नेपाल नर्सिङ सङ्घको नयाँ कार्यकारीणी समितिको गठन र यसपछि यसले आफ्नो कार्य योजना विकास गर्दै उप समिती गठन गरी रहेको अवस्थामा विश्वव्यापी कोरोनाको महामारीको नयाँ समस्याले विश्वलाई नै आतङ्कित बनाइ रहेको छ । यो कार्यसमिती सबै संरचनाहरुलाई कसरी पूर्ण रूप दिने, अथवा भनौं प्रादेशिक नर्सिङ सङ्घको निर्वाचन कसरी गराउने, अंतरराष्ट्रिय नर्सिङ दिवसको दिन अङ्ग्रेजी महिना मे १२ तारिखका दिन हुँने गरेको साधारण सभा कसरी सम्पन्न गर्ने ? यसपटकको साधारण सभामा भावी कार्य योजना पास गर्ने र नर्सिङ सङ्घको विधानलाई पनि केही संसोधन गर्ने मनसायले गृहकार्यहरु भएका थिए । यही साल २०२० नर्स र मिडवाइफ वर्ष मनाउने भनेर विश्वभरी घोषणा पनि भएको थियो ।
तर यो कोरोनाको महामारीले विश्वका लाखौं मानिसलाई आफ्नो कठोर पञ्जामा पारिसकेको छ भने सदाका लागि केही लाख मानिसको इहलीला समाप्त नै पारिदिएको छ । यस्तो विषम परिस्थितिमा नेपाल नर्सिङ सङ्घले दिन रात नभनी सम्पूर्ण स्वास्थ्य सेवाग्राहीहरुको उच्च स्तरीय स्वास्थ्य सेवा लिने मौलिक अधिकार सुनिश्चित गर्न राज्यको हरेक इकाई, जिल्ला कार्य समितिलाई सक्रियताका साथ परिचालन गर्न आह्वान गरिसकेको छ ।
अहिले मलाई राज्यले के दियो भन्ने बेला होइन, मैले राज्यलाई के दिन सक्छु भन्ने बेला हो । राज्यभरि सर्वेक्षण गर्ने हो भने अति जोखिमपूर्ण स्थानमा अग्र पङ्क्तिमा कार्य गर्ने स्वास्थ्य जनशक्ति भनेका नर्सहरु हुन । त्यस्तै छिमेकी देशको राजधानी दिल्लीमा तीन जना चिकित्सकमा कोरोना संक्रमण हुँदा २३ जना नर्सहरू संक्रमणमा परेका छन् । त्यस्तै इटालीमा केही सयको संख्यामा चिकित्सकको मृत्यु हुँदा हजारौंको संख्यामा नर्सहरूको मृत्यु भएको छ । यो कुरा विश्वका घटनाहरुले पनि स्पष्ट पारी सकेका छन् ।
यो कोरोना नियन्त्रण तथा उपचारको विशेष टोलीमा हाम्रा नर्सिङ संघका अध्यक्ष प्राचार्य मन कुमारी राई आफैं हुनुहुन्छ । उहाँ पूर्ण समय यो कोरोनामा खटिने नर्सहरुको सतप्रतिशत सुरक्षालाई प्रत्याभुति दिलाउन, सम्पूर्ण देशैभरि कार्यरत नर्सहरुले पूर्ण जोश र जाँगरकासाथ कोरोना नियन्त्रण तथा उपचारमा सम्लग्न हुने वातावरण तयार पार्न क्रियाशील हुनुहुन्छ । साथै सम्पूर्ण १९ औं कार्य समितिका पदाधिकारीहरुसँग भिडियो मार्फत छलफल गरी नर्सहरुका हरेक पक्षलाई सम्बोधन गर्ने प्रयास पनि जारी छ ।
संघले कोरोना महामारीमा नर्सको सुरक्षालाई मध्यनजर गर्दै पीपीईको सवाल दरो गरी उठाउँदै आएको छ । त्यस्तै भाडामा वस्दै आएका नर्सहरूलाई घर मालिकहरूले कोठा खाली गर्नु भन्ने आदेश दिएपछि उत्पन्न समस्या समाधान गर्न तत्काल पहल गरिएको छ । त्यस्तै नर्भिक, साहरा जस्ता अस्पताल लगायत देशका थुप्रै अस्पतालमा नर्सहरुलाई बेतलबी बिदामा बस्न लगाउने, कम तलबमा काम गराउने जस्ता कार्यको विरुद्धमा नर्सिङ सङ्घले दरो उपस्थिति देखाएको छ । त्यस्तै यस बीचमा मानव प्रत्यारोपण अस्पताल भक्तपुरमा कार्यरत नर्सिङ कर्मचारीहरुलाई वैशाख महिनाबाट नआउनु भनेकोमा पनि त्यसलाई तुरुन्त सच्याउन बाध्य पारिएको छ ।
राज्यका विभिन्न क्षेत्रमा कोरोना नियन्त्रणका लागि नर्सहरूलाई प्रमुख भूमिकामा उभ्याइएको छ । साथै यो विषम परिस्थितिमा कार्यरत अग्र पङ्क्तिका साहसी र उच्च मानव स्रोतालाई राज्यले अपहेलना गर्न पाइँदैन भनेर चट्टानी अडान सार्वजनिक गरिसकेको छ । कथम कदाचित नर्स भएकोले नै अपहेलित, दुव्र्यवहार गरेको आभास हुन आएमा सम्बन्धित कार्यालय प्रमुखसँग जमेर कुरा राख्ने र समाधान नभए नेपाल नर्सिङ सङ्घलाई खबर गर्न पनि संघले आह्वान गरी सकेको छ ।
यसरी दिन रात नभनी खटिएर कार्य गर्ने नेपाल नर्सिङ सङ्घलाई कसैकसैले उल्टै थर्काउने, गाली बेईज्जत गर्ने जस्ता गलत कार्य पनि भएको पाइएको छ र त्यसप्रति नर्सिङ सङ्घ सजग छ ।
संकटका वेला पनि प्रतिकुल कार्य गर्ने, आपसी स्वार्थ र खिचातानीमा तल्लीन रहने व्यक्तिहरुसंग सम्पूर्ण नर्सहरु चनाखो रहनु पर्छ । किनकि नर्सिङ सङ्घलाई गलत तरिकाबाट प्रयोग गर्न खोज्नेहरुसंग सावधान रहनुपर्छ । नर्सहरुले पेशागत आचारसंहितालाई मनन गर्नु पर्दछ । यसबारेमा सिनियर नर्सहरुले भुमिका महत्वपूर्ण हुन्छ । नेपाल नर्सिङ सङ्घ उहाँहरुसंग काँधमा काँध मिलाएर कार्य गर्न सदा अग्रसर छ र रहिरहनेछ ।
हाम्रा सिनियर म्याम विजया केसी, कमला तुलाधर, सरला श्रेष्ठ, सरला जोशी, किरण दवाडी, लाल कुमारी गुरुङ, हेमकला लामा, कान्तिलता भण्डारी, गिता पाण्डे, अर्चना भट्टाचार्य, इन्दिरा सिंह, किरण दवाडी, शकुन सिंह, हरी देवी जोशी, सरिता गुरुङ, भगवती बोगटी, ललिता के सी, मञ्जु के सी, आशा भण्डारी, शान्ता आचार्य, मञ्जु थापा, निला सुब्बा, ऐतु माया क्षेत्री, मथुरा नेपाल, शकुन्तला पन्त, शकुन्तला अर्याल, प्रभा थापा लगायत हुनुहुन्छ । सानु तुलाधर, प्रमिला देवान, सरला के सी, तारा पोख्रेलहरु जसले नर्सिङ सङ्घको अध्यक्षता गरी सक्नु भएको छ साथै यहाँ उल्लेख गर्न छुटेका अरु सबै जसले नर्सिङमा ठूलो देन दिनु भएको छ, नेपाल नर्सिङ् संघको तर्फबाट के अपिल गर्दछांै भने अहिले नेपालमा यहाँहरुको बोलीको आवश्यकता छ, त्यो बोली निर्धक्क साथ बोलीदिनुहोस् । नर्सको मर्यादा र गरिमा कायम गर्न सबैलाई घचघच्याइ दिनुहोस् ।
यो किन उल्लेख गर्नु परेको हो भने एक त राज्यले विभेदपूर्ण व्यवहार गरिरहेको, अर्को निजी अस्पताल, नर्सिङ कलेज र मेडिकल कलेजहरुले श्रम शोषण गरी रहेको बेला, स्तरीय नर्सिङ शिक्षामा ह्रास आईरहेको बेला चौतर्फी तर्फ नर्सिङ सङ्घले एक जुट भएर कार्य गर्ने बेला जूनियर नर्सहरुमाझ नकारात्मक संदेश प्रवाह गरी नर्सिङ पेशाका मूल मर्ममाथि प्रहार गर्न केही नर्सहरु स्वयं लागेका छन् ।
अर्कोतिर नेपाल नर्सिङ परिषदले नर्सिङको स्तरीयता कायम गर्न, कार्य दायरा बढाउन, र नर्सिङ आचार संहिताको पूर्ण पालना गराउन सक्रिय हुनुपर्ने बेला छ । यसका लागि नर्सिङ सङ्घको परिषद्संग सधै साथमा रहने पनि छ ।
यो विषम परिस्थितीमा सम्पूर्ण नर्सहरुको आत्मबल बढाउनका लागि आवश्यक नीति तथा योजना निर्माणमा पनि ढिलो गर्नु हुँदैन । जसले गर्दा कुनै अस्पताल, कलेज र सङ्घ संस्थाले नर्सलाई बेतलबी बिदामा नबसाउन, खाईपाई आएको तलब नकाटीयोस् । सरकारी र निजी संस्था भनेर गर्ने भेदभावपूर्ण व्यवहारको अन्त्य होस् । नेपाल सरकार सरह सबै क्षेत्रमा अहिलेको विषम परिस्थितिमा सबै सेवा सुविधा प्रदान गर्न सकियोस् । कोरोनाको महामारी विरुद्ध अग्र पङ्क्तिमा डटेको नर्स लगायत सम्पूर्ण स्वास्थ्य जनशक्तिलाई उच्च मनोवल प्रदान गर्नपर्छ । छिमेकी राज्य भारतमा चाहे त्यो दिल्ली सरकार हुन वा केन्द्रीय सरकार हुन सबैले नर्सहरूलाई उचित सम्बोधन गरिरहेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले नर्सहरूसँग प्रत्यक्ष टेलिफोन सम्पर्क गरेर नर्सहरुको आत्मबल बलियो बनाउने कार्य गर्ने गर्नुभएको छ ।
सम्पूर्ण नर्सिङ पेशाकर्मीहरु पनि यो विपदका बेलामा आफ्नो कर्तव्यबाट एक इन्च पनि विमुख हुनुहुन्न । यो विपदको बेला हात बाँधेर घरमा बस्ने समय होइन, निजी अस्पताल, कलेज सञ्चालकहरुले यतिखेर आर्थिक जोड घटाउ गर्ने होइन, सबैलाई प्रभावकारी कार्य परिणाम निकाल्न उत्प्रेरित गर्ने समय हो । अहिले विश्वभरि नै कोरोना नामक डढेलो लागेको छ, यसलाई निभाउने कार्यमा होसीयारीका साथै जोश र जाँगरले काम गर्ने वातावरण सृजना गर्नुपर्छ । अहिले यो संकटबाट मुक्तिका लागि स्वास्थ्य जनशक्तिको पूर्ण सहभागिताको आवश्यकता छ । यसबेला निजी अस्पतालहरुले पनि आफ्नो दायित्व निभाउनु पर्दछ । राज्य भनेकै दायित्व निर्वाह गर्ने हरेक नागरिकहरुको समष्टि हो ।
स्वास्थ्यको सम्बन्धमा सुरक्षा कवचको रुपमा क्रियाशील नर्सिङ पेशाकर्मीलाई जबरजस्त घरमा बस्न बाध्य पारिनु भनेको राज्यद्रोही, मानवता विरोधी कार्य ठहरिन्छ । यो विपतको घडीमा कसैले पनि धमीलो पानीमा माछा मार्ने कार्य गर्नु भनेको पशुवत गतिविधि हो । सबैको भुमिकाबारे भोलिका दिनमा राज्यले स्पष्ट हिसाब किताब खोज्नु पर्दछ । यस्तो कार्यले असल व्यवसायी र असल नागरिक निर्माणमा मद्दत गर्नेछ ।
सम्पूर्ण नर्सिङ पेशाकर्मीहरु पनि यो विपदका बेलामा आफ्नो कर्तव्यबाट एक इन्च पनि विमुख हुनुहुन्न । यो विपदको बेला हात बाँधेर घरमा बस्ने समय होइन, निजी अस्पताल, कलेज सञ्चालकहरुले यतिखेर आर्थिक जोड घटाउ गर्ने होइन, सबैलाई प्रभावकारी कार्य परिणाम निकाल्न उत्प्रेरित गर्ने समय हो । अहिले विश्वभरि नै कोरोना नामक डढेलो लागेको छ, यसलाई निभाउने कार्यमा होसीयारीका साथै जोश र जाँगरले काम गर्ने वातावरण सृजना गर्नुपर्छ । अहिले यो संकटबाट मुक्तिका लागि स्वास्थ्य जनशक्तिको पूर्ण सहभागिताको आवश्यकता छ ।
अहिले मलाई राज्यले के दियो भन्ने बेला होइन, मैले राज्यलाई के दिन सक्छु भन्ने बेला हो । राज्यभरि सर्वेक्षण गर्ने हो भने अति जोखिमपूर्ण स्थानमा अग्र पङ्क्तिमा कार्य गर्ने स्वास्थ्य जनशक्ति भनेका नर्सहरु हुन । त्यस्तै छिमेकी देशको राजधानी दिल्लीमा तीन जना चिकित्सकमा कोरोना संक्रमण हुँदा २३ जना नर्सहरू संक्रमणमा परेका छन् । त्यस्तै इटालीमा केही सयको संख्यामा चिकित्सकको मृत्यु हुँदा हजारौंको संख्यामा नर्सहरूको मृत्यु भएको छ । यो कुरा विश्वका घटनाहरुले पनि स्पष्ट पारी सकेका छन् ।
त्यसैले अहिले सिनियर नर्सहरुको अमूल्य अनुभवहरू सम्पूर्ण नर्सहरूलाई सही मार्ग निर्देशनका लागि अत्यावश्यक छ । सबैमा सकारात्मक सोचको आवश्यकता छ । त्यसैले नर्स दिदीबैनी, दाजुभाई, गुरु आमा, विद्यार्थीहरु सम्पूर्णमा यो कोरोनाको महामारीलाई नियन्त्रण गर्न र उपचारका लागि आ–आफ्नो स्थानबाट अमूल्य योगदान गरी दिनु हुन पनि आग्रह छ । यो नयाँ सोच, अथक जाँगरका साथै रचनात्मक ढंगले हामी नर्सिङ पेशाकर्मीहरु क्रियाशील हुन सक्यौं भने पेशाको गरिमा अझ बढ्ने छ । यसो ग¥यौं भने नेपालमा पनि असीमित सीप, ज्ञान, दक्षता भएको नर्सिङ जनशक्ती छ भनेर विश्वमा बलियो उपस्थिति जनाउन सक्छौं । टेकु अस्पताल, धुलिखेल मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन कोरोना अस्थायी अस्पताल आदिमा नर्सहरु उच्च स्तरको भूमिका प्रदर्शन गर्न सफल भइसकेका छन् ।
आज हामीले नगरे कसले गर्दछ ? हामी अगाडि नबढे को बढ्छ ? हाम्रा कार्य कुशलता, ज्ञान र सकरात्मक व्यवहारको प्रयोग गर्ने चरम विपत्तिको क्षण यही नै हो । त्यसैले हाम्रा बरिष्ठहरुको आशिर्बाद, अमूल्य अनुभव र युवाहरुको जोश मिलाएर सम्पूर्ण स्वास्थ्यकर्मीहरुसंग सहभागी भएर यो कोरोनाको विश्वव्यापी महामारी नियन्त्रण र उपचारमा नेपाल राज्यलाई सफल बनाउनु हाम्रो कर्तव्य हो । आम यो नेपालीहरुका माझ हामी नर्सिङ पेशाकर्मीहरुको पहिचान अनुभूति गराउने सुनौलो अवसर पनि हो । त्यसैले आफ्नो कर्तव्यबाट विमुख नबनौं, मनोबल गिराउने, एकताको सेतु टुट्ने गलत कार्यमा संलग्न नहोऊँ ।