विवशतामा
उर्लिँदा उर्लिँ’दै जो,
गयो उमेर !
कपाल् सिद्धिदा
अनुभवी भइयो,
राख काइँयो !
अगुवाहरु,
कति घुम्छौ बाहिर ?
गाउँ फर्क त !
विद्वान्’हरु हो,
आफ्नो जिम्मेवारी जो,
नबिर्सिनु है !
जिन्दगी अहो,
सोचे जस्तो छैन रे ?
नसोचे भैगो !
सुर्य-चक्रमा,
आध्यात्मिक् आँखा खोल ।
सत्य बुझिन्छ !
स्वाङ् नपारौँ,
महामारी छलेको ?
सोझिएला है !
अन्त्यमा एक्लै
छाड्नु पर्छ यो धर्ती,
कुरो बुझियोस् !
Facebook Comments