अहिलेको परिस्थितिमा नेपाल चेम्बर अफ कमर्सको अवधारणा

  • कोभिड १९ को प्रकोपका कारण अर्थतन्त्रमा सृजना भएको प्रतिकूलतालाई संम्वोधन गर्ने वारे कुनेै स्पस्टता नआएकोमा निजी क्षेत्र उत्साहित देखिएको छैन । साथै बढी प्रभावित क्षेत्रलाई चालु पूँजी थप कर्जा प्रदान गर्ने वारे स्पष्ट व्यवस्थाको तत्काल सम्बोधन गरिनु पर्दछ ।
  •  २०७६ चैत्र महिनामा भुक्तानी गर्नु पर्ने मासिक, त्रैमासिक किस्ताहरुको भुक्तानी अवधि ३ महिना बढाइनु र समयमानै भुक्तानी गर्ने ऋणीहरुलाई मासिक, त्रैमासिक व्याजको रकममा १० प्रतिशत छुट दिने व्यवस्थाले वर्तमान कोभिड १९ले पीडित व्यवसायी उद्योगीलाई सहजता हुने देखिँदैन । विना कुनै धितो वजारमा ठूलो मात्रामा उधारो Credit प्रवाह भैइरहने नेपाल जस्तो अर्थतन्त्रमा कोभिड १९को प्रभावले संम्पूर्ण आर्थिक कारोवार निष्क्रिय भएको वर्तमान अवस्थामा उधारो असुली हुन लामो समय लाग्ने हुन्छ ।
  • सामान्य सहुलियत गरेको भनिएता पनि चालु पूँजी, टिआरको व्याज तथा व्यक्तिगत तथा अन्य कर्जाहरुका भुक्तानीबारे स्पष्टता आएको देखिँदैन । सवै प्रकारको कर्जाहरुको भुक्तानी म्याद कम्तीमा ६ महिनाको समयावधि थप हुनु पर्ने, स्पष्ट व्यवस्थाको आवश्यकता रहेको छ ।
  • कोभिड १९ को विश्वव्यापी संकटको वेला सवै क्षेत्रमा न्यायोचित वितरण हुने गरी पुनर्कर्जालाई रू. २०० अरव पु–याउनु पर्दछ तब मात्र संम्पूर्ण प्रभावित क्षेत्रलाई केहि राहत प्रदान हुने देखिन्छ तसर्थ खुद्रा तथा थोक व्यवशाय उद्योग पर्यटन यातायात,, घर जग्गा, निर्माण, सपिङ मल सीनेमा हल आदि क्षेत्रहरूमा ऋणात्मक प्रभाव देखिएकोले अविलम्व दीर्घकालीन पुनः कर्जा तथा सहुलियत दरको व्याज दरको निर्णय लिएर निजी क्षेत्रको मनोवल वढाउन नेपाल चेम्बर अफ कमर्स अनुरोध गर्दछ ।
Facebook Comments
Comments (0)
Add Comment