साँपले कोईलीलाई भन्यो, ‘ ए पन्छी, तँ उड्न त सक्छस् तर तँ जीवनको सार आफ्नो सम्पूर्णतामा छुपाको गर्भ गृहमा पुग्न सक्दैनस् |’
कोईलीले प्रत्युत्तरमा भन्यो, तँ बढ्तै जान्दछस् ! अरु ज्ञानी भन्दा तँ बढ्ता ज्ञानी नै होस् !! तर के गरौँ, मलाई दया लागेर आउँछ, तँ उड्न सक्दैनस् |’
सुन्या न सुने झैं गरेर साँपले भन्यो, ‘ तँ धर्ति भित्रको रहस्य बारे पुरै अन्जान छस् | भित्र भित्र दवेको साम्राज्यमा तँ कदापि पुग्न सक्दैनस् | हालसालै, हिजो मात्रै म लाल मणिको एउटा गुफामा यसो ढल्केको थिएँ | ठ्याक्कै यस्तो लाग्थो कि म कुनै पाकेको अनारको दाना बीच बसेको छु | घामको चम्किलो किरणले उजिल्याउदै त्यलाई शानदार गुलाफमा बदलदियो | यस्तो आश्चर्य म बाहेक कुन माइका लालले देख्न पाउने ?!
साँपले भन्यो, 'म धर्तीमा छिपेको एउटा मन्दिरको बारेमा पनि जानाकार छु | पुर्णिमाको रात म त्यहाँ जाने गर्दछु | एक अविस्मरणीय दानवले त्यसको निर्माण गरेको हो | त्यस मन्दिरको भित्तामा काल र ब्रम्हाण्डको रहस्य उत्किर्ण गरिएको छ | जसले त्यसलाई पढ्यो, मान कि, उ यति समझदार हुन्छ कि जसको तुलनामा अरु कोही उस्को छेउ पुच्छर पनि हुन सुहाउदैनन् ।'
कोईलीले भन्यो, ‘कसले सक्नु ?! कसैले सक्दैन | परन्तु तँ काल परिवर्तनको टुटेको एक टुक्रा मात्रै देख्छस् | मलाई तँमाथि दया जागेर आउँछ कि तँ गाउन भने सक्दैनस्।
फेरि साँपले भन्यो, ‘ मैले यस्ता रुख देखेको छु जसका जरा धर्तिको मुटु सम्म नै पुगेका छन् | ती जराको एक पटक मात्रै स्वाद चाख्ने हो भने उ सुकरात भन्दा पनि तेजश्वी हुन्छ।’
कोईलीले भन्यो, ‘ धर्तीमा वैचारिक जादुको रहस्योद्घाटन तँ गर्न सक्छस्, अरु कुनै माइका लालको दाल गल्ने वाला छैन | तर अफसोस, तँमा उडान भर्ने गुण छैन ।’
‘एउटा पहाडको भित्र भित्रै एक नील नदी बग्दछ | जसलाई त्यसको एक अञ्जुली पानी मात्रै पिउने सौभाग्य प्राप्त हुन्छ, मान कि, उ देउता जस्तै अजर अमर हुन्छ |’ साँपले भन्यो, ‘म दावाका साथ भन्न सक्छु कि कुनै किटपतंग या कुनै चौपाय त्यस नील नदीको पानी चाख्न त के देख्न पनि सक्दैन ।’
कोईलीले भन्यो, ‘ तँ चाहेर पनि देउता जस्तो अजर अमर हुन सक्दैनस् किनकि मलाई अफसोस छ, तँ गाउन सक्दैनस् ।’
साँपले भन्यो, ‘म धर्तीमा छिपेको एउटा मन्दिरको बारेमा पनि जानाकार छु | पुर्णिमाको रात म त्यहाँ जाने गर्दछु | एक अविस्मरणीय दानवले त्यसको निर्माण गरेको हो | त्यस मन्दिरको भित्तामा काल र ब्रम्हाण्डको रहस्य उत्किर्ण गरिएको छ | जसले त्यसलाई पढ्यो, मान कि, उ यति समझदार हुन्छ कि जसको तुलनामा अरु कोही उस्को छेउ पुच्छर पनि हुन सुहाउदैनन् ।’
कोईलीले भन्यो, ‘यति धेरै महत्वाकांक्षी भएर पनि तँ आफ्नो यस दुखी शरीरमा काल र ब्रम्हाण्डको रहस्य भर्न सक्दैनस्, किनकि तँ उड्नै सक्दैनस् |’
साँप हतास भयो र रिसले मुन्टो बटारेर भुतभुताउदै दुलो भित्र पस्यो, ‘ खाली दिमाग, शैतानका घर, कोईली !’
कोईलीले पनि गीत गुनगुनाउदै उडान भर्यो, ‘अफ़्सोस छ कि तँ गाउन सक्दैनस् | टिठ लाग्छ तँलाई देखेर, हे बुद्धिमान ! तँ उड्न सक्दैनस् |’
(जीवनको रजपट | मिठो जुहारी | साँप र कोइलीको | विद्वान र कविको | भोगी र ‘जोगी’को/सन्तको | भौतिकता र आध्यात्मिकताको | एउटा वैभवको मधुशालामा अर्को चिन्तनको गगनमा | कोइलीको भाकै मिठो ! अनु.)