घमराजको सामयिक गजल

आऊ साथी, यस्तो महादेश खोज्न जाऔँ

टाउको उठाई बाँच्ने परिवेश खोज्न जाऔँ

 

रक्त–नदी यो भूमिमा कति–कति बगे

आऊ हाम्रा रगतको शेष खोज्न जाऔँ

 

हेपिएर, होचिएर, मर्दै–मर्दै  बाँच्नु भन्दा

तिम्रो, मेरो स्वतन्त्र निवेश खोज्न जाऔँ

 

मत्स्यन्यायी–विवेकको हावा चल्न थाल्यो

स्वाधीनता, सम्मानको श्लेष खोज्न जाऔँ

 

यो दिल लुटे सलाम तर घरै लुट्छु भन्छ

आऊ, हाम्रो लुटिएको देश खोज्न जाऔँ ।

 

Facebook Comments
Luitel
Comments (0)
Add Comment