अहिले कोरोना भाइसरको महामारीले विश्वभरी कब्जा जमाएको छ । यो भाइरस बिरुद्धको कुनै औषधि पत्तो नलागेको वर्तमान अवस्थामा यसबाट बच्नु नै सबैभन्दा उत्तम उपाय हो । यो रोगबाट बच्चका लागि व्यक्ति व्यक्ति बीचको सामाजिक दुरी कायम गर्न नेपाल लगायत विश्वका धेरै देशमा आर्थिक, सामाजिक, राजनीतिक, खेलकुद, विकास निर्माण, शैक्षिक गतिविधि बन्द गरिएका छन् । लामो समयसम्म देश बन्दाबन्दीको प्रक्रियाबाट गुज्रदा त्यसले अर्थत्रन्तमा ठूलो प्रभाव पार्न थालेको छ । विश्वका ठूला अर्थतन्त्र भएका मुलुकमा पनि आर्थिक वृद्धिदर ऋणात्मक हुने प्रक्षेपण विश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोषले गरिसकेको छ ।
कारोना भाइरसले विश्वव्यापी रुपमा आर्थिक क्षेत्रमा नराम्रो प्रभाव पारिरहेको अवस्थामा नेपाली अर्थत्रन्तमा पनि असर आइपुग्नु अनौठो कुरा भएन । नेपालको अर्थतन्त्रमा बैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सको योगदान पनि महत्वपूर्ण हिस्सा बन्दै आइरहेको छ । तर अब रेमिट्यान्सको प्रवाह गत वर्षको तुलनामा अकल्पनीय दरले घट्ने देखिन्छ ।
नेपालबाट वैदेशिक रोजगारका लागि जाने प्रमुख देशहरुमा युनाइटेड अरब इमिरेट, कतार, साउदी अरब र मलेसिया रहेका छन् । यी देशहरुमा नेपालबाट विदेशीयका ९० प्रतिशत नेपाली श्रमिक कार्यरत छन् । यी देशमा पनि कोरोनाको संक्रमण छ । कम्पनी बन्द हुँदा धेरै नेपाली कामदार काम विहिन अवस्थामा छन् । रोगको प्रकोप बढ्दै जाँदा उनीहरु कार्यरत कम्पनी बन्द हुने कारण रोजगार गुमाउने पर्ने अवस्था भयावह बन्दैछ । अहिले पनि विदेशमा श्रम बेचिरहेका नेपालीहरु स्वदेश फर्कन चाहिरहेका छन् ।
नेपाली अर्थतन्त्रको मेरुदण्डका रुपमा स्थान लिइसकेका रेमिट्यान्स घट्न गए आगामी दिनमा नेपालको सेवा क्षेत्र, निर्माण क्षेत्र, रयिल स्टेट क्षेत्र सोझै प्रभावित हुने निश्चित छ ।
नेपालीहरु रोजगारीका लागि विदेश जानुको मुख्य कारण नेपालमा रोजगारको अवसर नहुनु हो । नेपालले वार्षिक रुपमा आठदेखि नौ खर्ब रुपयाँ विदेशबाट आर्जन गर्दछ । यो अल्पकालीन लाभ मात्र हो । त्यसले कुनै न कुनै दिन ठूलो आर्थिक समस्या निम्त्याउन सक्थ्यो । नेपालीहरुले विदेशमा रोजगार गुमाउन सक्थे । अब स्वदेश फर्केका वा फकर्ने नेपालीहरुलाई कसरी रोजगारी दिने भन्ने ठूलो चुनौतीको देखिएको छ ।
नेपाली अर्थत्रन्त्रलाई लामो समयसम्म रेमिट्यान्स (विप्रेषण) मा मात्र निर्भर बनाइराख्नु हुँदैन भन्ने बहस यो महमारीसंगै देखिन थालेको समस्याको अनुमानले सार्थक बनाएको छ । कोरोना भाइसरले सिर्जना गरेको जटिल अवस्थालाई नेपालले रेमिट्यान्सको विकल्पको खोजी गर्ने अवसरको रुपमा सदुपयोग गर्नु पर्ने बेला आएको छ । हालसम्म नेपालमा विश्वका विभिन्न मुलुकमा ४५ लाख भन्दा बढी नेपालीहरुले वैदेशिक रोजगारका लागि श्रम इजाजत पत्र लिएर गएका छन् भने भारतमा पनि धेरै श्रमिकहरु कार्यरत छन् ।
नेपालीहरु रोजगारीका लागि विदेश जानुको मुख्य कारण नेपालमा रोजगारको अवसर नहुनु हो । नेपालले वार्षिक रुपमा आठदेखि नौ खर्ब रुपयाँ विदेशबाट आर्जन गर्दछ । यो अल्पकालीन लाभ मात्र हो । त्यसले कुनै न कुनै दिन ठूलो आर्थिक समस्या निम्त्याउन सक्थ्यो । नेपालीहरुले विदेशमा रोजगार गुमाउन सक्थे । अब स्वदेश फर्केका वा फकर्ने नेपालीहरुलाई कसरी रोजगारी दिने भन्ने ठूलो चुनौतीको देखिएको छ ।
नेपाल कृषि प्रधान देश भए पनि कृषिमा आत्म निर्भर छैन । अहिले पनि भारतबाट नेपालमा खाद्य सामग्रीको आयात भइरहेको छ । हामी वर्षेनी अरवौँ रुपयाँ खाद्यान्न, सागसब्जी, फलफूलका लागि विदेश पठाउँछौं भने नेपालका कृषियोग्य जमिन बाँझा छन् । कृषि क्षेत्रमा सरकारले लगानी बृद्धि गरी विदेशबाट फर्किएका वा देशभित्रै रहेको जनशक्तिलाई कृषि, पशुपालन, फलफूल लगायतका खेतीमा सम्लग्न गराउनु पर्दछ । यसबाट नेपालमा बाँझो जमिनको सदुपयोग मात्र नभइ वर्षेनी अरवौँ रुपयाँ विदेश जाने क्रम रोकिन्छ र स्वदेशमा नै रोजगारीका अवसरहरु सिर्जना हुन्छ ।
नेपालमा पर्यटन क्षेत्रको सम्भावना धेरै छ । सानो क्षेत्रफलमा नै विश्वका सबै स्थानमा पाइने हावापानी प्राप्त गर्न सकिन्छ । पर्यटन क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानी वृद्धि गरी स्वदेशमा नै रोजगारको अवसर सिर्जना गर्नु पर्दछ । विदेशी नागरिकहरुलाई नेपालमा पर्यटकको रुपमा भित्र्याउन सके नेपालले विदेशी मुद्रा आर्जन गर्न सक्दछ ।
नेपालभित्र परम्परागत प्रविधि छ । उक्त प्रविधिलाई समय सुहाउँदो रुपमा परिवर्तन गरी स्वदेशमा उत्पादन बढाउन सकिन्छ । जुन कुरा सानो परिमाणको लगानीबाट पनि सम्भव छ । अर्कोतिर मझौला र ठूला उद्योगहरुमा लगानी बढाउन सके देशमा नै ठूलो मात्रामा रोजगारी सिर्जना गर्न सकिन्छ ।
नेपाल प्राकृतिक स्रोत र साधनमा धनी छ । यी उपलब्ध साधनलाई सही ढंगले सदुपयोग के कसरी गर्न सकिन्छ अध्ययन, विश्लेषण गर्नु आवश्यक छ ।
Email: naradrijal45@gmail.com