कुरो २०३३ सालको हो, म लेटाङ स्थित शान्ति भगवति माध्यमिक विद्यालयमा विज्ञान शिक्षकको रुपमा कार्यरत थिएँ। स्नातक उपाधि प्राप्त दुइजना मध्ये एक। मा.वि.को दरबन्दीमा ममात्र भएकोे र स्कूलले मा.वि.को अस्थायी स्वीकृतिको आवेदन गरेकोले सञ्चालक समितिले प्रधानाध्यापकको जिम्मेवारी पनि मलाई नै दिएको थियो।
हीरालाल दाइको सन्देशको गम्भीरता बुझेर म भोलिपल्टै प्लेनबाट काठमाडौं आएँ। धरान, बिराटनगर पढ्दाका दाइ–साथी पेशल दाहाल त्रि.वि.मा संस्कृतिमा स्नातकोत्तर पढ्दै हुनुहुन्थ्यो, कुपण्डोलमा डेरा लिएर। झोला उहाँकोमा बिसाएर भोलिपल्ट बिहानै गाउँले दाइ मन्त्री हीरालाल विश्वकर्मालाई भेट्न पुल्चोक मन्त्री क्वार्टर तर्फ लागें। भाउजु ढोकामै भेटिनुभयो, बैठक कोठामा बस्तैगर्नु, दाइ पूजामा हुनुहुन्छ भन्नुभएकोले म बैठक कोठामा पर्खिएर बसें। केहीछिनपछि दाइ बैठक कोठामा आउनुभयो र भन्नुभयो। ‘तिमी घर थिएनौ, बासंग तिमीलाई पठाइदिनु भनेको थिएँ, आएछौ, ल ठीक भयो। दिउँसो मन्त्रालय आएर भेट्नु म बुझेर बाँकी प्रक्रिया बताउँला।’
घरबाट बाले ‘तुरुन्त आउनुप¥यो’ भनी खबर पठाउनु भएछ। विवरण नखुलेको अपर्झट नपरीकन हप्ताको बीचमा घरबाट नबोलाइने हुँदा विशेष केही परेको लखकाटी म विद्यालयको दैनिकीको व्यवस्थापन गरेर भोलिपल्ट धरान घर गएँ। हीरालाल विश्वकर्मा हाम्रै गाउँले दाइ तिनताका सरकारका शिक्षा सहायक मन्त्री हुनुहुन्थ्यो। जातीय भेदभाव र छुवाछुतको भावना खासै नभएको हाम्रो घरमा उहाँको बाक्लै आइजाइ हुन्थ्यो र बालाई अभिभावक जत्तिकै मान्नु हुन्थ्यो। उहाँले घरैमा आएर बासंग भन्नुभएछ ‘हाम्रो गाउँ बिजयपुरमा विषयगत विधाका इन्जिनियर, प्रशासक, मन्त्री, माननीय लगायत सबै जना भयौं, एकजना डाक्टरको कमी छ। भाइको पढाई मिल्छ, म मन्त्री पनि छु, भाइलाई काठमांडौ पठाउनु डाक्टर पढ्न पठाउनुपर्छ’। सोही सल्लाह अनुसार बाले मलाई बोलाउनु भएको रहेछ।
हीरालाल दाइको सन्देशको गम्भीरता बुझेर म भोलिपल्टै प्लेनबाट काठमाडौं आएँ। धरान, बिराटनगर पढ्दाका दाइ–साथी पेशल दाहाल त्रि.वि.मा संस्कृतिमा स्नातकोत्तर पढ्दै हुनुहुन्थ्यो, कुपण्डोलमा डेरा लिएर। झोला उहाँकोमा बिसाएर भोलिपल्ट बिहानै गाउँले दाइ मन्त्री हीरालाल विश्वकर्मालाई भेट्न पुल्चोक मन्त्री क्वार्टर तर्फ लागें। भाउजु ढोकामै भेटिनुभयो, बैठक कोठामा बस्तैगर्नु, दाइ पूजामा हुनुहुन्छ भन्नुभएकोले म बैठक कोठामा पर्खिएर बसें। केहीछिनपछि दाइ बैठक कोठामा आउनुभयो र भन्नुभयो। ‘तिमी घर थिएनौ, बासंग तिमीलाई पठाइदिनु भनेको थिएँ, आएछौ, ल ठीक भयो। दिउँसो मन्त्रालय आएर भेट्नु म बुझेर बाँकी प्रक्रिया बताउँला।’
शिक्षा मन्त्रालय केशर महलमा थियो। दिउँसो गएँ, केशर महल। पहिलो पटक पस्ता त महलको भव्यताले आत्तेस नै लाग्यो। तै पनि मन्त्रीको कार्यकक्ष सहजै पुगें। निजी सचिवलाई आफ्नो नामको चिर्कटो थमाएको करीब एक घण्टापछि भित्रबाट बोलावट भयो। भित्र मन्त्री कुर्सीमा र केही व्यक्तिहरु, शायद मन्त्रालयका कर्मचारीहरु सोफामा बसेका थिए। मन्त्रीको सामनेको सोफामा मलाई बस्न भनियो।
बिएस्सीमा कति प्रतिशत छ ?’ मन्त्रीजीबाट सोधनी भयो।
‘साठी प्रतिशत’ मैले जवाफ दिएँ, आफ्नो त्यति नै थियो।
‘छात्रवृत्तिमा जान त ७५ प्रतिशत अंक चाहिन्छ’, मन्त्रीजीले भन्नुभयो।
हाम्रो ब्याचको जीव विज्ञान समूहको ६८.८ प्रतिशत थियो, मैले सोही ब्यहोरा जानकारी गराएँ।
म मन्त्रीजीको कार्यकक्षबाट बाहिरिएँ। छात्रवृत्ति शाखामा गएर एम.बी.बी.एस.का लागि छात्रवृत्तिको फर्म लिएँ। ट्रान्स्कृप्ट दिने परीक्षा नियन्त्रण कार्यालय घण्टाघरमा थियो। ट्रान्स्कृप्ट लिएर प्रतिलिपि बनाउनु पथ्र्यो। फोटोकपी प्रविधि भर्खरै आएको थियो त्यसबेला। बागबजारमा गएर फोटोकपी गराए पश्चात् आवश्यक विवरण मन्त्रालयमा छात्रवृत्ति शाखामा बुझाएँ।
आवेदन छानबीन लगायतका प्रक्रिया पुरा गरेर अन्तवार्ता तालिका छात्रवृत्ति शाखाले प्रकाशित ग¥यो दुईतीन दिनमा। तिनताका छात्रवृत्ति कोलम्बो योजना अन्तर्गत मात्र थियो। विज्ञान पढाई हुने कलेज नै थोरै थिए देशभरी। देशको औसत साक्षरता प्रतिशत २० भन्दा तलै थियो। विज्ञानमा स्नातक तह उत्तीर्ण गर्नेको संख्या स्वाभाविक रुपमै न्यून थियो। प्राप्त प्रतिशतको आधारमा शायद तेस्रो दिन मेरो पालो आयो अन्तर्वाता दिने। तोकिएको दिन भोटाहिटी स्थित ललितकला क्याम्पसको अन्तवार्ता कक्षमा अन्तवार्ता दिएपछि मेरो काम सकियो। दुई दिनपछि नतिजा प्रकाशित भयो। हाम्रो ब्याजको अधिककतम प्रतिशत प्राप्ताङ्क ल्याउने महेश मास्के लगायत तीनजनाको नाम निस्कियो। त्यो साललाई कोलम्बो योजनामा प्राप्त कोटा त्यति नै थियो। लेटाङबाट धरान हुँदै काठमाडौं आएको करीब १० दिन भएको थियो त्यति प्रक्रिया सकिँदा।
ब्याच एउटै भएपनि महेशजी धेरै आयाममा समानता भएका सहयोगी साथी हुनुहुन्थ्यो। तर म भन्दा सक्षम। म त खुशी भएँ, उहाँको छनोट भएकोमा। अर्को एकजना पूर्व परिचित मित्र हुनुहुन्थ्यो।
त्यो समय भन्दा करीब पच्चीस वर्ष अगाडि नै पूर्वाञ्चलमा शिक्षा विस्तारमा लागेका अग्रणी भाषशास्त्री महानन्द सापकोटा (हजुरबा), अग्रणी शिक्षाविद पं. छविलाल पोखरेल लगायत मेरा बा पं. लक्ष्मी प्रसाद कोइरालाको हीरालाल विश्वकर्मा लगायतका केही युवाहरुलाई शिक्षा प्राप्तिको अवसर खातिर राणा शासकसंगको संघर्षको गाथा माथि उल्लेखित तीनैजना आदरणीय अग्रजबाट मैले सुनेको थिएँ। गाउँले दाइ, दाजुको निकट साथीबाट मप्रति गरेको दोहोरो मापदण्डको व्यवहारले २० वर्षे अपरिपक्व मस्तिष्कमा सत्ताको बोल्ने भाषा र गर्ने व्यवहार फरक हुने रहेछ भन्ने कुरा सिकायो।
सामाजिक विभेदको बेला पहिचानको अभावमा रहेका हीरालाल जस्ता युवालाई, राणाकालीन समाजमा पनि शिक्षाको ज्योती बाल्ने ती अग्रज पुस्तालाई आफ्नो कर्तब्य मात्र निर्वाह गर्नु थियो। मन्त्री क्र्वाटर वा केशर महलमा भेटेका हीरालाल विजयपुर गैरीगाउँ छोडीसकेका पञ्चायती मन्त्री भई धरातल फेरिइसकेको कुरा किताबी ज्ञान मात्र लिएर उमेर व्यवहारले परिपक्व हुुन बाँकी न मलाई थाहा थियो न त २५ वर्ष अगावै गाउँले परिवेशमा पनि सामाजीकीकरण एवं शिक्षा लगायत राज्यका कल्याणकारी कार्यक्रममा हीरालाल लगायतकाको निम्ति राणा एवं पञ्चायती कालमा संघर्ष गर्ने मेरा बालाई नै।
खैर, प्रतिस्पर्धा, योग्यता, क्षमता बाहेक भनसुनबाट पनि योग्यता विस्थापित हुन्छ भन्ने भ्रमको जालोबाट मुक्त भएकोमा म आफूलाई धन्य मान्दै थिएँ र त्यो पाठ सिकाएकोमा तत्कालीन शिक्षा सहायक मन्त्री माननीय हीरालाल विश्वकर्माप्रति आभारी थिएँ।
छात्रवृत्ति परिच्छेदको पटाक्षेप भएपछि एकहिसाबले निस्फिक्री भइयो। बेलुका पेशलजी र उहाँका भाइ घनश्यामजीसंग हाम्रा घरायसी कुराकानी भए। काठमाडांैमा विद्यार्थीको डेरा बसाई, त्यसमाथि लाग्न आएको पाहुना। करीब १० दिनको अनवरत दौडधुप, गर्मीको मौसम, पातलो ज्यान हेर्न नहुने भैसकेको थियो। घर फर्किनु अघि एकपटक सामान्य स्वास्थ्य परीक्षण गराउने कुरा भयो।
त्यसबेला नयाँ सडक धेरै कुराको केन्द्रबिन्दु थियो। साँझ पीपलबोटको जमघट। नाम चलेका डाक्टरका क्लिनिक नयाँ सडकका गेट छेउछाउ। त्यसबेलाका निकै नाम चलेका एकजना सिनियर फिजिसियनकोमा गएर नाम लेखाएँ। भोलिपल्ट मेरो पालो थियो। साँझ ५ बजे म क्लिनिक पुगेँ। सहयोगी युवतीले नाम, उमेर, ठेगाना आदि टिपेर शुल्क लिएपछि भित्र पठाइन्।
एकजना एप्रोन लगाएका प्रौढ डाक्टर स्टेथेस्कोप घाँटीमा भिरेर बिमारी परीक्षण गर्ने टेबुलको साइडमा रहेको कुर्सीमाथि एउटा खुट्टा राखेर उभिनु भएको थियो। मैले डाक्टर पक्कै उहाँनै हुनुहुन्छ भन्दै नमस्कार डाक्टरसाब भनें। नमस्कार फर्काउदैं उहाँ डाक्टर बस्ने कुर्सीमा बस्नु भयो।
संकेत गरिएको बिरामी बस्ने कुर्सीमा बसिसकेपछि उहाँले ‘के हुन्छ’ भनी सोध्नुभयो।
बिरामी नै त केही थिएन। बि.एस्सी.मा बायोकेमेष्ट्री पढाउने सरले भिटामिनको कमीले हुने रोगको लक्षण पढाउनुहुँदा पढ्ने हरेक मानिसलाई आफुसंगै त्यो लक्षण छ झैं लाग्छ भनेको झस्स सम्झें। अनि भनें ‘छाती दुुुख्छ’। करीब १० दिनदेखिको दौडधूप, धपेडी, मानसिक तनाव आदि। विद्यार्थी साथीहरुको डेरामा पाहुना। बिहान बेलुकाको हतारहतारको खाना खुवाई।
‘के काम गर्छौ?’ भनी सोध्नुभयो डा’साबले।
फूर्तिसाथ मैले आफ्नो पढाई, पेशा, ठेगाना सब बताएँ।
बेडमा सुत्न लगाएर छाती, पिठ्यु फर्काइ, फर्काई उहाँले स्टेथेस्कोप लगाएर जाँच गरिसकेर बिमारी बस्ने कुर्सीमा बस्न लगाउनुभयो।
प्रेस्कृप्सनमा दवाई लेखिसकेपछि निकै गम्भीर मुद्रामा डाक्टरसा’बले सम्झाउदै भन्नुभयो ‘तिम्रो शारीरिक र मानसिक अवस्थाको कारण तिमीले पढ्ने लेख्ने काम नगर्नु, तिम्रो दिमागी अवस्था हेर्दा पछि काम नगर्न सक्छ। सक्छौ भने शारीरिक काम गर्दा हुन्छ। दवाई लेखिदिएको छु, गोली दिनको दुइपटक र भिटामिन दिनको दुइपटक खानापछि खानु। एकमहिना पछि सम्पर्क गर्न आउनु’। म आफू एउटा गाउँमा पढाउने सामान्य शिक्षक, काठमाडौंमा नाम चलेको बरिष्ठ फिजिसियनले सम्झाएको कुरा नमान्ने कुरै भएन। क्लिनिककै तल्लो तलामा रहेको औषधी पसलमा औषधी किनें। त्यो दिन कीर्तिपुर बस्न जाने कुरा बिहानै योजना गरेको थिएँ।
बि.एस्सी. सहपाठी एवं मेरो आफन्त बिमल कोइराला पनि प्राणीशास्त्रमा स्नातकोत्तर पढ्दै हुनुहुन्थ्यो, कान्ति छात्रावास कीर्तिपुरमा बसेर। बेलुका उहाँकोमा नै बसें। विराटनगरमा स्नातक पढ्दाका अरु थुप्रै साथी स्नातकोत्तर पढ्दै हुनुहुन्थ्यो, कान्ति छात्रावासमै बसेर। साँझ निकै रमाइलो भयो पुराना साथीहरुसंग भेट्न पाउँदा। मेसमा खान पाउँदा छुट्टै रमाइलो। भोलिपल्ट बिमलजीले आफू पढ्ने प्राणीशास्त्र विभाग लैजानु भयो। दिनभरी विश्वविद्यालय हातामै व्यतित गरेपछि हामी छात्रावास फि¥यौं। मेसमा खाना खाएर कोठा फर्केपछि मैले डाक्टरले दिएको दवाई झिकेर खाएँ। पहिला भिटामिन र पछि गोली।
मलाई पढ्ने काम नगर्नु भन्ने सल्लाह दिएकोमा उहाँले चित्त बुझाउनु भएन। एक महिनालाई पुग्ने दवाई किनेको थिएँ, त्यो दवाई सबै उँहाले नै राखिदिनुभयो। म भिटामिन मात्र बोकेर कुपण्डोल आएँ र भोलिपल्ट नै लेटाङ फर्कें।ती वरिष्ठ फिजिसियनको नाम बिर्सने कुरै भएन। केही वर्ष अगाडि फोटो सहित उनको नाममा छापिएको समवेदना दिनेमा केही मेरा असल मित्रको समेत नाम पढेको छु। त्यसैले मैले पनि उनको नाममा मनमनै समवेदना व्यक्त गरें।
बिमलजीले सोध्नुभयो ‘के भयो ? के को दवाई खानु भएको ?’
मैले अघिल्लो दिनको विवरण सरसरी सुनाएँ।
‘यस्तो पनि दवाई खाने?’ बिमलजी मसंग जङ्गिनुभयो। नम्र स्वाभावको र मलाई निकै माया गर्ने साथी एवं आफन्त। यो मेन्ड्रेक्स (MANDRAX) हो लागु पदार्थ, यती भनि नसक्दै उहाँले त्यो पत्ति नै झ्यालबाट बाहिर फ्याँकिदिनु भयो।
मलाई भने जान्ने डाक्टरले दिएको औषधी, त्यो पनि दुख गरेको पंैसाले किनेकोे, मन कटक्क खायो।
मलाई पढ्ने काम नगर्नु भन्ने सल्लाह दिएकोमा उहाँले चित्त बुझाउनु भएन। एक महिनालाई पुग्ने दवाई किनेको थिएँ, त्यो दवाई सबै उँहाले नै राखिदिनुभयो। म भिटामिन मात्र बोकेर कुपण्डोल आएँ र भोलिपल्ट नै लेटाङ फर्कें।
ती वरिष्ठ फिजिसियनको नाम बिर्सने कुरै भएन। केही वर्ष अगाडि फोटो सहित उनको नाममा छापिएको समवेदना दिनेमा केही मेरा असल मित्रको समेत नाम पढेको छु। त्यसैले मैले पनि उनको नाममा मनमनै समवेदना व्यक्त गरें।
समयक्रममा थप औपचारिक शिक्षा लिने अवसर मलाई पनि जु¥यो। संसारका केही राम्रा विश्वविद्यालयमा ज्ञान तथा अनुभव आदान प्रदान गर्ने सौभाग्य समेत पाएँ।
शिक्षा मन्त्रालय अन्तर्गत चिकित्सा विज्ञानको छात्रवृत्ति छनोटमा विज्ञको हैसियतमा थुप्रै तहका जिम्मेवारी निर्वाह गर्नुपर्दा शिक्षा सहायक मन्त्रीले छात्रवृत्तिमा पठाइदिन्छु भन्ने आश्वासनको औचित्य परख गर्न पनि पाएँ।
त्यस्तै वरिष्ठ फिजिसियनले म जस्ता वीस वर्षे युवालाई दिमागी काम नगर्नु भनी दिने चिकिस्तकीय सल्लाहको गुणस्तर मापन एवं प्रत्यायन गर्ने प्रणालीको विकास आजका दिनमा भयो कि हामी त्यस्तै अवस्थामा छौं भनी जान्ने अपेक्षा मेरो माथिङ्गलमा घुमी रहन्छ।