विशेषज्ञ डाक्टरको खेलाँची सेवा र हाम्रो अवोध ‘बाबा ला’

जीवनका खुड्किला–७

आफ्नो स्थायी थातथलो धरान विजयपुर भएर पनि २०४२ देखि २०४५ सालमा भुकम्प आएको महिना भदौसम्म हामी धरान बजारमा डेरा गरी बस्थ्यौं। म काम गर्ने हात्तिसार क्याम्पसमा हाम्रो राम्रो टीम थियो र मजाले खटिइन्थ्यो, कार्यालय समयावधिको पर्वाह नगरी । श्रीमती विद्या राष्ट्रिय बाणिज्य बैंकमा काम गर्थिन् । उनको पनि अफिस जान ९ बजे नै निस्कनु पथ्र्यो। दुई जना साना छोराहरु, अझ कान्छो त आमाको दूध खाँदै गरेकोले काम, परिवार र छोरा हुर्काउन सहजताका लागि बसाईको त्यो तदर्थ प्रबन्ध हाम्रो रोजाई थियो।

सानो छोरालाई आमाको दूधसंगै लिटो पनि खुवाउन थालिएको थियो। छोरो निरोगी र सन्तोकी थियो। पेट भरेपछि एक्लै भए पनि हत्केला मुखमा लगेर ‘बाबा ला’ गरिरहन्थ्यो। हामी बस्ने घरका घरबेटीका छोरी उस्का दिदीहरु भाइ बोक्न हानाथाप गर्थे र उनीहरुले छोराको नामै ‘बा बा ला’ राखिदिएका थिए।

दूध खाँदै गरेको बच्चा छोडेर आएकाले शायद हाम्रो बसाइमा अधैर्य झल्किएको देखिन्थ्यो कि ? तीन दिनको बसाइपछि बिरामीले नै ‘मेरो हालत यस्तै छ, सुध्रिने नसुध्रिने ठेगान छैन, बालक नाती छोडेर आएकोले छोरी ज्वाई फकिर्नु भए हुन्छ’ भनी सासैले भन्नुभयो। काठमाडौं आइसकेकाले एकपटक विद्याको सामान्य स्वास्थ्य परीक्षण गराउने बिचार ग¥यौं। दुइजना मेरा सहपाठीहरु डा. महेश मास्के र डा.प्रकास सिंह एम्.बी.बी.एस सिध्याएर त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा काम गर्न थाल्नु भएको मलाई थाहा थियो। फोन गरें। आकस्मिक कक्षमा उहाँहरुको पालो परेको रहेछ। भोलिपल्ट नै बोलाउनुभयो।

सम्बत् २०४४ को भदौतिर हुनुपर्छ, ससुरा बालाई बिमारले च्याप्दै लगेपछि काठमाण्डौ ल्याएको छ तुरुन्त आउनु भन्ने खबर आयो। काठमाडौंमा जेठान एक्लै बस्ने। कोठामा बिरामी, बिरामी कुरुवा सहितको बसोबासको व्यवस्था गर्नुपर्ने कठिनाई बुझ्दै हामी दुइजना, ठुलो छोरा बिकुललाई लिएर सानो छोरा ‘बाबा ला’ लाई बहिनी उषाको जिम्मा छोडेर गयौं, दुइचार दिनमै फकिर्ने गरी।
बिमारीलाई डा. सुन्दरमणि दीक्षितकहाँ देखाइएछ आउने बित्तिकै। स्वरग्रन्थीमा क्यान्सर भएको रहेछ। हामीले भेट्दा उहाँको स्वर निस्किन्नथ्यो। डाक्टरकहाँ ल्याइपु¥याउन ढिला भै सकेको रहेछ, असह्य पीडा कम गर्ने दवाई दिन थालेको अवस्था थियो।

त्यस अवस्थामा उपलब्ध चिकित्सा सेवाको पहुँच बाहिर रोग गइसकेको जानकारी सहित डाक्टर दीक्षितले परिवारका जिम्मेवार सदस्यहरुलाई बोलाएर बिरामीका इच्छा पुरा गर्नेतिर लाग्नु भन्ने सल्लाह दिनु भएको थियो। घाटीबाट निल्न मिल्ने झोल पदार्थ निलाउने तथा निद्राको सुइ मर्फिन दिएर सुताउने काम मात्र भइरहेको थियो। पशुपति र गुहेश्वरी मन्दिरको दर्शन गर्ने इच्छा उहाँले व्यक्त गर्नुभए पछि छोराहरुले इच्छा पु¥याइ दिनुभए पश्चात् उहाँ सुती मात्रै रहनुहुन्थ्यो। भेट्न आउने इष्टमित्रको काम बिरामी र परिवारलाई सान्त्वना दिने हुन्थ्यो। काठमाडौंमा रहनुहुने परिवारका सदस्यहरुको दिन गन्तीमा समय कटिरहेको थियो।

दूध खाँदै गरेको बच्चा छोडेर आएकाले शायद हाम्रो बसाइमा अधैर्य झल्किएको देखिन्थ्यो कि ? तीन दिनको बसाइपछि बिरामीले नै ‘मेरो हालत यस्तै छ, सुध्रिने नसुध्रिने ठेगान छैन, बालक नाती छोडेर आएकोले छोरी ज्वाई फकिर्नु भए हुन्छ’ भनी सासैले भन्नुभयो।

काठमाडौं आइसकेकाले एकपटक विद्याको सामान्य स्वास्थ्य परीक्षण गराउने बिचार ग¥यौं। दुइजना मेरा सहपाठीहरु डा. महेश मास्के र डा.प्रकास सिंह एम्.बी.बी.एस सिध्याएर त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा काम गर्न थाल्नु भएको मलाई थाहा थियो। फोन गरें। आकस्मिक कक्षमा उहाँहरुको पालो परेको रहेछ। भोलिपल्ट नै बोलाउनुभयो।

वर्षौं अन्तराल पछिको भेटघाट। ती दिन चिकित्सा क्षेत्रमा कार्यरत युवाको सामाजिक उत्तरदायित्व बोध, निकटस्थ साथीको अर्धांगिनीको स्वास्थ्यको सरोकार, दुवै साथीहरुले आप्mनो ज्ञान, सीप र पहुँचले भ्याएसम्मको भूमिका निर्वाह गर्नुभयो। त्यसमाथि पनि दूध खाँदै गरेको बच्चा छोडेर आएको थाहा पाएपछि आवश्यक परीक्षणमा पनि उहाँहरु अग्रसर भइदिनुभयो। परीक्षणको दौरान छातीको एक्सरेमा फोक्सोमा देखिएको सानो दागको बारेमा भने उहाँहरुले विशेषज्ञको सल्लाह लिन सुझाउनु भयो। रगत परीक्षणमा त्यस्तो असामान्य त केही नदेखिएको, तर शंका निवारणका लागि कालिमाटीमा अवस्थित सरकारी क्लिनिकमा एकपटक सम्पर्क गरे वेश हुन्छ भन्नुभयो।

हामी तत्कालै कालिमाटी अवस्थित क्षयरोग निवारण् ा संस्थाको क्लिनिक गयौं। पाखुराको छालामा गरिने मन्टोक्स भनिने जाँच हुँदो रहेछ । समयमा प्रतिवेदन सङ्कलन ग¥यौ। ‛विशेषज्ञसंग राय सल्लाह गर्नु’ भनेपछि हामी परीक्षणका सबै प्रतिवेदन बोकेर घर धरान फकिर्यौं।

कामकाजी मान्छेबीच रात्रीवस को यात्रा सहज र लोकप्रिय थियो तिनताका। शहरको केन्द्र भाग सुन्धारामै थियो बसपार्क। दिनभरीको काम भ्याएर मान्छे झोला बोकेर सुनधारा जान्थे। दुरी अनुसार अर्को दिन आफ्नो निर्दिष्ट लक्ष्यमा पुगेर काममा सामेल हुन मिल्ने। बिरामी हेरिसकेर सामान्य स्वास्थ्य उपचारको काम भ्याँउदा हामी घर छोडेको त्यस्तै ५ वा ६ दिन हुँदो हो। काठमाडौंको व्यस्त दिनचर्या तथा विरामीप्रति केन्द्रित ध्यानले हामी छुट्टै प्राथमिकतामा थियौं। जब रात्रीबस चढ्यौं, नियमित दूध ख्वाउन छुटेको आमाको ममता र ध्यान, गानिएको दूधले सिर्जना गरेको पीडाको रुपमा अभिव्यक्त हुन थाल्यो। गाडीमा रहुञ्जेल त्यस्को कुनै वैकल्पिक निकास थिएन।
धरानको हाम्रो बसाई बसपार्क नजिकै भएकोले झोला बिसाउने बित्तिकै सानो छोरा ‘बाबा ला’ भेट्ने अधीरताले हामी घर बिजयपुरतर्फ लाग्यौं। दूध खुवाएर मातृ वात्सल्य अभिव्यक्ति साथै आफुलाई पनि शारीरिक रुपमा सहज एवं हल्का गराउने इच्छा हुँदो हो छोराकी आमाको।

स्वस्थ, भुकुल्ले भएपनि वर्षदिन करिबको बालक, सुतेको बेलामा छोडेर हिंडेकाले गर्दा होला शायद उसको विरोध वा असन्तुष्टिको अभिव्यक्ति हुनुपर्छ, आमाले बोलाउँदा त उसले मतलबै गरेन। आमाको दूध खान पाउनु पर्ने साथै ममता, वात्सल्य प्राप्तिप्रतिको बाल मनोविज्ञानको त्यो अव्यक्त वा शव्दरहित विद्रोह विश्वविद्यालयमा औपचारिक तहको स्नातकोत्तर तहसम्मको सैद्धान्तिक शिक्षा, अझ खास गरी ख्यातिप्राप्त व्यवहार विज्ञानका पुस्तकमा पनि पढेको थिइन। आफैंले जन्माएको अबोध शिशुप्रतिको अधिकार कुण्ठित भएकोमा आमाको आँखामा देखिएको मातृ ममताको तर्फबाट क्षतिपूर्तिका याचनायुक्त हेराइले मलाई भने नजानिदो रुपमा चिमोटिरहेको थियो।

केही घण्टासम्मको आमाछोराको शव्दरहित संवाद पछि दूध खाने, ख्वाउने सम्झौता व्यवहारमा देखियो। हामीले माथि घरमै विहानको खाना खायौं। यो बहिनीले उसका दुवै भदासंग साह्रै प्रेमपूर्ण व्यवहार गर्छे। आफन्त र चिनारुमात्र होइन कुनैपनि केटाकेटी उसंग असाध्य झ्याम्मिन्छन्।

सानो छोरालाई पनि लिएर डेरा फर्किएपछि भोलिपल्ट नै हामी बिराटनगर गयौं क्षयरोग विशेषज्ञको क्लिनिकमा विद्यालाई जचाउन। कोशी अञ्चल अस्पतालका वरिष्ठ फिजिसियन हुनुको कारण विरामीको चाप उहाँकोमा बढी नै हुने रहेछ। नजिक र छिटो फकिर्ने भएकोले यसपटक ‘बाबा ला’लाई पनि साथै लिएर गएका थियौं। एउटा थप एक्सरे गराउनु भयो उहाँले। ‘क्षयरोग (टी.बी) को पहिचान भएकाले आजैदेखि परहेजमा बस्नु’ भनी तीन महिनाको दवाई लेखिदिनुभयो एन्टिबायोटिक। छोराले आमाको दूध खाँदै गरेको कुरा बतायौं हामीले। बच्चा हृष्टपुष्ट र निरोगी छ। ‛पहिला आमा स्वस्थ्य हुनुप¥यो। दूध खुवाउन छुटाए बिरामी छिटो तङ्ग्रिन्छ’ भन्नुभयो। डाक्टरको सल्लाह, मुताबिक हामीले गर्ने भयौं। तीन महिनाको औषधी लियौं। तीन महिनापछि डाक्टरलाई भेट्ने दिनको जानकारी लियौं र हामी घर फर्कियौं।

तीन महिनापछि डाक्टरले दिएको समयमा हामी गयौं। फेरि एक्सरे गर्न भनियो छातीको। डाक्टर साबले एक्सरे हेर्नुभयो उज्यालो देखाउने फ्रेममा राखेर। केही घोरिनु भयो र ‘बच्चामा कुनै गम्भीर खालको बिरामी पर्नुभएको थियो कि?’ भनी सोध्नु भयो। आफूलाई थाहा छैन, आमासंग सोध्छु भनिन् उनले। खाँदै गरेको एन्टिबायोटिकलाई निरन्तरता दिनु भन्नुभयो डाक्टर साबले। हामी दवाई लिएर धरान फि¥यौं, अर्को तीन महिना पछिको समय लिएर।

क्यान्सर रोगबाट पीडित ससुरा स्वर्गे हुनुभएको खबर पाएर आसौच बार्ने हिसाबमा हामी सपरिवार काठमाडौं गयौं। १३ दिनको काम सकिएपछि आमाछोरी बीच कुराकानी हुँदा बच्चामा कुनै बिरामी भएको थियो कि? भन्ने सोधखोजी हुँदा एकपटक निमोनिया भएको। पहाडमा तत्काल उपलब्ध उपचारले ठीक भएको, शारीरिक बनोटमा भने लिखुरी भएको कुरा बताउँनु भएछ।

धरान फर्केपछि दिनचर्या नियमित भयो हाम्रो। डाक्टरले दिएको समयमा गयौं दोस्रो पटक तीन महिनापछि बिराटनगर क्लिनिक फलो अपमा। दवाई खाएको छ महिना भैसकेको थियो। साबिकझैं डाक्टर साबले एक्सरे गर्न भन्नुभयो। रिपोर्ट हेर्दै फेरि तीन महिना अगाडिकै प्रश्न दोहो¥याउनु भयो। ‘बच्चामा कुनै गम्भिर प्रकारको बिरामी पर्नुभएको थियो कि?’

‘हो, आमाले भन्नु भएको निमोनिया भएको थियो रे।’

डाक्टर साबले विस्फारित नेत्रले हेर्दै भन्नुभयो ‘त्यै त एक्सरेमा देखाउने फोक्सोको दाग यथावत छ जति दवाई खाए पनि ? बच्चामा भएको निमोनियाको दाग नै हुनुपर्छ त्यो, एक्सरेमा देखिएको।’

‘अब के गर्ने त डाक्टर साब ?’ मैले सोधें।

स्वास्थ्य सेवा जस्तो सार्वजानिक सरोकारको क्षेत्रमा विशेषज्ञहरुबाट आम नागरिकप्रति निर्वाह गरिने जिम्मेवारीको न्यून आँकलन ले मेरो ‘बाबा ला’ र उ जस्ता कति शिशुले स्वास्थ्यवद्र्धक र रोग प्रतिरोधी प्राकृतिक रसपानबाट बञ्चित हुनुपरेको विषयमा कुनै तथ्यांक उपलव्ध छ कि? वा हामी मध्ये कतिको दृष्टिमा परेकै छैन कि? युनिसेफ र यसखाले संयुक्त राष्ट्र संघको बडापत्रमा हस्ताक्षर गरेको पक्षराष्ट्र नेपालको हिजो, आज र भोलिका बालबालिकाले अमृत समान आमाको दूध र स्तनपान सम्बन्धी विज्ञापन त साक्षर वा शिक्षित भएपछि मात्रै पढ्न सक्छन्। स्तनपान गर्ने समयमा त्यो चेत पस्न पाएकै हुँदैन।

‘टी.बी. होइन रहेछ, दवाई खान छोड्नुभए हुन्छ।’ डाक्टर सा’बले सहज पाराले उत्तर दिनुभयो र हामीलाई फर्काइ दिनुभयो।

यो संवादको अर्थ ‘बाबा ला’ ले त बुझेन नै। हामी दुई भने निःशव्द रिक्सा चढ्यौं, ओर्लेर धरान जाने बस चढ्यौं। विद्याको अनुहारको व्यक्त मनोभावमा म थुप्रै कुरा देख्तै थिए। असाध्य रोग क्यान्सरका कारण मृत्युशैयामा छोडेर आएको आफ्नो बुवा बारेको अनिष्ट खबर कुनै पनि समय सुन्नुपर्ने त्रासदिपूर्ण मानसिकतामा घर र कार्यालयको व्यवहार धान्नु परेको बेला, स्वस्थ्य शारीरिक अवस्थाको अपेक्षामा स्वास्थ्य परीक्षण गराउँदा काखको सन्तान ‘बाबा ला’ लाई जीवनको कालखण्डमा जम्मा जम्मी एकपटक गराउन पाउने स्तनपानको अवसरबाट बञ्चित गराउनु पर्दा मातृ हृदय कसरी कुँडियो होला?

स्वास्थ्य सेवा जस्तो सार्वजानिक सरोकारको क्षेत्रमा विशेषज्ञहरुबाट आम नागरिकप्रति निर्वाह गरिने जिम्मेवारीको न्यून आँकलन ले मेरो ‘बाबा ला’ र उ जस्ता कति शिशुले स्वास्थ्यवद्र्धक र रोग प्रतिरोधी प्राकृतिक रसपानबाट बञ्चित हुनुपरेको विषयमा कुनै तथ्यांक उपलव्ध छ कि? वा हामी मध्ये कतिको दृष्टिमा परेकै छैन कि? युनिसेफ र यसखाले संयुक्त राष्ट्र संघको बडापत्रमा हस्ताक्षर गरेको पक्षराष्ट्र नेपालको हिजो, आज र भोलिका बालबालिकाले अमृत समान आमाको दूध र स्तनपान सम्बन्धी विज्ञापन त साक्षर वा शिक्षित भएपछि मात्रै पढ्न सक्छन्। स्तनपान गर्ने समयमा त्यो चेत पस्न पाएकै हुँदैन।

उच्च शिक्षाको दौरान चिकित्सा शिक्षा सम्बन्धी प्रयोगशाला विज्ञानमा विशेषज्ञता हासिल गरेको मेरो त्यो ‘बाबा ला’ ले आमाको स्तनपान गर्ने नैसर्गिक अधिकार त ती विशेषज्ञको कारण गुमायो नै। क्षतिपूर्ति त के उसले शायद प्रश्न पनि गर्न पनि पाउने छैन ती विशेषज्ञलाई।

हिजोआज मेरो अध्ययन टेबल माथि रहेको कलिलो फोटोमा देखिने उसका अबोध आँखाले भने ती विशेषज्ञको ज्ञानको गहिराई वा गम्भीरतालाई दिनदिनै गिज्याई रहे झैं लाग्छ।

Facebook Comments
Madan
Comments (0)
Add Comment