गएका तीन महिना हामीले कोरोना महामारीबाट बच्न, बचाउन र यसलार्ई नियन्त्रणमा ल्याउने काममा बितायौँ । अझै प्रयास जारी छ । शायद् अब यो महामारीबाट बच्न अपनाउनुपर्ने सावधानी र यसले पारेको असरका विषयमा भनिरहन नपर्ला । हामी सबैले भोग्दै आएका कुरा हुन् ।
अहिलेसम्म हामीसामुन्ने आइपरेका समस्यालार्ई हेरेर चलेका छौँ । हानि नोक्सानी, दुःख सहेर पनि कोरोना विरुद्ध लागेका छौँ र पनि यस समस्याको निराकरण गर्न अपेक्षितभन्दा बढी समय लाग्ने प्रष्ट भएको छ ।
हरेक समस्या पहिलो पटक व्यहोेर्न पर्दा भारी लाग्न सक्दछ । बढी ध्यान यसमै लाग्दछ । यो स्वभाविक प्रक्रिया पनि हो । महामारी जस्ता ठूलाठूला समस्याको प्रभाव दीर्घकालसम्म पनि रहिरन्छ । यसले पारेको क्षति पूरा गर्र्न लामो समय लाग्न सक्दछ ।
ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सिप तथा अनुभव र नयाँ पुस्ताको आधुनिक प्रविधिको ज्ञान र उनीहरूको दक्षतालाई सिप मिश्रित गरी चल्न सकेको खण्डमा कोरोना भाइरसले पारेको क्षतिबाट पुरानै लयमा ल्याई त्यसभन्दा पनि अघि बढ्न सक्ने प्रसस्त सम्भावन रहेको छ ।
कोरोना महामारीले धेरै नोक्सानी पु¥याएको छ । यसलाई नकार्न सकिन्न । तर समस्याको अर्को पाटो पनि त हुन्छ । त्यसलाई किन नहेर्ने ?
कोरोना महामारीको भय र त्राशमा रहिरहनु पनि उचित हुँदैन । आउनुस् अव सकारात्मक सोच बनाऊँ । यस महामारीले हामीलार्ई आत्मनिर्भर बनाउन सिकाएको पाठलाई सम्झेर अगाडि बढौँ ।
हामीबीच हराउँदै गएको सामाजिकीकरण, मानवीयता र सहयोगी भावनामा पुनर्ताजगी ल्याउन सकेकोमा खुशी मानौँ । आफ्नै गाउँघर र देशमा रहेको अवसर नदेखेर, यहीँ अवसर सृजना गर्न सकिने प्रशस्त सम्भाव्यतालार्ई लत्याएर विदेशी मोहका कारण खान परेको हण्डरले स्वाबलम्वी बन्ने आत्मबल जगाइदिएकोमा महामारीलार्ई धन्यवाद दिऊँ ।
महामारीले पु¥याएको क्षतिबाट पुरानै लयमा आउन लाग्न सक्ने लामो अवधिलाई छोट्याउन हाम्रा युवाहरूले विदेशमा सिकेका ज्ञान सिप र दक्षता स्वदेशमा नै उपयोगमा ल्याउने अवसर मिलेको छ । देशले आधुनिक र दक्ष जनसक्ति पाएको छ ।
बाबुआमाले आप्mना सन्तान साथमा पाएका छन् । छोराछोरीले बाबुआमाको काखमा हुर्कन पाएका छन् । रित्तिएका गाउँघर भरिएका छन् । बाँझो जमिन उर्वर हुन थालेको छ । थन्किएका र खिया लागेका औजार धारिला भएका छन् । पुराना सिपमा स्तरबृद्धि र आधुनिक प्रविधिको प्रयोगले उत्पादनमा बढोत्तरी गर्ने अवसर मिलेको छ । गुमिसकेका यति धेरै कुरा एकेचोटी पाउन सकेकोमा गर्व किन नगर्ने ? यदि चिन्ता गर्ने हो भने यी प्राप्त भइसकेका कुरा फेरि गुम्लान् कि भनेर चिन्ता गर्नु चाहिँ ठीक ठहरिन्छ ।
ठूलाठूला समस्या आइपर्दा र त्यस विरुद्ध लड्दा हाम्रो क्षमतामा पनि बृद्धि हुन पुगेको हुन्छ । त्यस्ता समस्याले नयाँ मूल्य मान्यता स्थापित गर्दछ । नयाँ परिवर्तन ल्याउँदछ । सवैभन्दा ठूलो फाइदा त नयाँ इतिहास रच्ने अवसर मिल्दछ । यी तथ्यलाई विर्सेर त्रसित र भयले जिउने काम ठीक होइन ।
भावी दिनमा कसरी चल्ने ? भनेर योजना बनाउने, लक्ष तय गर्ने, साधनस्रोतको अधिकतम उपयोग गर्ने र सक्ति सञ्चय गर्ने काममा अहिलेको समय उपयोगमा ल्याउन सकेमा भविष्य सुन्दर र सुदृढ हुने पक्का छ ।
ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सिप तथा अनुभव र नयाँ पुस्ताको आधुनिक प्रविधिको ज्ञान र उनीहरूको दक्षतालाई सिप मिश्रित गरी चल्न सकेको खण्डमा कोरोना भाइरसले पारेको क्षतिबाट पुरानै लयमा ल्याई त्यसभन्दा पनि अघि बढ्न सक्ने प्रसस्त सम्भावन रहेको छ ।
बन्दाबन्दी खुल्ला र कोरोना महामारी नियन्त्रणमा आएपछिका दिनमा अहिले रोकिएको चाल निश्चय तीव्र गतिमा चल्ने छ । मानौँ थुनिएको खोला फुटे झैँ ।
उद्योगहरू २, ३ सिफ्टमा चल्ने छन् । आम्दानी बढाउन बढी मेहनत गर्नुपर्ने सवैको आवश्यकता हुनेछ । काम पाउने अवसरको सृजना हुनेछ । स्कूल, क्याम्पसबिना विदा निरन्तर सञ्चालनमा आउने छ । रोकिएका विकासका काम तीव्र गतिमा चल्ने छन् । अत्यधिक जनशक्ति परिचालन हुनेछन् । यस्ता सम्भावित अवस्थालाई ध्यान दिई यसबाट कसरी अधिकतम फाइदा लिने भन्ने विषयमा सवैको ध्यान पुग्नु जरुरी छ ।
कोरोना महामारी एक सुनौलो अवसर बनेर हाम्रो सामु आएको छ । यसले हाम्रो आत्मवल भरिदिएको छ । जीवनको गतिलाई जगाइदिएको छ । सकारात्मक सोचले हेरौँ । फाइदै फाइदा छ ।