कोभिड—१९ को माहामारीबाट हाम्रो देश नेपाल पनि अछुतो रहन सकेन। अरु देशहरुमा भन्दा हाम्रो देशमा ढिलो संक्रमण र्फैलिए तापनि अहिले यस सक्रमणको फैलावटबाट हामीमा त्रासदी बढाउँदै ल्याएको छ। यसले हामी स्वास्थ्यकर्मीहरु आफ्नो जिम्मेवारीबाट भाग्ने होइन, यसले हाम्रो जिमेदारीलाई अझ व्यापक बनाइदिएको छ भने आम जनसमुदाय पनि यस अवस्थाबाट भागेर जाने ठाउँ छैन। यसकारण यस अवधिमा हामीले विभिन्न प्रकारका समस्या तथा चुनौतीहरुको सामना गर्दै दिन बिताउनु परिरहेको छ।
यसरी महामारीले सिर्जना गरेको कहालीलाग्दो र तनाबपूर्ण समयले हामीलाई समस्या, पीडा र कठिनाइहरु मात्र थपेन, यसले हामीलाई नयाँ अनुभव, ज्ञान र सीपको विकास गर्ने अवसर पनि प्रदान ग¥यो। भविष्यमा आउन सक्ने खतरालाई मनन गरी वैकल्पिक प्रविधिको योजना समेत बेलैमा तयार गर्नु आवश्यक हुने रहेछ भनी अमुल्य जीवन शिक्षा हामीले हासिल गर्नु जरुरी छ।
सरकारले देशवासीलाई सक्रमणबाट जोगाउन स्कूल कलेज बन्द गराए। बजार बन्द भए, यातायात ठप्प भयो। स्वास्थ्य संस्थामा प्रदान गरिने स्वास्थ्य सेवाहरु प्राथमिकतामा मात्र प्रदान गरिने भयो। व्यक्ति तथा परिवारहरुमा डर त्रासले डेरा जमायो। वालवालिकाहरु विद्यालय स्कुलमा रमाउनुको सट्टामा घरमा बन्द भएर वस्नु प¥यो। मोवाइल र टेलिभिजन हेरेर दिन बिताउन बाध्य भए। जसको प्रभावले गर्दा उनीहरुको वानी व्यहोरामा पनि धेरै परिवर्तन गरायो। टेलिभिजन र मोवाइलमा हेरिएको कार्टुन, कथामा देखिएका वानी व्यहोरा बोलीचाली वालकहमा प्रभाव पर्न गएको महशुस भएको छ। जस्तै कार्टुनको पात्रले खाएका खानेकुरा खान खोज्ने, उनीहरुले बोल्ने बोलीको नक्कल गरी कराउने, झर्किने भनेको नमान्ने जस्ता स्वभाव देखाउन थालेको महशुस भइरहेको छ।
आफ्नो कामबाट बञ्चित भइ आम्दानीको बाटो धेरै युवा श्रमिक तथा ज्याला मजदुरहरुले गुमाए। परिवारको लालनपालन र दैनिक गुजारामा समस्या पैदा भयो। यसले गर्दा कोही दाताहरुले गरेको राहत सहयोगमा बाँच्न बाध्य भए भने कोहीले आफ्नो दैनिकी कठिन भएर आफ्नै गाउँठाउँमा सरल जीवनको आश गर्दै हप्तौं दिनसम्म हिडेर गाउँ पुग्ने दुस्साहस गर्दा बाटोमा नै मृत्यु वरण गरेका दुःखद घट्ना पनि हामीले देख्नु र सुन्नुप¥यो।
अर्कोतिर गर्भवती महिलाहरुले सुरक्षित प्रसवको सेवा सुविधा पाउन नसक्दा चैत्रदेखि जेष्ठ महिना भित्रमा सयौं महिलाले प्रसव र प्रसवपछिको रक्तश्रावबाट ज्यान गुमाउनु परका पीडादायी घटना र गर्भभित्रको अवोध बच्चाले समेत संसारमा आउन नपाइ मृत्युदण्ड भोग्नु प¥यो।
त्यस्तै महिला माथि हुने ंिहंसा खास गरेर सामुहिक बलात्कार जस्ता जघन्य अपराधका घटना बढिरहेको र अनिच्छित गर्भधारण पनि बढिरहेको कुरा पनि सतहमा आएका छन्। यतिसम्म कि समुदायमा संक्रमण फैलिनबाट जोगाउन व्यवस्था गरिएको क्वारेन्टिन स्थलमा समेत सामुहिक महिला बलात्कार जस्तो साह्रै नीच घटना समेत भइरहेका छन्। त्यसमा पनि स्वास्थ्य स्वयंसेवक भनाउँदाहरुको समेत संलग्नता भएको खबरले सारा स्वयंसेवकहरु माथि नै भरोसा र विश्वासको टुट्ने खतरा बढाएको छ।
यसरी कोभिडको कारण समुदायका सवै तह, उमेर र लिंगका हरेक व्यक्तिले भोग्नु परेका भयावह घटनाहरु आमसञ्चार लगायत बिभिन्न सञ्चार माध्यमबाट जानकारीमा आएका छन् भने जेष्ठ नागरिकले भोगी रहेका र भोग्नु परेका समस्याहरु भने त्यति बाहिर आएको पाइँदैन। जब कि कोरोना भइरस संक्रमणको जोखिम समूह मध्येमा जेष्ठ नागरिक त्यसमा पनि मधुमेह, स्वास प्रस्वास तथा उच्च रक्तचापको समस्या भएका जेष्ठ नागरिकहरु उच्च जोखिममा पर्दछन्। तर सौभाग्य नै भन्नुपर्छ नेपालको सन्दर्भमा विकसित देशको तथ्यांकले देखाएको जेष्ठ नागरिकमाथि कडा प्रकोप हाम्रो देशमा देखिएको छैन। यो खुशीको कुरा हो। तर पनि हामीले विचार गर्नु पर्ने कुरा के हो भने के वास्तवमै नेपालमा जेष्ठ नागरिकहरु संक्रमणको खतराबाट बाहिर हुन वा यसप्रति सावधानी नपुगेको हो ? अझ शारीरिक रुपले कमजोर, आफैं हिडडुल गर्न नसक्ने, परिवारका सदस्यहरु आफ्नो काममा व्यस्त भएका कारणले यस समूहले भोग्नु परेका समस्याहरु बाहिर आउन नसकेको पनि हुन सक्छ। यसकारण यसतिर पनि परिवार, स्वास्थ्य कार्यकर्ता तथा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ।
यसरी एकातिर कोरोना महामारीबाट हामीले धेरै चुनौति तथा समस्याको सामना गर्नु परेकोछ भने यी समस्याबाट समाधान खोज्ने बहानामा नयाँ नयाँ अवसरहरु पनि हाम्रा सामु देखापर्न थालेका छन्।
देशप्रति माया तथा राष्ट्रियताको भावना जाग्नु
वैदेशिक रोजगारी तथा कुनै पनि कारणले विदेशमा रहेका नेपालीहरुले यो दुखको बेलामा पूर्ण भरोसा सहित माया, सदभाव तथा पे्रम आफ्नो देशप्रति व्यक्त गर्ने अवसर पाएका छन् र जुनसुकै सुविधा त्यागेर पनि आफ्नो देश फर्कने चाहना गररे अनेक उपाय गरी धेरै नेपालीहरु देश फर्कन थाले।
वैकल्पिक रोजगारीको खोजी
धेरै नेपालीहरुमा विदेशी तरकारीको उपभोगभन्दा नेपाली फलफूल तथा तरकारी खानु पर्छ भन्ने भावना जागृत भयो। धेरै मानिसहरुले अब आफ्नै देशमा कृषि उत्पादन गनुपर्छ भन्ने महशुस गर्न थालेका छन्। लकडाउनको समयमा धेरै डाक्टर, शिक्षक, कर्मचारी, वकिल आदि पेशामा आवद्घ व्यक्तिहरु पनि आफ्नो गाउँको बाँझो खेतमा खनजोत गर्दै खेतीपाति शुरु गरेका छन्।
महिला तथा जेष्ठ नागरिकहरु आर्थिक विकासको कार्यमा लाग्नु
यस अवधिमा जेष्ठ महिलाहरुले समेत आफूले जानेका र असान्दर्भिक भए भनी थन्क्याएर राखेको सीपलाई उद्यमी महिलाहरुको सहयोगमा फेरि प्रयोगमा ल्याउन थालेको पनि सञ्चार माध्यमबाट थाहा भइरहेको छ। यस कार्यमा शिक्षित उद्यमी महिलाहरुले सघाएका छन्। यसले जेष्ठ नागरिकहरु बिना लगानी, बिना कडा मेहनत घरमै बसेर स्वरोजगार भएको देख्न पाउनु आनन्ददायी कुरा हो।
शिक्षामा वैकल्पिक विधिको प्रयोग
कोरोना संक्रमणबाट बच्न भनी चैत्र ५ गते देखि शैक्षिक संस्थाहरु बन्द भए। साना कक्षादेखि उच्च शिक्षासम्मका विद्यार्थीहरु पठन पाठनबाट बञ्चित भए। चैत्र ११ गते लकडाउन घोषित गरी सबै खाले सार्वजनिक कार्यालय, सामाजिक संघ–संस्था, सांस्कृतिक धार्मिक कार्यहरु स्थगित भए। स्वस्थ्य, सुरक्षा जस्ता अति आवशयक सेवा बाहेक सबैखाले सेवा बन्द भए। मानिसहरु आफ्आफ्नो घर भित्र थुनिएर बस्नु बाध्य भए।
संक्रमणको अवस्थाले गर्दा लगडाउन बढ्दै गयो र विद्यार्थीको पठनपाठन तथा अन्य सार्वजनकि स्वास्थ्य शिक्षा जस्ता विषयलाई निरन्तरता दिन वैकल्पिक प्रविधिको प्रयोग शुरु भयो। र, शिक्षकहरुले अनलाइन मार्फत विद्यार्थीहरुलाई घर घरमा नै शिक्षा प्रवाह गर्न कोशिस गरिरहेका छन्।
हुनत लकडाउनले उकुशमुकुश भएका विद्यार्थीहरु पूर्वतयारी बिनै प्रविधिको प्रयोगबाट शिक्षण शुरु गर्दा अधिकांश विद्यार्थीहरु खुशी भएपनि दुर्गम तथा प्रविधिको सुविधाबाट बञ्चिन विद्यार्थीहरुले भने अझ दुख भोग्नु परिरहेको छ। आफ्नो घरवरपर इन्टरनेटको व्यवस्था नहुँदा तीनचार घण्टासम्म हिडेर ‘डाटा’ किन्नु पर्दा आर्थिक तथा भौतिक कठिनाइ भोग्नु परिरहेको छ। थुप्रै विद्यार्थीहरु यो सुविधाबाट पनि बञ्चित हुनु परिरहेको तथ्य पनि हाम्रा सामु छ। यसतर्फ हामी शिक्षा प्रदायक संस्था तथा नेतृत्वकर्ताहरुले विचार गर्नु अत्यावश्यक छ।
कार्यालय, कलेज तथा स्वास्थ्य सम्बन्धी संस्थाका वैंठक, छलफल, स्वास्थ्य सम्बन्धी छलफल, स्वास्थ्य शिक्षा सम्बन्धी छलफल र बहसहरु भच्र्युयल विधिबाट हुन थालेका छन्। यसले गर्दा सूचना आदान प्रदान गर्न र आ–आफ्नो क्षेत्रका कार्यहरु सञ्चालन गर्न सजिलो भएको छ। एसइइ परीक्षा संचालन गर्न नसक्दा अन्योलमा परेका विद्यार्थीहरुलाई वैकल्पिक विधिद्वारा आफ्नो स्कूलले दिएको आन्तरिक मूल्यांकणलाई नै मान्यता दिई परीक्षाफल प्रकाशित गर्ने आधिकारिक निर्णय गरेपछि विद्यार्थीहरुको अन्यौल समाप्त भयो। यसबाट विद्यार्थी र अभिभावकहरु एक किसिमको मानसिक तनावबाट मुक्त भए। तर यस कार्यले उच्च शिक्षाको शैक्षिक अध्ययनमा कस्तो प्रभाव पर्ला भनी गुणस्तरप्रति प्रश्न उठ्नु पनि स्वभाविक भएको छ।
स्वच्छ शहरी वातावरण
देश लकडाउनमा रहँदा यातायातका साधनबाट निस्कने धुवां, धुलो उड्न पाएन। उद्योगबाट प्रदुषण निस्किएन। जसले गर्दा काठमाण्डौको सडक तथा आकाश अत्यन्त सफा र रमणीय दृष्यहरु देख्न पाइयो। कहिलेकाँही अत्यावश्यक काममा हिड्दा धुवां र हिलोको सट्टामा बाटोको दुबै छेउमा सफा हरिया रुखहरु, त्यसमाथि प्याजी रंगका एक प्रकारको शिरिसका फूल, ढकमक्क फुलेको हेर्न पाउँदा आदिकवि भानुभक्तले बयान गरेको कान्तिपुरी नगरीको सम्झना गरायो।
त्यसमा पनि सडक विभागले लकडाउनको सुनसानको मौका छोपी सडक मरमत, जेब्रा क्रसिङ्ग लगायतका आवश्यक संकेत चिन्हहरु लगाउने कार्यले सडकको स्वरुप नै फेरियो। काठमाडौंको वातावरण अत्यन्त शान्त र रमणीय भएको हेर्दा काठमाडौंबासीको मन नै आनन्दित भयो।
बालबालिकाहरु परिवारमा रमाउने अवसर
काठमाडौंको व्यस्त जीवनले आमा बाबु दुबै घरबाट बाहिर गई काम गर्नुपर्ने आजको जीवन पद्धिति र बच्चाहरु पनि धेरै समय स्कूलमा बिताउनुपर्ने तथा घरमा आएर पनि स्कुलले दिएको गृहकार्यले गर्दा बच्चाहरु आफ्ना आमाबाबुसंग धेरै समय बिताउन नपाउने बाध्यता थियो। यस लकडाउनले बालबालिकालाई केही दिन भएपनि आमा बाबुसंग बिताउन र आफ्नो मन पर्ने खानाहरु आमालाई बनाउन लगाएर खाने अवसर प्राप्त भएको छ। यसले गर्दा पारिवारिक स्नेह र ममताका साथै शारीरिक–मानसिक स्वास्थ्यमा पनि विकास भएको देखिन्छ।
यसरी महामारीले सिर्जना गरेको कहालीलाग्दो र तनाबपूर्ण समयले हामीलाई समस्या, पीडा र कठिनाइहरु मात्र थपेन, यसले हामीलाई नयाँ अनुभव, ज्ञान र सीपको विकास गर्ने अवसर पनि प्रदान ग¥यो। भविष्यमा आउन सक्ने खतरालाई मनन गरी वैकल्पिक प्रविधिको योजना समेत बेलैमा तयार गर्नु आवश्यक हुने रहेछ भनी अमुल्य जीवन शिक्षा हामीले हासिल गर्नु जरुरी छ।