वामपन्थी–हामपन्थी !

कविता (छन्दः भुजङ्गप्रयात)
बै वामपन्थी भए हामपन्थी
कुराका सिपालू, छलछामपन्थी
उकालो छ बाटो, छ गन्तव्य टाढा
न राँको न पुल्ठो, दिशाहीन पन्थी।१

 

यसो गर्छु भन्थे, उसो गर्छु भन्थे
न भाँचिन्छ सिन्को दयारामपन्थी।
बनाए ठूला बङ्गला आलिशान
उनै सर्वहारा भए दामपन्थी।२
थिती, धर्म, संस्कार मासे, जलाए
यिनैका जुरा, सिङ, दाह्रा पलाए।
जुँघाको लडाइँ छ ऐले नराम्रो
कुराको छ बेपार, हल्ला चलाए।३

 

टुट्यौ धेर चोटी, फुट्यौ धेर चोटी
जुनी जान लाग्दा जुट्यौ एक चोटी।
तिमी नाङ्गिँदा शर्म लाग्यो मलाई
टिपी लाऊ प्यारा झरेको लगौटी।४
Facebook Comments
Kaushik
Comments (0)
Add Comment