हलिउडमा देखाएजस्तो छैन अमेरिका । बलिउडमा देखाएजस्तो पनि छैन भारत ।
यी दुबैले हामीलाई भने कल्पनामा बाँच्न सिकाए । सपनामा ज्युँन सिकाए । प्रजातन्त्र र स्वतन्त्रताको कुरा गरेर आफू भने बडेमानका साङ्लीहरु तयार गर्दै रहे, हामीलाई नै बाँध्न । उनीहरुले हामीलाई कल्पनामा बाँधे, सपनामा बाँधे ।
दुनियाँमा प्रजातन्त्रको सबैभन्दा बढी दुहाइ दिने अमेरिका त भित्रभित्रै एडोल्फ हिटलरको सिद्धान्तमा चलेको रहेछ । डोनाल्ड ट्रम्पको कच्याककुचुक परेको अनुहार र अमानवीय हाउभाउ त ठाडै हिटलरको ब्वाँसो प्रवृत्ति जस्तो रहेछ । कत्रो आडम्बर? अनि श्वेत हुनुको कत्रो दम्भ?
दर्शन, साहित्य, कला, संगीत, सिनेमा र नाटक, बिज्ञान अनि सौन्दर्य शाष्त्रका अनेक तानाबानाहरुमा हामीलाई जेलेर, जिल्याएर, जाकेर उनीहरु भने मिसाइल र तोपका अनेकौँ संस्करणहरुलाई परिस्कृत गर्न ब्यस्त भए ।
केराको बोक्रो पहेँलो गराएर भित्रको फलमा भने उनीहरु साइनाइड कोच्दै रहे । हामीलाई लागिरह्यो केरा पाकेको छ । अनि हामी खूनपसिना गरेर कमाएको पैसाले त्यो केरा किनेर खपाखप खान थाल्यौँ । अनि भ्ल्याट कि भ्ल्याट मर्यौँ । जिन्दगीलाई एक छेउ पनि नज्युँदै हामी स्वाहा भयौँ !
लोलिपप खायौँ । लोप्पा खायौँ । लोलीलोप्पा पनि खायौँ ।
आफ्ना धरोहरहरु लत्याएर वा आफ्ना संकारहरु गलहत्याएर हामी पश्चिमाहरुको भौतिक चरमताको सिकार भइरह्यौँ । पाकेका काफलहरु लत्याएर हामी त्यो ‘बनाना जेनेरेशन’को विषालू चपेटामा परिरह्यौँ ।
हामीले आफ्ना सम्पदाहरु पश्चिमाहरुलाई कौडीको भाउमा बेच्यौँ र उनीहरुका अनेक क्यान्सरहरुलाई घर भित्र्यायौँ ।
लत्ताकपडा, भोजन, स्नानसामग्री, औषधि, शिक्षा, भाषा अनि राजनीति लगायत जीवन ज्युँने हरेक उपक्रमहरुमा हामीले असफल र अआध्यात्मिक पश्चिमाहरुलाई स्थान दियौँ । के पायौँ? रोगै रोग ! शोकै शोक!!
तनाव, छट्पटी, भ्रान्ति, शंका, हिंशा, पागलपन, विक्षिप्तता – आज समाजहरु यसैगरी ग्रस्त छन् । बयान गर्नै गाह्रो हुने गरेर आज संसारका चरम् वास्तविकताहरु हाम्रा अगाडि छरपस्टिएका छन् । बिस्कुन लागेका छन् ।
दुनियाँमा प्रजातन्त्रको सबैभन्दा बढी दुहाइ दिने अमेरिका त भित्रभित्रै एडोल्फ हिटलरको सिद्धान्तमा चलेको रहेछ । डोनाल्ड ट्रम्पको कच्याककुचुक परेको अनुहार र अमानवीय हाउभाउ त ठाडै हिटलरको ब्वाँसो प्रवृत्ति जस्तो रहेछ । कत्रो आडम्बर? अनि श्वेत हुनुको कत्रो दम्भ?
तर त्यही अमेरिका हो जहाँ अब्राहम लिङ्कन जस्ता प्रजातन्त्रका हिमायती र मानवीयताका खानी पनि राष्ट्रपति भएका थिए । दास प्रथा उन्मूलन गरेका, चरम गरिबीबाटै उदाएका, लामो समय खाली खुट्टा हिँडेका लिङ्कन भन्थे, प्रजातन्त्र भनेको जनताद्वारा जनताका लागि जनतालाई शाषन गर्ने पद्धति हो ।
आज फेरि त्यो भूमिले अब्राहम लिङ्कन मागिरहेको प्रतीत हुन्छ । गोली हानेर ढालिएका लिङ्कन साहेबका सपनाहरु अधूरै छन् । ती सपनाहरु पूरा गर्न त्यहाँ फेरि उनको जन्म हुनु अपरिहार्य देखिएको छ ।
यता भारत, साँच्चै भन्नुपर्दा मोहनदास करमचन्द गान्धीको कुरा गर्न म रुचाउँदिन । मेरो खयालमा उनी केवल एक बृटिश एजेन्ट थिए । धेरै भारतीयहरु उनीसँग खुशी छैनन् ।
भारत अनेक सन्तहरुको भूमि हो । अनेक पटक ज्ञानको ज्योती बलेको माटो हो । जगतको भौतिक अन्धकारमा त्यो ज्योतिले प्रकाश छरेर पनि स्वयम् अहिले अन्धकारमा धँसिएको कहालीलाग्दो अनि भोको भारत … ।
आजादिको जश्न मनाए पनि भारतीयहरुले बृटिशको लिगेसीलाई अपनाउँदै गए । सामन्ती प्रथा जानअन्जान तवरले मौलाउँदै गयो । दासप्रथाबाट उनीहरु साहूकार प्रथातर्फ आकर्षित भए । भारत अब मानसिक रुपमा झन उग्र रुपमा बृटिश वा पश्चिमाहरुको दास बन्दै गयो । दासहरु एलाइट हुने होडमा लागे। फलस्वरुप भारत निकै ठूलो भुँडी भएको तर हातखुट्टा सुकेर सिन्का जस्तो हुनपुगेको कुरुप मान्छे जस्तो हुनपुग्यो।
अनि त्यही भारतले नेपाल नामको हाम्रो सम्बृद्ध देशलाई सेप गर्यो । ठूलो रुखले त्यसमुनिको उर्वरता खाइभ्याए जस्तो । कालान्तरमा त हामी पो किकृक्क पर्दै गयौं।
हामी छत हौँ दुनियाँको ।
हामी हिमालय हौँ उदात्त, अनि सर्वोच्च ।
तर यो हाम्रो अहंकार होइन, वास्तविकता हो ।
आज फेरि एकपटक त्यही वास्तविकता पुरै दुनियाँसमक्ष पुर्याउनु टड्कारो भइसकेको छ । सर्वोच्च श्रीङ्गबाट अब हामीले शान्तिको विगुल बजाउनु पर्दछ।
दुनियाँका सारा प्रणालीहरु असफल भइसकेका छन् । अब हामीले हाम्रो नैसर्गिक आध्यात्मको रहस्य उजागर गर्ने बेला आएको छ।
जय सर्वोच्चता!!