व्यावहारिक प्रत्यक्ष अनलाइन कक्षा सम्बन्धी मन्थन

कोरोना महामारी पश्चातको परिस्थितिमा प्रत्यक्ष अनलाइन कक्षा संचालन आफैंमा महत्वपूर्ण र तातो बहसको विषय भएर आएको छ । शिक्षाविद् देखि विद्यार्थीसम्म र सरकारदेखि सर्वसाधारणसम्म सबैको चासो यसमा केन्द्रित भइरहेको छ– एकातर्फ धेरै उत्साहको स्वर प्रतिध्वनित भइरहेका छ भने अर्कातर्फ चर्को विरोधका आवाज पनि आउन थालेका छन् । कार्यान्वयनको स्थिति तर्फ हेर्दा सहर केन्द्रित केही निजी शैक्षिक संस्थाले त्यस्ता कक्षा संचालन मात्र गरिरहेका छैनन्, सो अभ्यासमा आफू प्रथम रहेको देखिन भरमग्दुर प्रयास पनि गरिरहेका छन् (हे. विभिन्न समाचार माध्यममा छाएका फलानो विद्यालयमा अनलाइन कक्षा संचालन शिर्षकहरु) ।

परिस्थिति श्रृजित वास्तविकता के हो भने अबको केही समयसम्म कक्षाकोठामा आमनेसामने भएर गरिने प्रत्यक्ष पठनपाठन कार्य गर्न असम्भव छ । अहिले हामीले भौतिक दुरी कायम गर्नै पर्नेछ । यसको अर्थ कोभिड–१९ को महामारी अगाडि सर्वत्र प्रयोग भइरहेको शैक्षणिक अभ्यासको पुनरावृति असम्भव प्रायः देखिन्छ । त्यसैले वैकल्पिक उपायहरु जस्तै दूर शिक्षा, अनलाइन शिक्षा आदिको प्रयोग केही समयका लागि निर्विकल्प र महामारी पश्चात पनि धेरै मात्रामा प्रयुक्त हुने देखिएको छ । यो विकल्प जतिसक्दो चाँडो शुरु गर्नुपर्ने आवश्यकता पनि छ ।

केहीले त कक्षा संचालनार्थ निर्देशिका जारी गरिसकेका छन् (हे. त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को विद्युतीय माध्यमबाट गरिने कक्षा संचालन सम्बन्धी निर्देशिका २०७७) । अर्कोतर्फ केही स्थानीय सरकारले अनलाइन कक्षा संचालन सहज परिस्थिति नबनेसम रोक्ने सूचना (हे. पोखरा लेखनाथ महानगरपालिकाले जारी गरेको अनुमति विना अनलाइन कक्षाहरु संचालन नगर्नु नगराउनु) समेत जारी गरिसकेका छन् ।

परिस्थिति श्रृजित वास्तविकता के हो भने अबको केही समयसम्म कक्षाकोठामा आमनेसामने भएर गरिने प्रत्यक्ष पठनपाठन कार्य गर्न असम्भव छ । अहिले हामीले भौतिक दुरी कायम गर्नै पर्नेछ । यसको अर्थ कोभिड–१९ को महामारी अगाडि सर्वत्र प्रयोग भइरहेको शैक्षणिक अभ्यासको पुनरावृति असम्भव प्रायः देखिन्छ । त्यसैले वैकल्पिक उपायहरु जस्तै दूर शिक्षा, अनलाइन शिक्षा आदिको प्रयोग केही समयका लागि निर्विकल्प र महामारी पश्चात पनि धेरै मात्रामा प्रयुक्त हुने देखिएको छ । यो विकल्प जतिसक्दो चाँडो शुरु गर्नुपर्ने आवश्यकता पनि छ ।

यस्तो परिवेशमा पछिल्लो समयमा अत्याधिक प्रयोग भइरहेको प्रत्यक्ष अनलाइन कक्षा (लामो समयदेखि प्रयुक्त दूर कक्षाका बारेमा हैन) सञ्चालन सम्बन्धी धारणा निर्माण गर्दा वा कार्यान्वयन गर्दा झिनामसिना देखि गहन वास्तविकता सबैलाई नजरअन्दाज गर्नु पक्कै बुद्धिमानी हुँदैन ।

शुरुमा म आफ्नै उदाहरणबाट ती सानातिना वास्तविकता उजागर गर्न चाहन्छु । मेरो सगोलमा बस्ने परिवारको संख्या दश छ, केही सदस्य एक स्थानमा र अरु केही अर्को स्थानमा बस्दै आएका छौं । बुवा सेवानिवृत हुनुहुन्छ, आमा गृहिणी हो, म पढाउँछु, श्रीमती घरगृहस्थी व्यवस्थापनमै पूर्णकालीन छन्, मेरो भाइ र बुहारी पनि मेरो जस्तै पेशामा छन् । हामी दाजुभाइका चारजना बच्चाबच्ची छन् जो विद्यालय तहमा पढ्दैछन् । विद्युतीय यन्त्र उपलब्धताका हिसाबले हेर्दा हाम्रो साथमा एउटा ल्यापटप, एउटा डेस्कटप, तीनवटा स्र्माट सञ्चारयन्त्र र तीनवटा सामान्य फोन छन् । अब, यो वास्तविकतालाई अंकगणितीय दृष्टिकोणले प्रत्यक्ष अनलाइन कक्षा संचालनको कसिबाट हेरौं ।

सामान्य फोनको उपादेयता ध्वनी मार्फत सूचनाको आदानप्रदान गर्ने बाहेक कुरामा हुने भएन । बाँकी रहे पाँचवटा उपयोग गर्न मिल्ने यन्त्र, सो पनि कुन यन्त्र कसको स्वामित्वको हो भन्ने विषयलाई गौण मान्दा । मेरो परिवारमा सातजनालाई उपकरण अत्यावश्यक छ तर उपलब्ध संख्या रह्यो पाँच । बजार नखुलेको अवस्थामा पैसा साथमा भए पनि बाँकी दुई जनालाई प्रत्यक्ष अनलाइन शिक्षामा कसरी संलग्न गराउन सक्ने ? कोही त बञ्चित हुनै प¥यो । अब कसले अनलाइन कक्षा लिने, कसले छुटाउने ? प्रजातान्त्रिक र न्यायपूर्ण समाधान निकाल्ने हो भने कि आलोपालो कक्षा छोड्नुप¥यो, नत्र जो सबैभन्दा निरिह छ उसैले ।

यस्तो स्थितिको परिणाम के होला ? कक्षा सुरु हुनु पूर्व न मैले मेरा विद्यार्थीलाई, न मेरा छोराछोरीको विद्यालयले मलाई विद्युतीय यन्त्रको उपलव्धता बारेमा प्रश्न सोध्ने आवश्यकता ठाने । तीन तीन जना शिक्षक भएको घरमा त यस्तो फसादको स्थिति छ अरु परिवारमा कस्तो होला ?

घरमै शिक्षक र विद्यार्थी अर्थात प्रत्यक्ष अनलाइन कक्षाका दुईवटा पाटा भएकाले कक्षा सञ्चालनका लागि अन्य अत्यावश्यक आवश्यकतालाई शिक्षक, विद्यार्थी र अभिभावकका दृष्टिकोणले हेर्न पाएको छु मैले । यसैका आधारमा अर्को विषय पठनपाठनका लागि आवश्यक स्थान, सम्बन्धी अनुभव बताउँछु । म विश्वविद्यालयले उपलव्ध गराएको चारकोठाको फ्ल्याटमा बसेको छु, जुन एउटा सानो परिवारका लागि पर्याप्त हो । तर, थाहा छैन म जत्तिकै भाग्यमानी मेरै विश्वविद्यालयमा अरु कति छन् । कक्षा संचालनको सुरुवात पछि कोठाहरुको पुनः बाडफाँड भएको छ– मलाई एउटा कोठा, छोरा र छोरीलाई एकएक वटा अनि श्रीमतीलाई एउटा । भान्साकोठा सहित चारकोठा भएको घरमा एकजनाले सोही कोठालाई अध्ययन कक्ष नबनाई सुख हुने नै भएन ।

माथि उल्लेख गरिएका दुई वास्तविकता देख्दा गनथने लाग्ने तर सम्बन्धित व्यक्तिका लागि पेचिला कुरा भए । यी बाहेक अनेकौं गहन पक्ष शिक्षाको अभ्यासदेखि गुणस्तर मापनसम्म तालुक राख्ने हुन्छन् । औपचारिक शिक्षा अभ्यासको सम्बन्ध समष्टिमा देशको नियम कानुनसंग हुन्छ । जसलाई सामाजिक र राजनीतिक वास्तविकताले निर्देशित गरेको हुन्छ । सोही समष्टिले शैक्षणिक अभ्यासका सम्पूर्ण सूक्ष्म पक्षहरु जस्तै शिक्षक–विद्यार्थीका क्रियाकलापहरु, पाठ्यसामग्री निर्धारण, शैक्षिक सामग्री र माध्यमको छनौट र मूल्याङ्कन प्रक्रिया आदिलाई परिभाषित गर्दछ ।

निश्कर्षमा, हाम्रा शैक्षणिक गतिविधि एउटा सहज परिस्थितिबाट विना तयारी अर्को अवस्थामा गइरहेको छ । यस्तो अवस्थामा अप्ठ्यारो स्थितिनै आविष्कारको जननी हो भन्ने तर्क पेश गर्दै उच्चतम प्रविधिको वकालत नगरीकन, विगत लामो समयदेखि प्रयोगमा आइरहेका दूर शिक्षाका अभ्यासहरुमा जोड दिँदै, हाल शुरुवात गरिएका प्रत्यक्ष अनलाइन कक्षालाई परिक्षणकालीन मानेर, आउँदा दिनमा त्यस्ता कक्षा संचालनार्थ अत्यावश्यक नीतिनियम, उपकरण, सिप, स्थान आदि जस्ता कुराको उचित व्यवस्थापन गरेर प्रत्यक्ष कक्षाका अभ्यासमा ल्याउने हो भने मात्र अहिले गरिरहेका प्रयासहरु सार्थक होलान । नत्र भने धेरै जसो क्रियाकलापहरु केही व्यक्ति या संस्थाका आफू सर्वोतम देखिने कुण्ठाभावको विज्ञापनीय अभिव्यक्ति या शैक्षिक संस्थाहरुले विद्यार्थीबाट जसरी पनि महामारी अवधिको शैक्षिक शुल्क असुल्ने रणनीति बाहेक केही नहुन सक्छ ।

नेपालको सन्दर्भमा खुल्ला विश्वविद्यालय र काठमाडौं विश्वविद्याल स्कूल अफ एजुकेसनको केही कार्यक्रमलाई अनलाइन माध्यमबाट गर्न सकिने गरी सम्बन्धित निकायहरुले स्वीकृति प्रदान गरेका छन् । यिनीहरुका अलावा अन्य केही संस्थाहरुले अनलाइन कक्षा संचालन सम्बन्धी स्वीकृति लिएको हुन सक्लान् तर सबैले पक्कै लिएको छैन । अनलाइन कक्षा संचालन गर्न अनुमति पाएका बाहेकका शैक्षिक संस्थाका पाठ्यक्रम, तिनका उद्धेश्य र सोही अनुसार गर्नुपर्ने शैक्षणिक अभ्यासहरु महामारी अगावै तयार गरिएका थिए । जुन प्रत्यक्ष कक्षाको वास्तविकतालाई आधार मानेर बनाइएका थिए । यस्तो अवस्थामा ती सबै कुराहरुमा आवश्यक परिमार्जन नगरी तालुकदार निकायबाट स्वीकृति समेत नलिइ संचालन भएका अभ्यासको वैद्यता माथि प्रश्न उठ्दा उत्तर के दिने ? सडकमा गएर नारा लगाएरै समाधानको उपाय निकाल्ने सोच त पक्कै होइन होला ?

अन्य अवस्थाहरु जस्तै ठूलै संख्यामा शिक्षकहरु प्रविधिको प्रयोगमा दक्ष नभएको परिवेश, अर्धदक्षलाई तालिम उपलव्ध गराएर क्षमता अभिवृद्धि गर्नुपर्ने स्थिति, अत्यावश्यक पूर्वाधारको व्यवस्थापन नभएको अवस्था हाम्रा वास्तविकता हुन । यी सबैको वास्ता नगरीकन हामीले प्रत्यक्ष अनलाइन कक्षा जारी राख्नु कति उचित कति अनुचित ?

निश्कर्षमा, हाम्रा शैक्षणिक गतिविधि एउटा सहज परिस्थितिबाट विना तयारी अर्को अवस्थामा गइरहेको छ । यस्तो अवस्थामा अप्ठ्यारो स्थितिनै आविष्कारको जननी हो भन्ने तर्क पेश गर्दै उच्चतम प्रविधिको वकालत नगरीकन, विगत लामो समयदेखि प्रयोगमा आइरहेका दूर शिक्षाका अभ्यासहरुमा जोड दिँदै, हाल शुरुवात गरिएका प्रत्यक्ष अनलाइन कक्षालाई परिक्षणकालीन मानेर, आउँदा दिनमा त्यस्ता कक्षा संचालनार्थ अत्यावश्यक नीतिनियम, उपकरण, सिप, स्थान आदि जस्ता कुराको उचित व्यवस्थापन गरेर प्रत्यक्ष कक्षाका अभ्यासमा ल्याउने हो भने मात्र अहिले गरिरहेका प्रयासहरु सार्थक होलान । नत्र भने धेरै जसो क्रियाकलापहरु केही व्यक्ति या संस्थाका आफू सर्वोतम देखिने कुण्ठाभावको विज्ञापनीय अभिव्यक्ति या शैक्षिक संस्थाहरुले विद्यार्थीबाट जसरी पनि महामारी अवधिको शैक्षिक शुल्क असुल्ने रणनीति बाहेक केही नहुन सक्छ ।

Facebook Comments
Khagendra
Comments (0)
Add Comment