श्रद्धेय सारा नेपाली बन्धुबान्धव
गच्छे अनुसारको साष्टाङ्ग दण्डवत्, सादर नमस्कार अनि शुभाशिष् !
आपत् विपत् मै त हो, आफन्तको याद आउने, त्यसैले एकमुष्ट रुपमा तपाईहरुलाई पत्र लेख्दैछु । अरु सबै ठिकै छ, मेरो मन त्यति ठेगानमा छैन, अलि विचलित छ, यत्तिकोलाई सञ्चै भन्नुपर्ला । मसिनो खबर त थाहा छैन तर मैले सुनेको छु मलाई जस्तै तपाईलाई पनि महामारीले चाहिँ निकै तालाबाला खेलाइरहेको छ । हामी सबैबाट यो विपत्ति छिटै टरोस् भनेर हृदयदेखि नै सर्वदा कामना गरिरहेको छु ।
परिवार र छरछिमेकको खबरबाटै चिठ्ठीको शुरु गर्दैछु । हेर्नु न, कस्तो विडम्बना ! यहाँ हामी सबै एकान्तमा छौं, तर शान्त हुन पनि सकेका छैनौं । पर–परबाट एकअर्कालाई हे¥यो, खिन्न मुख लगायो, बस्यो । यस्तो लाग्छ, अब आफ्नै आवाज सुन्न पनि मुस्किल हुन थालेको छ । भावनाहरु अनौठो ढंगले चक्कराउन थालेका छन् । अनुभूति असाध्यै पीडाजनक छन् । अकस्मात देखापरेको यो कोलाहालबाट फुत्कन छटपटी गरिरहेका छौं । म अनुमान गर्छु– त्यहाँ तपाईको पनि हातल ठीक यस्तै छ ।
यत्रतत्र सर्वत्र फैलिएको निराकार दुस्मन हिजोआज सारा संसारभरी मानिसको समाधी लिएर फनफनी घुमिरहेछ । विश्व मानव जगतमाथि एकोहोरो रुपमा अन्धाधुन्द आक्रमण गरिरहेको छ । तर यो वैरीको कुनै आकार छैन, स्वरुप छैन । कस्तो आश्चर्य, विश्वभरी लाखौं मासिनलाई क्षतविक्षत बनाउने र हजारौंको ज्यान मार्ने हत्यारा विरुद्ध किटानी जाहेरी दिन अभियुक्त छैन र त्यस दुस्मनमाथि जाइलाग्न कुनै किल्ला छैन । रक्षात्मक प्रतिरोध गर्नु र मानिसलाई बचाउनु बाहेक अरु कुनै विकल्प छैन ।
साच्चै हिजोआज हामी सारा मानिसहरु असाधारण फिक्का जीवन बिताइ रहेका छौं । जीवनको चाल नै विशेष र अनौठो भएको छ । आम आशा ढलमलाएको छ । हिजोसम्मको आश्चर्यजनक रुपले व्यस्त, विखण्डित र विचित्रको दम्भी विश्व आज सुनसान, एकगठ र निन्याउरो भएको छ । शक्ति उन्मादका हुङ्कारहरु मलिन भएका छन् । हाम्रा सामुन्नेमा जीवनको कटु, नग्न र शोकपूर्ण यथार्थ उदाङ्गो भएर आएको छ ।
यत्रतत्र सर्वत्र फैलिएको निराकार दुस्मन हिजोआज सारा संसारभरी मानिसको समाधी लिएर फनफनी घुमिरहेछ । विश्व मानव जगतमाथि एकोहोरो रुपमा अन्धाधुन्द आक्रमण गरिरहेको छ । तर यो वैरीको कुनै आकार छैन, स्वरुप छैन । कस्तो आश्चर्य, विश्वभरी लाखौं मासिनलाई क्षतविक्षत बनाउने र हजारौंको ज्यान मार्ने हत्यारा विरुद्ध किटानी जाहेरी दिन अभियुक्त छैन र त्यस दुस्मनमाथि जाइलाग्न कुनै किल्ला छैन । रक्षात्मक प्रतिरोध गर्नु र मानिसलाई बचाउनु बाहेक अरु कुनै विकल्प छैन ।
अचानक उधुम मच्चाइरहेको यस वैरीका सामुन्ने हामीले सर्वस्व ठानेको विज्ञानको पनि अकल्पनीय हार भएको छ । के गर्ने र कसो गर्ने भन्ने अधैर्य र छटपटी विश्वभरी व्याप्त छ । मानव विकास र आविष्कारका तमाम रेकर्डहरु भताभुङ्ग भएका छन् । सबैलाई हैरान बनाउने कोरोना भाइरसको अनियन्त्रित चरित्र र मानव प्रयत्नहरुको निरिहता अहिलेको सर्वव्यापी अकाट्य सत्य बनेको छ । सम्पूर्ण विश्वकै लागि अहिलेसम्म कोरोना भाइरस निराकार निरञ्जन छ । यो कसरी आउँछ, कसरी फैलिन्छ, रोगथाम के हो लगभग थाहा छैन । हामी सबैले बाँच्नलाई कच्चा तरिकाहरु अपनाइरहेका छौं । हाम्रा तयारी, सावधानी र उपचार सबै कुरा अन्दाजीमा चलेका छन् । हामीसंग दुखान्त कथाहरु छन्, छोटो प्रयत्नका सानातिना अनुभवहरु छन् र बढी मात्रामा अनुमान तथा अटकलहरु छन् । हामीसंग जीवन रक्षाको हतारोले जन्माएका आग्रह, छटपटाहट, पीडा र आक्रोसहरु छन् । सामुन्नेको घोर अन्धकारले जन्माएका अत्यास र कहालीलाग्दा निरासा छन् ।
पुरानो नेपाली कहावत छ– मान्छेमाथि विपत् आइलाग्यो भने उ जुत्ता लगाएरै नदी तर्छ । हो, हडबढीले सही उपाय र दिशा देखाउँदैन । हामीले जीवन सुखभोगका लागि हिजोका दिनहरुमा असाध्यै हतारो ग¥यौं, त्यसैले हामीलाई अभागी बनायो । हामी अहिले पनि हतारोमा छौं– यो महामारी आजै रोकियोस् । कतिसम्म हतारो गर्छौं भने बाच्नका लागि घरभित्र बस्ने धैर्यसम्म पनि हामीसंग छैन । बारम्बार अरुले सम्झाउँदा पनि परस्पर भौतिक दुरी कायम गर्ने सुद्धी समेत पटकपटक गुमाउँछौं । हामी सडकमा निस्फीक्री हिड्न चाहन्छौं, कतिपय त हिँडीरहेका पनि छौं ।
हामी आफ्नै घरभित्र छौं तर वैरीमाथि हमला गर्न रणभूमीमा उत्रेको सिपाही झै मुठ्ठी कसेर मुर्मुरिदै साँझविहान काटिरहेका छौं । लामोलामो सास फेर्दै बसेका छौं । मुटु वेस्सरी धड्किरहेको छ । भयावह खतरा पैदा भएको यस समयमा हामी शारीरिक र मानसिक तनावपूर्ण अवस्थामा छौं । यसको भावनात्मक असर कति शक्तिशाली बनेर आएको छ भने सबैको मनमा मृत्यु चित्कार घन्किरहेको छ ।
पुरानो नेपाली कहावत छ– मान्छेमाथि विपत् आइलाग्यो भने उ जुत्ता लगाएरै नदी तर्छ । हो, हडबडीले सही उपाय र दिशा देखाउँदैन । हामीले जीवन सुखभोगका लागि हिजोका दिनहरुमा असाध्यै हतारो ग¥यौं, त्यसैले हामीलाई अभागी बनायो । हामी अहिले पनि हतारोमा छौं– यो महामारी आजै रोकियोस् । कतिसम्म हतारो गर्छौं भने बाँच्नका लागि घरभित्र बस्ने धैर्यसम्म पनि हामीसंग छैन । बारम्बार अरुले सम्झाउँदा पनि परस्पर भौतिक दुरी कायम गर्ने सुद्धी समेत पटकपटक गुमाउँछौं । हामी सडकमा निस्फीक्री हिड्न चाहन्छौं, कतिपय त हिँडीरहेका पनि छौं ।
विश्वको हालत हेर्दा नवउदारबादको महामारीले पहिल्यै क्षतविक्षत् भइसकेको राज्य संयन्त्र र सम्पूर्ण मनोवल गुमाएको राजनीतिक नेतृत्वले कोरोना जस्ता महामारीको सामना गरोस् भन्ने अपेक्षा गर्नु आफैंमा निरर्थक लाग्छ । सार्वजनिक क्षेत्रको उपस्थिति सम्पूर्ण रुपमा इन्कार गर्ने निजीकरणका चर्का हिमायती नवउदारवादी नेता तथा बुद्धिजीवीहरु लाजै नमानी अहिले सरकारबाट केही भएन भन्न कस्सिएर लागेका छन् । उनीहरुले सबै कुराको उत्तर ठानेको निजी क्षेत्र र बजार भने कुबेलाको राग भनेझैं उल्टै सरकारहरुसंग सहायता र छुटको माग पत्र तेस्र्याएर बसेको छ ।
कालसंग पौंठेजोरी खेलीरहेको यो संकटपूर्ण घडीमा पनि हामी शायद आफ्नो सक्कली चरित्र देखाइरहेका छौं । यस्तो बेला महामारीसंग जुद्ध्न रणनीति र कार्ययोजना बनाउनु र सक्दो सहयोग गर्नुको साटो घरमा बसेर इमेल ग्रुप, फेसबुक र ट्वीटरबाट सरकारलाई गाली गर्न, बच्चाले झैं घुक्र्याउन र सुविधा माग गर्न हामी हौसिएका छौं । मानौं यो सरकारले थोपरेको विपत्ति हो । हामीले मानिआएका बुद्धिजीवीहरुकै यस्तो हर्कत र छटपट्टी देख्दा लाग्छ, उनीहरुमा संकट मोचनको सोच होइन, चरम कुण्ठा र छुरो प्रतिशोधको भावना जागृत छ । गलत समयमा गलत कार्य ग¥यो भने त्यसले अर्को बबार्दी निम्त्याउँछ भन्ने तत्वज्ञानसम्म पनि यी बुद्धिजीवीहरुमा छैन कि भन्ने भान हुन थालेको छ ।
विश्वको हालत हेर्दा नवउदारबादको महामारीले पहिल्यै क्षतविक्षत् भइसकेको राज्य संयन्त्र र सम्पूर्ण मनोवल गुमाएको राजनीतिक नेतृत्वले कोरोना जस्ता महामारीको सामना गरोस् भन्ने अपेक्षा गर्नु आफैंमा निरर्थक लाग्छ । सार्वजनिक क्षेत्रको उपस्थिति सम्पूर्ण रुपमा इन्कार गर्ने निजीकरणका चर्का हिमायती नवउदारवादी नेता तथा बुद्धिजीवीहरु लाजै नमानी अहिले सरकारबाट केही भएन भन्न कस्सिएर लागेका छन् । उनीहरुले सबै कुराको उत्तर ठानेको निजी क्षेत्र र बजार भने कुबेलाको राग भनेझैं उल्टै सरकारहरुसंग सहायता र छुटको माग पत्र तस्र्याएर बसेको छ ।
पटकपटक अफवाह र भ्रम छर्ने, समाजलाई अनाहकमा आतङ्कित पार्ने र संक्रमित वा कोरोना माहामारीले गाँजेका बन्धुबान्धबलाई वैरी झैं विभत्स चित्रण गरी सामाजिक सञ्जालमा घृणा फैलाउने एकथरि अमानवीय हुलहरु समाजका लागि कोरोनाभन्दा घातक भाइरसका रुपमा देखा परेका छन् । यो नितान्त आत्मघाति चरित्र हो । आफ्नो भविश्यको आफैंले गला रेट्ने दर्दनाक कार्य गर्न हामी किन तम्सिरहेका छौं मैले बुझ्न सकिरहेको छैन । संकटका बेला हामीलाई धृणाले होइन, प्रेमले इश्वरीय शक्ति प्रदान गर्छ । तपाईलाई किन लुकाउनु मलाई त भित्रैदेखि यस्ता मान्छे आखिरमा आफ्नै लागि पनि काम लाग्दैनन् र समाजका लागि पनि काम लाग्दैनन् भन्ने लाग्न थालेको छ ।
विगतमा पर्यावरण, स्वच्छ हावा र शुद्ध पानी जस्ता जीवनदायी प्रणालीलाई सम्पूर्ण रुपमा वेवास्ता गरी खेलकुद लगायत मनोविनोद र विलासी गतिविधिमा अरवौं लागनी गर्ने उन्मादी बाटो विश्वका शासकहरुले समाए । जीवनदायी प्राणली शिक्षा, स्वास्थ्य, वातावरण, जलवायु परिवर्तन आदिमा लगानी गर्न जरुरी नठान्ने तिनै शासकहरुले निम्त्याएको यो प्रलयकारी दुखान्त अहिले हामी भोग्न बाध्य छौं । जीवन अनुभवले खारिएर सेतै फुलेका बुढापाकाका मुखबाट मैले सुनेको कुरा हो– भागेर कोही पनि गन्तव्यमा पुग्न सक्दैन । त्यसैले जे भए पनि अब सामना गर्नु बाहेक अर्को बाटो हाम्रासामु छैन ।
विगतमा अरुको देखासिखी गरेर हामी नेपाली पनि अस्पताल बनाउन होइन, करोडौं लगानी गरेर रङ्गशाला बनाउन तम्सियौं, स्वास्थ्य अनुसान्धान गर्नमा बजेट नदिएर खेलकुदमा ‘मेडल जित्ने’ खेलाडीलाई लाखौंको पुरस्कार बाडेर लोकप्रिय होइन्छ भन्ने हावादारी चेतनामा बरालियौं । जताततै भ्यु टावर बनाउँन सुरियौं । त्यसैमा हुर्रे लगायौं । होस् है, यो संकटका बेला विगतका तिता कुरा गरेर पार पाइदैन । यसबारेमा पछि चिन्तन गरौंला ।
यस अघि तपाईसंग कुरा हुन नपाएपनि म ढुक्क छु– दुर्दशा जे जस्ता भएपनि तपाई हाम्रा आशा र सपनाहरु विल्कुलै मेरका छैनन् र मर्न दिनु पनि हुँदैन । विपत्का बेलामा हाम्रा लागि तथ्य, आत्मज्ञान र विश्वास सबैभन्दा शक्तिशाली सामथ्र्य हुन । हामीले तिनै सामथ्र्यको उचित प्रयोग गर्नुपर्छ । अथवा भनौं तिनको भर नै वर्तमानमा जीउने अधार हो, हाम्रा भाग्य रेखाहरु भनेकै अहिलेलाई तिनै हुन ।
मलाई लाग्छ– तथ्यले जीवन बचाउँछ, भ्रमलाई चिर्छ । तथ्यले अनिश्चयलाई कम गर्छ । फुट र मतभेदलाई घटाउँछ । एकतालाई प्रश्रय दिन्छ । तथ्य संकटका वेलाको सहारा हो । तपाईहामी पहिला भेट हुँदा चर्चा गर्ने गरेको कुरा अहिले झलझली सम्झन्छु– आत्मज्ञानले हामीलाई सजगता दिन्छ । मानवीय करुणा, सद्भाव, प्रेम र इमान्दारी जगाउँछ । एक्यवद्धता कायम गर्छ । आत्मज्ञानले हरेकको गरिमा, महत्व र कर्तव्यलाई घचघच्याउँछ अनि स्वार्थ र पाखण्डबाट जोगाउँछ । एकपटक सम्झनुहोस् त, तपाईले नै बारम्बार भन्ने गर्नुहुन्थ्यो– विश्वासले सहकार्य र सहयोग जुटाउँछ । क्रियाशील र धैर्यवान बनाउँछ । विश्वासले मनोबल थप्छ र आडभरोसा बढाउँछ ।
यसबेला हामी सबै मिलेर कोरोना संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुछ, उनीहरुलाई पर्याप्त उपचार, समानुभूति र मनोवल प्रदान गर्नुछ । हामी आफू जोगिनु छ । यस घडीमा वास्तविक जीवनका राष्ट्रिय हिरो भनेका हाम्रा स्वास्थ्यकर्मीहरु हुन । स्वास्थ्य विज्ञानको अन्तिम शक्ति लगाउँदै दिलोज्यानले संसारभरी उनीहरु अग्रीम मोर्चामा लडिरहेका छन् । उनीहरुलाई अत्यावश्यक सामानहरुले सुसजित गराउन हरेक देशका सरकारले कुनै हेलचेक्र्याइँ गर्नुहुन्न । स्वास्थ्यकर्मीहरुलाई सबैले दिलैदेखि सम्मान र आदर गर्नुपर्छ, उत्प्रेरणा थप्नुपर्छ । स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्न दोस्रो मोर्चामा हामी मिलेर स्वयमसेवी समूहहरु निर्माण गर्नुपर्छ । महामारीले अन्य थुप्रै जोखिम पनि निम्त्याउँछ– दैनिक उपभोग्य सामग्रीको अभाव, आर्थिक अभाव आदिइत्यादि । हामीले जोखिमको बाँडफाड गरेर आआफ्नो स्तरबाट हस्तक्षेपलाई यथाशिघ्र बढाउनु पर्छ । सामुहिक तागत मिलाएर यो तुफानी अन्धकारबाट पार पाउने शक्ति आर्जन गर्नुपर्छ ।
कोरोना महामारी अहिले हाम्रा सामुन्नेको त्रास होइन, यथार्थ हो, तथ्य हो । यो तथ्यलाई वेवास्ता गरेर, नकारेर वा डराएर हामी बाच्न सम्भव छैन । त्यसैले यो तथ्यसंग हामीले आफ्नो जीवन पद्धतिलाई समायोज गर्नु नै निर्विकल्प र बुद्धिमानी छनोट हो । लकडाउन, परस्पर भौतिक दुरी, एक्लोवास, क्वारेन्टिन इत्यादि हामीले कोरोनाको तथ्यलाई दैनिक जीवनमा आत्मसात गर्नका लागि चालेका महत्वपूर्ण कदम हुन । यी कसैको आदेश होइनन, समयको आह्वान हो । मेरो विनम्र अनुरोध छ– यसलाई हामी ख्याल ठट्टा नठानौं । समयले कसैलाई जोगाउँदैन नि !
यसबेला हामी सबै मिलेर कोरोना संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुछ, उनीहरुलाई पर्याप्त उपचार, समानुभूति र मनोवल प्रदान गर्नुछ । हामी आफू जोगिनु छ । यस घडीमा वास्तविक जीवनका राष्ट्रिय हिरो भनेका हाम्रा स्वास्थ्यकर्मीहरु हुन । स्वास्थ्य विज्ञानको अन्तिम शक्ति लगाउँदै दिलोज्यानले संसारभरी उनीहरु अग्रीम मोर्चामा लडिरहेका छन् । उनीहरुलाई अत्यावश्यक सामानहरुले सुसजित गराउन हरेक देशका सरकारले कुनै हेलचेक्र्याइँ गर्नुहुन्न । स्वास्थ्यकर्मीहरुलाई सबैले दिलैदेखि सम्मान र आदर गर्नुपर्छ, उत्प्रेरणा थप्नुपर्छ । स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्न दोस्रो मोर्चामा हामी मिलेर स्वयमसेवी समूहहरु निर्माण गर्नुपर्छ । महामारीले अन्य थुप्रै जोखिम पनि निम्त्याउँछ– दैनिक उपभोग्य सामग्रीको अभाव, आर्थिक अभाव आदिइत्यादि । हामीले जोखिमको बाँडफाड गरेर आआफ्नो स्तरबाट हस्तक्षेपलाई यथाशिघ्र बढाउनु पर्छ । सामुहिक तागत मिलाएर यो तुफानी अन्धकारबाट पार पाउने शक्ति आर्जन गर्नुपर्छ ।
मलै अलि बुझ्न सकेको छैन– हामी यसरी आँत्तिएका छौं, मानौ विगतमा कुनै विपत्ति नै आएको थिएन । विगतमा पनि हामीले थरिथरिका विपत्ति झेलेकै हौं । सहास र विवेक नगुमाऔं । हामीले अस्तिमात्रै त हो भुकम्पको विपत्ति भोगेको । हामीले विजुली चम्केझैं एकै निमेषमा आफ्ना नौ हजार जति आफन्त र प्रियजनलाई गुमाएका थियौं, बिस–बाइस हजार घाइते आफन्तहरु अझै हामीसंगै हुनुहुन्छ । सम्झिनु न, त्यसबेला हाम्रो हृदय कसरी काटिएको थियो । हामी कति रात सुत्न सकेका थिएनौं । हो म मान्छु, यो महामारीको चरित्र विगतका विपत्तिको भन्दा निकै भिन्न छ । यो हाम्रा लागि नौलो छ, यसको तीव्रता अधिक छ, कहिलेसम्म फैलिने हो, कति नोक्सान गर्ने हो थाहा छैन । यस्तोवेला हामीले धुकचुक नलिइकन छर्लङ्ग बुझ्नु जरुरी छ– महामारी छिटै टर्दैन ।
महामारीमा सधैं अन्तिम गन्तव्य दुई चार पाइला टाडै हुन्छ । विपत्तिमा थाक्नु हाम्रा लागि महंगो विलासिता बन्छ । त्यसैले म सबैलाई करजोरी बिन्ती गर्छु– हामी कुनै हालतमा पनि नथाकौं । आफू सक्रिय हुन सकिएन भने पनि घरमा बसेर अरुलाई गिज्जाउने, धारे हात लगाएर सराप्ने वा हतोत्साहित पार्ने दुष्कर्म नगरौं । भविश्य बनाउन अझै धेरै वलिदानी आवश्यक छ । तथ्यलाई स्वीकार गरौं, आत्मज्ञान नगुमाऔं र विश्वास दृढ बनाऔं । संसारमा हामीले जतिसुकै कठिनाइ भोग्नु परेपनि मानव जाति अमर रहनेछ ।
मलाई अस्ति मात्रै एउटा साथीले भनेको थियो– देहान्तभन्दा एकान्त कता हो कता प्यारो हुन्छ । मैले हिजोआज दैनिक एक सय आठ पटक जप्ने गुरुमन्त्र यही हो ।
यस्तो बेला कस्ले के नै पो गर्न सक्छ र ! तपाई जहाँ भएपनि सुरक्षित रहनु होला यही नै कामना छ । अहिललाई यति नै ।