वत्तिस वर्ष पहिले मैले देखेको त्यो मजदुर दिवस :
प्रत्येक प्रतिष्ठानबाट उदाएका ती कर्मवीरहरू
विषम परिस्थिति र चर्को घामको समेत पर्वाह नगरी
सडक छपक्कै ढाक्नेगरि जुर्मुराएका झण्डाहरु
आशा, भरोसा र विश्वाश्को भविष्यमा
खुल्ला मञ्चबाट कुर्लिएका भाषणहरु
इमान्दारी जो नेतृत्वमा हुनु थियो,
अहो,
रुखो भू–भागमा समेत झाङ्गिइदै जाने रसिलो उखु जस्तो ।
हरेक वर्ष हामीले हेरिरहिको त्यस्तै मजदुर दिवस :
चाहेजस्तो लोकतान्त्रिक राजनीति,
सज्जनै छ समाज,
तैपनि, देश विदेश छरिएका पलपल चिन्तित मर्मवीरहरु,
प्रतिष्ठान दिनानुदिन बन्द हुँदा बाँधिन बाध्य हातहरु,
बेमौसमी झमझम झरी, महामारी र कालाबजारी, हाम्रै वरीपरी,
शुन्य सडक, सर्वत्र सन्नाटा, नेतृत्वमै खिचातानी,
बजार जो दुर्जनको पो बनी रा’देख्छु,
स्वार्थी र छलकपटी,
आफ्नै करेसाबारीमा नाङ्गिइदै गएको एकलकाँठे, मुला जस्तो ।
मे १ तारिक, २०२०, काठमाडौं ।