लकडाउनमा ज्येष्ठ नागरिकप्रतिको जिम्मेवारी

महामारीको रूपमा फैलिइरहेको कोरना भाइरसको चपेटामा कतै हामी पनि फसिसकेका रहेछौँ कि जस्तो लाग्न थालेको छ । यो लेखुन्जेल १६ जना सङ्क्रमित फेला परिसकेका छन् । बेलैमा राज्यले अपनाएको सावधानीको कारण यसको भयावह अवस्था नआउने आँकलन गरिएको छ । राज्य सजग छ । बैलैमा लकडाउन गरेर सम्भावित क्षति न्युनीकरण गर्न सफल भएको छ । लकडाउनलाई अझै कडाइ गरिने रणनीति अपनाइँदै छ । संक्रमित भएको इलाका वा क्षेत्रलाई उच्च निगरानी र सिलबन्दी गरिँदैछ । एक स्थानीय निकायबाट अर्को स्थानीय निकायमा जान नपाइने, बाहिर निस्केमा पक्राउ गर्ने, जेलसम्मको कारवाही गरिने नियम लागेको छ ।

तपाईंको बुढेसकालमा अर्को नयाँ प्रविधि आइसकेको हुन्छ । त्यतिखेर तपाईं चलाउन जान्नुहुन्न । यसर्थ, ज्येष्ठ नागरिकहरूलाई समय सापेक्ष प्रविधि सिकाउँदै लैजान जरुरी छ ।

अपरिचित र विदेशबाट आएका व्यक्ति आफ्नो टोल, क्षेत्रमा वस्न आएमा त्यस्ता ब्यक्तिका विषयमा जानकारी राख्ने, सरकारलाई जानकारी गराउने र सजगता अपनाउने काम जनस्तरबाट हुन थालेका छन् । जनता पनि निक्कै नै जागरुक भएका छन् । राज्यले गरेर मात्र यो समस्याको निराकरण सम्भव छैन । यसमा हरेक नागरिकको सहयोग र साथको खाँचो छ । हामीले सामाजिक दायित्व जति राम्रोसँग निर्वांह गर्छौँ त्यति नै छिटो यस महामारीलाई नियन्त्रणमा ल्याउन सकिने छ । स्वयं आफ्ना लागि सुरक्षा अपनाउँदा पूरा समाजका लागि सहयोग पुग्ने क्षण हो यो ।

लम्बिँदो लकडाउन र यसको कडाइ, प्रभावित क्षेत्र सिलबन्दी जस्ता कारणले जीवनयापन सहज त पक्कै छैन । सुविधा खोज्ने बेला यो होइन । यद्यपि प्राथमिकताका आधारमा अत्यावश्यक सुविधा पु¥याउनु अति जरुरी हुन्छ । अन्यथा राज्यले संरक्षण गर्नुपर्ने दायित्वमा परेका वर्ग तथा समुह अर्को जटिल समस्यामा पर्दछन् ।

लकडाउनका बेला घरमा तथा बृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरूको व्यवस्थापन तथा उनीहरूको स्याहार गर्न तलका विषयमा ध्यान दिन आवश्यक छः

  • घर बाहिर रहेका सदस्य नियमित सम्पर्कमा बस्नुपर्दछ । बाहिर रहेका सदस्यप्रति ज्येष्ठ नागरिक बढी चिन्तित हुने गर्दछन् । यस्तो वेला एक्लोपनको महसुस बढी हुन्छ । आफन्त नातेदारसँग कुरा गराइदिनुपर्दछ । कुरा गर्न पाएमा एक्लोपन र निराशा मेटिन्छ ।
  • रुचि अनुसारको काममा ज्येष्ठ नागरिकलाई ब्यस्त गराइराख्नु पर्दछ । नातिनातिनासँग बढीढ घुलमिल हुने अवसर मिलाइदिन सकिन्छ । ज्येष्ठ नागरिक बढी केटाकेटीहरूसँग भुल्न मन पराउँछन् ।
  • रोग अनुसारको खाना, सुपाच्य र हल्का खानामा जोड दिनुपर्दछ । बाहिरी हिँड्डुल नहुने र उमेरका कारण पाचन प्रणालीमा आउने कमजोरीलाई ख्याल गरेर खाना खुवाउनुपर्दछ । पोषिलो र झोलिलो खानामा जोड दिनुपर्दछ .

 

  • बाहिरी ब्यक्तिसँग सम्पर्कमा आउन दिनुहुँदैन । ज्येष्ठ नागरिकलाई आवश्यक सामान तथा सेवा घरभित्रकै सदस्यबाट पाउने व्यवस्था मिलाउनुपर्दछ । एक्लै रहेका र बृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई आवश्यक सेवा दिन बाहिरबाट आउने व्यक्तिलाई सावधानीका सवै प्रक्रिया अपनाएर मात्र संपर्कमा आउन दिनु पर्दछ ।
  • मास्क र पञ्जा नियमित लगाइदिनु पर्दछ । शारीरिक कमजोरी रहेका ज्येष्ठ नागरिकहरुलाई हिँड्डुल गर्न भर चाहिन्छ । उनिहरू आप्mनो नजिक भर लिन मिल्ने अवस्था भएसम्म भर लिइहाल्छन् या समातिहाल्छन् । कुराकानी गर्दा कान थाप्ने र मुख नजिक लैजाने जस्ता बानी उनीहरूमा देखिनु स्वाभाविक हो ।
  • एक्लै रहेका र अशक्त ज्येष्ठ नागरिकका विषयमा चासो राख्ने र उनीहरूको आवश्यकता पूर्तिको व्यवस्था स्थानीय सरकार र समुदायले गर्नुपर्दछ । सहयोग तथा राहत उनीहरु वसैकै स्थानमा पु¥याइदिनु पर्दछ ।
  • नियमित स्वास्थ्य जाँच गर्नुपर्दछ । आपतकालीन अवस्थामा अस्पताल लाने ल्याउने गर्न एम्वुलेन्सको व्यवस्था स्थानीय सरकारले मिलाइदिन आवश्यक छ । घरका कुनै एक सदस्यले औेषधी खुवाउने र आवश्यकता अनुसार चिकित्सकसँग नियमित सम्पर्कमा बस्नुपर्दछ ।

लकडाउनको बेला अन्य उमेर समूहलाई समय कटाउन, मनोरञ्जन गर्न सामाजिक सञ्जाल, नेट आदि विभिन्न साधन, सेवा रहेका छन् । तर ज्येष्ठ नागरिकलाई त्यस्ता साधन तथा सेवा प्रयोग गर्न आउँदैन । आफ्ना बा आमा, हजुर वा, हजुरआमालाई पनि मोवाइल, एप्स, कम्युटर, सामाजिक सञ्जाल चलाउन सिकाउने काम गरेर उहाँहरूलाई सहयोग गर्न सकिन्छ । समय कटाउन, मनोरञ्जन गर्न मात्र नभई जीवनयापनमा सहजता ल्याउन प्रविधिको प्रयोग गर्न सकून् ।

बुढेसकालमा सामाजिक सञ्जाल, मोवाइल, एप्स, कम्युटर किन सिक्नुप¥यो भनेर सिकाइँदैन । ज्येष्ठ नागरिकहरू प्रविधि चलाउन सक्दैनन् वा मुस्किल पर्छ भन्ने युवाहरूले यो बुझौंँ कि, तपाईंको बुढेसकालमा अर्को नयाँ प्रविधि आइसकेको हुन्छ । त्यतिखेर तपाईं चलाउन जान्नुहुन्न । यसर्थ, ज्येष्ठ नागरिकहरूलाई समय सापेक्ष प्रविधि सिकाउँदै लैजान जरुरी छ ।

प्रतिक्रियाका लागि pgautama2@gmail.com

Facebook Comments
Comments (0)
Add Comment