयको कामले त्यसै त घर फर्कन ढिला हुने, आन्दोलन, जुलुसको सहभागिताले बाल मनोविज्ञानमा केही असर प¥यो कि कसो ठूलो छोरो बिकुल विवरण सोध्ने गर्न थाल्यो।
प्रतिनिधि सभाको चुनावी अभियान ताका भोट माग्न आउने क्रममा उम्मेदवारहरु नेकपाबाट मनमोहन अधिकारी र नेपाली कांग्रेसकाबाट इन्द्रहांग लिम्बुप्रति सम्मान भाव जनाउदै हामीहरुले बच्चाहरुलाई ‘हजुरबा’ सम्बोधन गर्न सिकाएको हुँदा टिभीको पर्दामा देखिइरहनुहने प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालालाई दुबैले ढुक्कसंग ‘हजुरबा’ सम्बोधन गर्न थालेका थिए।
एकदिन अफिसबाट फर्किदा विद्या निकै ढिलो फर्केकी थिइन्। रातै परिसकेको थियो। म आइसकेपछि पनि आमुको फर्किने समयको अस्वाभाविक ढिलाई दुबैलाई चासो वा भनौं चिन्ताको विषय भएको थियो। उनी फर्किदा देब्रे आँखामाथि पट्टी (ब्याण्डेज) बाँधिएको थियो। हातमा पनि दर्फ¥याएको दाग र रक्तस्राव रोकिन लगाएको दवाईको पंहेलो दाग देखिन्थ्यो। चश्मा थिएन। हिंडाई पनि सदाभन्दा भिन्न खुट्टा खोच्याए झैं देखिन्थ्यो। गेट घ¥याक्क गर्ने बित्तिकै दुबै छोराहरु कुदेर गए, आमुले बोकिरहेको अफिस व्याग बोकेर अलिक भरथेग गर्न खोजे झैं कोठामा लिएर आए। दुबैको आँखामा कौतुहुल देखिन्थ्यो, आमुको अवस्थाको बारेमा जान्ने। उनले खासै केही भनिनन् छोराहरुका अगाडि। मैले लख काटें, शायद आन्दोलनमा सहभागिताको क्रममा दमन भयो।
बाल मनोविज्ञानमा पर्न सक्ने प्रभावको आँकलन गर्दै छोराहरुका अगाडि त्यो विषयमा कुरा उठाएनौं हामीले। उन्ले ‘हिंडदा लडेर चोट लागेको’ भनिन्। विद्यालाई आराम गर्न दिएर भान्साको तयारी मैले गरें र सबैले खानपीन ग¥यौं। छोराहरुलाई सुताइसकेपछि घटनाको विवरण बताइन् उनले। चार बजेपछि कर्मचारीको प्ले कार्ड सहितको शान्त जुलुसमा लाठी चार्ज भएको रहेछ। पुलिसले अन्धाधुन्द लाठी चार्ज गर्दा आँखामाथि लाठी बर्सेछ र चश्मा उछिट्टिएर भुँइमा झरेछ। चश्मा टिप्न निहुरिंदा सारीमा अल्झेर लडेको हुनाले किचिइएछ र थप लाठी प्रहार बेहोर्नु परेछ। साथीहरुले नजिकैको निजी क्लिनिकमा लगेर प्राथमिक उपचार गरेपछि बिस्तारै विजयपुर उक्लनेहरुसंग घर फर्किएकी रहिछन्।
भोलिपल्ट विद्या आराम गरेर घरै बसिन्। छोराहरुलाई स्कूल पठाएर म क्याम्पस गएँ। साँझ खाना खाएर सपरीवार टि भी हेर्दै गर्दा बिकुलले सधैं झैं एउटा जिज्ञासु प्रश्न राख्यो– ‘बुवा प्रधानमन्त्रीको अफिस कहाँ हुन्छ ?’
बाल मनोविज्ञानमा पर्न सक्ने प्रभावको आँकलन गर्दै छोराहरुका अगाडि त्यो विषयमा कुरा उठाएनौं हामीले। उन्ले ‘हिंडदा लडेर चोट लागेको’ भनिन्। विद्यालाई आराम गर्न दिएर भान्साको तयारी मैले गरें र सबैले खानपीन ग¥यौं। छोराहरुलाई सुताइसकेपछि घटनाको विवरण बताइन् उनले। चार बजेपछि कर्मचारीको प्ले कार्ड सहितको शान्त जुलुसमा लाठी चार्ज भएको रहेछ। पुलिसले अन्धाधुन्द लाठी चार्ज गर्दा आँखामाथि लाठी बर्सेछ र चश्मा उछिट्टिएर भुँइमा झरेछ। चश्मा टिप्न निहुरिंदा सारीमा अल्झेर लडेको हुनाले किचिइएछ र थप लाठी प्रहार बेहोर्नु परेछ। साथीहरुले नजिकैको निजी क्लिनिकमा लगेर प्राथमिक उपचार गरेपछि बिस्तारै विजयपुर उक्लनेहरुसंग घर फर्किएकी रहिछन्।
स्वाभाविक हिसाबमा मैले बतांए ‘काठमाडौं सिंहदरबार’।
उसले मसंग ‘एउटा खाम दिनुस्न बुवा’ भन्यो। बोर्डिंगमा बच्चाहरुलाई प्रोजेक्ट गर्न दिने गरिन्थ्यो। सहज रुपमा किनारामा रातो नीलो पट्टी भएको ‘पार एभियोन’ लेखिएको खाम झिकेर मैले उसलाई दिएँ। उनीहरु आफ्नो गृहकार्य गर्न लागे। म भोलिपल्टको आफ्नो कक्षाको तयारीमा व्यस्त भएँ।
भोलीपल्ट स्कूल पु¥याउन म घरबाट छोराहरुलाई अघि लगाएर निस्कदैं थिएँ। बिकुलले स्कूल ब्यागबाट बेलुका मसंग लिएको खाम निकाल्दै भन्यो ‘बुवा यो चिठी टिकट टाँसेर हुलाकमा खसालीदिनु ल।’ मैले ‘हुन्छ‘ भन्दै खाम लिएँ र उनीहरुलाई स्कूल जान बिदा गरेँ।
फर्केर आएप्छि चिठ्ठी खोलेर हेरें।
खामको बाहिर ‘श्री प्रधानमन्त्रीज्यू, सिंहदरबार, काठमाडौं’ लेखिएको थियो। चिठी बन्द गर्न र टिकट टाँस्न मलाई नै भनेको हुँदा मैले खाम खोलेर हेरेँ। बोर्डिंगको पढाइका कारण ठिकैका तर बुझिने नेपाली अक्षरमा लेखिएको रहेछ।
‘आदरणीय हजुरबा, कर्मचारीलाई धेरै दुख नदिनुहोला।’
उही नाती, बिकुल कोइराला।
चिठ्ठी पढी सकेपछि मसंग भन्ने, गर्ने कुरा अरु केही थिएन, घटनाक्रमले सिर्जित सात वर्षे बालकको संवेगात्मक चेत अनुभुत गर्नु सिवाय।