घरमा जस्तै सङ्कट परेको भए पनि कुनै योगदान नै नदिएको परिवारको सदस्य आइपुगे घरले स्वागत नै गर्छ । उसलाई दुत्कार्दैन । भर, अभर, दुःख, सुख जस्तै अवस्थामा पनि घरले आफ्नो परिवारका सदस्यलाई पराइ ठान्दैन । आज हाम्रो ठूलो घर यो देशमा कोरोनाको कहर छ । सङ्कट छ । देश लकडाउनमा छ । यो असहज बेलामा हामी आआफ्ना घरभित्र खुम्चेका छौँ । हामीमध्ये कति जे जस्तो उपलब्धता छ, रुखासुखा खाएर गुजारा चलाइरहेका छौँ । एक छाकलाई दुई छाक पारेर पनि खाइरहेका छौँ । आधा पेट खाएर पनि बाँचेका छौँ । किनकि, कोरोनाको कहरबाट बच्नु छ ।
हामीमध्ये कतिलाई हातमुख जोर्नै समस्या छ । बाहिर कोरोनाको कहर, भित्र जठाराग्नीको प्रहार । जस्तै परिस्थितिमा पनि आफ्नो ज्यान बाँच्नुप¥यो । लालाबालाको ज्यान बचाउनुप¥यो । सुत्केरीलाई खुवाउनुप¥यो । देशमा लकडाउन छ । बाहिर निस्कनु हुँदैन । सरकारले हाम्रै जीवनको सुरक्षाका लागि लकडाउन गरेको छ । तर घरमा आधारभूत आवश्यकताका सामान छैनन् । थाहा छ, बाहिर जानुहुँदैन । तर त्यस्तो अवस्थामा विकल्प के छ ? कसैको ग्यास छैन । कसैको दाल चामल छैन । हुनेले जोहो गरे, नहुनेले कसरी जोहो गर्ने— पहिले हुनेखानेसँग रिन लिनुप¥यो । त्यसपछि कहाँ पसल खुलेको छ, पुगेर सामान जोहो गर्नुप¥यो । केन्द्रदेखि स्थानीय तहसम्म सरकारै सरकार भएका बेला घरछेवैको सरकारले घरमै दाल, चामल र चुल्हो बल्ने व्यवस्था गरिदिएको भए कोरोनाको कहरबाट बच्न घरै बस्दा पुग्थ्यो ।
जुन भारतीय प्रशासन, प्रहरीले ‘तिमीहरूको कुनै व्यवस्था यहाँ हुँदैन, नेपाल जाऊ’ भन्दै सीमासम्म ल्याइपु¥याएको छ, उसैलाई फेरि जिम्मा दिएर पारि जान हिँडेका भारतीय नागरिक सीमाछेउ पालेर बस्नु कति न्यायोचित ? के, तिनलाई नेपालमै छिराएर क्वारेन्टाइनमा राखी भारतका नागरिकलाई सीमा कटाउन मिल्दैनथ्यो? राष्ट्र धर्मले के भन्छ ? नमिलेका कुरा अरु पनि छन्। अति आवश्यक स्वास्थ्य सामग्री आयातमा देखिएका कमजोरी र अनियमितताका प्रश्न उठिरहेका छन् । प्रधानमन्त्रीबाट ठाडो हस्तक्षेपपछि ठेक्का रद्दसम्मका कुरा बाहिर आएका छन् । अहिले यो विपत्तिका बेला अरु तीता कुरा नगरौँ भन्दाभन्दै पनि शासकहरूलाई यो प्रश्न नगरी रहन सकिएन— राष्ट्र धर्म के हो ?
तर यथार्थमा त त्यस्तो छैन । अनि सरकारले पेट नपालेपछि कुराले आन्द्रो आउँदैन । अनि जेसुकै होस्, मर्नुभन्दा बहुलाउनु निको भने जस्तै प्राण धान्न जोरजामका लागि घरबाट निस्केको निमुखालाई परतिर प्रहरीको रूपमा उभिएको राज्यले ढाडस दिँदैन, सहयोग गर्दैन । उल्टो गोरुभन्दा द¥हो चुटाइ हान्छ । चामल लिएर फकिँदै गर्दा, ग्याँस लिएर आउँदै गर्दा अपराध गरे जस्तो गरी निर्मम पिटाइ कति मानवीय? यही हो त राष्ट्र धर्म? यो प्रश्न अहिले हरेक मनमा उठिरहेको प्रश्न हो ? राष्ट्रको धर्म के हो ? उसका घरमा खाने जोहो भए किन निस्कनु पथ्र्यो कोरोनाको कहरमा पर्न ? तावाबाट उम्केर भुङ्ग्रामा भने जस्तो भयो । हो, केही रमाइलो गर्न निस्कने, घुम्नेले गलत गरेका हुन् । तिनलाई सम्झाउने, बुझाउने, चेतावनी दिने, सामान्य बल प्रयोग गर्ने ठीकै हो । तर दु:खजिलो गर्दै घरमा खान अन्न बोकेर जाँदै गरेका निमुखा नागरिकलाई नेप्ट्याई, घोप्ट्याई लट्ठीमाथि लट्ठी भाँचिनेगरी बर्साउनु, कुहिनो टेकाएर हिँडाउनु, कुखुरा बनाउनु कति जायज? युद्धमा हारेर पक्राउ परेका सिपाहीलाई समेत खान दिन्छ शत्रु राष्ट्रले समेत । यी प्रहरीलाई जनतामाथि अत्याचार नगरी ड्युटी गर्न, सहयोग गर्न तथा गलत र सही छुट्याउन किन सिकाइँदैन ?
यो देशभित्रको कुरा भयो, अब छिमेकको कुरा गरौँ । छिमेकी चीनको वुहान शहरमा सङ्कट परेका बेला त्यहाँ रहेका नेपाली विद्यार्थीलाई राज्यले हवाइ जहाज चार्टर गरेर ल्यायो । सबैले प्रशंसा गरे । तर भारतमा रहेका नेपालीको हकमा राज्य स्पष्ट हुन सकेन । भारतसँगको प्रभावकारी समन्वय पनि देखिएन । अहिले भारतमा पनि लकडाउन छ र नेपालमा पनि । जो जहाँ छ, त्यहीँ रहनु नै लकडाउन हो । छिमेकी भारतमा काम गर्न गएका नेपालीहरू रोजगारी खोसिएपछि त्यहाँ बस्ने आधार भएन । कतिलाई रोजगारदाताले निकालिदियो र कति सङ्कटका बेला आफ्नै देश जान्छु भनेर आए । बम्बैदेखि, दिल्लीदेखि लकडाउनमा कसरी उनीहरू नेपालको सीमासम्म आउन सके त ? उनीहरूलाई जो जहाँ छन्, त्यहीँ यदि त्यहाँको सरकारले खुवाइपियाई राखेर यो लकडाउन समयभरि हिँडडुल गर्न नदिएको भए उनीहरू हिँड्ने नै थिएनन् । तर भारतपट्टिबाट उनीहरूलाई सीमासम्म आउन दिइयो ।
भारतको त नीति नै यस्तै हो । किनभने सन् १९९० ताका भारतसँग सीमा जोडिएको भुटानबाट लखेटिएका नेपाली मूलका करीब एक लाख भुटानीलाई पहिले भारतले आफ्नो भूमि प्रवेश गर्न दियो र नेपालको सीमा मेची नदीपुल कटाएर छोडिदियो । आउन दिएको भारतले फेरि फर्केर आफ्नै देश जान्छौँ भन्ने शरणार्थीलाई कहिल्यै बाटो दिएन । तर नेपालले राष्ट्रधर्म पालना गरेर ती शरणार्थीलाई शरण मात्रै दिएन, लालनपालन पनि गरिरह्यो । यद्यपि, यसमा अन्तर्राष्ट्रिय सहयोग पनि रह्यो । अहिले पनि केही हजारको संख्यामा भुटानी शरणार्थी नेपालमै छन् र तिनलाई मेची पुल कट्न भारतले दिँदैन ।
यो पुरानो प्रसङ्गलाई पुनर्ताजगी गरेर अहिले कोरोनाको कहरका बेलामा हेरौँ । जब भारतका विभिन्न सहरबाट मजदूरी गर्दै गरेका नेपाली फर्किए, तिनलाई राखेर खुवाउनुपियाउनुको सट्टा सीमामा पु¥याउनुमै भारतले आफ्नो हित देख्यो । त्यही भयो पनि । हजारौँ नेपाली आपत्का बेला घर पस्न पाइने भयो भनेर कष्ट उठाएर, भोकै प्यासै, काखे बालख च्यापेकी भर्खरकी सुत्केरी समेत कैयौँ दिन हिँडेर सीमासम्म आइपुगे । हाम्रो राज्यले यसअघि पनि आपत्मा घर आएका नेपाली दाजुभाइ दिदी बहिनीलाई घर छिर्ने मौका दिएको थियो । यद्यपि तीमध्ये केहीले उपद्रव मच्चाएर क्वारेन्टाइनमा नबसी भागेको दुःखद् प्रसङ्ग पनि छ । तर यो हुनुमा पनि राज्य दोषी छ । खाने बस्ने आवश्यक व्यवस्था र सुरक्षा प्रबन्ध गरेको भए ती भाग्न पाउँदैनथे, जेलबाट भाग्न चाहेर जसरी बन्दी भाग्न पाउँदैनन् ।
सीमामा आएकामध्ये सुरक्षा व्यवस्था नभएका ठाउँमा र खेत, बारीको साँध भएका ठाउँबाट कति भागेरै नेपाल छिरे । यसको तथ्यांक कुनै निकायसँग पनि छैन । एक जनाले महाकालीमा हाम फालेर पार गरी नेपाल टेके । उनलाई लङ्का दहन गर्नुअघि पुच्छरमा आगो लगाइएका हनुमानलाई लङ्का घुमाएजसरी नाङ्गै सहर घुमाएको दृश्य देखियो । लुगा लगाउन समेत दिनुपर्छ भन्ने सामान्य चेत र विवेक त्यसरी बहादुरीपूर्वक घुमाउनेहरूमा देखिएन । भारतबाट धपाइँदै सीमासम्म भोकै, प्यासै, अनिन्द्रै लखतरान परेर आइपुगेका सुत्केरी सहितका नागरिकको आर्तनाद राज्यले सुन्न सकेन । भारतमै बस्ने खाने व्यवस्था गरेर राखिदिएको भए ती कसरी त्यहाँसम्म आइपुग्थे? लामो यात्राबाट थाकेर घरको दैलोसम्म आइपुगेको परिवारको सदस्य बन्द ढोका खोल्न अनुनय बिनय गर्दैछ, तर भित्र परिवारका अन्य सदस्य ढोका खोलेर स्वागत गर्नुको सट्टा अझ छिड्किनीमाथि आग्लो हालेर खाइरहेका छन् । खट्प्वालबाट त्यो दृश्य देख्नुपर्दा लामो यात्राबाट भोकै, प्यासै थकित अवस्थामा आइपुगेर बाहिरै बस्न विवश परिवारको त्यो सदस्यलाई कस्तो महसुस हुन्छ होला? उसबाट घरप्रतिको भरोसा टुट्छ कि टुट्दैन होला ? कल्पना गर्न सकिन्छ ।
सीमामा थुनिएका नेपालीको हकमा पनि त्यस्तै भयो ।
हामी त जस्तै भए पनि घरमा छौँ । अनि नेपाली हावा स्वास फेर्न पाएका छौँ । हाम्रो शरीर घरैमा खुम्चे पनि खुला आकाशमुनि स्वतन्त्र छौँ । हाम्रो मन स्वतन्त्र छ । तर आफ्नो देशको माटो हातले समात्न र पैतालाले टेक्न सक्ने ठाउँमा आएर पनि अनुनय विनय गर्दा समेत गेट नखोलिनु र जुन भारतीय प्रशासन, प्रहरीले ‘तिमीहरूको कुनै व्यवस्था यहाँ हुँदैन, नेपाल जाऊ’ भन्दै सीमासम्म ल्याइपु¥याएको छ, उसैलाई फेरि जिम्मा दिएर पारि जान हिँडेका भारतीय नागरिक सीमाछेउ पालेर बस्नु कति न्यायोचित ? के, तिनलाई नेपालमै छिराएर क्वारेन्टाइनमा राखी भारतका नागरिकलाई सीमा कटाउन मिल्दैनथ्यो? राष्ट्र धर्मले के भन्छ ? नमिलेका कुरा अरु पनि छन्। अति आवश्यक स्वास्थ्य सामग्री आयातमा देखिएका कमजोरी र अनियमितताका प्रश्न उठिरहेका छन् । प्रधानमन्त्रीबाट ठाडो हस्तक्षेपपछि ठेक्का रद्दसम्मका कुरा बाहिर आएका छन् । अहिले यो विपत्तिका बेला अरु तीता कुरा नगरौँ भन्दाभन्दै पनि शासकहरूलाई यो प्रश्न नगरी रहन सकिएन— राष्ट्र धर्म के हो ? अस्तुः