लकडाउनको शिक्षाः विगतमा होइन वर्तमानमा बाँच !

चानक बेपत्ता भएकोमा अन्यथा नठान्नु होला । तपाईको झ्वाट्ट याद आयो, त्यसैले केही लेख्ने जमर्को गर्दैछु । म केही हप्तादेखि लकडाउन गुरुकुल आश्रममा शिष्य बनेको छु । मेरा आदरणीय गुरु अंग्रेजी उपनाम ‘लकडाउन’ले विश्वप्रसिद्ध पण्डित बन्दाबन्दी हुन । मेरा लागि यो परिवेश बिलकुलै नयाँ छ । खै बानी नपरेर हो कि किन हो ! यहाँ सबैकुरा सामान्य देखिन्छ तर प्रत्येक कुरा असामान्य लाग्छ ।

म यहाँ जीवन्त र गतिशील जीवन अस्तित्वलाई पहिल्याउने उपक्रमहरु सिक्दैछु । विहान सबेरै उठेर गुरुकुलको नियम अनुसार ‘लकडाउने कर दर्शन’ मन्त्र जप्दै नित्यकार्य सुरु गर्छु । कोरोनाबाट दिवंगत नजिक–टाढा जेजस्तो साइनो पर्ने भएपनि विश्वबन्धुहरुका नाममा पितृ तर्पण दिन्छु र भूतानामपति, भूपति, भूवनपति कोरोनालाई होम हाल्छु । अनि लकडाउन गुरुको दर्शन गर्छु र तमाम मुस्किलका बाबजुद पनि रित निभाउँछु ।

मेरा गुरुको चरित्र निकै कठोर छ । मिजास असध्यै रुखो र ठाडो छ । उनको हृदय फलामको जस्तै कडा छ । गुरु लकडाउनले दिएको ज्ञान त असलै छ तर तपाईलाई खुसुक्क भन्नुपर्दा गुरु चाहिँ अधम र दुराचारी पाएको छु । मैले गुरुका यी अवगुणहरु सजगतापूर्वक नै लिएको छैन तर मलाई दुःख पक्कै थपेको छ । ज्ञानसंगै गुरुले मलाई स्नेह, उत्साह र धैर्य पनि सिकाएको भए कति राम्रो हुन्थ्यो होला भन्ने कल्पना मनमा खेलिरहन्छ ।

आश्रमको वातावरणलाई युक्तिसंगत बनाउनुको साटो गुरुले आफ्नो शक्ति निर्ममतापूर्वक लादेर उपनिवेश बनाएका छन् । मेरा गुरुको पहिलो र एकमात्र चेतना नै अरुलाई पीडा र दुःख दिनु हो झै लाग्छ । गुरु र चेलाबीच अन्तरवैयक्तिक सम्बन्ध फिटिक्कै छैन । उपदेश, निर्देशन र आदेशहरु नै यहाँका शिक्षण विधि हुन । लकडाउन आश्रमका अनुशासनहरु पनि स्नेह र ज्ञानमा होइन भय र सजायँमा आधारित छन् ।

गुरुकुलको खानपिनको नियम पनि कडा छ । उपलब्ध भए अनुसारको खाना खानुपर्छ, नाइनास्ती गर्न पाइदैन, गरे भोकै बस्नुपर्छ । खायो खाएन चासो लिने कोही छैनन् । यस्तै खाना पनि कतिदिन पाइने हो थाहा छैन । त्यसैले खान पाइन्जेल लकडाउनलाई अन्न उपलब्ध गराइ दिएकोमा धन्यवाद अपर्ण गरेर भोजन गर्छु ।

यो चरम प्रतिकुल परिस्थितिले मेरो होसहवास उडाएको छ तर लकडाउन गुरुले जीवन बारेका केही मननीय पाठ पनि पढाइरहेका छन् । राम्रै कुरा सिक्दैछु । आश्रमको चार घेराभन्दा बाहिर जान बन्देज हुँदा मेरा दृष्टिले त काम गर्न पाएको छैन तर यहाँ मेरो दृष्टिकोण चाहिँ बदलिएको छ । मेरा दृष्टिकोणको शल्यक्रिया भइरहेको छ । तोकेरै भन्नुपर्दा जीवनका लागि चार–पाँच वटा अर्थपूर्ण पाठ मैले लकडाउन गुरुबाट सिकिरहेको छु । त्यही कुरा तपाईसंग साट्न म निकै उत्सुक छु ।

लकडाउन गुरुकुलमा मैले गुरुबाट पाएको पहिलो बक्सिस नै धम्की हो । पहिलो व्यवहार यातना र तनाव हो । पहिलो संस्कार निर्विवेक हो । म यहाँ आफ्ना मुल्य र कर्तव्यहरुका बीच हिचकिचाउँदै आफैंसंग सङ्घर्ष गरिरहेछु । बाहिरफेर हिडडुल गर्न अनुमति छैन । यो आश्रम एकलास र सुनसान यस्तै कुनै स्थानमा होला जस्तो लाग्छ । किनभने यहाँ सनातनी भाषाको भुतजस्तो लाग्ने कोरोना कि यस्तै के भन्नेले नेपथ्यबाट बारम्बार तर्साइरहन्छ ।

यो चरम प्रतिकुल परिस्थितिले मेरो होसहवास उडाएको छ तर लकडाउन गुरुले जीवन बारेका केही मननीय पाठ पनि पढाइरहेका छन् । राम्रै कुरा सिक्दैछु । आश्रमको चार घेराभन्दा बाहिर जान बन्देज हुँदा मेरा दृष्टिले त काम गर्न पाएको छैन तर यहाँ मेरो दृष्टिकोण चाहिँ बदलिएको छ । मेरा दृष्टिकोणको शल्यक्रिया भइरहेको छ । तोकेरै भन्नुपर्दा जीवनका लागि चार–पाँच वटा अर्थपूर्ण पाठ मैले लकडाउन गुरुबाट सिकिरहेको छु । त्यही कुरा तपाईसंग साट्न म निकै उत्सुक छु ।

लकडाउन गुरुकुलमा मलाई सिकाइएको पहिलो पाठ हो– वर्तमानमा बाँच । म झसङ्ग भएँ । हामी त सधैं विगतमा पो बाँच्दा रहेछौं । ‘म हिजो यसो गर्दर्थे, उसो गर्दथें, आज त्यो गर्न पाइन’ भन्ने कुराले हामीलाई सताउँदो रहेछ । म अतितका ताजा र चञ्चल सम्झनाहरु बोकेर रमाइरहेको रहेछु । जीवन अतितको स्मृति होइन रहेछ । हिजोकै जस्तो जीवन खोज्ने मेरा प्रयास र सक्रियताको तात्पर्य के थियो भन्ने कुरा लकडाउन गुरुकुलमा भर्ना भएपछि मैले बुझ्न छोडेको छु । बुझ्दै जाँदा हिजोको जस्तो भएन भन्ने मेरा आग्रहहरुले जीवनमा छटपटी र कोलाहाल मात्र थपेका रहेछन् । त्यसैले मलाई लकडाउन गुरुले सिकाएको पहिलो जीवन सूत्र हो– अतितको स्मरण गर, वर्तमानमा बाँच, भविश्यमुखी बन ।

यहाँ मलाई सिकाइएको दोस्रो पाठ हो– जीवनलाई अबरुद्ध नपार । हिजोको दैनिकी बन्द भयो अब के गर्ने भन्ने कुराले हाम्रो आपत्लाई दुई गुणा बढाइदिँदो रहेछ । जीवनको सबैभन्दा ठूलो औषधि भनेकै परिश्रम र पहरेज रहेछ । यहाँ लकडाउन आश्रममा पटकपटक भन्ने गर्छन्– ‘जीवनलाई जम्न नदेऊ । तिमी आनन्द बाहिरी दुनियाँमा खोजिरहेछौं, आफू भित्रको हृदयमा आनन्द हुन्छ त्यसलाई खोतल ।’ गुरुको यो कुरा सुनेपछि मलाई लाग्यो– अहिले सामान्य अवस्थाको भन्दा अधिक उर्जा चाहिने बेला छ । हामी यो असामान्य बेलामा पनि आफ्नै औकातअनुसारको गतिविधि देखाइरहेका रहेछौं । कालवेला अनुसार आफ्नो दैनिकी बदलेर सक्रिय बन्नु उचित हुने रहेछ । मैले लकडाउन आश्रममा सिकेको विशेष जीवन सूत्र हो– ‘जीवनमा प्रतिस्पर्धा बदलियो भने मोर्चा बदल तर परिस्थिति नै बदलियो भने नियमहरु बदल ।’ अहिले हाम्रो परिस्थिति नै बदलिएको छ । त्यसैले हामीले हिजो कै जस्तो खोजेर हुनेवाला छैन, मोर्चामात्र बदेलेर पनि पुग्दैन । यस्तो बेला हाम्रा जीवनका नियमहरु नै बदल्नु पर्ने हुँदो रहेछ।

मलाई सिकाइएको तेस्रो पाठ हो– मसिना कुरामा आनन्द खोज । हामी अधैर्य, भय र चिन्ताबाट आफूलाई कमजोर बनाइ रहेका रहेछौं । हामीमा जागृति पालाएको रहेन रहेछ । मान्छे नयाँ नयाँ कुराको खोजी गर्ने बाठो प्राणी भन्ठानेको त होइन रहेछ । जीवनभरि नानाभाँति गरेर घर बनाउन कामाइ ग¥यौं, घर बनायौं तर त्यही घरमा बस्नुपर्दा हामीलाई उखरमाउलो भएको छ । कस्तो आश्चर्य ! हामी त आदतको दास पो बनेको रहेछौं । आधुनिक शैलीको यन्त्रिकताले जीवनको जादु मारेको रहेछ । आदतले सिर्जना गरेका हाम्रा उत्तेजनाहरुले हामीमा आशान्ति र समाजको सामाजिकतालाई नाश गरिरहेका रहेछन् । लकडाउन आश्रममा मैले सिकेको अर्थपूर्ण जीवन सूत्र हो– समयले नअह्रएको कर्तव्यको जिम्मा नलेऊ।

लकडाउन गुरुकुलमा बस्दा मैले सिकेको चौथो पाठ हो– प्रकृतिलाई सम्मान गर । अभ्यासले प्रकृतिलाई कहिल्यै जित्ने रहेनछ । विगतमा हाम्रा फूर्ति आवश्यकता भन्दा निकै बढ्ता रहेछन्। हामीले मान्छे हुनुको शोभा गुमाइसकेछौं । हेर्नुहोस् त हाम्रो बुद्धिले गर्दा कस्तो दुर्भाग्य नित्याएछौं– हाम्रा बालबच्चा र सन्ततिहरुले विराम गर्नुभन्दा अघि नै सजायँ पाउन थालिसकेका छन् । गुरुकुलमा हिजोआज मैले सिकेको असाधारण जीवन सूत्र हो– तिमी खराव हिसाव किताव गर्छौ भने प्रकृतिले पनि सही हिसावकिताव गर्दैन।

यहाँ मैले सिकिरहेका कुरा विशिष्ट नहोलान् तर अति सान्दर्भिक छन् । त्यसैले तपाईलाई सुनाएको हुँ । विगतमा तपाईहामीलाई भय र लोभ मात्रै सिकाइएछ । मैले त त्यही सिकेछु । अहिले चेत खुल्यो– यसखाले बुद्धिले जीवनलाई लम्ब्याउने होइन सिध्याउने गर्दोरहेछ । विगतको मेरो शिक्षाले मलाई मृत्यु नजिक आउला कि भनी भयभित हुन सिकाएछ । सहासको गुणबाट बञ्चित भएका हामीहरु शस्त्रअस्त्रले जतिसुकै सुसजित भएपनि जीवन युद्ध जित्ने रहेनछौं । हामीले मान्छे बँचाउने होइन, मार्ने मात्रै कर्तुत गरेछौं– हातहतियार बनाएछौं, युद्ध गरेछौं र प्रकृतिलाई ध्वस्त पारेछौं । खराबीका सबै छाडा नियमहरुको औपचारिक थिति बसालेछौं । हाम्रा यी बहुलठ्ठीहरुले आत्मनाशको बाटोतर्फ धकेलेछन् । जसको परिणाम अहिले कोठाभित्र कोचिएको मानव जातिको घायल वर्तमान प्राणको एकोहोरो भिख माग्न बाध्य छ ।

अहिलेसम्म गुरुकुलमा मैले सिकेको अन्तिम पाठ हो– कठीन परिस्थितिका लागि सधैं तयार होऊ । अयस आराम मात्रै जीवन होइन रहेछ । हामी निकै पुलपुलिएका रहेछौं । दुःख र पीडाको अर्थ हामीलाई कसैले सिकाएनछन् । विहान वेलुकै लकडाउन गुरु हैकमी स्वरमा बारम्बार दोहो¥याइ रहन्छन्– ‘मृत्यू जीवनको पूर्णता हो । बहादुरीका साथ दुःख सहन सिक जसले शान्तिको मृत्यू दिन्छ।’ मैले यहाँ सिकेको हत्तपत्त जान्न नपाइने तर सुन्दा सामान्य लाग्ने जीवन सूत्र हो– समयमै खेलाँचीको नतिजालाई सुधार।

म अहिले निकै उत्साहित भएको छु । मलाई विश्वस छ– यस्तै कुराहरु ख्याल गर्न सक्यौं भने मात्र पनि भविश्यमा विगतका गलत शिक्षा र आदतले निम्त्याएका समाजिक र प्राकृतिक भयबाट बँचाएर ल्याएको विशाल सफलता हाम्रा हातमा हुनेछ।

लकडाउन गुरुकुल आश्रममा नैराश्यजनक वातावरण नहुँदो हो त म यो नयाँ बुद्धि र होसका लागि मेरा गुरुको कस्तो जोडदार शव्दम समर्थन गर्ने थिएँ हुँला । पुरै दिल खोलेर कसरी प्रसंशा गर्ने थिएँ हुँला । तर मेरो यो सवलता हो कि निर्वलता म त्यसो गर्न रत्तिभर तयार छैन।

म अहिले तपाईलाई भेट्न आउन सक्ने अवस्थामा पनि छैन । आश्रममा पढ्नु प¥यो, लकडाउन गुरुको सेवामा लाग्नु प¥यो, एकैछिन फुर्सद छैन । आश्रमबाट बाहिर निस्किन पनि सख्त मनाही छ, वरिपरि थरिथरिका सन्डमुण्डहरु छोडेका छन् त्रसित बनाउँछन्।

यहाँ मैले सिकिरहेका कुरा विशिष्ट नहोलान् तर अति सान्दर्भिक छन् । त्यसैले तपाईलाई सुनाएको हुँ। विगतमा तपाईहामीलाई भय र लोभ मात्रै सिकाइएछ। मैले त त्यही सिकेछु। अहिले चेत खुल्यो– यसखाले बुद्धिले जीवनलाई लम्ब्याउने होइन सिध्याउने गर्दोरहेछ। विगतको मेरो शिक्षाले मलाई मृत्यु नजिक आउला कि भनी भयभित हुन सिकाएछ। सहासको गुणबाट बञ्चित भएका हामीहरु शस्त्रअस्त्रले जतिसुकै सुसजित भएपनि जीवन युद्ध जित्ने रहेनछौं। हामीले मान्छे बँचाउने होइन, मार्ने मात्रै कर्तुत गरेछौं– हातहतियार बनाएछौं, युद्ध गरेछौं र प्रकृतिलाई ध्वस्त पारेछौं। खराबीका सबै छाडा नियमहरुको औपचारिक थिति बसालेछौं। हाम्रा यी बहुलठ्ठीहरुले आत्मनाशको बाटोतर्फ धकेलेछन्। जसको परिणाम अहिले कोठाभित्र कोचिएको मानव जातिको घायल वर्तमान प्राणको एकोहोरो भिख माग्न बाध्य छ।

आत्मघात वीरता होइन, अतितको शौर्य गाथा गाएर भविश्यमा बाँच्न सकिदैन । पुर्खाले पहिल्यै भनेका हुन– हाम्रा कार्यहरु आदत बन्छन् र आदतहरु नै हाम्रा चरित्र हुनेछन् । ख्याल गरौं । जीवनलाई झन् अफ्ठ्यारो नबनाऔं । यो मेरो विनम्र आग्रह हो । तपाईको जो विचार!

Facebook Comments
Mainali
Comments (0)
Add Comment