देश र जनताको समृद्धि

चट्याङ-प्रहार

हाम्रो दलले ठूलो छलाङ्ग मारेकै हो 

देश र जनताको लागि समृद्धि पनि ल्याएकै हो 

ठूलो छलाङ्ग मारेर समृद्धि च्याप्प समाउनु पर्ने 

जनता र देशले त्यति ठूलो छलाङ्ग मार्नै  सकेनन् 

अनि पो नेताले मात्रै समृद्धि समाएर राख्नु परेको हो 

 

समृद्धि चञ्चल फुर्तिलो हुन्छ, बिस्तार हिँड्दैन  

मौकामा च्याप्प समाउनु पर्छ नत्र पर्खँदैन 

हामी सत्तामा गएपछि समृद्धि झ्याप्पै आइहाल्यो 

नेताले च्याप्पै समाउन भ्याए तर देश र जनताको फुस्किहाल्यो .

 

धन्न नेताले त्यति भए पनि समाउन भ्याए र राखेका छन्

जनातालाई दिए आफू रित्तै, आफूले राखे जनता रित्तै 

बिचरा नेता त्यस्तो अप्ठ्यारो समस्यामा परेका छन् 

 

सुन्दैछु अब थप समृद्धि लेराउने कुरा चल्दै छ 

ल्याएपछि च्याप्प समाउन जनता पनि तम्तयार छ 

मेलम्चीको पानि पिएपछि जनताले ठूलै छलाङ्ग मार्न सकिहाल्छ 

अनि त समृद्धिलाई च्याप्प समाएर आफैँसँग राखिहाल्छ 

अनि त समृद्ध देश  र सुखी जनता भैहाल्छ 

अब दुई चार पुस्ता धैर्य गर्नुहोस है, समृद्धि चाँडै आइहाल्छ 

 

उताबाट हिंडिसक्यो समृद्धि, यता खबर आइसक्यो 

तम्तयार रहनुहोस् समृद्धिलाई च्याप्प समाउन 

अब दुई चार पुस्तामै यहाँ आइपुग्ने भैसक्यो !

 

 

 

Facebook Comments
chatyang
Comments (0)
Add Comment