नेपाल र नेपालीहरूको वर्षको अन्तिम महिना चैत्र आँगनमा प्रवेश हुँदै थियो। सबै नागरिक आफ्नो वार्षिक कामकाजको मूल्यांकन गर्दै थिए । हरेक तह तप्काका व्यक्तिहरुले आफ्नो नयाँनयाँ लक्ष्य पनि बनाउँदै थिए। योजनाहरूले पूर्णता पाउने शिखरमा पुग्दैगर्दा विश्वभर फैलिएको महामारी कोरोनाका कारण संसार नै ट्राफिक जाममा फस्यो। प्रकृतिको सुन्दरता नै मानव मानवबीच भेटघाट हुने कार्य जुन थियो, रोकियो । समयको पांग्रा नै स्थिर भए जस्तै भयो। त्रासको खेती हुन थाल्यो ।
संसारका हरेक मानवभित्र जीवनको हरेक पलमा नयाँ नयाँ सपनाहरू थपिदै जाने प्रवृत्ति हुन्छ । उसले आफ्नो हैसियत, शक्ति र क्षमताको प्रयोग गर्दै सपनाको गनतब्यमा पुग्ने संघर्ष गरिरहन्छ। कोभीड़ १९ लकड़ाऊनका कारण धेरै स्रोतबाट बञ्चित हुने भएकोले मानिसहरूको अनेकौँ सपना हातको मैला जस्तै भए। मानिसहरूको सपना जसरी भए पनि कोरोनाबाट मुक्ति पाउने गरी मास्क, सेनिटाइजर, समाजिक दूरी र दुई छाकमा सीमित भयो ।
अहिले पनि लकडाउन शब्दको सट्टा देशका विभिन्न सहर र जिल्लामा निषेधाज्ञा छ । कोभिड १९ का कारण मान्छेको जीवन घरभित्र थुनिएको छ र व्यक्तिदेखि राज्यसम्मको 'लक्ष्य डाउन' भएको छ ।
संसारको साढ़े आठ खर्ब व्यापार ठप्प भयो। ११४ देशका सरकारले विद्यालय बन्द गर्ने घोषणा गरे । एक अर्बभन्दा बढ़ी विद्यार्थीहरूको अध्ययनमा प्रत्यक्ष असर पुग्यो । करिब १७ सय जनाले नेपालमा मात्र आत्महत्या गरेका छन् । बैदेशिक रोजगारीमा जाने यन्त्र नै बन्द भयो । विद्यार्थीहरूको कक्षा बढ़ने सपना टुट्यो। औद्योगिक कलकारखानाहरू बन्द भए। दिनभरी मेहनत मजदूरी गरी दिनचर्या चलाउनेहरूको फुटपाथका कारोबार बन्द भए । धार्मिक स्थलहरू बन्द भए । इस्लाम धर्मावलम्बीहरूको वर्षमा एक विशेष दिन साऊदीको मक्का गएर मनाइने हज यात्राको सपना सपनै बन्यो।
जोडी बाँध्न योजना बनाएका कतिपय युवाहरुको विवाह हुन सकेन। उनीहरू नयाँ जीवन साथी पाउने अवसरबाट बञ्चित भए। गर्भवती आमाहरूले उचित मेडिकल सेवा नपाउँदा बच्चा पाउने खुशी जीवनभरिको लागि दुःखद क्षणमा परिणत भयो । अस्पतालको सुविधा विपरीत होम डेलिभरी कष्टकर हुन पुग्यो ।
शिक्षादेखि संस्कृतिसम्म व्यापारिक तथा राजनैतिक क्षेत्रमा संलग्न व्यक्तिहरूको लक्ष्य डाउन भयो । नेपाल सरकार र नेपालीहरूको भिजिट नेपाल २०२० को योजना अनुसार विदेशी पर्यटक भित्रियाउने महत्वपूर्ण ऐतिहासिक लक्ष्यमा परिवर्तन भयो ।
नयाँ आर्थिक वर्षको बजेटको स्वरूपमा फेरबदल भयो । भौतिक पूर्वाधार बाटो–घाटो, पुल निर्माणहरूको लक्ष्य विवश भएर कागजमा मात्र सीमित भए। स्थानीय निकायको बजेट विनियोजन नै महामारीको शिकार भएर लक्ष्य डाउनमा परिणत भए ।
अहिले पनि लकडाउन शब्दको सट्टा देशका विभिन्न सहर र जिल्लामा निषेधाज्ञा छ । कोभिड १९ का कारण मान्छेको जीवन घरभित्र थुनिएको छ र व्यक्तिदेखि राज्यसम्मको ‘लक्ष्य डाउन’ भएको छ ।