विज्ञान र प्रविधिको विकाससंगै सिर्जना भएको विश्व बजारले मान्छेका आवश्यकतामाथिको पहुँचलाई संसारभरि सहज बनाएको छ । एक्काइसौं शताब्दीमा विकास भएको औद्योगिकरण, आधुनिक प्रणालीको बसोबास, हवाइमार्ग, स्थलमार्ग, मेट्रोट्रेन र तिब्र गतिको यातायातको विकासले आन्तरिक तथा बाह्य संसारलाई जोड्ने काम गरेको छ । विश्वव्यापीकरणको दीर्घकालीन महत्व प्रसस्त छन् । रोजगारी, आधुनिक सुविधा सहितको शिक्षा प्रणाली, स्वास्थ्यमा पहुँच, गरिबी निवारण, राजनैतिक तथा सामाजिक सुधारमा यसको प्रभाव रहँदै आएको र रहिरहने छ । विश्वको जुन सुकै कुनामा शुरु भएको समस्या तुरुन्त संसारको साझा समस्याको रुपमा देखा पर्न थालेको छ । जुन भुमण्डलीकरणको साझा चुनौती हो । कोभिड–१९ र यसको विश्वव्यापी आक्रमण हाम्रो जीवनकालमै देखिएको भुमण्डलीकरणको ज्वलन्त उदाहरण हो । यद्यपि विभिन्न कालखण्डमा विश्व मानव जगतले विफर, सार्स र विभिन्न प्रकारका ‘फ्ल्यू’ जन्य महामारीले लाखांै, करोडौं मानिसहरुको ज्यान लिएको इतिहास छ ।
तीब्र रुपमा फैलिएको भाइरसको महामारी उत्तर अमेरीका तथा पश्चिमा मुलुकहरुको तुलनामा अफ्रिका तथा एशियामा अलि कम प्रभावित भएको जस्तो देखिन्छ । संक्रमितको संख्या, मृत्युदर र सम्भावित जोखिम हेर्दा विकसित राष्ट्रहरु जस्तै उत्तर अमेरीका तथा यूरोपली मुलुकहरुले नै बढी सामाजिक, आर्थिक र मानवीय क्षति व्यहोरेका छन् । कोभिड–१९ भाइरसको खोपको विकास नगरेसम्म विश्व मानवको मुक्ति यात्रा कठीन देखिन्छ । वैज्ञानिक जगतमा विभिन्न सम्भावित खोपको परीक्षण तथा अनुसन्धानको क्रम जारी रहे पनि अझै केही महिना खोप उपलब्ध नहुने निश्चित छ । तसर्थ विभिन्न देशहरुले अवलम्बन गरेको रोकथाम तथा नियन्त्रणको उपायहरु नै अहिलेको विकल्प भएको छ ।
नोवेल कोरोना भाइरस चीनबाट शुरु भई विश्वको प्राय सबै मुलुकहरुमा फैलिएको छ। हालसम्म संसारमा ९० लाखभन्दा बढी मानिस संक्रमित भइसकेका र चार लाख ७० हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ। सामान्य रुघाखोजी र ज्वरोजस्ता लक्षण देखिने यो रोगले फोक्सोमा सोझो असर गरी मानिसलाई मृत्यूको मुखमा पु¥याउँछ । विश्वका विकसीत मुलुकहरु जस्तै उत्तर अमेरीका तथा यूरोपेली देशहरु यो भाइरसको बढी चपेटामा परेका छन्।
सबैभन्दा शक्तिशाली देश अमेरीका यो भाइरसको कारण सबै भन्दा बढी मानवीय क्षति बेहोर्न बाध्य भएको छ । ब्राजिल,रुस, इरान, बेलायत, इटाली, स्पेन, बेल्जियम लगायतका शक्तिशाली तथा सुविधा सम्पन्न देशहरु कोभिड–१९ को महामारीबाट लाखौको संख्यामा संक्रमित र हजारौंको संख्यामा आफन्तहरु गुमाइरहेका छन् । संसारको धेरै जनघनत्व भएको देश चीनले छिट्टै नियन्त्रण गरेतापनि भारतमा भने दिन प्रतिदन संक्रमितको संख्या वृद्धि भइरहेको छ ।
आधुनिक स्वास्थ्य सुविधा भएको देशहरुमा समेत स्वास्थ्य उपकरणहरु जस्तै भेन्टिलेटर, र्र्सिर्जकल माक्स, पीपीइ सेट, थर्ममिटर, पन्जा, स्यानिटाइजर, डिसइन्फेक्टेन्डस्, सघन उपचार कक्ष र संक्रमित विरामीको सुरक्षित उपचार प्रणालीको अभाव देखिएको छ । फलस्वरुप विभिन्न देशहरुमा चिकित्सकहरु तथा स्वास्थ्यकर्मीहरु स्वयम संक्रमित भई ज्यान गुमाइ रहेका छन् । इटालीको उदाहरण हेर्ने हो भने सबैभन्दा बढी चिकीत्सक तथा स्वास्थ्यकर्मीहरुले ज्यान गुमाएको दर्दनाक दृष्टान्त विश्व सामु छ ।
तीब्र रुपमा फैलिएको भाइरसको महामारी उत्तर अमेरीका तथा पश्चिमा मुलुकहरुको तुलनामा अफ्रिका तथा एशियामा अलि कम प्रभावित भएको जस्तो देखिन्छ । संक्रमितको संख्या, मृत्युदर र सम्भावित जोखिम हेर्दा विकसित राष्ट्रहरु जस्तै उत्तर अमेरीका तथा यूरोपली मुलुकहरुले नै बढी सामाजिक, आर्थिक र मानवीय क्षति व्यहोरेका छन् । कोभिड–१९ भाइरसको खोपको विकास नगरेसम्म विश्व मानवको मुक्ति यात्रा कठीन देखिन्छ । वैज्ञानिक जगतमा विभिन्न सम्भावित खोपको परीक्षण तथा अनुसन्धानको क्रम जारी रहे पनि अझै केही महिना खोप उपलब्ध नहुने निश्चित छ । तसर्थ विभिन्न देशहरुले अवलम्बन गरेको रोकथाम तथा नियन्त्रणको उपायहरु नै अहिलेको विकल्प भएको छ ।
चीन र उसले अवलम्बन गरको मोडल
चीनको हुवाई प्रान्त वुहान सहरमा देखा परेको कोरोना भाइरसले करीब साढे चार हजारभन्दा बढी चिनिया नागरीकहरुको ज्यान लियो। यो भाइरसको पहिलो अनुभव लिएको चीनले छोटो समयमा नै नियन्त्रण ग¥यो । विगत दुई दशकमा चमात्कारिक विकास गरेको चीन, उसको आर्थिक, सामाजिक, प्रशासनिक र राजनैतिक नेतृत्वको परीणाम नै भाइरसको रोकथाममा सफल भूमिका खेल्यो । हजारौंको संख्यामा यात्रा गर्ने भूमिगत रेल मार्ग, एउटै भवनमा बसोबास गर्ने प्रणाली आफैंमा चीनलाई चुनौति पूर्ण थियो तर पनि राजनैतिक नेतृत्वले अवलम्बन गरेको बन्दाबन्दी, अनुशासित जनता, दैनिक उपभोग्य बस्तु, उपभोग तथा वितरण गर्ने डिजिटल प्रणाली, प्रयाप्त मात्रामा स्वास्थ्य सामग्री र सुविधा सम्पन्न अस्पतालहरुको सबल व्यवस्थापनले नै चीनलाई कोरोना महामारी रोक्न सफल बनायो । आज चीन तथा चिनिया जनता कोभिड भाइरसको संक्रमणबाट सुरक्षित महशुस गरी रहेका छन् ।
चिनीया जनताले राष्ट्रपति सी जीन पिङको नेतृत्वलाई खुलेरै प्रशंशा गरे । हुन पनि राष्ट्रपति सि भाइरस महामारीको बेला वुहान लगायत चीनका विभिन्न शहरमा आफैं सहभागी भई जनताको मनोवल बढाउने तथा स्थानीय स्रोत साधनको उचित ब्यवस्थापनका लागि आवश्यक निर्देशन दिन सक्रिय भए । जसको फलस्वरुप भाइरसको कारण धेरैले ज्यान गुमाउन परेन र ठूलो संख्यामा संक्रमितहरु निको भएर घर फर्किए । विश्वव्यापीे महामारी र त्यसको क्षति हेर्दा चीनले व्यहोरको क्षति न्यून मान्नुपर्छ । चीनले आफ्नो देशमा जब रोकथाम सफल भएको घोषणा ग¥यो त्यतिबेलासम्म कोरोना महामारी संसार भरीका दुई सयभन्दा बढी देशमा फैलिइरहेको थियो । स्वभाविक रुपले विश्व समुदायले चीनसंग सहयोगको अपेक्षा गरे । चीनले पनि अति प्रभावित देशहरुमा आफ्नो स्रोत साधन प्रयोग गरी सहयोगको पाइला अगाडि बढायो ।
अमेरीका र इटाली जस्ता अति प्रभावित देशहरुमा चीनले आफ्ना स्वास्थ्यकर्मीहरुको टीम लगायत प्रयाप्त मात्रमा स्वास्थ्य सामग्रीहरु उपलब्ध गरायो । यतिबेला संसारका विभिन्न देशहरुलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउने देश चीन बनेको छ । आवश्यकता अनुसार कतिपय देशलाई अनुदान त कतिपय देशहरुमा व्यपारिक साझेदारीको आधारमा स्वास्थ्य सामग्री उत्पादन र वितरण गर्ने नेतृत्वदायी भुमिका चीनले निर्वाह गरेको छ ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्रीहरुको अत्याधिक सुलभता, वितरणमा आधुनिक डिजिटल प्रणालीको प्रयोग, परम्परागत औषधीको साथै जिम्मेवार नागरीक र जवाफदेही सरकार नै चीनले प्राप्त गरेको सफलताको कारण हो । आन्तरिक तथा बाह्य ब्यवस्थापन संगसंगै चीनका वैज्ञानिक हरु कोभिड–१९ विरुद्दको खोप विकासमा तीव्र रुपले अगाडि बढाइरहेका छन् । माहामारी अगाडि पनि चिनिया विश्वविद्यालयका प्राध्यापकहरु स्रोत साधन तथा अधिकार सम्पन्न थिए । जसको नेतृत्वमा चिनीया अनुसन्धानकर्ताहरुले गहन अनुसन्धान गर्ने प्रणालीको विकास भइसकेको थियो, यही प्रणालीको निरन्तरताले चिनियाँ वैज्ञानिकहरुले छिट्टै नै कोभिड–१९ बिरुद्धको खोेप विकास गर्ने सम्भावना देखिएको छ ।
पश्चिमा देश र अमेरिकनहरुमा कोभिड–१९ को प्रभाव र रोकथामका प्रयास
कोरोना माहामारीबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । यसको प्रभाव बढी न्यूयोर्क राज्यमा परेता पनि अमेरिकाको अरु सबै राज्यमा पैmलिसकेको छ। करिब २३ लाखभन्दा बढी संक्रमित र १ लाख २० हजार भन्दा बढीको मानवीय क्षति पुष्टि भइसकेको छ। यसको प्रभाव अभैm बढ्दो मात्रामा छ । संसारको सबैभन्दा शक्तिशाली मानिएको राष्ट्र अमेरिकालाई संसारले नजिकबाट नियाल्नु स्वाभाविक नै हो । एकै समय ठूलो सख्यामा संक्रमित भएपछि औषधी, स्वास्थ्य सामग्रीहरु र भेन्टिलेटरको अभावले अमेरिका पनि अछुतो रहन सकेन। चीन, भारत लगायत देशहरुबाट औषधी तथा स्वास्थ्य सामग्रीहरु सहयोग लिएता पनि अमेरिकाले दृढ इच्छाशक्तिका साथ डटेर सामना गरिरहेको छ । अमेरिकन वैज्ञानिकहरु र विश्वविधालयका प्राध्यापकहरु खोप परीक्षणमा लागी रहेका छन् । यति धेरै संक्रमण र मानवीय क्षति हुँदा पनि अमेरिकाले बन्दाबन्दी नीति केन्द्रीय रुपमा अवलम्बन गरेन । दैनिक काम र उत्पादनलाई निरन्तरता दियो । देशमा बन्दाबन्दी नगरिकन पनि कोभिड –१९ को महामारीलाई रोकथाम गर्न लाग्दा अमेरिकाले धेरै नै क्षति व्यहोर्नु प¥यो ।
अमेरिका लगायत अरु पश्चिमा देशहरु इटाली, स्पेन, वेल्जियम, फ्रान्स, बेलायत र दक्षिण अमेरिकी देश ब्राजिल अति नै प्रभावित रहे। प्रायः सबै यूरोपेली देशहरुले बन्दाबन्दीको मोडल अपनाए तर पनि महामारीले सामान्य नागरिकदेखि प्रधानमन्त्री लगायत बेलायतका राजपरिवारका सदस्यहरु समेत संक्रमित भए । अति विकसित देश र सहज जीवनशैली अपनाएका यूरोपेलीहरु पनि स्वास्थ्य सामग्री तथा भेन्टिलेटरको अभावले धेरैले ज्यान गुमाउन प¥यो । यसले के देखाउँछ भने आर्थिक रुपले सम्पन्न विकसित देशहरुले पनि स्वास्थ्य क्षेत्रमा जनताको आवश्यकता अनुसार पूर्व र पूर्ण तयारी गरेका रहेनछन् । तथापि अमेरिकन तथा पश्चिमा देशहरुको वैज्ञानिकहरुले चीनको पछिपछि कोभिड विरुद्धको खोप मानवमा परीक्षण गरिरहेका छन् । वैज्ञानिकहरुको यो प्रयासबाट पक्कै पनि मानव जगतमा छिट्टै नै यो भाइरसबाट मुक्ति पाउने आशाका किरणहरु पलाएका छन् ।
एशियाली तथा अफ्रिकन मुलुकहरुमा कोभिड–१९ को प्रभाव
एशिया र अफ्रिकन मुलुकहरु तुलनात्मक रुपमा बढी जनसंख्या र गरिबीको मात्रा भए पनि संक्रमणको संख्या हेर्ने हो भने अलि सुस्त गतिमा देखिन्छ। हाल भारत र दक्षिण अफ्रिका भाइरसको केन्द्रविन्दु बन्ने प्रवल सम्भावना देखापरेको छ । यी मुलुकहरुको स्वास्थ्य सेवाको क्षमता हेर्दा यूरोप र अमेरिकाको तुलनामा महामारीलाई धान्न सक्ने देखिन्न । दास्रो ठूलो जनसंख्या भएको एशियाली मुलुक भारतमा दिनप्रतिदिन संक्रमितको संख्या र मृत्युदर बढेपनि निश्चित शहरमा अधिक र अनियन्त्रित भने भएको देखिएको छैन । विभिन्न कालखण्डमा बिपत्ति भोगेको एशियाली र अफ्रिकी जनताहरुको रोग प्रतिरोधात्मक क्षमता कै कारण कम संक्रमण तथा मानवीय क्षति भएको हुनसक्छ । दैनिक जीवनयापनमा पनि विभिन्न प्रकारका ब्याक्टेरिया र भाइरससँग पौठाजोरी खेल्दै आएका एशियाली जनताहरु यो भाइरससँग पनि प्रतिरोध गरिरहेका छन् । खानपान, खेती प्रणाली, सुसुप्त औद्योगिकरण, एकल घर बस्ती आदिले गर्दा पनि तीव्र गतिमा भाइरस पैmलिनबाट रोकिएको हुन सक्छ ।
भारत सरकार भाइरसको रोकथाम तथा गरिब जनताको ब्यवस्थापन मात्र नभई वैज्ञानिक अनुसन्धानमा पनि अग्रसर देखिएको छ । भारतीय वैज्ञानिकहरु यस भाइरसको खोप विकासमा एकल तथा विभिन्न देशहरुसँग सहकार्य गरिरहेका छन् ।
त्यस्तै गरिबीको ठूलो संख्या रहेको अफ्रिकी मुलुकहरुको जीवनयापन गर्ने शैली, कृषि प्रणालीमा आश्रित रहेको ठूलो जनसंख्या, भ्रुण अवस्थामा रहेको औद्योगिक तथा शहरीकरण, विभिन्न कालखण्डमा भोग्दै आएका बिपत्तीहरु र वातावरणसंगै मानिसको जीनमा आएको अनुकुलताले अफ्रिकी समुदायमा रोग प्रतिरोधात्मक क्षमता बढी भएको हुन सक्छ । यद्यपि एशियाली तथा अफ्रिकी मुलुकहरुको रोगसँग लड्ने पूर्व तयारी र अन्तर्राष्ट्रिय सहकार्यलाई बलियो नबनाउने हो भने जुनसुकै बेला भाइरसको महामारीबाट अकल्पनीय मानवीय तथा आर्थिक क्षति व्यहोर्नु पर्ने हुन सक्छ।
कोभिड–१९ र नेपाल
जनसंख्या र कृषि प्रधान देश भए पनि विश्व भुमण्डलीकरणको प्रभावले नेपाल पनि अछुतो रहन सकेन। करीब तीन करोड जनसंख्या मध्ये ८० लाख युवा संसारका विभिन्न देशमा रोजगारीका सिलसिलामा रहेका र विभिन्न मुलुकमा नेपालको कुटनीतिक सम्बन्ध स्थापित भएकोले पनि विज्ञान तथा प्रविधीको विकास, शहरीकरण र विश्व अर्थतन्त्रको प्रत्यक्ष प्रभाव नेपालमा पर्नु स्वभाविक नै हो। अहिले कोरोना महामारी नेपालमा पनि पैmलिन थालेको छ । करीब नौ हजारभन्दा बढी संक्रमित र २३ जना जतिको मृत्यु भइसकेको स्थितिमा नेपाल पनि एशियाली मुलुकहरुमा उच्च जोखिम मध्येको देशमा सूचिकृत हुन सक्छ।
नेपाल सरकारले पनि चीनले अवलम्बन गरेको लकडाउनको मोडेल समयमा नै अवलम्बन गरेको कारण मानवीय क्षति न्यून भएको मान्न सकिन्छ । नेपाल सरकारले अवलम्बन गरेको लकडाउन, स्थानीय, प्रदेश र केन्द्रीय सरकार बीचको सहकार्य, रोकथाम तथा उपचारमा भएको क्षमता अभिवृद्धि, परीक्षणको दायरामा आएको बृद्धिदर र भौतिक दुरी कायमले नै नेपालमा भाइरसको संक्रमण सुस्त भएको मान्न सकिन्छ । पहिलो संक्रमितको स्वाब हङ्गकङ्ग लगेर परीक्षण गरेको नेपाल सरकारले तीन महिना बन्दाबन्दीको समयमा देशभरी २० स्थानमा दैनिक ५ हजारभन्दा बढी संख्यामा परीक्षण गर्न सफल हुनु राम्रो मान्न सकिन्छ ।
लामो बन्दाबन्दीले नेपालको अर्थतन्त्र, शिक्षा होटल तथा पर्यटन, व्यापार व्यवसाय क्षेत्र सबै लगभग ठप्प भएको छ । यस्तो प्रतिकूल परिस्थितिले नेपालमा स्वास्थ्य तथा कृषि क्षेत्रको बृहत्तर क्षमता अभिवृद्धि गर्नु पर्ने आवश्यकतालाई औंल्याएको छ । यति बेला स्वास्थ्यकर्मीहरु विशेषत सरकारी अस्पताल, संस्थान र निकायहरु केन्द्रदेखि स्थानीय निकायसम्म अग्रसर देखिएका छन् । स्थानीय निकायले निर्माण गरेका आपतकालीन स्वास्थ्य पूर्वाधार र अन्तर्राष्ट्रिय क्षेत्रबाट निर्यात गरेका स्वास्थ्य सामग्रीहरु हेर्दा नेपाल सरकारले कोरोना महामारीसँग लड्न अधिकतम प्रयास गरेको देखिन्छ । सीमित स्रोत साधनका बाबजुत पनि नेपाल सरकारले अवलम्बन गरेको नीति प्रशंसनीय नै छ । यद्यपि परीक्षणको दायरा नेपाल सरकारले बृहत बनाउन जरुरी छ ।
कोरोना पछिको नेपाल र यसले सिकाएको पाठ
कोरोना पछिको नेपालको आर्थिक स्थिति पूर्ववत् अवस्थामा फर्काउन निकै कसरत गर्नुपर्ने देखिन्छ । विश्वव्यापी महामारीका कारण नेपालको कृषि, शिक्षा, रोजगारी र जीवन शैलीमा भने परिवर्तन आउने छ । अव्यवस्थित शहरीकरण र वातावरण असन्तुलनले मानिसहरु गाउँघर फर्कने र आप्mनो बाँझो जमिनहरु प्रयोगमा ल्याउन सक्छन् । विदेशबाट फर्कन सक्ने ठूलो युवा जमात कृषि, साना तथा मझौला उद्योग व्यवसायमा आवद्ध हुनुको विकल्प छैन । जुन कृषि आधुनिकीकरण र औद्योगिक विकासका लागि सुनौलो अवसर हुन सक्छ । नेपालको शैक्षिक प्रणालीमा पनि कोरोनाको ठूलो प्रभाव परेको छ । विश्वविद्यालय तथा निजी शैक्षिक संस्थाहरुले प्रयोगमा ल्याएका विद्युतीय कक्षा सञ्चालन प्रणाली नियमित प्रयोगमा आउन सक्छन् । विद्युतीय प्रणालीलाई अध्ययन, अध्यापनमा निरन्तरता दिने हो भने नेपालको शिक्षण प्रणाली नयाँ ढङ्गले अगाडि बढ्ने छ ।
नेपालीहरुले अपनाएको परम्परागत खानपिन तथा बसोबासको ग्रामीण सभ्यतालाई संरक्षण तथा व्यवस्थापन गर्दै प्रकृतिसँग एकाकार भएर बाँच्ने शैलीलाई यस महामारीले प्रोत्साहन गरेको छ । यसले महामारी लगायत सबैखाले स्वास्थ्य अनुसन्धान गर्नुपर्ने आवश्यकतालाई महत्वकासाथ उठाएको छ । अब विश्वविद्यालय लगायत अनुसन्धान केन्द्रलाई सुविधा सम्पन्न बनाउँदै अनुसन्धान गर्ने थलोको रुपमा विकास गर्नुपर्छ ।
कोरोना महामारीले नेपालको मानवीय, आर्थिक, सामाजिक, ब्यवसायिक र मानसिक क्षति व्यहोर्न परे पनि यसले केन्द्र, प्रदेश र स्थानीय निकायलाई जिम्मेवारी बोध गराएको छ । स्वास्थ्य क्षेत्रको विकास हरेक स्थानीय निकायमा अनिवार्य बनेको छ । सम्पूर्ण निजी अस्पताललाई सरकारले आवश्यक पर्दा प्रयोगमा ल्याउन सक्ने वा सरकारी अस्पतालहरुको क्षमता अभिवृद्धि गर्नु पर्ने आवश्यकता स्पष्ट भएको छ । कोराना महामारी पछि देखिएको सम्भावना भनेको कृषि क्रान्ति नै हो ।
नेपालीहरुले अपनाएको परम्परागत खानपिन तथा बसोबासको ग्रामीण सभ्यतालाई संरक्षण तथा व्यवस्थापन गर्दै प्रकृतिसँग एकाकार भएर बाँच्ने शैलीलाई यस महामारीले प्रोत्साहन गरेको छ । यसले महामारी लगायत सबैखाले स्वास्थ्य अनुसन्धान गर्नुपर्ने आवश्यकतालाई महत्वकासाथ उठाएको छ । अब विश्वविद्यालय लगायत अनुसन्धान केन्द्रलाई सुविधा सम्पन्न बनाउँदै अनुसन्धान गर्ने थलोको रुपमा विकास गर्नुपर्छ ।
क्षमतावान नेपालीलाई देश फर्काउने अभियान नै चाल्नु नेपालमा पनि अत्यधिक सान्दर्भिक र उपयुक्त हुन्छ । कोरोना पछिको नेपालको शिक्षा प्रणालीमा आमुल परिवर्तन ल्याउनुपर्छ । उच्च शिक्षामा अनुसन्धानमूलक शिक्षा प्रणाली, शिक्षाको राष्ट्रियकरण तथा स्कुल–क्याम्पसको पाठ्यक्रममा स्वास्थ्य सरसफाई र वातावरण विज्ञानलाई अनिवार्य रुपमा समेट्नु पर्छ । अन्तमा प्रकतिको बिनास हैन, पृथ्वीको हर जीवजन्तु र वातावरणलाई सम्मान तथा संरक्षण गर्दै सन्तुलित जीवनचक्र कायम गर्नु नै सचेत मानवको अपरिहार्य आवश्यकता हो ।