आजबाट अर्को नयाँ वर्ष सुरु भइछाड्यो– हामीले गणना गर्ने गरेको विक्रम संवत्सरको २०७७ साल । यससँगै समयले सबैलाई एक वर्ष ‘बुढो’बनाइदिएको छ । बुढो हुन कसलाई पो मन हुन्छ र तर समय किन पो रोकिन्थ्यो ?कसले पो सक्छ र यसलाई रोक्न ?
नयाँ वर्ष,नयाँ जोस,जाँगर एवं उमङ्गका साथ सुरु गर्नुपर्छ भन्ने मान्यता छ । यसका लागि धार्मिक अनुष्ठान हुन्छन् । कोही सामाजिक सेवामा जुट्ने गर्छन् । अथवा नयाँ, सिर्जनात्मक कुनै काम गर्नु राम्रो मानिन्छ ।
‘यदि सबैकुरा वा अवस्था यथावत रहे’ । विशेषगरी अर्थशास्त्रमा बढी प्रयोग हुन्छ यो ‘अड्को,अवस्था,शर्त,नियम वा परिबन्ध जे भन्नुस् । अहिले विश्वको अवस्था यथावत छैन । त्यसैले नयाँ वर्षको उत्सव मनाउने तरिकाअनिउल्लास पनि पहिले जस्तै हुने सम्भावनै छैन ।
अहिले विश्व नै सङ्कटको अवस्थामा छ । कोरोना वा कोबिड–१९ नामको जीवाणुले मानिसमा रहेको ‘सर्वशक्तिसम्पन्न’को दम्भमा हिउँभन्दा पनि चिसो पानी ढोलिदिएको छ । आचार्य चाणक्यका अनुसार,संकटका बेलामा बुद्धिमानभन्दा पनि त्यही टिक्छ,जोसँग समय/परिस्थितिसँग अनुकूलन गर्ने क्षमता बढी हुन्छ ।
अनुकूलन यतिबेला समयको मागमात्रै होइन, गर्नै पर्ने काम हो । कानमा ज्ञान,विज्ञान,धन,रूप,बल,हतियाररुपी रुवा हालेर मस्त रहेको ‘कथित बुद्धिमान प्राणी’ यतिबेला ‘त्यान्द्राको सहारा’कोसहारा पाइन्छ कि भन्ने आशमा छ ।प्रकृतिसँगको अनुकूलनको मूल्य के हो भन्ने सम्भवतः अहिले जस्तो टड्कारो गरी उसले बुझ्ने आवश्यकता नै ठानेको थिएन ।
अनिकाल लागेको साल भोक धेरै लाग्छ अरे ।अन्न वा खानेकुरा नहुने अवस्था नै अनिकाल हो । खानेकुरा नभएका बेला भोक बढी लाग्नु आफैँमा मेलखाने कुरा होइन । कोठामै थुनिनु पर्दा यस्तै अवस्था भोग्न वाध्य हुनुपर्यो ।
कोरोनाको मानसिक त्रास भोगेको त झण्डै दुई महिना नै भयो । तीन साता नाघ्यो कोठामै बसेकोपनि। यो ५२८ घण्टामध्ये बढीमा दुई घण्टा जरुरी सामान किनमेलका लागि पसल पुगियो । कुल ३१ हजार ६८० मिनेटमा मोटामोटी ३०० मिनेट जति टेलिफोन, फेसबुककोम्यासेन्जरमा कुराकारी गरेर बितेहुन् । सधैँ कम हुने रक्तचाप (ब्लडप्रेसर) एक्कासी बढेकाले दुई घण्टा अस्पतालको खाटमा तेर्सिनुपर्यो । यसरी नौदेखि १० घण्टा जति बित्यो होला ।
अनिकाल लागेको साल भोक धेरै लाग्छ अरे ।अन्न वा खानेकुरा नहुने अवस्था नै अनिकाल हो । खानेकुरा नभएका बेला भोक बढी लाग्नु आफैँमा मेलखाने कुरा होइन । कोठामै थुनिनु पर्दा यस्तै अवस्था भोग्न वाध्य हुनुपर्यो ।
आज आमाको तिथि । हिजो हविष्य अर्थात पवित्र वा सात्विक भोजन गर्ने दिन । चलन चल्तीको भाषामा ‘एकछाकी’। आमा बुवा दुवैलाई अघिलगाएका अभागीहरूमै पर्छु । उहाँहरूका सम्झनामा यी दुई दिन बिते । डेस्कटप कम्प्युटर बनिहाल्छ कि भनेर प्रयास गरियो । त्यस क्रममा करिब १५ घण्टा बिते । परिणाम सकारात्मक आएन ।
एकान्तवासको यो समय केही पुराना काम गरेर बिताउँला भन्ने थियो । कम्प्युटरमा लेखपढ गरौँला भन्ने थियो । पश्चिमका चर्चित कथाहरूको अनुवाद गरेर भूमिका लेखिदिन मित्र गंगा अधिकारीले गर्नुभएको आग्रह पूरा गर्न सकिरहेको थिइन । त्यो सकौँला भन्ने थियो ।
अनलाइन पत्रिका चलाउँदै आउनुभएका मित्रहरू रघु मैनाली, गोविन्द पोखरेल,भूपराज खड्का,चिरञ्जीवी अर्यालले लेख लेख्न गर्नुभएको प्रोत्साहन पूरा गर्न सकेको भए आफैँलाई पनि राम्रो हुनेथियो । त्यसमा पनि आफूलाई योग्य प्रमाणित गर्न सकिँन ।
असारे चटारोमा अभावमा रहेकाको गोरुको ‘हल’बिग्रन्छभन्ने चलन छ । मेरो पनि त्यस्तै भयो । चलिरहेको डेस्कटप कम्प्युटर खुलेन । ल्यापटपको किबोर्ड बिग्रेर अर्को किबोर्ड जोडेर काम चलाइरहेको थिएँ । त्यसको पनि तार चुडिएर काम गर्न पाइएन ।
यसबीचका सुतेर बिताइएका झण्डै २१० घण्टालाई छाडेर करिब करिब इन्टरनेटकै शरण परियो ।इन्टरनेटको दुरूपयोग बढ्यो । समाजमा नकारात्मक प्रभाव परिरहेको छ । यी आजको युगका विवादका विषय हुन् । कक्षा ८,९ को हो वा १० कक्षाको अंग्रेजी किताबको एउटा शीर्षक सम्झना भइरहेको छ । युज एण्ड मिसयुज अफ साइन्स शीर्षकको त्यस निबन्धमा दुरूपयोग हुने गरेको विज्ञानका उपलब्धिबारेकाचिन्ता समेटिएको छ । इन्टरनेट पनि त्यही विज्ञानको देन हो । यसका पनि दुवैखाले प्रभाव हुन्छन् नै ।
भानिज नन्दराज र बुहारी कमला पोखरेलले किबोर्ड जुटाइदिएकाले यति लेख्न पाएको हुँ । यसबीच दुई वटा पुस्तकका भाषा हेरिदिन भानिजले दिएका काम गरियो । भाषा नै हेरिदिन पदम परियार जीले जिम्मा दिनुभएका कामले ४०घण्टा जति समय बिताउन मद्दत गरे ।
अभाव,पराजय,वाधा–व्यवधानबाट घाटा नै हुन्छ भन्ने पनि होइन रहेछ, ज्ञान मिलेको छ । अभावले वस्तुको मूल्यबोध गराउँछ । पराजयले आफूमा रहेका कमजोरी उदाङ्गो पारिदिन्छ । वाधा-व्यवधानले विकल्प खोज्न वाध्य पार्छन् । यसरी घरमै बस्नुपर्दा पनि फाइदै हुने रहेछभन्ने निचोड नजिक पुगेको छु ।
यसबीचका सुतेर बिताइएका झण्डै २१० घण्टालाई छाडेर करिब करिब इन्टरनेटकै शरण परियो ।इन्टरनेटको दुरूपयोग बढ्यो । समाजमा नकारात्मक प्रभाव परिरहेको छ । यी आजको युगका विवादका विषय हुन् । कक्षा ८,९ को हो वा १० कक्षाको अंग्रेजी किताबको एउटा शीर्षक सम्झना भइरहेको छ । युज एण्ड मिसयुज अफ साइन्स शीर्षकको त्यस निबन्धमा दुरूपयोग हुने गरेको विज्ञानका उपलब्धिबारेकाचिन्ता समेटिएको छ । इन्टरनेट पनि त्यही विज्ञानको देन हो । यसका पनि दुवैखाले प्रभाव हुन्छन् नै ।
एकान्तवासको यो समयमा कतिपय मित्रका सिर्जना पढ्न पाइयो– विशेषगरी सामाजिक सञ्जाल फेसबुक र अनलाइन पत्रिकामा । गोरखापत्र संस्थानमा कार्यरत मित्र भगिरथ बस्नेतले पोस्ट गर्नुभयो– ‘अव चाहिँ सुत्ने होला, बिहान सबेरै उठेर फेरि सुत्नुपर्छ ।’ चैत २८ गते उहाँले पोष्ट गर्नुभएको यो वाक्य आफैँमा सुन्दर छ । काव्यात्मक छ ।
यति थोरै शब्दमा उहाँले समयका साथै मान्छेका अहिलेका वाध्यताको सटिक चित्रण गर्नुभएको छ । शब्दालङ्कार अनि अर्थालङ्कारका दृष्टिले विद्वानहरूले यसमा धेरै कुरा पाउन सक्नुहुन्छ होला भन्ने लाग्छ ।
पत्रकार मित्र निर्मला शर्माले मिलन सिग्देलबाट साभार गरेर यस अवधिको उपयोग साच्चै सटिकरूपमा गरेको पाएँ । अहिलेको फुर्सदिलो समयमा पनि फोन नगरेको भनेर दुःखमनाउ गर्ने साथीहरूलाई उहाँले दिनुभएका जवाफ निकै यथार्थ छन् । माफी माग्दै फोन नगर्नुका कारण उहाँले यसरी दिनुभएको छ–
१. हेल्लो कहाँ हुनुहुन्छ ? भन्दा कहाँ हुनु र लकडाउनमा, सबै घरमै हो नि !,थाहा भै भै सोधेजस्तो !!!
२. खाना खानुभयो ?भन्दा खानु र सुत्नुमात्रै काम छ, जान्दा जान्दै जिस्क्याए जस्तो !!!
३. मेरोतिर आउनुहोस् भनौँ भने पुलिसको कुटाइ खुवाउन खोजेको जस्तो !!!
४. गाउँघरको खवर कस्तो छ ? भन्दा लकडाउनमा लुखुर लुखुर गाउँ डुल्ने भनी खिस्टयाए जस्तो !!!
५. सञ्चै हुनुहुन्छ ? भन्दा कोरोना सङ्क्रमित छ कि भनेर doubtगरे जस्तो !!!
त्यसैले फोन नगरेको है,अन्यथा नसम्झिनु होला ।
पत्रकार चिरञ्जीवी अर्यालले पनि यो समय सिर्जनाकर्ममा उपयोग गर्नुभएको पाएँ । उहाँले लकडाउनका बेला चिन्तन–मननमा आएका केही विषयवस्तु भनेर यसरी प्रस्तुत गर्नुभएको छ–
- सामाजिक सम्पर्क,सम्बन्ध र दूरी
- हाम्रो सनातन धर्म-कर्म,संस्कार र संस्कृति
- सङ्घीय सरकारको क्षमता र स्थानीय तहको सक्रियता
- स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको भूमिका
- भारतसँगको खुला सीमानाको फाइदा-वेफाइदा
मेरा लागि यस अवधिको उत्कृष्ट उपलब्धि हो–पत्रकार रघु मैनालीको लेख्ने क्रममा थपिएको गति । ‘हामी असाधारण फिक्का जीवन बिताइ रहेछौं’, ‘कोरोना महामारीः एक्लोबासको सुनसान दिन’ र ‘प्रिय लकडाउन,आऊ अझै केही दिन बेस्मारी रमाऊँ !’ शीर्षकका उत्कृष्ट लेख लेख्न उहाँलाई वाध्य पारेको छ यो एकान्तवासले ।
पत्रकार मैनालीको लेखन ज्यादै तीखो छ । खोजमूलक लेख लेख्नुहुन्छ । सक्नु पनि हुन्छ त्यस्ता लेख लेख्न । सोचका धार र अध्ययनका सारले उहाँका लेखलाई उत्कृष्ट बनाउछन् । खै के केमा अल्मलिएर हो– ज्यादै कम लेख्ने गर्नुहुन्छ । एक्लोबासको यो झर्कोलाग्दो अवस्थाले बढाएको उहाँको लेखनको गतिले निरन्तरता पाओस् भन्ने नयाँवर्षको पहिलो कामना छ मेरो ।
अन्त्यमा,सबैका लागि यो नयाँ वर्ष ‘नौली’ नै बनोस् । फलदायी बनोस् । अन्नपानीको शरीर ‘बेसारपानी’कै उपचारभन्दा पर नदुखोस् । एकपेट खानाले नबिर्सियोस् । के गर्यौ(गरेउ)र ? भन्दा पनि के गरौँ ?भन्ने‘सन्तान–चेत’ले नबिराओस् । सबैमा नव वर्षको मङ्गलमय शुभकामना !