निशब्द अल बिदा बिस्नु राई म्याम !

श्रद्धाञ्जलि अर्पण

ज एकाविहानै नेपाली नर्सिङ क्षेत्रलाई स्तब्ध बनाउने एउटा अशुभ समाचार जारी भयो – प्राध्यापक बिस्नु राई अब रहनु भएन । यो अशुभ खबरले मेरा हात कामे, छाति गह्रौं भयो, हृदय चिसो भयो । मन उदास बन्यो र अनुहारको रङ फुङग उडेजस्तो लाग्यो । जबरजस्ती लुकाउन खोजेका आँशु पत्तै नपाई मेरा आखाँबाट झरे । शायद यी आँशु उहाँको आत्मको शान्तिका लागि मेरो मनका प्रार्थना थिए । दोहो¥याएर हार्दिक कामना गरेँ– बिस्नु म्याम, तपाईको आत्माले चिर शान्ति पाओस् ।

दिमागमा अचानक झड्का लाग्यो । स्मृतिका पानाहरु फरफरी पल्टिन थाले । आजभन्दा तीस वर्षअघि बिस्नु राईलाई पहिलो पटक ललितपुर नर्सिङ क्याम्पसमा मैले देखेको अनुहार झलझली याद आयो । चटक्क मिलाएर लगाएको हल्का रङको साडी, टिमिक्क जुरो बाँधेको कपाल, दाहिने हातमा एउटा चुरा र देव्रे हातको साइली औंलामा औंठी, नङमा सेतो टल्किने पालिस । विवाहित भएपनि टिका, सिन्दुर, पोते विहिन आकृति । चिम्रा आँखा, थेप्चो नाक, झरिलो मङ्गोल अनुहार, होचो तर मोटो जिउडाल । हिडाइमा स्फूर्ति र बोलाइमा रवाफ । विशेषण थियो– ललितपुर नर्सिङ क्याम्पस, क्याम्पस प्रमुख बिस्नु राई ।

शरीर शिथिल भयो । मैले पढाउने कलेज काठमाडौं मोडल अस्पताल, स्कुल अफ नर्सिङकी क्याम्पस प्रमुख सानु तुलाधरले श्रद्धाञ्जली दिन आउन भन्नुभयो । श्रद्धेय अग्रजहरु प्रमिला देवान म्याम, दिदी लक्ष्मी केसीहरुबाट फोनमा सन्देश पाइसकेकी थिएँ । बिस्नु राईले अन्तिम श्वास लिएर सदाका लागि विश्राम लिनु भएको वीर अस्पतालमा श्रद्धाञ्जली दिन भेला हुने कुरो थियो । मेरो मन अत्तालियो, शरीर धर्मरायो, आँटले आत्मा समर्पण ग¥यो । म जान सकिन ।

दिमागमा अचानक झड्का लाग्यो । स्मृतिका पानाहरु फरफरी पल्टिन थाले । आजभन्दा तीस वर्षअघि बिस्नु राईलाई पहिलो पटक ललितपुर नर्सिङ क्याम्पसमा मैले देखेको अनुहार झलझली याद आयो । चटक्क मिलाएर लगाएको हल्का रङको साडी, टिमिक्क जुरो बाँधेको कपाल, दाहिने हातमा एउटा चुरा र देव्रे हातको साइली औंलामा औंठी, नङमा सेतो टल्किने पालिस । विवाहित भएपनि टिका, सिन्दुर, पोते विहिन आकृति । चिम्रा आँखा, थेप्चो नाक, झरिलो मङ्गोल अनुहार, होचो तर मोटो जिउडाल । हिडाइमा स्फूर्ति र बोलाइमा रवाफ । विशेषण थियो– ललितपुर नर्सिङ क्याम्पस, क्याम्पस प्रमुख बिस्नु राई ।

त्यसबेला देशभरिमा जम्माजम्मी सातवटा नर्सिङ कलेज थिए । सबैतिर गरेर हरेक वर्ष अढाइ–तीनसय विद्यार्थीले मात्र नर्सिङ पढ्न मौका पाउँथे । नेपालकै नर्सिङ शिक्षाका लागि यो क्याम्पस पहिलो रोजाइको थियो । यहाँ धेरैले चाहेर पनि पढ्ने अवसर पाउँदैनथ्ये । २०४६ सालमा एसएलसी परिक्षा उर्तिण भएपछि म आफ्नो इच्छाले चाहिँ कमर्श पढ्न शंकरदेव कमर्श क्याम्पस भर्ना भइसकेकी थिए । तर परिवारको चाहनामा मैले ललितपुर नर्सिङ क्याम्पसमा फारम भरेँ । मेरो चाहना नभएकाले पढ्न पाउने नपाउने भन्ने बारेमा मलाई त्यति चिन्ता थिएन । तर मेरो नाम पढ्न पाउने सूचिमा निस्कियो । खासै खुसी पनि लागेन तर पढ्ने चाहिँ निधो गरेँ ।

भर्ना भएपछि २०४७ साल फागुन महिना हुनुपर्छ क्याम्पसका नव आगन्तुक विद्यार्थीलाई ‘ओरिएन्टेसन’ कार्यक्रम थियो । हामी विद्यार्थीहरु हलमा प्रवेश गर्दा गुरुआमाहरु पहिल्यै ड्यासमा गएर बसिसक्नु भएको रहेछ । हल शान्त थियो । कार्यक्रम शुरु भयो । कार्यक्रमको अन्तिममा बिस्नु राईले सबैलाई सम्बोधन गरेपछि पहिलो बाक्यमै भन्नुभयो– सधैं सोचेर बोल्नु पर्छ, जीवनमा आँतिनु हुँदैन।

स्वर्गीय बिस्नु राई

क्याम्पसका अग्रज विद्यार्थीहरुले क्याम्पस अनुशासनका बारेमा हामीलाई थोरबहुत बताइसकेका थिए । बिस्नु राईका शव्दकोशमा ‘बहाना’ भन्ने शव्दनै थिएन । सबै कुरा तालिका अनुसार हुनुपर्ने, सधैं तयारीमा रहनु पर्ने, लाइव्रेरीमा जानै पर्ने, वातावरण शान्त हुनुपर्ने यतिसम्म कि हिड्दा आवाजसम्म पनि आउनु नहुने, बसेर उठ्दा कुर्सी मिलाउनु पर्ने, टिका, टप र चुरा लगाउन नपाइने, कपाल चिटिक्क कोरेको हुनुपर्ने यस्तै यस्तै अनुशासन बारेका निकै लामो सूचि थियो । केटी–केटीहरु पढ्ने क्याम्पस स्वभावको ठीक विपरित अचम्म लाग्दो गरी सुनसान हुन्थ्यो।

खरो प्रशासक, दक्ष क्याम्पस प्रमुख, उत्कृष्ट गुरुआमा, अत्यन्त समयनिष्ट, दृढ निश्चियी र अनुशासित व्यक्तित्व बिस्नु राईका प्रमुख गुणहरु थिए । ललितपुर नर्सिङ क्याम्पसकी पहिलो क्याम्पस प्रमुख भएकाले यस क्याम्पसका विशेषताहरु पनि उहाँले आफ्नो स्वभाव अनुसारै विकास गर्नुभएको थियो।

हामी विद्यार्थीको उरन्ठेउलो नजरमा चाहिँ उहाँ कडा, जण्ड र रुखो हुनुहुन्थो । क्याम्पसको वातावरण असहज लाग्थ्यो । कुनै पनि कमजोरीमा छुट थिएन । नर्सिङ शिक्षाप्रतिको गम्भिरताले उहाँलाई कठोर बनाएको थियो । तर उहाँ विद्यार्थीको भविश्यप्रति चाहिँ उत्तिकै दयालु पनि हुनुहुन्थ्यो । अथवा भनौं, हामी विद्यार्थीका वेपरवाह स्वभाव र व्यवहारविरुद्ध उहाँ जति खरो हुनुहुन्थ्यो, परिक्षामा माक्र्स दिदाँ त्यति नै शुभचिन्तक पनि । हाम्रा चरित्रहरुलाई वशमा राख्न उहाँले हाम्रो परिक्षाको नतिजामा कहिल्यै बदला साँध्नु भएन । शिक्षा र गुरुआमामा हुनु पर्ने मर्यादा उहाँमा सम्पूर्ण थिए।

बिस्तारै उहाँलाई चिन्दै गइयो । पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा जन्मिएर दार्जिलिङमा माध्यमिक शिक्षा अध्ययन गर्नुभएकी बिस्नु राई धर्मका हिसावले ईसाई हुनुहुँदो रहेछ । त्यसैले उहाँले विवाहित भएर पनि सिँदुर पोते र टिका नलगाउनु भएको रहेछ । त्यतिबेला त थाहा थिएन, तर समयक्रमले जीवनलाई खार्दै लगेपछि मलाई महशुस भयो, उहाँले हामीलाई नर्सिङ सीप र ज्ञानसंगसंगै पेशाप्रतिको निष्ठा, सजगता र मर्यादा पनि सिकाउनु भएको रहेछ । हाम्रो दिमागलाई मात्र होइन, हृदयलाई पनि सामाजिक हुन प्रशिक्षित गर्नुभएको रहेछ।

उहाँले त्यसबेलाको शान्ता भवन र हालको पाटन अस्पतालमा स्टार्फ नर्स भएर जागिर शुरु गर्नु भयो । इसाई मिसनरीको नेतृत्वमा पहिला सुरेन्द्र भवन नर्सिङ क्याम्पस थियो । नेपाल सरकारले नर्सिङ शिक्षामा पनि नयाँ पाठ्यक्रम लागु गर्ने भएपछि मिसनरीहरुले क्याम्पस छोडे । अनि उहाँले नेतृत्व गरेर ललितपुर नर्सिङ क्याम्पसका नामबाट निरन्तरता दिनुभयो । त्यसपछि जीवनभर नर्सिङ शिक्षामा आफूलाई समर्पण गर्नुभयो । अनगिन्ती नर्सहरुलाई शिक्षा दिनु भयो, नेपाल नर्सिङ संघको १३ औं अध्यक्ष बनेर सम्पूर्ण नेपाली नर्सहरुलाई नेतृत्व प्रदान गर्नुभयो । नर्सिङ पेशा एक आदर्श पेशा हो भन्ने कुरा आफ्नो व्यवहारबाटै पुष्टि गर्न उहाँ सर्वदा दत्तचित्त रहनुभयो।

ललितपुर नर्सिङ क्याम्पसबाट अवकाश लिएपछि उहाँले हिमाल नर्सिङ कलेज स्थापना गर्नुभयो र त्यसको नेतृत्व सम्हाल्नुभयो । काठमाडौं विश्वविद्यालय, स्कूल अफ नर्सिङको स्थापना कालमा पनि उहाँले केही अवधि महत्वपूर्ण योगदान दिनुभयो । केही वर्षदेखि उहाँ हिमाल नर्सिङ कलेज र नेपाल नर्सिङ संघको निरन्तर सल्लाहकार भएर आफ्नो सेवा प्रदान गरिरहनु भएको थियो । अरुहरु धेरैले नर्सिङ क्षेत्रमा पेशागत जिम्मेवारी सम्हाले तर उहाँले आफ्नो झण्डै छ दशक लामो नर्सिङ सेवा अवधिमा नर्सिङलाई जीवन तपस्या बनाउनु भयो । त्यसैले उहाँले आफ्ना समकालीनहरुबाट समेत पर्याप्त आदर र सम्मान पाउनु भयो।

बिस्नु म्याम ! तपाईं गएपनि तपाईले छोड्नु भएको अमिट छाप हामीमा रहिरहनेछ । सम्पूर्ण नेपाली नर्सिङ क्षेत्र तपाईप्रति आभारी रहनेछ । तपाईं भौतिक रुपमा हामीबाट टाढा भएपनि स्वरुप बदलेर सम्पूर्ण नर्सहरुको आत्ममा मिल्न आउनु भएको छ । बिस्नु म्याम, हाम्रो हृदयमा तपाईलाई सधैं स्वागत छ । यो असाधारण बिदाइको भावुक क्षणमा म एउटै बाचा गर्छु– तपाईको पदचाप सधैं पछ्याइ रहनेछु । तपाईको अनन्त यात्रा सफल रहोस्, अल बिदा बिस्नु म्याम !

लोकसेवा पास गरी २८ वर्ष अघि कान्तिबाल अस्पतालमा स्टाफ नर्स भएर काम शुरु गर्दा क्याम्पसको सीप, ज्ञान र अनुशासनले मलाई योग्य बनाएको महशुस भयो । सोह्र वर्षअघि जब म नर्सिङ कलेजमा पढाउन थालेँ, त्यसपछि मैले बिस्नु म्यामलाई अझ राम्ररी चिन्दै गएँ । उहाँले क्याम्पसमा लागु गरेका दिनचर्या र अनुशासनहरु विद्यार्थीका लागि सजायँ होइन, जीवन पद्दतिको निर्माणका लागि पढाइएका पाठहरु रहेछन् भन्ने ज्ञान भयो । बिस्नु राईको विद्यार्थी हुँ भन्ने कुराले ममा गर्व थप्यो । प्रतिष्ठाका हिसावले पनि उहाँको विद्यार्थी हुँ भन्ने भावनाले शक्ति दिन्थ्यो, एउटा नर्समा चाहिने सबै गुणहरुले सुसजित गराउनु भएकाले पेशागत प्रतिस्पर्धामा मनोवल थप्थ्यो र सहज बनाउँनथ्यो।

छ महिना अगाडि म समेत कार्यरत काठमाडौं मोडल अस्पताल, स्कूल अफ नर्सिङको एउटा कार्यक्रममा उहाँलाई प्रमुख अतिथि बनाइएको थियो । त्यसवेला पछिल्लो पटक भेट्ने मौका पाएकी थिएँ । उहाँ ७७ वर्ष पुगिसक्नु भएको थियो तर पनि स्वभाव, हिडाई र चालढालमा कुनै परिवर्तन थिएन । अनुहारमा पेशाप्रतिको सन्तुष्टि, गर्व र प्रतिवद्धता स्पष्ट झल्कन्थ्यो।

केही समय अघिदेखि उहाँलाई मृर्गौलाको समस्याले दुःख दिन थालेको थियो । नर्सिङ निष्ठा, मयार्दा, समर्पण र त्यागको त्यो जिउँदो उदाहरण आजदेखि हाम्रो सम्झनामा बदलिनु भएको छ । यस अनिच्छित दुखद क्षणमा मेरा भावनाहरु आशान्त र मलिन छन्, उहाँको बिदाइमा भन्नलाई शब्दहरु नै पाइरहेकी छैन । दिमाग एकाएक रित्तो भएको छ।

बिस्नु म्याम ! तपाईं गएपनि तपाईले छोड्नु भएको अमिट छाप हामीमा रहिरहनेछ । सम्पूर्ण नेपाली नर्सिङ क्षेत्र तपाईप्रति आभारी रहनेछ । तपाईं भौतिक रुपमा हामीबाट टाढा भएपनि स्वरुप बदलेर सम्पूर्ण नर्सहरुको आत्ममा मिल्न आउनु भएको छ । बिस्नु म्याम, हाम्रो हृदयमा तपाईलाई सधैं स्वागत छ । यो असाधारण बिदाइको भावुक क्षणमा म एउटै बाचा गर्छु– तपाईको पदचाप सधैं पछ्याइ रहनेछु । तपाईको अनन्त यात्रा सफल रहोस्, अल बिदा बिस्नु म्याम!

Facebook Comments
Rama
Comments (0)
Add Comment