कोरोना भाइरस बूढाबूढीलार्ई लाग्छ । यो लागेपछि उनीहरू बाँच्दैनन् । यसको औषधी अहिलेसम्म बनेको छैन भन्ने कुरा ७० वर्षीय काठमाडौं निवासी उमादत्त बाको बुझाइ रहेछ । दुई वर्षअघि जीवन सङ्गिनीको मृत्यु भएपछि रेडियो, टिभी र पत्रिकालाई साथी बनाएका बा अरुले भनेका कुरामा त्यति विश्वास नगर्ने, रेडियो, टिभी पत्रिकामा आएका कुरामा मात्र बिश्वास गर्ने हठी स्वभावका हुनुहुँदो रहेछ ।
एक दिन बूढा बाले आफ्ना चार भाइ छोरालाई बोलाएर अंशवण्डा अहिले नै गरिदिन जोड गर्नुभएछ । छोराहरूले लकडाउनको कारण देखाई रुचि देखाएनछन् । तर पनि बारम्बार अंश लगाउने कुरा गर्न थाल्नु भएछ । म मरिहालेँ भने छोराहरूबीच अंशको कारणले कलह नहोस् भन्ने उहाँको इच्छा रहेछ ।
यही परिवेशबाट आएका उमादत्त बाले गरेको कार्य स्वाभाविक थियो । आधुनिक शैलीमा जिएका बूढा बाका कान्छा छोरालाई के थाहा !
देशमा संक्रमितको संख्यामा बृद्धि हुन थालेपछि बूढा बा परिवारबीच जिम्मेवारी बाँड्फाँड्, मृत्यु हुनुअघि र पछि चाहिने सामानको जोगावट र आफन्त साथिभाइसँग अन्तिम बिदाइ गर्न थाल्नुभएछ । आफूसँग रहेका नगद तथा गहना लगायत सामान उहाँका प्रिय ब्यक्तिहरूलाई दिने र दिनलाई छुट्याउन थाल्नुभएछ । गर्न वाँकी काम र इच्छा पूरा गर्न थाल्नु भएछ । मानौँ, अहिले नै उहाँलार्ई कोरना संक्रमण भएर बित्दैहुनुहुन्छ ।
यतिसम्म त छोराहरूले मान्दै र पूरा गर्दै आइरहेका रहेछन् । लकडाउन लम्बिँदै र वाहिर निस्कन कडाइ हुँदै जान थालेपछि बाको इच्छा पूरा गर्न समस्या देखिन थालेछ । इच्छा पूरा नहुने, अह्राएको काम घरकाले नमान्ने, अरुलाई काम अह्राउन नपाएपछि वा रिसाउने, झर्किने, छट्पटाउने गर्न थाल्नुभएछ । बेचैनी बढ्दै जान थालेछ । सँगै रहेका कान्छा छोरा यस किसीमको समस्याको उल्झनमा परेका रहेछन् ।
आजभन्दा ६०/७० वर्ष पहिले ज्येष्ठ नागरिकहरू आफू अब बाँच्दिन भन्ने लागेपछि परिवारलाई अधिकार सुम्पने, सम्पतिको वाँड्फाँड् गर्ने, परीवारका लागि गर्न बाँकी काम गरिहाल्ने, आफ्ना अन्तिम इच्छा पूरा गर्ने र अन्तिममा मृत्युअघि र पछि आवश्यक सामानको जोगावट गर्ने गर्दथे । यति गरिसकेपछि आफ्नो जीवनचक्र पूरा भएको सम्झी सन्तोष लिन्थे र मृत्युलाई स्वीकार गर्दथे । त्यतिखेर कुनै दुःख पीडाले पनि उनिहरूलाई छुँदैनथ्यो ।
त्यति बेलाको कुरो हो, आफैँले मृत्युको समय र स्थान तोक्ने र आफ्नो धर्म संस्कार अनुसारको अन्तिम कार्य गरी मृत्युवरण गर्नेको महिमा खूब चल्थ्यो । उनका पुस्ताले गौरव गर्ने कुरो यही हुन्थ्यो । उनैका नामबाट सन्तालाई सबैले चिन्दथे ।
यही परिवेशबाट आएका उमादत्त बाले गरेको कार्य स्वाभाविक थियो । आधुनिक शैलीमा जिएका बूढा बाका कान्छा छोरालाई के थाहा !
समय सापेक्ष भनेको यही रहेछ । पहिला राम्रो मानिएको काम अहिले समस्याको रूपमा देखा पर्न थाल्यो ।
यस किसिमको समस्याको उपचार हुन्छ भन्ने कुरा कान्छा छोरालाई थाहा रहेनछ । अहिले आफैँ तनावमा परेका छन उनी । कोरोना भाइरसको कारण एउटा परिवार यस किसिमको समस्यामा फसेको छ ।