१.
लडेका छन् बिना कारण भइरहन्छ यस्तो धेरै
म पनि त बिद्रोही थिइनँ, घमण्डी थियो दुनियाँ धेरै
आफ्नो माटोको शरीरमा छु टाँसिइरहेको
कणकणमा छरिएँ भने फैलने छु म धेरै ।
कोही पाहुना आएको छ ताजा घटना बोकी
बद्लिए–बद्लिए झैँ छ सहरको नक्शा धेरै
तिम्री छायाँ देख्छु अनि हराइरहन्छ सदा–सदा
जीवनको भीँडमा मैले खोजेँ तिमीलाई धेरै ।
२.
रङ रूखहरूको के भएछ हेर
कुनै पनि पत्ता छैन हरियो हेर
खोज्नु हराएको अनुहार मेरो तिमी
याद आए मेरो ऐना तिमी हेर
जिन्दगीलाई हररराइछाडे उनीहरूले
मर्नेहरूको तिमी हौसला हेर
स्वार्थी छ यो सहरको हरेक अंश
तिमी पनि आफ्नो राम्रो–नराम्रो हेर ।
३.
रातको अँध्यारो नै अब दिनको उज्यालो भएको छ
ए पैसाको सहर ! तेरो सूर्य पनि त कालो छ
भाग्यको रेखा यो कोशिसमा घायल भयो
भत्किन लागेको घरलाई यी हातहरूले सम्हालेको छ
आफूले आफ्नै रगत पिएर मर्नको लागि बाँचेर
ए मान्छे ! तिमीहरूले यो कस्तो रोग पालेको छ ।
४.
बितेको मौसम जसका साथ आउँछन्
ती हावाहरू खै कताबाट आउँछन्
घरबाट के बाहिर हेरेको थिएँ
खुशीहरूले अब त मन दुःखाउँछन्
उज्यालोमा हराउने मान्छेहरूलाई
अँध्यारोहरूले बाटो देखाउँछन् ।