पिताको मृत्युपछि उनी भोकभोकै परे । तर उनी बिचलित भएनन् । भोकलाई नै उनी शक्तिमा रुपान्तरण गर्न सफल भए । उनले यो पनि बुझे कि एक आध्यात्मिक साधकले भोकलाई नजिकबाट अनुभूत गर्न सक्नुपर्छ र खाली पेटमा तटस्थभाव बिकसित गरेर आत्मिक जागरणको उर्जालाई अरु घना तुल्याउने प्रयास गरिरहनु पर्छ।
“यो जीवन अल्पकालिन छ । संसारको विलासिता क्षणिक हो । तर जो अरुका लागि जिउँछन् तिनीहरु वास्तविक जीवन बाँचिरहेका हुन्छन् । उठ, जाग । अनि तबसम्म नरुक जबसम्म लक्ष्य हासिल हुँदैन।”
बृटिशकालिन भारतमा उपरोक्त कुराहरु स्वामी विवेकानन्दले भनेका थिए । उनी भारतका एक चम्किला तारा हुन् । सागरका अत्यन्त संवेदनशिल छालहरुजस्तो उनको हृदय थियो । थोरै समयमा नै यी विलक्षण सन्यासीले दुनियाँलाई जे दिएर गए त्यो अत्यन्त मूल्यवान छ।
भन्न कर लाग्छ, आदि गुरु शंकराचार्यपछि अल्पायुमा नै आध्यात्मिक आकाशमा गहिरो उडान भर्न सफल अर्का महापुरुष स्वामी विवेकानन्द नै हुन्।
जन्म र बाल्यकाल
कलकत्ताको समुलिया मुहल्लाको गौरमोहन मुखर्जी स्ट्रिटमा दत्त परिवारको घर थियो । राममोहन दत्त कलकत्ता सुप्रिम कोर्टका वकिल थिए । दुर्गा दत्त उनका सुपुत्र थिए । दुर्गाले संस्कृत तथा फारसी भाषाको अध्ययन गरेका थिए र उनी कामचलाउ अंग्रेजी पनि जान्दथे । पश्चिमोत्तर प्रदेशका हिन्दीभाषी साधुहरुको संगत पाएर दुर्गा पच्चीस वर्षको उमेरमै घरबार त्यागेर सन्यासी बने । दुर्गाले घरमा आफ्नी पत्नीका काखमा विश्वनाथ नामको एक शिशु छाडेर गएका थिए । जवान भएर विश्वनाथले पनि वकालत गर्न थाले । यिनै विश्वनाथ र उनकी पत्नी भुवनेश्वरीले सन् १८६३ जनवरी १२ मा एउटा पुत्रलाई जन्म दिए । नवजातको नाम राखियो नरेन्द्रनाथ जो पछि गएर स्वामी विवेकानन्द नामले प्रख्यात हुन पुगे।
नरेन्द्रनाथ बाल्यकालमा निकै चञ्चल र उद्दण्ड स्वाभावका थिए । उनको त्यो स्वाभावका कारण उनकी आमा हैरान हुने गर्थिन् । हरेक बच्चा यस्तै हुन्छन् भनेर उनी चित्त बुझाउँथिन् । उनी नरेन्द्रलाई घरमा रामायण तथा महाभारतका कथाहरु सुनाउँने गर्थिन् । यस कुराको नरेन्द्रमा ब्यापक प्रभाव पर्यो । एक दिन नरेन्द्रले बजारबाट राम र सीताको युगल मूर्ति किनेर ल्याए । अनि त्यसलाई पूजाकोठामा प्रतिस्थापित गरेर पूजा गर्न थाले।
घरको एउटा सहायकले बाल्यकालमा नरेन्द्रलाई निकै प्रभाव पारेको थियो । सहायकलाई वैवाहिक जीवनसँग बितृष्णा थियो । कुरैकुरामा उसले वैवाहिक जीवनको दुःखरुपता र घृणास्वरुपताको तस्विर बालक नरेन्द्रका सामुन्ने खिचिदिएको थियो । नरेन्द्रले आफ्नी आमालाई भने, म अब सीता र रामको पूजा कसरी गरुँ ? उनीहरु त विवाहित जोडी थिए।
आमाले भनिन्, ठिकै छ । त्यसो भए तिमी शिव भगवानको पूजा गर।
नरेन्द्रले साँझ सीतारामको युगलमूर्ति लिएर घरको छतमा पुगे र त्यसलाई जमिनमा मिल्काइदिए । टुक्राटुक्रा भएर मूर्ति जमिनमा पछारियो । पछि उनले शिवको मूर्ति ल्याए र त्यसैको पूजा गर्न थाले।
पाँच वर्षको उमेरदेखि नरेन्द्रको औपचारिक पढाइ शुरु भयो । उनको चकचकेपना र उद्दण्डताका कारण शिक्षकहरु पनि हैरान थिए।
नरेन्द्रलाई चौध वर्षको उमेरमा पेटको रोग लाग्यो । उनी सुकेर सिन्को जस्तै हुन पुगे । उनका पिता त्यसबेला सरकारी कामको शिलशिलामा मध्य प्रदेशको रायपुर भन्ने ठाउँमा बस्थे । समय थियो, सन् १८७७ को । स्थान र जलवायु परिवर्तनले नरेन्द्रको स्वास्थ्यमा केही सुधार आउने अपेक्षा गरेर उनलाई पिता भएको स्थानमा लगियो । उक्त समयमा मध्य प्रदेशमा रेल्वे लाइनको अत्याधिक विकास भइसकेको थिएन । अतः कलकत्ताबाट इलाहावाद, जवलपुर हुँदै नरेन्द्र रेलबाट नागपुर पुर्याइए । अनि नागपुरबाट बयलगाढामा उनी पन्ध्र दिनमा रायपुर लगिए । त्यसबखत रायपुरमा स्कूल थिएनन् । पिता विश्वनाथ आफैँले नरेन्द्रलाई इतिहास, दर्शन, साहित्य आदि पढाउँथे । नरेन्द्र दुई वर्ष रायपुरमा नै बसे । स्वास्थ्य ठिक भएपछि उनी कलकत्ता फर्किए । उनले किशोरावस्थामा नै आफ्ना पिताबाट संगीतको ज्ञान हासिल गर्ने मौका पनि पाए।
विवेकानन्दको पूर्वस्थिती
इसाई मिशनरीहरुको प्रचार तथा बेलायती शिक्षाका कारण कलकत्ता त्यतिबेला आन्दोलित थियो । उता हिन्दु समाज भने तन्द्राग्रस्त थियो । संभ्रान्त ब्राह्मण घरानामा जन्मिएका राजा राममोहन राय (सन्१७७२–१८३३) ले तन्द्राग्रस्त हिन्दु समाजलाई झक्झक्याएर जगाउने प्रयत्न गरेका थिए । राजा राममोहनले पटनामा अरबी र फारसी, काशीमा संस्कृत तथा कलकत्तामा अंग्रेजी, ल्याटिन एवम् हिब्रु भाषा सिकेर कुरान, यूक्लिड, वेदांत, बाइबिल तथा प्लेटो र अरस्तुका ग्रंथहरुको अध्ययन समेत गरेका थिए । उनी मूर्तिपूजाका विरोधी, एकेश्वरवादी, जातिय विभेद नमान्ने तथा त्यतिबेला व्याप्त सतीप्रथाका घोर विरोधी थिए।
उनले बाह्र वर्षको निरन्तर प्रयासले सन् १८२९ डिसेम्बर ४ मा सतीदाह प्रथालाई निषिद्ध ठान्ने कानून पारित गराएका थिए।
कलकत्ताको शिमिला मोहल्लाका सुरेन्द्रनाथ मित्रले एक दिन श्री रामकृष्ण परमहंसलाई आफ्नो घरमा आमन्त्रण गरे । सुरेन्द्रनाथका घरमा कुनै आनन्दोत्सवको आयोजना गरिएको थियो । अन्य कुनै चलेको गायक नमिलेका कारण गीत गाउनका लागि नरेन्द्रलाई डाकियो । सन् १८८१ को नोवेम्बर महिनाको एक दिन उक्त आनन्दोत्सवमा नरेन्द्रले रामकृष्ण गुरुको दर्शन गर्ने मौका पाए । नरेन्द्रले गाएको गीत सुनेर रामकृष्ण निकै प्रसन्न भए । जाँदाजाँदै नरेन्द्रलाई उनले प्रेमपूर्वक आफ्नो दक्षिणेश्वर मन्दिरमा आउने निम्तो पनि दिए । तर त्यो बेला नरेन्द्रको परीक्षा चलिरहेको थियो । तत्काल उनी दक्षिणेश्वर पुग्न पाएनन् ।
राजा राममोहनको जागरण आन्दोलनका कारण सनातनधर्मी भनिएकाहरु निकै क्षुब्ध हुन पुगेका थिए । उनीहरुले उनका बिरुद्ध खूब प्रचारवाजी पनि गरे । तर उनीहरु आफ्नो कुत्सित चालमा सफल हुन सकेनन्।
राजा राममोहनले हिन्दु–सुधारका खातिर ब्राह्मसभाको स्थापना गरे । बेलायती हावाका कारण हिन्दु युवाहरुमा आएको चारित्रिक पतन देखेर उनी निकै दुःखी भएका थिए । त्यसताका उनी काम विशेषले बेलायत पनि पुगेका थिए । उनी बेलायत भ्रमण गर्ने प्रथम भारतीय पनि थिए । उनले सन् १८३३ सेप्टेम्बर २७ मा बेलायतमा नै आफ्नो प्राण त्यागेका थिए।
उनको ब्राह्मसभालाई विपिनचन्द्र पाल, महर्षि देवेन्द्रनाथ, केशवचन्द्र सेन आदिले अगाडि बढाए । सन् १८५० मा अक्षयकुमार र राजनारायणको परामर्शले महर्षि देवेन्द्रनाथले वेदको अपौरुषेयता तथा अभ्रान्तताको सिद्धान्तलाई परित्याग गरे।
यसैबेला बंगालको वीरसिंह नामक गाउँमा महान पण्डित ईश्वरचन्द्र विद्यासागर जन्मिएका थिए । उनी बंगभाषाका निर्माता, शिक्षाका प्रचारक, दीनदुःखीका सेवक तथा मानवताका महामूर्ति थिए । उनले नै विधवा–विवाहको प्रचार गरे र सरकारबाट यसलाई वैधता दिलाए । सुधारवादी हुन खोज्दा उनले त्यतिबेला हिन्दु समाजको घोर विरोधको सामना पनि गर्नु पर्यो।
यसै बखत सन् १८३६ फेब्रुअरी १७ मा हुगली जिल्लाको कामारपुर गाउँको एक निर्धन ब्राह्मण परिवारमा एक महापुरुषको जन्म भयो जो पछि रामकृष्ण परमहंस नामले प्रख्यात भए । रामकृष्णले पढाइलेखाइ त्यागेर आध्यात्मिक साधना गरे । उनी कलकत्तास्थित पूर्वी गंगा तटको दक्षिणेश्वरमा रानी राममणीद्वारा निर्मित काली मन्दिरमा पुजारी भए । उक्त स्थान नै पछि उनको साधनास्थली बन्यो । उनले तोतापुरी भन्ने एक गुरुबाट वेदांतको ब्रह्मज्ञान हासिल गरेका थिए।
ब्राह्मसमाजका महानवक्ता केशवचन्द्र सेनले सन् १८७५ मा रामकृष्ण परमहंससँग भेट गरे । उनको वैराग्य र आध्यात्मिक साधनाबाट सेन निकै प्रभावित भएका थिए । यसप्रकार अन्य कैयन ब्राह्मसमाजीहरु रामकृष्णबाट प्रभावित भए र उनीप्रति भक्तिभावना राख्न थाले । यसै बेला राजनारायण, बंकिम, भूदेव आदि अभियन्ताका विचारहरु भारतभूमिमा गुञ्जायमान हुने गर्दथे।
जिज्ञासु तथा साधक नरेन्द्र
त्यसो त बाल्यकाल र किशोरावस्थामा नरेन्द्र शान्त स्वाभावका थिएनन् । उनी कानूनी बन्देजबाट अलग रहेर एक स्वतन्त्र जीवन ज्यूँन मन पराउँथे । किशोरावस्थामा नै उनी उच्च साहित्यिक ग्रंथ तथा दर्शनशास्त्रको ब्यापक अध्ययनमा तल्लिन भइसकेका थिए । उनले पाश्चात्य दर्शनहरुको पनि सकेसम्म अध्ययन गर्ने मौका पाए । डेकार्टको अहंवाद, ह्यूम र बेनको नास्तिकता, डार्विनको विकासवाद तथा स्पेन्सरको अज्ञेयवाद जस्ता विविध विचारधाराहरुमा बग्दै अन्ततः उनी सत्यको खोजका लागि व्याकूल भइसकेका थिए।
नरेन्द्रले राजा राममोहनका पुस्तकहरु पनि चहारे । यसपश्चात उनी ब्राह्मसमाजका सदस्य पनि बने । नरेन्द्र किशोरावस्थादेखि नै जातिय विभेदका विरोधी थिए । साथै स्त्री र पुरुषको समानाधिकारका समर्थक एवम् कुनै पनि किसिमका पाखण्डका उनी घोर विरोधी नै थिए । यी कुराहरु ब्राह्मसमाजका उद्देश्यहरुसँग हुबहु मिल्दथे । हरेक आइतवार नरेन्द्र ब्राह्मसमाजमा गएर गीत गाउँथे र उसका सिद्धान्त उपर चिन्तनमनन र छलफल गर्दथे । तर उनको मन वैराग्यशील थियो । ब्राह्मसमाजमा त्यसबेला अत्याधिक कृयाकलापहरु हुन्थे । नरेन्द्र त्यतिबेलासम्म अलिक एकान्तप्रेमी भइसकेका थिए । त्यसैले उनी ब्राह्मसमाजका कृयाकलापहरुप्रति उदासिन रहन थाले । ब्राह्मसमाजका हर्ताकर्ता देवेन्द्रनाथ ठाकुरले नरेन्द्रलाई केही सकारात्मक सुझाव दिए । देवेन्द्रनाथका प्रति अपार श्रद्धा भएका कारण नरेन्द्रले उनले भने बमोजिम ध्यान गर्न थाले । उनी नियमित निरामिष भोजनको सेवन तथा धोती–चद्दर आदि वेशभुषा अपनाएर जमिनमा सुत्ने गर्न थाले।
कलकत्ताको शिमिला मोहल्लाका सुरेन्द्रनाथ मित्रले एक दिन श्री रामकृष्ण परमहंसलाई आफ्नो घरमा आमन्त्रण गरे । सुरेन्द्रनाथका घरमा कुनै आनन्दोत्सवको आयोजना गरिएको थियो । अन्य कुनै चलेको गायक नमिलेका कारण गीत गाउनका लागि नरेन्द्रलाई डाकियो । सन् १८८१ को नोवेम्बर महिनाको एक दिन उक्त आनन्दोत्सवमा नरेन्द्रले रामकृष्ण गुरुको दर्शन गर्ने मौका पाए । नरेन्द्रले गाएको गीत सुनेर रामकृष्ण निकै प्रसन्न भए । जाँदाजाँदै नरेन्द्रलाई उनले प्रेमपूर्वक आफ्नो दक्षिणेश्वर मन्दिरमा आउने निम्तो पनि दिए । तर त्यो बेला नरेन्द्रको परीक्षा चलिरहेको थियो । तत्काल उनी दक्षिणेश्वर पुग्न पाएनन्।
उता परिवारमा नरेन्द्रको विवाहको चर्चा चल्न थाल्यो । केटीपक्ष मनग्ये दाइजो दिन पनि तयार थिए । पिता विश्वनाथ पुत्र नरेन्द्रसँग विवाहको कुरा स्वयम् गर्न चाहँदैन थिए । उक्त काममा अन्यबाटै उनले काम चलाउने प्रयास गरे । नातेदार डा. रामचन्द्र दत्त रामकृष्ण परमहंसका भक्त पनि थिए । यिनैलाई विश्वनाथले नरेन्द्रसँग विवाहको चर्चा गर्ने काममा खटाए । उता नरेन्द्र शुरुदेखि नै विवाह प्रथाका विरोधी थिए । उनले डा. रामचन्द्रलाई विवाहले आफ्नो आत्मोन्नति एवम् आत्मशान्तिमा बाधा पुग्ने बताए । विवाहको वन्धनशिलता र दुःखरुपताको पनि उनले चर्चा गरे । सुनेर डा. रामचन्द्रले नरेन्द्रलाई भने, यदि तिमीभित्र यसप्रकारको आध्यात्मिक प्यास छ भने दक्षिणेश्वरमा श्री रामकृष्ण परमहंसका सान्निध्यमा जाऊ।
यसपश्चात नरेन्द्र आफ्ना सखाहरुका साथमा दक्षिणेश्वर गए र रामकृष्ण गुरुको दर्शन गरे । वार्तालाप तथा सत्संगहरु भए । अनि एकान्तमा लगेर रामकृष्णले नरेन्द्रलाई भावविव्हल भएर भने, तिमी यतिका दिनसम्म मलाई बिर्सिएर कहाँ बेपत्ता भएका थियौ ? कहिलेदेखि म तिम्रो आगमन कुरेर यहाँ बसिरहेको थिएँ । विषयाशक्त मान्छेहरुसँग कुराकानी गर्दागर्दा मेरो मुख नै जल्न पुगेको छ । अब आज तिमी जस्तो सच्चा त्यागीसँग गफ गरेर मलाई शान्ति प्राप्त भएको छ ।
यो सुनेर नरेन्द्र अवाक रहे । उनले अपलक आफ्नो अगाडि आँखामा आँसु छचल्क्याइरहेका रामकृष्णलाई हेरिरहे । नरेन्द्रको मुखबाट तत्काल कुनै आवाज नै निस्किन सकेन । तर रामकृष्णको उक्त कुराले उनमा गहिरो असर पारिसकेको थियो।
त्यसो त नरेन्द्र जस्तै राखालचंद घोष पनि ब्राह्मसमाजका सदस्य थिए । यद्यपि उनी पनि रामकृष्णका भक्त थिए र दक्षिणेश्वरमा उनको आगमन बाक्लै थियो । एक दिन राखाललाई दक्षिणेश्वर मन्दिरको प्रतिमालाई नमस्कार गरिरहेको देखेर नरेन्द्रले कठोर वचन प्रयोग गरेर मिथ्याचारी आदि भएको आरोप लगाए । यसमा रामकृष्णले नरेन्द्रलाई यसरी सम्झाए, तिमी प्रतिमालाई नमस्कार गर्दैनौ भने ठिकै छ । तर अरुले गर्छन् भने त्यसको विरोध नगर।
उनी ब्राह्म समाजको सभाभवनमा पुगे । मञ्चमा एक सज्जन भाषण गरिरहेका थिए । रामकृष्ण मञ्च छेउमा पुगे र भावावेष प्रकट गर्न थाले । नरेन्द्रले उनको आगमनको कारण थाहा पाइसकेका थिए र रामकृष्णका समिप पुगेर उनलाई सम्हाल्न थाले । उता मञ्चमा आसिन ब्राह्मसमाजका आचार्य तथा अन्यले रामकृष्णको आगमनप्रति खासै चासो देखाएनन् । कतिलाई त उनी त्यहाँ आएको नै मन परिरहेको थिएन । उता उनीहरुले रामकृष्णलाई गरेको उपेक्षा पनि नरेन्द्रलाई मन परिरहेको थिएन । तर यत्ति बेरसम्म रामकृष्ण भावसमाधिमा निमग्न भइसकेका थिए । कतिपय दर्शकहरु उनको दर्शन गर्न आतूर पनि भएका थिए । उक्त स्थानमा भागदौड र कोलाहल मच्चिएको थियो । अतः कार्यक्रम सञ्चालकले ग्यासका बत्तीहरु निभाइदिए । उता नरेन्द्रले पछाडिको ढोकाबाट रामकृष्णलाई निकालेर दक्षिणेश्वर पठाइदिए । रामकृष्णप्रति त्यहाँ भएको उपेक्षा देखेर नरेन्द्रले त्यसैदिन ब्राह्मसमाज छोडिदिए ।
नरेन्द्रनाथ आफूभन्दा भिन्न निराकार ईश्वरमा विश्वास गरेर त्यसैको उपासना गर्ने गर्दथे । त्यसैले रामकृष्णले अहम् ब्रह्मास्मी भन्दा नरेन्द्र भन्दथे, यस भन्दा ठूलो अर्को कुनै पाप छैन।
गुरुहरुलाई नरेन्द्र सोद्धै हिँड्दथे, महाशय, तपाईंले ईश्वरको दर्शन गर्नुभयो त?
जसले जे बताए पनि उनलाई चित्तै बुझ्दैनथ्यो । अरुका बासी जवाफले एउटा मुमुक्षु कहाँ सन्तुष्ट हुन्छ र?
तर उनको यसै प्रश्नमा रामकृष्णले दिएको जवाफमा उनी आश्चर्यचकित हुन पुगे । रामकृष्णले भनेका थिए, मैले ईश्वरको दर्शन गरेको छु । यदि तिमीले पनि मेरो कथनानुसार काम गर्यौ भने, म तिमीलाई पनि ईश्वरको दर्शन गराइदिन सक्छु।
अर्कातिर उनलाई लागिरहेको थियो कि जसले जे भने पनि ईश्वरको दर्शन सहज काम होइन । उनले त्यहाँ सोचे, ईश्वरको दर्शन गर्न मैले अब यी पागल बाबाका चरणमा आफूलाई समर्पण गर्नुपर्दो हो । अनि थाहा पनि छैन कि ईश्वरको दर्शन हुन्छ वा हुँदैन । फेरि यो कुराको पनि के ठेगान कि कहिले हुन्छ, ईश्वरको दर्शन?
फलस्वरुप उनी ब्राह्मसमाजमा नै शुचारुरुपले जान थाले । अनि तत्काल उनले रामकृष्ण परमहंसलाई गुरु चुनिहाल्न पनि सकेनन्।
कैयन दिनसम्म नरेन्द्रनाथ दक्षिणेश्वर नआएकाले रामकृष्ण भने व्याकूल हुन पुगे । एक दिन असह्य भएपछि उनले ठाने, नरेन्द्र ब्राह्मसमाजमा जाँदो हो । म त्यहीँ पुगेर उसलाई भेट्ने छु।
उनी ब्राह्मसमाजको सभाभवनमा पुगे । मञ्चमा एक सज्जन भाषण गरिरहेका थिए । रामकृष्ण मञ्च छेउमा पुगे र भावावेष प्रकट गर्न थाले । नरेन्द्रले उनको आगमनको कारण थाहा पाइसकेका थिए र रामकृष्णका समिप पुगेर उनलाई सम्हाल्न थाले । उता मञ्चमा आसिन ब्राह्मसमाजका आचार्य तथा अन्यले रामकृष्णको आगमनप्रति खासै चासो देखाएनन् । कतिलाई त उनी त्यहाँ आएको नै मन परिरहेको थिएन । उता उनीहरुले रामकृष्णलाई गरेको उपेक्षा पनि नरेन्द्रलाई मन परिरहेको थिएन । तर यत्ति बेरसम्म रामकृष्ण भावसमाधिमा निमग्न भइसकेका थिए । कतिपय दर्शकहरु उनको दर्शन गर्न आतूर पनि भएका थिए । उक्त स्थानमा भागदौड र कोलाहल मच्चिएको थियो । अतः कार्यक्रम सञ्चालकले ग्यासका बत्तीहरु निभाइदिए । उता नरेन्द्रले पछाडिको ढोकाबाट रामकृष्णलाई निकालेर दक्षिणेश्वर पठाइदिए । रामकृष्णप्रति त्यहाँ भएको उपेक्षा देखेर नरेन्द्रले त्यसैदिन ब्राह्मसमाज छोडिदिए।
नरेन्द्रनाथलाई रामकृष्णका केही व्यवहार मन पर्दैन थिए । जस्तो, उनको भावावेशको समाधि तथा भक्तिभावमा भावविव्हल भएर डाँको छाड्ने बानी । त्यसो त उनी रामकृष्णको एकनिष्ठ त्याग र वैराग्यमय जीवन देखेर निकै प्रभावित पनि भएका थिए । नरेन्द्र कुशल आलोचक थिए । उनको आलोचनाबाट हैरान भएर एक दिन रामकृष्णले सोधे, यदि तिमीलाई मेरा कुराहरु सुन्नु छैन भने किन यहाँ आउँछौ त?
नरेन्द्रको तत्क्षण जवाफ आयो, तपाईंलाई प्रेम गर्छु त्यसैले दर्शन गर्न आउने गर्छु । तपाईंका गफ सुन्न होइन।
रामकृष्णको आफूप्रतिको अपार स्नेह देखेर एक दिन नरेन्द्रले मजाकै मजाकमा भने, पुराणमा लेखिएको छ : भरत राजा एउटा हरिणका बारेमा सोच्दासोच्दै एकदिन स्वयम् हरिण हुन पुगेका थिए । तपाईं पनि मेरा बारेमा सोच्दासोच्दै म जस्तो हुनुहोला नि फेरि!
सुनेर रामकृष्णले बालक जस्तो सरल र निर्दोष आवाजमा भने, ठिकै छ त । तिमीले भने जस्तै भए पनि के नराम्रो भयो र ? म त तिमीलाई देखेबिना बाँच्न सक्दिनँ।
वस्तुतः वैराग्यप्रवण रामकृष्णले नरेन्द्रको प्रतिभालाई पहिचान गरिसकेका थिए । र, नरेन्द्रलाई उनी वैराग्यपथमा तान्न चाहन्थे । फलस्वरुप नरेन्द्र जागरणको आयाममा आफ्नो र जगतको कल्याण गर्न सकून् । त्यसो त उनी नरेन्द्रप्रति आशक्त नभएर स्नेही थिए । उता नरेन्द्रमा पनि रामकृष्णको जादू यस्तरी चढिसकेको थियो कि उनी धेरै बेरसम्म रामकृष्णसँग रिसाएर बसिरहन सक्दैन थिए । न त उनी रामकृष्णप्रति अविश्वास नै गरिरहन सक्दथे।
नरेन्द्र बीएको पढाइकासाथ एटोर्नीको काम पनि सिक्न थाले । उता पिता विश्वनाथ नरेन्द्रको विवाह गराएर गृहस्थी जीवनमा प्रवेश गरेको हेर्न चाहन्थे । नरेन्द्र घरबाट अलग आफ्नी हजुरआमाको घरको एक शान्त कोठामा पढिबस्थे । साथै उनी त्यहाँ ध्यान र चिन्तन पनि गर्ने गर्दथे । हुन त नरेन्द्र एक सम्पन्न वकिलका सन्तान थिए । तर उनी सादा जीवन मन पराउँथे । बेलाबेला रामकृष्ण उनलाई भेट्न पुग्थे र अर्तिउपदेश दिने गर्दथे । नरेन्द्रका प्रति रामकृष्णको घनिष्ठता उनका पारिवारिक सदस्यहरुलाई खासै मन पर्दैन थियो।
एक दिन नरेन्द्रका एक मित्रले उनलाई भने, दर्शनशाष्त्रको चर्चा, साधुसंगत, धर्मालोचना अदि पागलपन छाडेर सांसारिक सुखसुविधाका लागि प्रयत्न गर्नु बुद्धिमानी हुन्छ।
जवाफमा नरेन्द्रले भने, सन्यास नै मानव जीवनको सर्वोच्च आदर्श हो भन्ने मलाई लागिरहेको छ । नित्य परिवर्तनशिल अनित्य संसारका पछाडि सुखलोलुप भएर यताउता दौड लगाउनुको सट्टा त्यस् अपरिवर्तनिय ‘सत्यम् शिवम् सुन्दरम्’लाई पाउनकालागि प्राणैबाट कोसिस गर्नु सय गुणा बढी श्रेष्ठ छ।
आगन्तुक मित्रले उत्तेजित भएर थपे, हेर नरेन्द्र, तिम्रो उत्तम बुद्धि र प्रतिभाले तिमी जीवनमा यथेष्ट उन्नति गर्न सक्षम थियौ । तर दक्षिणेश्वरका रामकृष्णले तिम्रो मति भ्रष्ट पारिदिएका छन् । यदि भलाई चाहन्छौ भने, त्यस् पागलको संगत छाडिदेऊ । नत्र तिमी अझै वर्वाद हुने छौ।
मित्रको अर्ति सुनेर नरेन्द्रले केवल एउटा कुटिल मुस्कान व्यक्त गरे । अनि उनी कुनै पनि प्रतिक्रिया ब्यक्त नगरी मौन नै रहे।
नरेन्द्रको बीएको परीक्षा समाप्त भएको थियो । एक रात उनी आफ्ना एक मित्रका घरमा निमन्त्रित थिए । यतिकैमा उनलाई आफ्ना पिताको हृदयाघातले मृत्यु भएको सन्देश प्राप्त भयो । उनी पागलसरी घरतर्फ कुदे । पिताका लाश वरिपरि आफन्तहरु भेला भएर आलापविलाप गरिरहेका थिए।
विषम परिस्थिती देखेर नरेन्द्रका साथीहरु उनलाई खाना खान निम्तो पठाउँथे । निमन्त्रणा स्विकार गरेर खाना खान जान नरेन्द्रलाई बडा तक्लिफ हुने गर्दथ्यो । उनको स्वाभिमानमा ठेस लाग्थ्यो । साथै उनलाई यो कुराले पनि निकै सताउँथ्यो कि घरका अन्य सदस्यलाई भोकै राखेर उनी कसरी निमन्त्रणा–भोजन स्विकार गर्न सक्थे ? कैयन पटक भोकको ज्वालाले उनी बेहोश पनि हुने गर्दथे ।
पिता विश्वनाथ प्रसिद्ध वकिल थिए । उनी त्यस जमानामा पनि प्रति महिना एक हजार रुपैयाँ कमाउने गर्दथे । तर उनी यति खर्चिला थिए कि एक रुपैयाँ पनि बचत गर्न सक्दैन थिए । उनको मृत्युपश्चात क्रमशः घर दरिद्र नै हुन पुग्यो । सम्पन्नतामा पालिएको परिवार रोजीरोटीका लागि तड्पिन थाल्यो । कैयन पटक नरेन्द्रले खानाको अभावमा उपवाश बस्नु पर्यो वा आधा पेट खाएर काम चलाउनु पर्यो । नियमित खानाको अभावमा उनी दुब्लाउँदै गइरहेका थिए । नरेन्द्रका दुइजना भाइ र एउटी बहिनी पनि थिइन् । आमा, बहिनी र भाइहरु पनि पोषक खानाको अभावमा दुब्ला भइसकेका थिए । यस्तैमा नरेन्द्र कानूनको परीक्षाको तयारीमा लागे र कामधन्दा पनि खोज्न थाले।
विषम परिस्थिती देखेर नरेन्द्रका साथीहरु उनलाई खाना खान निम्तो पठाउँथे । निमन्त्रणा स्विकार गरेर खाना खान जान नरेन्द्रलाई बडा तक्लिफ हुने गर्दथ्यो । उनको स्वाभिमानमा ठेस लाग्थ्यो । साथै उनलाई यो कुराले पनि निकै सताउँथ्यो कि घरका अन्य सदस्यलाई भोकै राखेर उनी कसरी निमन्त्रणा–भोजन स्विकार गर्न सक्थे ? कैयन पटक भोकको ज्वालाले उनी बेहोश पनि हुने गर्दथे।
नरेन्द्र नांगो टाउको र खालि खुट्टा दिनभर कलकत्तामा नोकरी खोज्थे र साँझ रित्तो हात घर फर्किनु पर्दा अत्यन्तै मर्माहत हुने गर्दथे । यस्तैमा उनलाई एक अर्को बज्रपात पर्यो । उनकै खानदानको एक नातेदारले उनलाई घरबाट गलहत्याउन अदालतमा एउटा मुद्दा दर्ता गरिदियो।
एक दिन नरेन्द्र बिहान सबेरै हे भगवान भनेर ओच्छ्यानबाट उठे । सुनेर उनकी आमाले झर्केर भनिन्, चूप लाग केटा, सानैदेखि तँ भगवान–भगवान मात्रै भन्छस् । तेरा तिनै भगवानले आज हाम्रो यो हालत बनाइदिए । खानका लागि घरमा एक गेडो अन्न छैन, खालि भगवान!
आमाका यी शब्द सुनेपछि नरेन्द्रको चित्त डगमगायो । उनलाई लाग्यो कि यदि भगवान छ भने पनि ऊ बडा निर्विकार र निष्ठुरी छ । उसलाई कसैप्रति कुनै चासो र दया नै छैन।
अनि उनी भोकलाई नै साधना बनाउन थाले । साधनामा उपवाशको महत्व बुझिसकेका भोका नरेन्द्रलाई आफ्नो पेटको भन्दा बढी चिन्ता त परिवारका सदस्यहरुको थियो।
उता मान्छेहरु चर्चा गर्न थाले, नरेन्द्रमा अब पहिले जस्तो धर्मास्था रहेन । उनी पतित भइसके।
नरेन्द्र विपत्तिका कारण दक्षिणेश्वर पनि जान सकिरहेका थिएनन् । रामकृष्ण भने उनलाई भेट्न व्याकूल रहन्थे । सन्देश पठाएर नरेन्द्रलाई आमन्त्रण गर्ने प्रयास पनि गर्दथे । तर अनेक कारणहरुले नरेन्द्र उनीकहाँ पुग्न सकिरहेका थिएनन् । रामकृष्णप्रति नरेन्द्रको आस्था भने मरेको थिएन।
नरेन्द्रका मनमा बारबार एउटा कुराले डसिरहन्थ्यो : केवल धन कमाउनु तथा परिवार पाल्नु मेरो जीवनको कर्तव्य होइन । उनको मनमा सन्यासको आगो दन्किरहेको थियो।
एक दिन जसोतसो नरेन्द्र दक्षिणेश्वर पुगे । रामकृष्णले उनलाई भने, कञ्चन–कामिनीलाई नत्यागेसम्म केही पनि हुनेवाला छैन।
रामकृष्णलाई डर थियो कि कतै विपत्तिवश नरेन्द्र सांसारिकतामा लिप्त नहोउन् । उनले नरेन्द्रलाई प्रसस्तै सान्त्वना पनि दिए।
विपत्तिका कारण तार्किक नरेन्द्रको चित्त डगमगाएको थियो । उनले रामकृष्णलाई बिन्ति बिसाए, गुरुदेव, मेरी आमा, बहिनी तथा भाइहरुलाई पेटभर भोजन प्राप्त होस् भनेर कालीमातासमक्ष प्रार्थना गरिदिनुहोस्!
सुनेर रामकृष्णले भने, अरे, म त कहिल्यै मातासँग केही पनि माग्दिनँ । तर पनि तिम्रै भलो होस् भनेर एक पटक अनुरोध गरेको थिएँ । तर तिमी त मातालाई मान्दैनौ । त्यसैले माताले तिम्रो कुरालाई खासै ध्यान दिइनन्।
गुरुको लीला पनि अद्भूत हुने गर्दछ । उनी जान्दथे कि नरेन्द्र मूर्तिपूजामा बिश्वास गर्दैनन् । तथापि उनले अगाडि भने, बरु तिमी नै गएर मातासँग केही माग्यौ भने उनले अवश्य दिनेछिन् । पारिवारिक जिम्मेवारीले थिचिएका नरेन्द्र मन्दिरमा तीनपटक गए । तर मातासँग सांसारिक सुखका लागि केही पनि माग्न सकेनन् । किनभने उनको मनमा त बाल्यकालदेखि नै सन्यासको बिरुवा झांगिरहेको थियो।
घरभित्र मुद्दामामिलाको झैझमेला आइलागेकोमा नरेन्द्रकी आमा भुवनेश्वरी असहाय जस्तै हुन पुगेकी थिइन् । अन्त्यतः विश्वनाथका मित्र ब्यारेस्टर उमेशचन्द्र वन्द्योपाध्यायले उनीहरुको घरायसीमुद्दा लडिदिने भए । नरेन्द्रले मुद्दा जिते । पछि प्रतिवादीले पुनरावेदन गरे पनि आखिरमा उक्त मुद्दा खारेज हुन पुग्यो ।
जसरी सुखका दिनहरु सदा रहँदैनन् त्यसरी नै दुःखका दिनहरुको पनि निश्चित आयु हुने गर्दछ । नरेन्द्र एटोर्नी कार्यालयमा काम गर्न थाले । पुस्तकहरु अनुवाद गरेर पनि उनी धन कमाउन थाले र घरमा राशनआदि किन्न सक्षम हुन थाले । साथै उनले ईश्वरचन्द्र विद्यासागरको विद्यालयमा अध्यापन गर्ने अवसर पनि पाए । बाल्यकालदेखि नै वैराग्यका प्रति लगाव भएका कारण उनको मनस्थिति ढलपल–ढलपल भइरहन्थ्यो।
केही समयपछि एक दिन हतास भएर संसार त्याग्ने निर्णय लिएर नरेन्द्र गुरु रामकृष्णलाई भेट्न गए । उनको इच्छा सुनेर गुरुका आखाँमा आँशु टप्किए । नरेन्द्रका आँखा पनि रसाए । करुणामय आवाजमा गुरुले भने, कामिनी र कञ्चन नत्यागेसम्म केही पनि हुँदैन । तिम्रो जीवन खास प्रयोजनका लागि प्राप्त भएको हो । अतः तिमी आफ्नो काम पूरा नगरी यस संसारबाट बिदा हुन सक्दैनौ।
विवेकानन्द युवा सन्यासीहरुका बीचमा खूब वैराग्यचर्चा गर्ने गर्दथे । एक पटक उनी गौतम बुद्धको गृहत्याग र वैराग्यको चर्चा गरिरहेका थिए । बुद्धका तत्संबन्धी किस्साहरुले उनी निकै भावविभोर हुन पुगे । समय नगुमाइ एक रात त्यहाँका दुइ सन्यासीहरु शिवानन्द(तारक) तथा अभेदानन्द(काली)लाई साथमा लिएर उनी बौद्धगया चल्दिए । यो सन् १८८६ को अप्रिल महिनाको कुरा थियो । केही दिन बौद्धगया घुमेर उनीहरु पुनः काशिपुर फर्किए ।
गुरुको उक्त वचनले नरेन्द्रको हृदयमा आनंद र आशाको ज्योति प्रकाशित हुन पुग्यो । अब रामकृष्ण उनका दृष्टिमा गुरु, पिता र सर्वस्व भइसकेका थिए।
भनिन्छ, त्यसै दिनदेखि नरेन्द्रका जीवनमा एक नवीन अध्यायको आरंभ भएको थियो।
सन् १८८१ को अन्त्य र १८८२ को आरंभको समय नरेन्द्रको जीवनको सबैभन्दा ठूलो मोड थियो । यसै दौरान दक्षिणेश्वरमा गुरु रामकृष्णसँगका उनका अन्तरङ्ग भेटवार्ताहरुले उनीभित्रको दृढ सन्यासी जुर्मुरायो । नरेन्द्रनाथ यहीँबाट स्वामी विवेकानन्दमा रुपान्तरित भए।
सन् १८८३–८४ ताका रामकृष्ण कलकत्ताका मानिसहरुबीच प्रसिद्ध भइसकेका थिए । उनको दर्शनार्थ भीड पनि बढिरहेको थियो । तर सन् १८८५ को मध्यमा उनलाई घाँटीको क्यान्सरले क्रमशः आक्रान्त तुल्याउन थाल्यो । उनका भक्तहरु चिन्तित हुन पुगे । उनलाई उपचारार्थ शहरमा ल्याइयो । शहरको उत्तरी भागको काशिपुरमा एउटा बगैँचायुक्त घर भाडामा लिएर उनलाई राखियो । राखाल, बाबुराम, शरद, शशी, काली, तारक, लाटू आदि भक्तगणहरु उनको सेवामा जुटे । साथै बलराम, रामचन्द्र, गिरीश, ईशान आदि गृहस्थहरु पनि आआफ्नो गच्छे अनुसार उनको सेवा–सहयोगमा जुटे।
नरेन्द्रनाथले रामकृष्णको सेवाका लागि अध्यापन कार्य छाडिदिए । अनि घर पनि छाडेर काशिपुर आएर रामकृष्णका सान्निध्यमा रहन थाले । तर रामकृष्णले नरेन्द्रबाट कुनै शारिरीक सेवा लिन इन्कार गरे।
रामकृष्णको सेवा गर्न पुगेका अनेक भक्तहरु आपसमा सत्संग, कीर्तन, धार्मिक तथा वैराग्यवद्र्धक वार्तालाप पनि गर्ने गर्दथे । फलस्वरुप, काशिपुरको उक्त बगैँचा सन्यासीहरुको पवित्र मठसरह हुन पुगेको थियो।
एक दिन रामकृष्णले त्यहाँ सेवामा सामेल नरेन्द्रसहित सबै भक्तहरुलाई सन्यासीभेष प्रदान गरे । त्यहाँ संभ्रान्त घरका युवकहरु पनि थिए जो सन्यासी भेष धारण गरेर भिक्षाटनमा जान थाले । साँझ उनीहरुले भिक्षा ल्याएको देखेर रामकृष्ण औधि प्रसन्न हुन्थे।
यसै दौरान लार्भाबाट भर्खरै प्यूपामा रुपान्तर भएका स्वामी विवेकानन्दको खास् आध्यात्मिक यात्रा शुरु भएको थियो । २५ वर्षिय नवसन्यासी आफ्ना विलक्षण शिष्यलाई गुरु रामकृष्णले आफ्नो जीवनका अन्तिम दिनहरुमा ज्ञानको पाठ दिँदै सिकाए, मनुष्यको सेवा नै ईश्वरको सबैभन्दा ठूलो पूजा हो । रामकृष्णले विवेकानन्दलाई आफ्नो मठ र मठवासीहरुको ध्यान राख्न अह्राए । साथै उनले भने, म विवेकानन्दलाई एउटा गुरुका रुपमा देख्न चाहन्छु।
विवेकानन्द युवा सन्यासीहरुका बीचमा खूब वैराग्यचर्चा गर्ने गर्दथे। एक पटक उनी गौतम बुद्धको गृहत्याग र वैराग्यको चर्चा गरिरहेका थिए। बुद्धका तत्संबन्धी किस्साहरुले उनी निकै भावविभोर हुन पुगे । समय नगुमाइ एक रात त्यहाँका दुइ सन्यासीहरु शिवानन्द(तारक) तथा अभेदानन्द(काली)लाई साथमा लिएर उनी बौद्धगया चल्दिए । यो सन् १८८६ को अप्रिल महिनाको कुरा थियो । केही दिन बौद्धगया घुमेर उनीहरु पुनः काशिपुर फर्किए।
यता रामकृष्णको घाँटीको रोग भयंकर हुँदै गइरहेको थियो । उनी पानीमा पकाएको बार्ली पनि निल्न सक्दैन थिए । सन् १८८६, १५ अगस्तको आइतवारका दिन उनको शरिर अत्याधिक काम्न थाल्यो । उनले कालीको तीन पटक नाम उच्चारण गरेपछि शरिर छाडे । शरिर छाड्नु भन्दा केहीबेर पहिले उनले नरेन्द्रलाई भनेका थिए, जो राम हो वा जो कृष्ण हो, त्यही अब एकै आधारमा रामकृष्ण हो।
भनिन्छ, वस्तुतः त्यो भनाइ उनको भावातिरेक थियो।