विरासत

पुर्खाहरूले छोडेको वाग

हामी बस्छौँ त्यसमै वास

प्रकृतिको त्यो बसन्ती साज

देखी खुशी छौँ हामी आज

हामी पनि सब त्यागी एक दिन

निश्चय जानु छ उनीहरूकै माझ

 

आऊ न गरूँ हामी बिहार

यो समाज, यो परिवेश

खाउँ, रमाउँ सबैसँग

 

तर, यति चाहिँ ख्याल राखौँ

हामीले पनि लानु छैन केही

छोड्नु छ हामीले उसैगरी

यो वाग, यो वास, यो बसन्ती साज

जसरी पुर्खाले हामीलाई छोडेथे !

Facebook Comments
brajesh
Comments (0)
Add Comment