पीडा फुलेको महल र टुक्रिएका सपनाहरू

कविता

सन्तानको भविष्य र खुसीका लागि,
आफ्ना सपनाहरू अधुरो बनाएर,
इच्छाहरू अपुरो बनाएर,
हारेकै हो जिन्दगीको दौडमा ।
ताली बजाएर सन्तानको खुसीका लागि,
गाएकै हो जिन्दगीको आरती ।
कलम समाउने हातले कोदाली समाएर,
खनेकै हो बाँझो जग्गा र जोतेकै हो हलो ।

घन ठोकेर फुटाएकै हो अभावको चट्टान,
शरीर सुकाएर रोग पालेर, बहिष्कार गरेकै हो अस्पताल जान,
आशाको डोरी गाँठो पारेर, कसेकै हो मेहनती कम्मर ।
अन्तरमनको संवेदना भत्काएर बनाएकै हो सपनाको महल,
नव युगमा चल्न ।

सन्तानको मागसँगै देखासिकीको राज्यमा,
जिन्दगीको बोरा बोकेर लाजै नमानी,
पट्याएकै हो खाली शिशी पुराना कागज,
अनी पस्केर खाएकै र खुवाएकै हो स्वाभिमानको गाँस,
सन्तोषले फेरेकै हो एक मुठी सास ।

तर उमेरसँगै शिथिल भएको छ अहिले अंग
रोगले गलेको छ शरीर,
शक्तिको अवकाश लिएर, सहयोगको अपेक्षा गरेको बेला,
उही सन्तानले
बिहानी सूर्योदयसँगै, टल्किएको शित कुल्चँदै,
डो¥याएकोछ अज्ञात तिर्थयात्रा,
चन्दा बाकसमा अभिमान भरेर,
तोडेका ेछ नाता, खोसेको छ निन्द्रा,
चिस्याएको छ यो न्यानो काख,
र टुक्¥याएको छ इन्द्रेणी सपना,
छोडेर भागेको छ वृद्धहरूको आश्रममा ।

त्यही सन्तानलाइ सोचेर,
भ्याएकै थिइनँ आफूलाई सोच्न,
उसैलाई वस्त्र किन्दा पुग्दैनथ्यो आफुलाई किन्न,
वर्तमान अभावमा बन्दी हुँदा पनि,
भविष्यको आशाले ताला खोलेर,
छोडेकै थिएँ ओठबाट निलो मुस्कान,
पीडाभित्रको पीडा सहनुको विकल्प नदेखी,
सुकाएको थिएँ आँखामा आँसु,
आज भत्काइदिएको छ आँखाको बाँध,
बगाइदिएको छ मुखको नदी,
डुबुल्की मार्दै रमाइरहेको छु आफ्नै जिन्दगीसँग
आँसु छ्यापाछ्याप गर्दै,
एउटा अचम्मको खुसी पाएको छु….?
दया गरेर छोडिदिएको एउटा अतीतको सीडी (डकुमेन्ट्री) ।

त्यही डकुमेन्ट्री हेरेर सम्झिरहेछु विगत,
र आशा लिएर बाटो हेरिरहेछु—
ऊ मलाई लिन पक्का आउनेछ ।

Facebook Comments
janardan
Comments (0)
Add Comment