लस्कर देखेर बर्रबर्र आँसु झार्दै रुए !

फुटानी 

‘ओई…! भिरघरे लु आइज च्या खादै गफ गरौं ।’ मैले बोलाए पछि तल आफ्नो बारी जोत्दै गरेको भिरघरे मेलो छोडेर आयो ।

‘हौ काका के गफ गर्नु ! कोरोनाले गर्दा सबै खत्तम होला जस्तो छ ।’ भन्दै मुढा तानेर भिरघरे बस्यो । झुम्रीले एक एक कप च्या ल्याएर दिइ ।

लु भन हौ भतिज ! यो बाटोमा अलपत्र परेको हर्को फोटो सामाजिक सञ्जालमा आई रहेको छ । उनीहरु भोकै प्यासै आफ्नो गाउँ जान हिडेको हिड्यै छ अरे ! यसको बेवस्थापन सरकारले गर्नु पर्ने हो कि होइन ?

हेर काका ! यो कुरो चै अलि गम्भीर छ । अस्तिनै हाम्रो हर्केको अनलाइले १० दिन अगाडि नै लकडाउन नगरेर सरकारले ठूलो अपराध ग¥यो । हिडडुल गर्न ठप्पै बन्द गर्नु पर्छ । होइन भने स्थिति समाली नसक्नु हुन्छ भनेर लेख्यो । सारै ठीक कुरो लेख्यो हर्केले भनेर तिमी र मैले भनेकै हो ।

हो ! त्यो त ठिकै लेखेको थियो ।

काका हिजो हर्केले यिर्नालाई घर जान दिनु पर्छ । मान्छे थुनेर राख्न पाइँदैन । मानव अधिकारको हनन् भयो भनेर लेख्यो । रेडियो र सामाजिक सञ्जालमा पनि त्यस्तै दोगला कुरो आइ’रा छन् ।

अब उनार्को हकमा ब्यवस्था गर्नु पर्दैन त भिरघरे !

पर्छ काका, पर्छ । तर सरासरी गाउँ जान दिने होइन । १४ दिन कोरेन्टिनमा राख्ने चेक जाँच गर्ने अनि मात्रै पठाउने गर्नुपर्छ । बच्चा बच्ची, बुढाखाडा, विरामी असक्त सबैको यथोचित ब्यवस्था सरकारले गर्नु पर्छ ।

हिजो त्यो सामाजिक सञ्जालमा कल्ले हो लेखेको पढेको थिएँ है भतिज । लु यी यो मुबाइलमा हेर्त !

नेपाली चरित्र यस्तो छ :

राहत नदिए – सरकार खोइ ?

राहत दिए – नाटक भयो ।

हिड्न दिए – लकडाउन खोई ?

लकडाउन गरे – घर जान देऊ ।

कडाई नगरे – कडाई खोई ?

कडाई गरे – मानवता भएन ।

सिमा छेके – आउन दिएको खोई ?

आउन दिए – नियन्त्रण भएन ।

बिरामी नभए – जाँचेको खोई ?

जाँच गरे – लापर्वाही भयो ।

परदेशिएका – ल्याएको खोई ?

ल्याउन लागे – सावधानी भएन ।

ब्यवस्थापन गर्न – क्वारेन्टिन खोई ?

क्वारेन्टिनमा राखे – अपराधी हौं र ।

केही नबोले – बोलेको खोई ?

बोल्यो भने – जिम्मेवारी छैन ।

काम छैन – छुट देको खोई ?

छुट दियो – ढुकुटी सिध्यायो ।

हुन त हो काका ! तर, कुरो अर्को पनि छ । सप्पैभन्दा अबुझ प्राणी नै मान्छे हो । लकडाउन भए पछि ननिस्किनु पर्ने । बाध्यता भएरै त निस्कियो । निस्किए पछि सरकारले ब्यबस्था त गर्नै पर्छ ।

कुरो जटिल छ है भिरघरे । मुख्य कुरो त हेर भतिज ! नेपाली जनता जहिल्यै सरकारले राम्रो ग¥यो भन्न सक्तैन । नराम्रो मात्रै गणना गर्छन् । यो सरकारले पनि केही गरेको छ । लकडाउनको कारण कोही भोकै बस्ने अवस्था छ भने स्थानीय निकाएमा कुरो पु¥याउनु त प¥यो नि ! स्थानीय सरकारले खोज्दै छ, सोध्दै छ । यहाँतिर पनि वडा अध्यक्ष, सदस्य र कर्मचारीहर्ले घुमी घुमी सोध्दै थिए ।

अम्रिका, युरोपतिरको भयावह अवस्था थाहा पाउनेहर्ले नेपालले ठिकै गरि’रा छ भनेका छन् । अस्तिमात्र ओखरबोटेकी म्याँउँचीले अम्रिकाबाट स्थिति डरलाग्दो छ, मरिन्छ कि बाँचिन्छ थाहा छैन भनेर रुदै फोन गरेकी थिई अरे । त्यो अम्रिकाको राष्ट्रपति ट्रम्प पनि मान्छे चाहिँ साँडे जस्तो र’छ । जोधाहा भन्छन् यस्तालाई । हाम्रो प्रचन्न काम्रेडले जस्तै नाटक पनि गर्दो र’छ । एउटै विषयमा कहिले रुनै कहिले हाँस्ने ।

ए साँच्ची भिरघरे अस्ती कहिले त बाटोमा भोकै, प्यासै हिडी राखेका जनताको फोटो देखेर हाम्रो प्रचण्ड काम्रेड त कहिले भक्कानिएर कहिले बर्रबर्र आँसु झार्दै डाको छोडेर रुँदै थिए अरे त !

हौ काका यो नाटक सबैलेदेखि सके । त्यही दिन विहान पत्रकारहरुसँग जानताको मायाले रुदै बोले । बेलुका आगो बालेर आफै पर्रपर्र मासु (सितन) भुटीराको फोटो सामाजिक सञ्जालमा पोष्ट्याए ।

ए, काका मेरो त मेलो सक्नु छ । म लागें । दिनभरि जोत्नु छ । भोलि गफ गरौंला ।

भिरघरे कुरो त ठिकै पो ल्याउँछ । पक्ष विपक्ष पनि त्यति लिदैन । भ’को कुरो प्वाक्क बोल्छ । हाम्रो गाउँको जान्ने सुन्ने यही हो ।

Facebook Comments
Phutani
Comments (0)
Add Comment