भन्छन् कोरोना लकडाउनमा वस्ता नडराई वस्नु । सकारात्मक भाव लिएर बस्नु । आफुलाई व्यस्त राख्नु । अनि घरबाट बाहिर ननिस्कनु । अति आवश्यक भएर जानुपरेमा सामाजिक दुरी कायम गर्नु ।
सबैले भोगेको अनुभव के हो भने उपायहरु भन्न त सजिलो छ, तर गर्दा कस्तो गाह्रो हुन्छ । रेडियो टेलिभिजनमा खबर सुन्यो हेर्यो, कोरोनाको विध्वंश देखिन्छ । पुस्तक पढ्न खोज्यो, कोरोनाकै झल्को आउँछ । पत्रिका आयो भने टिप्न पनि डर लाग्छ, कहीँ यसैबाट कोरोना पो भित्रियो कि भनेर । कसैसंग कुरा गर्यो, कुरोको विषय कोरोना हुन्छ । सुत्यो, निदाएका बेला पनि कोरोनासंगै लडाईं परेको देखिन्छ । ख्वाक्क भयो भने पनि कोरोना भयो कि भन्ने त्रास हुन्छ । घाँटी खसखसायो भने पनि कोरोना नै भयो कि क्याहो जस्तो लाग्छ । तरकारी किनेर ल्याउँदा पनि यसैमा कोरोना पो छ कि भनेर शंका लाग्छ । औषधी नै किनेर खाँदा पनि कोरोना पनि शरीरमा भित्रियो कि जस्तो लाग्छ ।
कोरोना नभएको कहाँ होला भन्दै आकास तर्फ हेर्दा भने ढुक्क हुन मन लाग्छ, त्यहाँ त कोरोना छैन भनेर । तर फेरि अर्को मनले भन्छ, त्यहाँ छैन भन्दा पनि कोरोनाकै भजन पो गाउँदैछु कि क्या हो । यता कोरोना, उता कोरोना, मन भित्र कोरोना, बाहिर कोरोना । अनि कसरी नडराई बस्नु, कसरी निश्चिन्त रहनु ? कोरोनाको भजन गाएर कोरोनालाई बिर्सन सकिन्न । कोरोनालाई शत्रु हो, वलवान छ भनेर चिन्तन गरेर मात्र कोरोना माथि विजय पाउन सकिदो रहेनछ ।
मानिसको दुःखका धेरै कारणहरु छन् । कहिले भौतिक वस्तुको अभाव हुँदा मानिस दुःखी हुन्छ । जस्तै धनसम्पत्तिको कमी, खाद्यान्नको अभाव, रोगव्याधी, र शारीरिक कमजोरी । कहिले मानिस पराभौतिक कारणले दुःखी हुन पुग्छ । यस्ता कारकमा प्राकृतिक प्रकोप, महामारी र दुर्घटना रहेका हुन्छन् । त्यतै प्रकारले मानसिक कारणले पनि मानिस दुःखी हुन्छ । क्लेष, विवाद, लोभ, ईश्र्या, चिन्ता, मोह जस्ता कुरा मानसिक दुःखका कारण रहन्छन् । आध्यामिकताले के पनि भन्छ भने दुःख आपैंmमा सत्य होइन, यो अनुभव मात्र हो । तपाईंको चेतले दुःख ठानेको हुनाले मात्र त्यो दुःख भएको हो, नत्र त्यो सिर्पm एक अनुभव हो । उदाहरणका लागि काँडो झिक्नका लागि सियोले घोचियो भने दुख्छ, तर दुःख लाग्दैन । दुख्नु सत्य हो, तर दुःख लाग्नु चैं मनस्थिति वा परिस्थितिजन्य हो ।
कोरोनासंगको लडाईं यसरी लकडाउनमा बसेर नहुँदो रहेछ । तर लकडाउनमा वस्नुको विकल्प पनि त छैन । बरु कसरी बस्ने त भन्ने बारेमा व्यवहारिक तरिका खोज्नु उपयोगि देखिन्छ । र, त्यस्तो तरिका अध्यात्म, मनोविज्ञान र सैनिक अनुशासनमा उपलव्ध रहेछ । यहाँ झट्ट हेर्दा अमिल्दा जस्ता देखिने यी विधाहरुमा उपलब्धका सुझावमा भने अनौठो समानता पनि पाइँदो रहेछ । यस आलेखमा त्यही समानताको विषय केलाइएको छ ।
पहिले आध्यात्मिक विधाको उपदेश केलाऊँ । गौतम बुद्धले भन्नुभो, संसरमा दुःख छ त्यसकारण मानिसलाई आनन्द छैन । यस प्रकार दुःखबाट मुक्ति पाउनु मानव जीवनको लक्ष हुन्छ । तसर्थ पहिले दुःखको वारेमा बुझ्नु आवश्यक हुन्छ ।
मानिसको दुःखका धेरै कारणहरु छन् । कहिले भौतिक वस्तुको अभाव हुँदा मानिस दुःखी हुन्छ । जस्तै धनसम्पत्तिको कमी, खाद्यान्नको अभाव, रोगव्याधी, र शारीरिक कमजोरी । कहिले मानिस पराभौतिक कारणले दुःखी हुन पुग्छ । यस्ता कारकमा प्राकृतिक प्रकोप, महामारी र दुर्घटना रहेका हुन्छन् । त्यतै प्रकारले मानसिक कारणले पनि मानिस दुःखी हुन्छ । क्लेष, विवाद, लोभ, ईश्र्या, चिन्ता, मोह जस्ता कुरा मानसिक दुःखका कारण रहन्छन् ।
आध्यामिकताले के पनि भन्छ भने दुःख आपैंmमा सत्य होइन, यो अनुभव मात्र हो । तपाईंको चेतले दुःख ठानेको हुनाले मात्र त्यो दुःख भएको हो, नत्र त्यो सिर्पm एक अनुभव हो । उदाहरणका लागि काँडो झिक्नका लागि सियोले घोचियो भने दुख्छ, तर दुःख लाग्दैन । दुख्नु सत्य हो, तर दुःख लाग्नु चैं मनस्थिति वा परिस्थितिजन्य हो ।
बुद्धले दुःखबाट मुक्ति पाउने एक प्रमुख उपायमा मानिसलाई वर्तमानमा जिउन सिकाउनु हुन्छ । उहाँका अनुसार मानिस कि त विगतको क्षणमा, नभए भविष्यको कल्पनामा जिउने गर्छ । वर्तमानमा चैं होइन । तर, यदि वर्तमानमा बाँच्ने हो भने त दुःख रहँदैन थियो । उदाहरणका लागि विगतमा कसैले भौतिक चोट पु¥यायो, हामी दुःखी हुन्छौं । आर्थिक क्षति पु¥यायो, हामी दुःखी हुन्छौं । मानसिक आघात पु¥यायो, हामी दुःखी हुन्छौं । यस्तै म भविष्यमा यसरी बाँचौंला भनेर कामना गर्ने वा मेरो अनुकुल परिस्थिति होला नहोला भनेर चिन्ता गर्छौं, अनि आज हामी दुःखी हुन्छौं । वर्तमानमा चाहिँ मानिस जिउँदैन वा जिए पनि सारै कम क्षण मात्र । अब हेर्ने हो भने विगतको सम्झनामा चिन्तित वा दुःखी हुनुको कुनै अर्थ छैन, किनकि त्यो समय त बितिसक्यो । वा, त्यो परिस्थिति बदल्न सकिँदैन । यसै प्रकार भविष्यको कल्पना वा चिन्तामा आज दुःखी हुनुको पनि केही अर्थ छैन । त्यो घटना त आईसकेकै छैन । वा, त्यस्तै रुपमा आउला भन्ने पनि ठेगान छैन । यसकारण विगत र भविष्यको चिन्ता आफैँमा असान्दर्भिक विषय हो । तर पनि मानिस चिन्ता गर्छ, जुन दुःखको मुलकारण हो । र, यो मानिस वर्तमानमा नबसेको कारणले गर्दा हो ।
तसर्थ वर्तमानमा बाँचौं भन्ने कुरा बुद्धले सिकाउनु भएको हो । वर्तमानमा बाँच्नु भनेको तत्कालको पलमा आफू बाँच्ने हो । पल पल बाँच्ने, पल पलको उपलव्धीको आनन्द लिने हो । यसो गर्दा मानिसको मनलाई न विगतले पछ्याउन पाउँछ, न त भविष्यले डो¥याउन सक्छ । मन विगत र भविष्यमा नभड्किएपछि दुःखको अनुभूति गर्नुपर्ने आवश्यकता नै पर्दैन । यसरी मानिस वर्तमानमा मात्र बाँच्दछ । अनि मानिसले जीवन, शान्ति, खुसी, आनन्द जस्ता कुरा अनुभव गर्न सक्छ । विपस्यना र अन्य आध्यात्मिक ध्यानका विधीहरु यही तथ्यमा आधारित छन् । आजकल ‘माइण्डफुलनेस’ भनेर पश्चिमाहरुले पनि यो मार्गको वकालत गरिरहेका छन् । कोरोनासंग जित्नु छ भने, भएको कोरोनाको भजन गाउने हैन, बरु आफूसंग वर्तमानमा भएको दुःखरहित पलहरुमा रमाउन सक्नु पर्छ ।
यसैगरी मनोविज्ञानको एउटा तुलनात्मक नवीन विधा तर्पm पनि केही नियालौं । त्यो हो ‘पोजिटिभ साइकोलोजी’ । यसलाई नेपालीमा के भन्ने शब्द निर्धारण भएको पाइएन, त्यसकारण अहिलेलाई यो विधाले कस्ता विषय समेट्छ भनेर काम चलाइएको छ । पोजिटिभ साईकोलोजी मनोविज्ञानको उज्वल पक्षतर्पm केन्द्रित छ । ती पक्षहरु हुन् मानवीय उच्चता, हौसला, खुशीयाली, अहोभाव, कृतज्ञता, प्रेरणा, आशावादिता, सहअनुभूति र मानसिक पुनरुत्थान । आलोचकहरुले भन्छन् चल्तिको मनोविज्ञानले मुख्यतया मानिसको मनोवेगलाई कमजोर अवस्थाबाट औषत अवस्थामा पु¥याउनमा ध्यान केन्द्रित गरेको हुन्छ । तसर्थ यो नकारात्मकता केन्द्रित छ । पोजेटिभ साइकोलोजीले भने मनोवेगलाई औसतबाट उच्चतम् अवस्थामा पु¥याउनमा ध्यान केन्द्रित गरेको हुन्छ । यसर्थ पोजेटिभ साईकोलोजीमा सकारात्मकताको स्थान बढी रहन्छ । मानवमा सकारात्मक मनोवेग कसरी विकास गर्ने र निरन्तर कायम गर्ने विषयमा यसका खोजी, तौरतरिका, साधना र अभ्यासको उद्धेश्य रहन्छ । कोरोनाको कारण लकडाउनमा वस्नुपर्दाको जस्तो कठीन समयमा कसरी आफूलाई सक्रिय, जीवन्त र सिर्जनशील राख्ने भन्ने चाहना पोजिटिभ साइकोलोजीको विषय क्षेत्र रहन्छ ।
पोजेटिभ साइकोलोजीका अनुसार खुशी रहनका लागि मानिसलाई भौतिक सुखका साधनहरु जस्तै काम, धनसम्पत्ति, सुविधाका वस्तुहरुका अतिरिक्त सन्तुष्टिका तत्वहरु जस्तै स्वतन्त्रता, व्यक्तिगत खुवी र सम्मान पहिचान अनि सामाजिक सक्रियताहरु पनि आवश्यक हुन्छन् । यतिले मात्र अभैm पुग्दैन खुशी रहिरहनका लागि । सुख र सन्तुष्टिसंग संगै जीवन र आफ्ना कार्यहरुको सार्थकता आफ्नै कसीमा प्रमाणित हुनुपर्छ । दीर्घ खुशीका लागि यी तिनै पक्षहरु सुख, सन्तुष्टी र सार्थकता आवश्यक रहन्छन् । यसले सुझाएका उपायहरुमा एउटा उपाय हो जे गरिन्छ, पुरा मन लागाएर तन्मय भएर गर्नु । र, आफूले चाहेको विषयमा तन्मय रहनु । हामीलाई थाहा छ, जब मानिस तन्मय रहन्छ तब उसलाई समयको पत्तोसम्म हुँदैन । कोरोना बिरुद्ध जित हासिल गर्नलाई कोरोनामा तन्मय हुने होइन, बरु त्यसको विरुद्ध जे गरिँदैछ त्यसमा चैं तन्मयता बढाउनु पर्छ । किनकि जहिले पनि लामो बाटोमा हिँडेको बेला ध्यान र तन्मयता गन्तव्यमा रहने गर्छ, बिच बिचका बिसौनिहरुमा होइन । विसौनीहरुमा भएका दुःख, पीडा, कष्ट, थकान, वेदना, अशान्ति जस्ता कुरा अनुभव गरिने विषय हुन्छन् तर भोलिको यात्रामा विसौनीमै छाडेर जाने विषय पनि हुन । ती कसैलाई पनि संगै लिएर हिँडिदैनन् । तर गन्तव्यको सोच भने सँधै आफूसंगै रहन्छ । कोरोना लकडाउनको पीडा, कष्ट र दुःख पनि हाम्रो लामो यात्राका विसौनी मध्येकै एक हो । अनुभव गर्ने हो । तर सम्झीसम्झी दुःखी हुने होइन ।
यो भनाइले दुइजना मजदुरको एउटा नीतिकथा सम्झाउँछ । एकपटक एउटा जिज्ञासु ती दुइ जना मजदुरका कार्यबारे अध्ययन गर्न गए । दुवैजना ढुङ्गा कुँदिरहेका थिए । उनले पाए कि काम गरिरहँदा एउटा धुरुधुरु रोइरहेको थियो भने अर्कोचाहिँ हाँसीखुशी गीत गाउँदै काम गरिरहेको थियो । ती जिज्ञासुलाई कौतुहल जाग्यो । तिनीहरु यौटै काम गरिरहेका थिए, उत्तिकै कमाई गर्थे र यौटै आर्थिक सामाजिक वर्गमा पर्थे । तर, काम गर्दाको मनस्थिति भने विल्कुल फरक ! उनले दुबैलाई अलग अलग सोधे । पहिलोले भन्यो म हिँजो पनि दुःखी थिएँ, आज यस्तो काम गर्नुपरेको छ । भोलि पनि दुःखी नै रहने भएँ । आफ्नो भाग्यलाई सम्झेर दिक्क छु । त्यसैले रोएको । अर्कोले भन्यो म खुश छु किनकि म यो मन्दिरको निर्माणमा संलग्न हुन पाएँ । हिजो मैले यो अवसर पाइन, भोलि पनि पाउँला नपाउँला ठेगान छैन । तर आज बन्दै गरेको मन्दिरका लागि ढुङ्गा कुँद्ने काम पाएको छु । अनि त्यस बापत ज्याला पनि पाएको छु । त्यसैले म खुशी छु ।
ती दुई मजदुरमा सानो मात्र फरक थियो । पहिलोले आफ्नो कामको सार्थकता देख्न सकेन, दोस्रोले देख्यो । पहिलोले हिजो र भोलिको अवस्थामा ध्यान केन्द्रित राख्यो, आफूलाई श्रापित ठान्यो । दोस्रोले वर्तमान अवस्थामा केन्द्रित राख्यो, आफूलाई धन्य ठान्यो । पहिलो दुःखी रह्यो, तर दोस्रो खुशी । कोरोनालाई जित्न तम्सेको मानिसले कोरोना विरुद्धको लकडाउनको पीडा सम्झेर दुःखी हुने होइन जीत पछिको खुशीयालीमा ध्यान केन्द्रित गर्नुपर्दछ । खुशीभावले थप खुशीयाली सिर्जन्छ, दुःखीभावले थप दुःख नै सिर्जन्छ । खुशीभावले अप्ठेरो सामना गर्ने शक्ति बढाउँछ, दुःखीभावले त्यो शक्ति क्षीण गराउँछ । खुशीभावले वरिपरि उत्साह, प्रेरणा र हौसला पैmलाउँछ, दुःखीभावले नैराश्यता र दुर्वलता पैmलाउँछ । किनकि लामो यात्रामा हिँडेको मानिस कुनै एउटा विसौनीमा भएको असुविधा सम्झेर दुःखी हुँदैन, बरु गन्तव्यको कल्पना गरेर दङ्ग रहन्छ ।
यसरी केलाएर हेर्दा बुद्धको उपदेश, पोजेटिभ साइकोलोजीको मार्गदर्शन र सैनिक व्यवहार तथा अभ्यासका तत्वहरु बिच अचम्म लाग्दो समानता पाइन्छ । यद्दपि यी ज्ञानको विकास हुने क्रममा एकअर्कालाई जोड्ने कुनै साझा सूत्र देखिदैन । किनकि बुद्धले जुन कुरा अनुभवबाट देख्नुभो, त्यो उपदेश लेख्नुभो । पोजेटिभ साइकोलोजीका प्रणेता मार्टिन सेलिग्मेनले र मिहाईल ज्चिकजेस्मिहाईलले सम्भवतः बुद्ध नपढी नै आफ्ना सिद्धान्तहरु प्रतिपादन गरे । अनि सैनिक आचरण निर्धारण गर्नेले पनि शायद बुद्ध नपढी व्यवहारिक अनुभवको आधारमा आचारसंहिता निर्धारण गरे । पोजेटिभ साइकोलोजी त सैनिक आचारसंहिता भन्दा पछिको विकास हो । छोटकरीमा यिनीहरु छुट्टा छुट्टै विकास भएका अवधारणा, उपाय र व्यवहार हुन, तर पनि एक आपसमा एकदमै मिल्दाजुल्दा छन् ।
अब सैनिक अनुशासन संहिताका बारेमा हेरौं । केही समय अघि एक भूतपूर्व सैनिक अधिकारीले सामाजिक सञ्जालमा उल्लेख गरे कि उनी सक्रिय सैनिक सेवामा रहँदाको अनुशासन आदेश सम्झिरहेका छन् । र, त्यसबाट नै बन्दाबन्दीको सामना गरिरहेका छन् । सैनिक जीवनमा उनीहरुलाई दिइएको एउटा आदेशमा के भनिदो रहेछ भने दिनभरिको घण्टा घण्टाको, प्रत्येक पलको, कार्यतालीका बनाउने अनि त्यसलाई पालना गर्ने । उदाहरणका लागि विहानै उठ्ने वित्तिकै पहिलो काम ओछ्यान तन्ना टिमिक्क मिलाउने । अलिकति पनि खुजमुज नछाड्ने । अनि, ओछ्यान तन्ना मिलाउँदा त्यसैमा आप्mनो पुरा ध्यान केन्द्रित गर्ने । त्यसपछि कार्यतालिकाको अर्को काम शुरु गर्ने र त्यो काम गर्दा पनि त्यसैमा पुरा ध्यान लगाएर गर्ने । यही क्रममा साँझसम्मका सबै कार्यहरु एक एक गर्दै गर्ने । एक पटकमा एउटैमात्र काम गर्ने । र, जे गरिरहेको होइन्छ, त्यसैमा पुरै ध्यान लगाएर गर्ने । यसरी नै दिनहरु बिताउने । वास्तवमा एउटा सैनिकले लकडाउनकै जस्तो गरी व्यारेकमा बर्षौंसम्म बस्दापनि मानसिक दुर्वलता माथि विजय पाउन सक्नुको पछाडि यही उपाय अवलम्वन गरेकाले सम्भव भएको हो ।
यसरी केलाएर हेर्दा बुद्धको उपदेश, पोजेटिभ साइकोलोजीको मार्गदर्शन र सैनिक व्यवहार तथा अभ्यासका तत्वहरु बिच अचम्म लाग्दो समानता पाइन्छ । यद्दपि यी ज्ञानको विकास हुने क्रममा एकअर्कालाई जोड्ने कुनै साझा सूत्र देखिदैन । किनकि बुद्धले जुन कुरा अनुभवबाट देख्नुभो, त्यो उपदेश लेख्नुभो । पोजेटिभ साइकोलोजीका प्रणेता मार्टिन सेलिग्मेनले र मिहाईल ज्चिकजेस्मिहाईलले सम्भवतः बुद्ध नपढी नै आफ्ना सिद्धान्तहरु प्रतिपादन गरे । अनि सैनिक आचरण निर्धारण गर्नेले पनि शायद बुद्ध नपढी व्यवहारिक अनुभवको आधारमा आचारसंहिता निर्धारण गरे । पोजेटिभ साइकोलोजी त सैनिक आचारसंहिता भन्दा पछिको विकास हो । छोटकरीमा यिनीहरु छुट्टा छुट्टै विकास भएका अवधारणा, उपाय र व्यवहार हुन, तर पनि एक आपसमा एकदमै मिल्दाजुल्दा छन् ।
यो सैनिक अनुशासन संहिताको रुपमा गरिएको निर्देशनले कोरोना युद्धमा घरमै बसेकालाई पनि दिक्क नमानी बाँच्न सकिने सूत्र दिएको छ । अनि यो सूत्र शास्त्र वा विज्ञान सम्मत रहेको छ । शास्त्रसम्मत यस अर्थमा कि हामीलाई शास्त्रले सुखी हुनका लागि पल पलमा बाँच्न भनेको छ । अगाडि पछाडि वा अनेत्रतिर ध्यान दिनु भनेको दुःखलाई स्थान दिनु हो भन्छ । बन्दाबन्दीको अवस्थामा आफूलाई संयमित राख्ने, व्यस्त राख्ने अनि दृढ राख्ने भनेर त सबैले भन्छन्, तर कसरी भन्ने बारेमा व्यवहारिक उपाय चाहिँ यिनमै देखिन्छ ।
सही तरिकाले बस्न जान्ने हो भने लकडाउनको पालना गर्न सकिन्छ । अप्ठेरो भएपनि पीडा दुःखरहित बन्दाबन्दी जीवन बाँच्न सकिन्छ । त्यतिमात्र नभएर लकडाउन खुलेपछि पनि यो सूत्र अनुशरण गरिरहन सकिन्छ । सामान्य परिस्थितिमा पनि सफल र सुखी जीवन बाँच्ने महामन्त्र हुन सक्छ यो मन्त्र ।